मनहरू र गाउँ
लाग्छ, मान्छेको मनले सबैभन्दा धेरै सम्झिने कुरामध्ये एक हो– गाउँ । आफ्नो गाउँ । आफू जन्मेको, हुर्केको, तातेताते गर्दै हिँडेको, हाँसेको, खेलेको, मन दुखाएर रोएको, उकाली–ओराली
खवास जातिको संस्कार, संस्कृति र परम्परा
नेपालका विभिन्न जिल्लामा छिरलिएर बसेको एक जाति खवास जाति हो । मझ्यौला कदका, गहुँगोरो वर्णका, आफ्नो समुदायमा एकै ठाउँमा आबद्ध भएर बस्ने गरेको यस जातिको आफ्नै पहिचान छ
यो यात्रा जिन्दगीको
सुरु सुरुमा त एकदम हतासिएको थिएँ । निराशाका बादल मडारिएर जिन्दगी नै रित्याए जस्तो लागेको थियो । म जस्तो मान्छे यो ठाउँमा आइपुग्नु, यस्तो स्थितिमा बाँच्न बाध्य हुनु, आफैँलाई अनौठो लाग्छ ।
कतातिर ? (कथा)
सधैँको शनिबार आउने पत्रिका आज आएन । उसले हरेक शनिबार प्रमुख तीन वटा दैनिक पत्रिकाहरू लिने गरेको छ । अरू दिन अफिसमै पढ्छ । शनिबार दिनभर घरमै बसेर पढ्नलाई
भुक्तानी
बडो दिक्कलाग्दो कुरो– प्रेमदाइले सामान लगेको हिसाब कहिल्यै मिलाउनु भएन । दुई वर्ष भइसक्यो दिएकै होइन । सामान मगाउनु हुन्छ तर पैसा चुक्ता गर्नु हुन्न । परिवारमा प्रेमदाइको हिसाबकिताबको कुरा उठ्यो कि मतिर सबैको तारो हुन्छ । दाइले पनि भाइले पनि दुवैले मलाई नै कराउने गर्छन्, “खोइ, प्रेमदाइकहाँ पैसा उठाउनु पर्दैन ?” प्रेमदाइलाई हिसाबकिताब फस्र्योट गर्नका निम्ति अनुरोध गर्दा “बिः का” (दिन्छु नि) भन्नुहुन्छ ।
लकडाउन
(एउटा भव्य कोठा । आधुनिक । सर्वसुविधा सम्पन्न । कोठाको कुनै एक भागमा प्रतिनिधि पात्र एक झोक्राएर बसेको छ । परिस्थितिलाई विश्लेषण गर्ने हो भने कोठाको आवरणलाई दुई दृष्टिबाट हेर्न सकिन्छ । पहिलो हिन्दू संस्कृति अनुसार पितृ
माक्र्सवाद र सिनेमा
विद्यार्थीहरूले दुई सय वर्षयताको साहित्य र कलालाई समीक्षा गरेर हेर्छन्, विभिन्न हस्तीहरूको चलचित्रलाई कलावादी र समाजवादी आँखाले हेरिन्छ, आइजेन्सटाइन र मायाकोवस्कीको नाम आउँछ, कला कस्तो हुनुपर्ने भन्ने छलफल हुन्छ ।
नेपाली समालोचनामा नवआयाम रत्न बृहत् नेपाली समालोचना
नेपाली समालोचनामा सङ्कलन सम्पादनको परम्परा साझा समालोचना (२०२५) देखि प्रारम्भ भएको हो । कृष्णचन्द्रसिंह प्रधानद्वारा सङ्कलित–सम्पादित साझा समालोचनापछिका करिब साढे पाँच दशकमा यस किसिमका समालोचना
जीवनसमरका कथा
वन्यजन्तुविद्का रूपमा प्राध्यापक डा. मुकेशकुमार चालिसे एक विख्यात नाम हो । उनको साहित्यकार व्यक्तित्वले उनकै वन्यजन्तुविद् व्यक्तित्वलाई नजिक नजिकबाटै पछ्याइरहेको छनक पाइन्छ–उनका साहित्यिक सिर्जनामा घोत्लिँदा । चालिसे वन्यजन्तुसम्बन्धी अनुसन्धाताका रूपमा मात्र होइन, नेपाली साहित्यको श्रीवृद्धिका लागि पनि निरन्तर साधनामय छन् । कुनै बखत उनले विभिन्न साहित्यिक तथा समाचारमूलक पत्रपत्रिकाका सम्पादकका रूपमा पनि का
