• १२ साउन २०८१, शनिबार

सडकमा सुतेर राहत शिक्षकको विरोध

blog

सडक आन्दोलनलाई सोमबार पनि निरन्तरता दिँदै राहत शिक्षकहरु । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज ८ गते । राहत शिक्षकहरुले सडक आन्दोलनलाई सोमबार पनि निरन्तरता दिएका छन् ।

नेपाल राहत शिक्षक केन्द्रीय समितिको अगुवाइमा राहत शिक्षकहरुले आज काठमाडौंको माइतीघरदेखि नयाँबानेश्वरसम्म सडकमा प्रदर्शन गरेका हुन् ।

उनीहरुले ४० हजार राहत शिक्षक, बाल विकासका शिक्षक र पेन्सन पीडित शिक्षकहरु आफूहरुसँग आन्दोलनमा रहेको बताएका छन् । उनीहरुले बानेश्वरमा सडकमा सुतेर विरोध जनाएका थिए ।


राहत शिक्षकहरुले शिक्षक महासङ्घले धोका दिएको भन्दै आफूहरुको माग पूरा नहुँदासम्म आन्दोलन जारी राख्ने बताएका छन् ।

सरकार र शिक्षक महासङ्घबीच ६ बुँदे सहमति भए पनि त्यसले आफूहरुको माग सम्बोधन नगरेको भन्दै राहत शिक्षकहरुले प्रदर्शनलाई निरन्तरता दिइरहेका छन् ।