• १२ साउन २०८१, शनिबार

प्रहरीको कुकुर पूजा (फोटो फिचर)

blog

कुकुर तिहारको उपलक्ष्यमा नेपाल प्रहरीले पूजा गरेको कुकुर । तस्बिरः केशब गुरुङ

काठमाडौं, कात्तिक २६ गते । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज आइतबार इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ ।

कात्तिक कृष्ण चतुर्दशीका दिन कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ ।

नेपाल प्रहरी केनाइन कार्यालय महाराजगञ्जमा लागू औषध, अपराधीको खोजी र विपद् व्यवस्थापनसम्बन्धी काम गर्ने कुकुरहरू छन् ।कुकुरलाई टीका र माला लगाइ दिएपछि मीठा परिकार दिएर पूजा गरी कुकुर तिहार मनाइएको थियो। कार्यक्रममा कुकुरबाट विभिन्न कला प्रस्तुत गरेको थियो ।

प्रहरीले प्रत्येक वर्ष यसरी नै कुकुर तिहार मनाउँदै आएको छ। कला प्रदर्शन तथा प्रतियोगितामा भाग लिई पहिलो, दोस्रो स्थान हासिल गर्ने कुकुरलाई पदक फूलमाला लगाई सम्मान गरेको थियो ।




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।