पूर्वीय दर्शन, परम्परा र साहित्यिक उन्नयन
साहित्यकार रामप्रसाद पन्तको हालै प्रकाशित निबन्धावली ४२ औँ कृति हो । यसमा विगत २० वर्षका अन्तरालमा लेखिएका २५ वटा निबन्धहरू सङ्कलित छन् । निबन्धावली शब्द नेपाली साहित्यमा उति प्रचलित शब्द नभए पनि निबन्ध र आवली शब्द मिली बनेको निबन्धावलीले पङ्क्ति मिलाएर राखिएको निबन्धको अर्थ राख्छ ।
चोभार ब्लुज
कथाकार विक्रमभक्त जोशी जोशीको पहिलो कथासङ्ग्रह ‘चोभार ब्लुज’ भित्र १९ वटा कथा समेटिएका छन् । कथा नयाँ छैनन् तर नयाँ प्रस्तुतिले कथाकारको आफ्नो निजत्व देखिन्छ । सङ्ग्रहभित्रकै ‘चोभार ब्लुज’ शीर्षकबाटै यस कथा सङ्ग्रहको नामकरण गरिएको रहेछ ।
मान्छेमाथि पोस्टमार्टम
नेपाली साहित्यको फाँटमा अहिले अत्यन्तै लोकप्रिय रहेको विधा हो– मुक्तक । मुक्तकका बारेमा यहाँ विभिन्न धारणा बनेका/बनाइएका छन् । सामान्यतयाः नामै अनुसार यसलाई कुनै पनि नियमभित्र नबाँधिईकनै ‘मुक्त’ भएर लेखिने विधा भनिन्छ, यद्यपि कविताकै वर्गका रूपमा यसलाई मान्यता दिइएको छ । तर अर्को पक्षको भने एउटा खास मान्यता छ– मुक्तक चतुष्पदीय नियममुताविक चारै पङ्क्तिको महत्वलाई ध्यानमा राखेर लेखिनुपर्छ, जस अन्तर्गत पहिलो पङ्क्तिले कुनै पनि भावलाई प्रस्तुत गरी उत्सुकता जगाउनुपर्छ । दोस्रो पङ्क्तिले उक्त भावलाई अझ गति प्रदान गराउनुपर्छ । यसरी नै तेस्रो पङ्क्तिले वैचारिक निष्कर्ष निकाल्नुपर्छ भने अन्तिम तथा चौथो पङ्क्तिले मुक्तककारको मान्यतालाई तार्किक अभिव्यक्तिका साथ प्रस्तुत गर्नुपर्छ ।
मधुपर्क सम्मानबाट तीन स्रष्टा सम्मानित
मधुपर्क सम्मान-२०८० बाट वरिष्ठ कवि कृष्णभक्त श्रेष्ठ, वरिष्ठ कथाकार पुष्कर लोहोनी र छन्द कवि प्रभा भट्टराई आचार्य पुरस्कृत तथा सम्मानित हुनुभएको छ।
आमसञ्चार र साहित्य अन्योन्याश्रित सम्बन्ध
आमसञ्चार भनेको धेरै जनमानसमा पुग्ने- पु-याउने माध्यम हो । लेखेर, प्रसारण गरेर वा बोलेर जुनसुकै विधाबाट गर्न सकिन्छ । यसमा टेलिभिजन, रेडियो, विज्ञापन, चलचित्र, इन्टरनेट, समाचारपत्र, म्यागेजिन इत्यादि पर्दछन् ।
पत्रकारिता : साहित्यको विशिष्ट विधा
खालि शक्ति त्यसै हुन्न सत्यको नलिई भर । जति चौडा भयो सत्य उति टिक्छ पुगी पर ।। –महाकवि लक्ष्मीप्रसाद देवकोटा
साहित्यभित्र फस्टाएको पत्रकारिता जगत्
सञ्चार समाजीकरणको महत्त्वपूर्ण माध्यम भए पनि सबै सञ्चार आमसञ्चार होइनन् । न त आमसञ्चार स्वतः पत्रकारिता हो । ठूलो सङ्ख्यामा पाठक–दर्शक–श्रोतालाई संलग्न गराउँदै पत्रकारिताले केही अनिवार्य विशेषताहरू आत्मसाथ गर्छ, जसबिना त्यसले आफ्नो विशिष्ट पहिचान गुमाउँछ । यद्यपि साहित्यका कुनै न कुनै
