• १२ साउन २०८१, शनिबार

सयपत्री फूलको माला किन्नेको भीड (फोटो फिचर)

blog

कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री उल्लेख्य । तस्बिर : गोरखापत्र

काठमाडौं, कात्तिक २५ गते । नेपालीहरुको दोस्रो ठूलो चाड तिहार आजदेखि विधिवत् रुपमा सुरु भएको छ । तिहार सुरु भएसँगै सयपत्री फूलको माला बिक्री सुरु भएको छ । कालीमाटी, न्युरोड लगायतका स्थानमा सयपत्री फूलको बिक्री उल्लेख्य छ ।

विशेषगरी शनिबारदेखि लक्ष्मीपूजाको दिनसम्म बढी बिक्री वितरण हुने गर्दछ । घरको झ्याल ढोकामा लगाउनका लागि गाउँ–गाउँबाट सयपत्रीको माला काठमाडौं उपत्यकामा भित्रिएको छ ।

केही वर्ष अघिसम्म मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरी फूलमध्ये सयपत्री भारतबाट आयात गर्नुपर्ने अवस्था थियो । तर पछिल्ला वर्षहरुमा भने नेपाल सयपत्री फूलमा आत्मनिर्भर हुँदै आएको छ । मखमली, गोदावरी र सयपत्री स्वदेशमै पर्याप्त मात्रामा उत्पादन हुन्छ ।