• १२ साउन २०८१, शनिबार

सेती अस्पताल जलमग्न, बिरामीको बिजोग (फोटो फिचर)

blog

सेती प्रादेशिक अस्पतालमा पसेको पानी । तस्बिरहरू: अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असोज ८ गते । सुदूरपश्चिम प्रदेशको सबैभन्दा ठुलो सेती प्रादेशिक अस्पताल (पुरानो भवन) जलमग्न भएको छ । 

आज बिहान परेको पानीका कारण अस्पताल जलमग्न भएको हो । अस्पतालको गाइने वार्ड, लेबर वार्ड, कर्मचारी बस्ने कोठासहित ग्यालरीलगायत अन्य वार्डमा पानी भरिएको छ । एक घण्टासम्म पानी पर्दा अस्पतालको धेरैजसो वार्डमा पानी भरिएको त्यहाँ कार्यरत एक जना स्टाफ नर्स (नाम बताउन नचाहेको) ले बताउनुभयो । 

अस्पतालको वार्डमा बिहानै पानी भरिएपछि बिरामीहरूलाई सास्ती भएको छ । नवजात शिशुसहित सुत्केरी राखिएका गाइने वार्डमा घुँडासम्म पानी पुगेपछि समस्या भएको कञ्चनपुरको बेलौरी नगरपालिकाका उमेश डंगौराले बताउनुभयो । 

ग्यालरी र झ्यालबाट वर्षाको पानी छिरेर कोठामा आएको बिरामीका कुरुवाहरूले बताएका छन् । यसै गरी, केही कोठामा माथिबाट पानी चुहिएको जनाइएको छ । यसै गरी, वर्षाको कारण धनगढीको प्रदेश सभा भवन र सो आसपासका क्षेत्रसहित केही ठाउँमा डुबान भएको छ । वर्षाको पानी घरमा समेत पसेको छ ।