• १२ साउन २०८१, शनिबार

मुक्तिनाथको सन्ध्याकालीन दृश्यमा मोहित पर्यटक (फोटोफिचर)

blog

मुक्तिनाथ मन्दिर दर्शन गरेपछि पर्यटकहरु । तस्विर : ठाकुरप्रसाद आचार्य

ठाकुरप्रसाद आचार्य 

मुस्ताङ, कात्तिक २४ गते । प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिरको सन्ध्याकालीन दृश्य निकै रमणीय देखिएको छ । यो दृश्य आज शुक्रबारको हो । यहाँ सन्ध्याकालीन आरती आयोजना गरिन्छ । 

पूजा र दर्शनका लागि विहानको समय भक्तजनको भिड हुने भए पनि साँझपख भने मुक्तिनाथ परिसरको वातावरण निकै शान्त हुन्छ । शुक्रबार बेलारुसबाट आएका पर्यटकहरुले मुक्तिनाथको दर्शन गरेका छन् । 

उनीहरुले सामुहिक रुपमा मन्दिरमा तस्विर पनि खिचेका छन् । यतिखेर रुस र युक्रेनको युद्धले बेलारुसका नागरिकलाई मानसिक रुपमा तनाव दिएका कारण अध्यात्मिक चिन्तन गर्नेहरुको संख्या बढेको मुक्तिनाथ मन्दिरमा भेटिएका बेलारुसका एक पर्यटकले बताउनुभयो । 

विश्व शान्तिको कामनासहित मुक्तिनाथ दर्शन गर्न आएको उनीहरुको भनाइ छ । मन्दिरको दर्शनगरी प्रशन्न मुद्रामा पर्यटकहरु फर्किएका छन् । मुक्तिनाथ हिन्दू र बौद्ध धर्मालम्वीको प्रसिद्ध तीर्थस्थल हो । मुक्तिनाथ मन्दिर ३७ सय दश मिटर उचाइमा छ । मुक्तिनाथ विश्वकै प्रसिद्ध पदमार्ग ‘अन्नपूर्ण सर्किट’ मा पर्छ । 

ट्रेकिङका लागि मुक्तिनाथ उत्तम मानिन्छ । प्रकृतिमा रमाउने पर्यटकहरु ट्रेकिङ गर्दै मुक्तिनाथ पुग्ने गर्छन् । शरदयामको यो सिजनमा आन्तरिकका साथै विदेशी पर्यटकहरु उल्लेख्य मात्रामा मुक्तिनाथको दर्शन गर्न आउने गरेका छन् ।