• १२ साउन २०८१, शनिबार

तस्बिरमा महासचिव गुटेरेस र प्रधानमन्त्री प्रचण्डको लुम्बिनी भ्रमण

blog

प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोकस्तम्भको भ्रमण गर्नुहुँदै । तस्बिर : प्रदीपराज वन्त

लुम्बिनी, कात्तिक १४ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र  संयुक्त राष्ट्र सङ्घका महासचिव एन्टोनियो गुटेरेसले मायादेवी मन्दिरको दर्शन गर्नुभएको छ । मङ्गलबार बुद्ध जन्मस्थल लुम्बिनी पुग्नुभएको प्रधानमन्त्री प्रचण्ड र महासचिव गुटेरेस शान्ति दीप हुँदै मायादेवी मन्दिर पुग्नुभएको हो ।


महासचिव गुटेरेसलाई लुम्बिनीमा रहेका विहार, बौद्धधर्मका गुरु, भिक्षुभिक्षुणीसहित लुम्बिनी सांस्कृतिक नगरपालिकाका आमा समूह, थारूलगायत विभिन्न जातीय समूह र होटल व्यवसायीले समेत शान्तिदीपदेखि मायादेवी मन्दिरको दुवैतर्फ बसेर स्वागत गरिएको छ । गुटेरेसले मायादेवी मन्दिर, बुद्धजन्म स्मारक, पुष्पकरणी पोखरी, अशोकस्तम्भको भ्रमण गर्नुभएको छ ।


उहाँलाई मायादेवी मन्दिरको दक्षिणतर्फ रहेको पुष्पकरणी पोखरीको छेउमा रहेको पीपलको रूखमुनि स्वागत गरिएको छ । लुम्बिनीमा करिब डेढ घण्टा बिताएपछि गुटेरेस काठमाडौँ फर्कनुहुनेछ ।

कोषका तर्फबाट गुटेरेसलाई मायाको चिनो प्रदान गरिएको छ । साथै अतिथि पुस्तकमा हस्ताक्षरपछि महासचिव गुटेरेसले सञ्चारमाध्यमसमक्ष आफ्नो धारणा राख्नु भएको छ ।