शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
विनय कर्ण
कल्याणपुर (सप्तरी), मङ्सिर २९ गते । सप्तरीको तिलाठी कोइलाडी गाउँपालिमा आगो ताप्ने क्रममा एक महिला गम्भीर घाइते भएकी छन् ।
गाउँपालिकाको वडा नम्बर २ स्थित मिथिला टोलमा आगो ताप्ने क्रममा स्थानीय २८ वर्षीया अमृताकुमारी मण्डल गम्भीर घाइते हुनुभएको हो ।
सोमबार साँझ आफ्नै गाईगोठमा आगो बाली घुर ताप्ने क्रममा अचानक साडीमा आगो लाग्दा अमृता गम्भीर घाइते हुनुभएको थियो ।
आगोले उहाँको शरीर ४० प्रतिशत जलेको जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले जानकारी दिनुभयो ।
गम्भीर घाइते उहाँको बिपी कोइराला स्वास्थ्यविज्ञान प्रतिष्ठान धरानमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।