विद्यार्थीहरूले दुई सय वर्षयताको साहित्य र कलालाई समीक्षा गरेर हेर्छन्, विभिन्न हस्तीहरूको चलचित्रलाई कलावादी र समाजवादी आँखाले हेरिन्छ, आइजेन्सटाइन र मायाकोवस्कीको नाम आउँछ, कला कस्तो हुनुपर्ने भन्ने छलफल हुन्छ । चलचित्रको अन्त्यतिर अल्जेरियाको स्वतन्त्रता सङ्ग्राममा भाग लिएका एक मानिस र उद्देश्यहीन तवरले सङ्गठनमा नरहेर केवल पुँजीवादमाथि आव्रmमण गर्ने र माओ माओ चिच्याउने एक युवतीबिच अत्यन्तै महत्त्वपूर्ण वार्तालाप हुन्छ ।
युवती भन्छे कि सबै शैक्षिक स्थलहरू बन्द गराउन मन छ, बमले उडाउन मन छ । यो संसार या व्यवस्था केही ठिक छैन ।
ठिक छैन रे, यसको अन्त्य चाहन्छौँ रे तर तिम्रो उद्देश्य के हो ? त्यसपछि के गर्ने ? बमले उडाएपछि के गर्ने योजना छ भन्ने जवाफमा युवती नाजवाफ हुन्छे । ऊ भन्छे कि प्रश्न सोध्ने मानिसले अल्जेरिया स्वतन्त्र सङ्ग्रामका बेला बम पड्काएको थियो ।
त्यस भूतपूर्व क्रान्तिकारीले भन्छ यो त अलग विषय थियो । त्यस व्यक्तिले युवती र अन्य विद्यार्थीको कार्यलाई आतङ्कवादको संज्ञा दिन्छ ।
युवती भन्छे हामीले दुई वर्षसम्म (माक्र्सवाद) पढेका छौँ । चलचित्रको अन्त्यमा युवतीले दर्शकहरूलाई के सुनाउँछे भने गर्मी बिदाका बेला जुन रूपमा म थिएँ, गलत रहेछु । मैले के सोचेँ भने विशाल फड्को मारेँ तर केवल काँतर एक पाइला चालेको रहेछु । चलचित्रको सुरुवाततिर सक्कली कम्युनिस्ट कमान्डरले यी विद्यार्थीमध्ये एकको टाउको फुटाइदिएको दृश्य पनि देखिन्छ । कारण सबै खुल्न आउँछ चलचित्र अन्त्य हुँदा । एक ठाउँमा के भनिएको पनि छ चलचित्रमा भने विद्यार्थीहरू पनि बुर्जुवा मानसिकताका हुन्छन् र एक खाले बुर्जुवा नै हुन् । यी विद्यार्थीहरू कोकाकोला हातमा लिएर माओको घोषणा रट्ने जस्ता लाग्छन् । पप माक्र्सवादी ।
अब जाउँ विकएन्ड तर्फ । सन् १९६७ मै बनेको यो चलचित्रले पुँजीवादको विद्रुपता देखाउने कोसिस गरेको छ ।
विकएन्ड भन्दा अघि पुँजीवादी विद्रुपताको र उपभोक्तावादी दर्शनको नतिजाका कुरा स्पष्टसँग सटिक ढङ्गले पिएरो ली फु (१९६५) चलचित्रमा आएको छ । चलचित्रको मूल नायक आफ्नो पहिलो प्रेमीकालाई गरिब भएका कारण छोडेर धनी महिलासँग बिहे गरेर टेलिभिजन प्रसारण कम्पनीको जागिरे भई जीवन बिताइरहेको हुन्छ । बच्चाको पिता भइसकेपश्चात ढोँगी र खोव्रmो बुर्जुवा जीवनदेखि वाक्क हुन्छ । चलचित्रले नायकमार्फत बुर्जुवाहरूको पार्टीको झलक दर्शकलाई पनि देखाउँछ । नायक एक दिन घरपरिवार छोडेर पुरानो प्रेमिकासँग उद्देश्यहीन, गन्तव्यहीन