• २१ वैशाख २०८१, शुक्रबार

उत्सवका साथ मनाइयो नेपाल संवत् ११४४ (फोटो फिचर)

blog

नेपाल संवत् ११४४ को उपलक्ष्यमा निकालिएको र्‍यालीमा सहभागी नेवारी समुदायका युवतीहरु । तस्बिर: मनोज रत्न शाही

काठमाडौं, कात्तिक २८ गते । नेपाल संवत् ११४४ को उपलक्ष्यमा मङ्गलबार वसन्तपुरमा सांस्कृतिक झाँकी र बाजागाजासहित सांस्कृतिक र्‍यालीको आयोजना गरी मनाइएको छ ।  नेपाल संवत् ११४४ को स्वागतका लागि स्थानीय नेवार समुदायको बृहत् उपस्थितिले सो क्षेत्र भरिएको थियो ।

न्हूदँ मूल समारोह समिति ११४४ को आह्वान र आयोजना भएको सांस्कृति र्‍यालीले सो क्षेत्रका मुख्य मुख्य स्थानहरुमा परिक्रमा गरिएको हो ।

नगर परिक्रमापछि आयोजित कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ, काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनीता डङ्गोल लगायतको सहभागिता थियाे  ।


Author
मनोजरत्न शाही

उहाँ गोरखापत्र अनलाइनका लागि फोटो र भिडियो रिपोर्टिङ गर्नुहुन्छ ।