साहित्य र मिडियाको सम्बन्ध
जर्मन साहित्यको सिद्धान्त बुझेका फेडरिक किट्लरले भनेका छन्– “साहित्य र सञ्चारका पुर्खा एउटै हुन् ।” ल्याटिन भाषाबाट सुरु भएको ‘लिट्रेचर’ शब्द (साहित्य) ‘लेखन’ अर्थात् लेख्नुको अर्थमा लिइन्छ ।
आमसञ्चार र साहित्य
२०३१ सालताका जब मैले लेख्न सुरु गरेको थिएँ, त्योबेला पनि मधुपर्कमा रचना प्रकाशित हुनु गौरवको विषय थियो । मधुपर्कका अधिकांश रचनाका बारेमा चर्चा हुन्थ्यो नै । तर मधुपर्क सरकारी गोरखापत्र संस्थानबाट प्रकाशित भएको कारणले गर्दा कतिपय साहित्यकारहरूले आफ्ना रचना प्रकाशित गर्न चाहन्नथे । मधुपर्कमा पञ्चायत सरकारको छाया देख्थे ।
साहित्य, सञ्चारमाध्यम र आमवृत्त
बेलायती कवि एवं चिन्तक म्याथ्यु आर्नोल्डले पत्रकारितावारे सटिक टिप्पणी गरेका छन् । आर्नोल्ड पत्रकारितालाई हतारको साहित्य मान्छन् । समयसीमा अर्थात् ‘डेडलाइन’ का कारण पत्रकारहरूलाई पर्याप्त समय लिएर समाचार तयार गर्ने सुविधा रहँदैन । आर्नोल्डको करिब दुई सय वर्षअघिको यो टिप्पणी पत्रकारिता निम्ति आज पनि सान्दर्भिक देखिन्छ ।
साहित्य र पत्रकारिता : अभिव्यक्ति रथका दुई पाङ्ग्रा
मानव सभ्यताको विकासमा साहित्य र पत्रकारिताको निर्णायक भूमिका रहिआएको छ । संसारका सबै भेगका इतिहासमा पत्रकारिताभन्दा साहित्य जेठो रहेको पाइन्छ । मानव सभ्यताको विकाससँगसँगै विकसित भएर आएका धर्म, संस्कृति, दर्शन आदिले साहित्यकै माध्यमबाट जनमानसमा भिज्ने र फैलिने अवसर पाएका हुन् । शिक्षाको अवसर अत्यन्त सीमित वर्गलाई मात्र उपलब्ध रहेको त्यो युगमा साक्षरताको अवस्था पनि न्यून वा शून्यसरह हुनु स्वाभाविकै थियो । त्यस्तो अवस्थामा पनि लोकसाहित्यको माध्यमबाट जनमानसमा चेतनाको लहर फैलाउने काम साहित्यले नै गरेको थियो ।
साहित्य र आमसञ्चार
साहित्य आफैँ पनि मानिसका विचार, भावना र आवेग–संवेगहरूलाई प्रभावकारी ढङ्गमा व्यक्त गर्ने एक माध्यम भएकाले यसलाई आमसञ्चारमाध्यममध्येकै एक मान्न खोजियो भने खासै अन्यथा भइहाल्दैन ।
छापासञ्चारको मोह
कुनै समय थियो, समाचारपत्र (छापासञ्चारमाध्यम)हरू साहित्यमा खासै चासो राख्दैनथे । चासो राखिहाले पनि साहित्यिक रचनालाई समाचारपत्रमा खुसी मनले स्थान दिँदैनथे । यसको अर्थ ती
गजल
हाम्रा हजुरका खिलाफ कोही नआउनू । मर्जी जे हुन्छ होस्, केही बात नलाउनू ।
समाचार पत्रकारिता र साहित्य
वास्तवमा पत्रकारिता र साहित्यबीचको सम्बन्ध अन्योन्याश्रित रहेको छ । पत्रकारिताका माध्यमबाट नै साहित्यिक सिर्जनाहरू पाठकसमक्ष पुग्छन् भने साहित्यिक रचनाहरूले पत्रकारितालाई अघि बढाउन सहयोग पु-याउने यथार्थलाई हामी सबैले बुझेकै छौँ ।