यात्रामा भाग्छ । उसले के भन्छ भने अब उसलाई बुर्जुवा जीवनशैलीको नशा लागिसकेको छ र गरिब भएर साधारण तवरले जीवन बिताउन सक्दैन । लुटपाट गर्दै उपद्रव मच्चाउँदै हिँड्छन् दुवै जना । आपराधिक समूह र पुलिस दुवैसँग दुस्मनी हुन जान्छ । अन्त्यमा नायकले आफ्नो टाउकोमा बम फिट गर्छ र आत्महत्या गर्न पुग्छ । उपभोक्तावादी पुँजीवादले निम्त्याउने दशा यसरी चलचित्रमा आएको छ ।
अब विकएन्डमा भने पुँजीवादको अर्को पाटो देखाइएको छ । यसमा आत्मघाती होइन परघाती दर्शन छ । यस चलचित्रमा पुँजीवादको अन्त्य यस्तो हुन्छ भनेर देखाइएको कुरा समालोचकहरू बताउँछन् तर त्यो अवस्था कसरी आउँछ भन्ने कुरातर्फ न समालोचक न निर्देशकले बताउँछन् । सवारी साधनहरूको जाम र सवारी दुर्घटनाहरूबाट भएको मानव क्षति चलचित्रमा निकैबेर देखाइन्छ । यसैलाई पुँजीवादको अन्त्यको प्रतीक मानिहाल्नुपर्ने कारण देखिन्न । यो अवस्था आधुनिक संसारको समस्या हो । यस्तो समस्याको कारण प्राकृतिक या गैरप्राकृतिक हुन सक्छ तर पुँजीवादी या साम्यवादी समस्या यो होइन । पुँजीवाद असफल भएपछि अन्त्यहीन ट्राफिक जाम हुने होइन बरु अन्य नतिजा देखापर्न सक्छन् । अनि यो जामको समस्या सामन्ती, पुँजीवादी, साम्यवादी सबै शासनमा हुन सक्छ । कृषि युग ज्यादै सरल थियो । टेक्नोलोजीको यो युग ज्यादै जटिल छ । सवारीको यस्तो अन्त्यहीन लाम हामी इरानी निर्देशक अब्बास किरोस्तामीको चलचित्र लाइफ एन्ड नथिङ मोर (१९९२) मा पनि देख्न सक्छौँ । १९९२ को चलचित्रमा जाम हुनुको कारण पहिरो भएको जानकारी दिइन्छ । चलचित्र चाइनिजमा गोदाले एक पात्रलाई बोल्न लगाउँछ– कि कलाले देखिने चिज उत्पादन गर्दैन तर त्यसले कुनै पनि चिज देखिने बनाउँछ या कुनै पनि वस्तुलाई स्पष्टता प्रदान गर्दछ । कल्पनाले यथार्थको प्रतिनिधित्व गर्दैन । यही कुराको विरुद्ध निर्देशक गोदा विकएन्डमा खडा भए झैँ लाग्छ गाडीहरूको अन्त्यहीन लाममार्फत । विकएन्डमा परम्परागत ढङ्गमा कथावस्तु समेटिएको छैन, कथानक मात्रै नभई टेक्निकल रूपमा विनिर्माणवादी दर्शन अपनाइएको छ । यो शैली म्यास्कुलिन फेमिनिनदेखि यताका चलचित्रहरूमा बढ्दै गएको देख्न सकिन्छ ।
