• १२ साउन २०८१, शनिबार

बजारमा बढ्न थाल्यो तिहारको चहलपहल (फोटो फिचर)

blog

काठमाडौंको असनमा बजार आउनेको चहलपहल। तस्बिर:केशब गुरुङ

काठमाडौं, कात्तिक २१ गते । नेपालीहरुको महान चाड शुभ दीपावली नजिकिँदै गर्दा बजारमा तिहारको सामान किन्नेको भीड बढेको छ । तिहार लागेसँगै काठमाडौं उपत्यकाका मुख्य व्यापारिक क्षेत्रहरुमा सामान खरिद गर्ने उपभोक्ताहरुको भीड देखिएको हो । काठमाडौंको असन,  इन्द्रचोक, नयाँ सडक, भोटाहिटीलगायतका क्षेत्रमा सर्वसाधारणको चाप उल्लेख्य छ ।

तिहारमा प्रयोग हुने सामानहरुमध्ये झिलीमिली बत्ती, तामा र पित्तलका भाँडा, दियो, प्लास्टिकका मालाहरु, सप्तरंगी टीकालगायतका सामग्री यतिबेला बजारमा जहाँतहीँ बेच्न राखिएका छन् । विशेष गरी तिहारमा चाहिने सामान किनमेल गर्न मानिसहरु असन, भोटाहिटी, इन्द्रचोक, न्युरोडलगायतका ठाउँमा आउने भएकाले पनि त्यस क्षेत्रमा बढी भीड भएको हो । 

लक्ष्मी पूजाका लागि चाहिने माटाको पाला, बत्ती, सप्तरङ्गी टीका, कपडा, ढाकाटोपी र अन्य सामग्रीहरु किनमेल गर्नेको चहलपहल बजारमा जताततै देख्न सकिन्छ । त्यस्तै भाइटीकाका लागि चाहिने सगुनहरुको पनि किनमेल बढेको छ ।  



Author
केशब गुरुङ

केशब गुरुङ गोरखापत्र अनलाइनको फोटो तथा भिडियो रिपोटिङ गर्नु हुन्छ ।