• १२ साउन २०८१, शनिबार

चिकित्सक कुटेको विरोधमा प्रदर्शन (फोटो फिचर)

blog

काठमाडौंको माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्दै चिकित्सकहरु । तस्बिर : केशब गुरुङ

काठमाडौं, असोज ९ गते । चिकित्सकमाथि कुटपिट गरेको विरोधमा काठमाडौंमा प्रदर्शन भएको छ। आफूहरूमाथि शृङ्खलाबद्ध आक्रमण हुन थालेको भन्दै सुरक्षाको माग राख्दै  चिकित्सकहरू प्रदर्शनमा उत्रिएका छन् ।

चिकित्सकहरू सुरक्षित वातावरणमा काम गर्न पाउनुपर्ने माग लिएर प्रदर्शनमा निस्किएका हुन् । प्रदर्शनमा पाटन अस्पताल, वीर अस्पताल लगायत काठमाडौं‌ उपत्यकाका चिकित्सकहरू सहभागी छन् ।

सोमबार पोखरास्थित मणिपाल शिक्षण अस्पतालमा उपचारका लागि ल्याइएकी लमजुङकी ५७ वर्षीया सुकमाया दुराको उपचारको क्रममा मृत्यु भएपछि मृतकका आफन्तले सोमबार चिकित्सकमाथि कुटपिट गर्नुका साथै अस्पतालमा तोडफोड गरेका थिए ।

त्यस्तै, आइतबार राति लमजुङ जिल्ला अस्पतालमा बेंसीशहर नगरपालिका, ७ का वडाध्यक्ष ऋषिराम बस्नेतले चिकित्समाथि कुटपिट गरेका थिए । कुटपिट गरेको आरोपमा प्रहरीले बस्नेतलाई पक्राउ गरेको छ ।

यसअघि गत भदौ २७ गते हेटौंडाको सञ्चो अस्पतालमा बिरामीका आफन्तले दुई जना चिकित्समाथि कुटपिट गरेका थिए। त्यतिबेला चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा सबै अवरूद्ध गरी आन्दोलन गरेका थिए ।

चिकित्सहरूले कार्यस्थलमा सुरक्षाको प्रत्याभूति हुनुपर्ने, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी संशोधन ऐन कार्यान्वयन गर्नुपर्ने माग राख्दै काठमाडौंको माइतीघर मण्डलामा प्रदर्शन गरेको हो ।