माक्र्सवादको बिल्ला भिराइएको चलचित्र विकएन्डमा पुँजीवादलाई व्यङ्ग्य गर्न केही कुरा देखाइएको छ । चलचित्रका दुई प्रमुख पात्रहरू धनी विवाहित जोडी हुन्छन् । दुवै लोग्ने स्वास्नीकै गोप्य प्रेमीप्रेमिका हुन्छन् । दुवैले एकअर्कालाई घृणा गर्छन् । श्रीमतीको बाबु मर्न लागेको र सारा सम्पत्ति उत्तराधिकार स्वरूप श्रीमतीले पाउने कुरा थाहा पाएपछि दुवै जना एक अर्कोको मृत्यु कामना र हत्याको योजनामा पुग्छन् । दुवै गाउँ जान्छन् । सम्पत्तिको निजीकरण हुँदा चोरी, डकैती र आफन्तबीच षड्यन्त्र हुने, सम्पत्तिको निम्ति हत्या हुने कुरा एक हदसम्म पुँजीवादको दोष ठह¥याउन सकिन्छ । सम्पत्तिकै निम्ति नक्कली माया र प्रेम पनि सम्पत्तिको निजीकरण हुने समाजमा हुन्छ । चलचित्र अघि बढ्ने क्रममा स्पष्ट र रुचिकर हुनुको साटो अस्पष्ट र अरुचिकर हुँदै केवल टेक्निकल र कलात्मक प्रयोगमा रुमल्लिएको देखिन्छ । गाउँमा एक ट्याक्टर चालकले सहरको धनी युवकका कारमा ठक्कर दिनाले युवकको मृत्यु भएको देखिन्छ । मर्ने युवककी प्रेमिका र गाउँले ट्याक्टर चालकबिच भनाभन हुन्छ । युवती गाउँलेलाई तथानाम भन्छे गाउँले युवतीलाई सहरीया आवारा, बदमास, पुँजीवादी भनेर गाली गर्छ । झगडाको मजा लिनेहरू पनि हुन्छन् ।
रगत खुबै देखाइएको छ चलचित्रमा । गाडी दुर्घटनामा विशेषगरी । पुँजीवादमा रगत बगेको प्रतीक स्वरूप । निर्देशकले पुँजीवादी समाजमा रगत बग्ने क्षेत्र अरू पाएनन् । निर्माण कार्यका मजदुरहरूको रगत, साम्राज्यवादी युद्धमा बगेको जनता र सिपाहीको रगत, श्रम शोषण आदि देखाउन सकिन्थ्यो । शहर देखि गाउँसम्म जहाँसुकै हरेक स्थानमा गाडी दुर्घटना भएको मात्रै देखाइएको छ । जब चलचित्रका मूल चरित्रहरू (विवाहित जोडी) आफ्नो ससुराली तथा माइतीघर आइपुग्छन्, उनीहरूले थाहा पाउँछन् कि बिरामी बाउ÷ससुरा मरिसके । आमा चाहिँले ज्वाइँ र छोरी दुवैलाई सम्पत्ति दिन चाहँदिनन् र लोग्नेस्वास्नी मिलेर आमा÷सासूको हत्या गर्छन् । चलचित्रको अन्त्यमा एक बुर्जुवा परिवार पिकनिक मनाइरहेको स्थलमा बन्दुकधारीहरू आउँछन् र एक बालिका र वृद्धको हत्या गर्छन् तथा अन्यलाई भने समातेर जङ्गलभित्र लैजान्छन् । समातिनेमा ती लोग्ने स्वास्नी पनि पर्छन् ।
स्वास्नी चाहिँ एक बन्दुकधारीसँग मिल्न सफल हुन्छे र लोग्ने चाहिँ मारिन्छ । बन्दुकधारीहरूले समातेर मारेका मानिसहरू पकाउँछन् र खान्छन् । स्वास्नी चाहिँले आफ्नै लाग्नेको पकाइएको मासु खान्छे मिठो मानेर । बन्दुकधारीहरू बुर्जुवा विरोधी हिप्पीहरू हुन्छन् । पुँजीवादकै बाइ–प्रडक्ट । मागेर, चोरेर खाने, श्रम नगर्ने, अनेक तिकडम अपनाएर जीवनयापन गर्ने हिप्पीहरू पुँजीवादबाट वाक्क भएर हिँडेका दिग्भ्रमित जमात थिए र अधिकांशतः ती गीत सङ्गीत, ड्रग र यौनमा मात्रै सीमित थिए । पुँजीवादी सभ्यताको अन्त्य चाहने र रुसोले भने झैँ प्रकृतिमा (गुफा युगमा) फर्कन खोज्ने अघोरीवादी हिप्पीहरूलाई व्यङ्ग्य गर्दै चलचित्रमा मानिसको मासु खाएको देखाइएको छ । हिप्पीहरूको मूल मन्त्र भाइचारा र प्रेम थियो ।
