• २७ मङ्सिर २०८२, शनिबार

एमाले महाधिवेशनमा झाँकी प्रदर्शन

blog

एमालेको ११ औँ महाधिवेशन विभिन्न जातजातिको झाँकी र्‍याली । तस्बिरः केशब गुरुङ ।

काठमाडौँ, मङ्सिर २७ गते । नेपाल कम्युनिस्ट पार्टी (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा झाँकी प्रदर्शन गरिएको छ । 


विभिन्न ठाउँबाट निस्केको बाजागाजासहित उदघाटनस्थल पुगेका छन् । नेवार, मगर, शेर्पालगायत विभिन्न जातजातिको झाँकीसहित मञ्चमा पुगेको थियो । भक्तपुरस्थित सल्लाघारीमा उद्घाटन हुनुभन्दा अगाडि पुगेको थियो । 


पञ्चैबाजा नौसिङ्गे बाजागाजासहित विभिन्न वेशभूषासहित भक्तपुरका विभिन्न ठाउँ निस्केका थिए। भक्तपुरको सल्लाघारीमा आयोजित महाधिवेशनको उदघाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले गर्नुभएको छ । महाधिवेशन यही मङ्सिर २९ गतेसम्म सञ्चालन हुनेछ ।




Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।