जीवनयापन गर्न कतिले व्यवहारमा चोरी, ठगी र वेश्यावृत्ति पनि अपनाए । एउटा विकृतिबाट भागेर अर्को विकृति खडा गरे । कम्युन बनाएर खेती, पशुपालन गरेनन् । हिप्पीहरूले पिएरो ली फु को नायकले जस्तै आफैँलाई भने ध्वस्त गरेका हुन् । गोदाले सिधै पुँजीवादीहरूले विभिन्न कार्यमार्फत मानिसको रगत र मासु खाएको परिदृश्यलाई कलात्मक ढङ्गले विकएन्ड मा देखाउन भने सकेनन् । पुँजीवादको एउटा सानो विसङ्गति पिएरो ली फु र अर्को खाले विसङ्गति विकएन्डमा आएको छ जुन कुराले व्यक्तिको मनोवैज्ञानिक ह्राससँग सरोकार राख्छ । तर पुँजीवादी राष्ट्रभित्रको विशाल आर्थिक, सामाजिक, सांस्कृतिक तथा राजनीतिक विडम्बनासम्म गोदाका चलचित्र पुग्न सकेको देखिँदैन । अर्को कुरा विसङ्गतिको चित्रण गर्दैमा त्यसलाई माक्र्सवादको बिल्ला भिडाउनु अर्को विसङ्गति हुन्छ । गोदाको चाइनिजमा विशुद्ध माक्र्सवाद झल्कन्छ । पुँजीवादको विसङ्गतितर्फ ध्यान दिएर साध्य नहुनाले सिधै त्यसविरुद्ध रातो किताब बोकेर माक्र्सवादी राज्यको समर्थनमा परिपक्व चेतनाले सङ्गठनमा रहेर उद्देश्य, योजनासहित आन्दोलनमा सहभागी हुने विशाल चिन्तन बोकेको चाइनिज (१९६७) यसै कारण विशुद्ध माक्र्सवादी चलचित्र हो । माक्र्सको दर्शन व्यङ्यको दर्शन होइन ।
व्यङ्यले पुँजीवादी राज्य व्यवस्था ढल्दैन । व्यङ्यले पुँजीवादी सत्ता र पुँजीवादीहरूमा डर, लज्जा, चेतना, नैतिकता, इमानदारिता आदि पलाउने होइन । व्यङ्ग्यले पुँजीवादमा कुनै पनि किसिमको खलल पुग्दैन । सर्वहाराले व्यङ्ग्यमार्फत केही फाइदा र राहत पाउँदैनन् । पुँजीवादको विसङ्गतिबाट सर्वहारा परिचित भइसकेकै हुन्छन् र यसले उनीहरूको समस्या समाधान गर्ने चाहनामा केही काम गर्दैन । व्यङ्ग्य दर्शन अस्पष्ट हुन्छ कि हालको समस्या समाधान भए पुग्ने हो कि राज्य व्यवस्था नै परिवर्तन गर्ने ? वास्तवमा व्यङ्ग्य दर्शनले युक्त कलामा समस्या समाधान मात्रै भइदिए हुन्छ भन्ने मनसाय नै बढी हाबी हुन्छ तसर्थ पुँजीवादी राज्यको अन्त्यको कामना गरिएको दृश्य कतै देखिँदैन । विडम्बना के भने पुँजीवादी राज्य रहेसम्म लाखौँ समस्या निस्किरहन्छन् ।
यस सन्दर्भमा माइकल मुरको वृत्तचित्र क्यापिटलिजम अ लभ स्टोरीलाई जोड्न उपयुक्त देखिन्छ । मुर आफ्नो वृत्तचित्रमा स्पष्ट रूपमा भन्छन् कि अमेरिकामा उनी केही हदसम्म युरोपमा लागु भइरहेको कल्याणकारी राज्यव्यवस्था अमेरिकामा स्थापना होस् । वास्तवमा पुँजीवाद प्रजातन्त्रभित्रको विसङ्गति होइन । प्रजातन्त्र कल्याणकारी राज्य व्यवस्था हो, जहाँ कसैको हालत खराब हुँदैन । माक्र्सवादमा जस्तै राज्यले सिङ्गो जनसङ्ख्याको जिम्मा लिने व्यवस्था प्रजातन्त्र पनि हो । यही दर्शन मुरको रहेको देखिन्छ र उनी प्रजातन्त्रको वकालत गर्दै पुँजीवादका अपराधहरूको विरोध गरिरहेका छन् ।
प्रजातन्त्र र माक्र्सवादमा फरक सम्पत्तिको स्वामित्वसम्बन्धी हो । निजी सम्पत्तिको स्वामित्वका कारण प्रजातन्त्रमा पुँजीवाद मौलाएको र यो समस्या केही गरे निर्मूल नहुने तर्क माक्र्सवादको रहेको छ । यही सिद्धान्त मुरका वृत्तचित्रले पकडेका छैनन् । जसरी आइजेन्सटाइनका चलचित्रहरूले पकडेका छन् । आइजेन्सटाइन माक्र्सवादी आन्दोलन छेड्छन् । गोदा र माइकल मुर आन्दोलन छेड्दैनन् केवल विसङ्गतिको पर्दाफास गर्ने, अन्त्य चाहने र व्यङ्ग्यसम्म गर्ने गर्छन् । गोदाले यो कुरा चाइनिजमा बुझेको र त्यसपश्चात आइजेन्सटाइनको बाटो पकडेको देखिन्न । यसैले गोदाको माक्र्सवादी याटा चाइनिज देखि चाइनिजसम्म रहेको देखिन्छ ।
पुँजीवादभित्रको विसङ्गति र पुँजीवाद विरोधी चिन्तनले युक्त चलचित्रहरूको कुरा उठाउँदा जर्मन निर्देशक वेर्नर हर्जोगको चलचित्र स्त्रोस्जेक (१९७७) बिर्सन मिल्दैन । यस चलचित्रले पुँजीवादले कसरी पहिले सबैथोक दिने र पछि सबैथोक लुटेर सडकमा नाङ्गो बनाएर मिल्काउँछ भन्ने कुरा देखाएको छ । चलचित्रले पुँजीवादी दुनियामा एउटा विसङ्गतिबाट भागेर अर्को स्थानमा पुग्दा विसङ्गतिको अर्को जालोमा फसिने कुरासमेत सोच्न बाध्य बनाउँछ । पुँजीवाद चरममा पुग्दा के सम्म हुनसक्छ भन्ने कुरालाई चलचित्र सेकन्ड्स (१९६६) ले देखाएको छ ।
यहाँ स्पष्ट हुनुपर्ने कुरा के छ भने कुनै पनि राज्य व्यवस्थाभित्रको विसङ्गतिप्रति विरोध गैरमाक्र्सवादी मानिसले पनि गर्न सक्छ । सत्य बोध या नैतिक चेतनाको कुरा पनि हो यो । समाजप्रतिको सरोकार या पुँजीवादको विसङ्गति बोध केवल विशुद्ध माक्र्सवादीमा मात्रै हुँदैन । माइकल मुर यसका उदाहरण हुन् । माइकल मुरको वृत्तचित्रमा पुँजीवादलाई शैतान भन्ने चर्चका बिसप, पादरीहरू पनि माक्र्सवादी या कम्युनिस्ट होइनन् । त्यसै गरी संसारको जुनसुकै कुनामा बस्ने अनपढ सिधासादा मानिसहरूले र गैरमाक्र्सवादी बौद्धिक मानिसले फेसन सोला या डान्सबारहरूमा महिलाहरू पूरै नाङ्गिएर नाच्ने कार्यलाई वाहियात भनेर भन्न सक्छन् ।
सन् १९६८ देखि निर्देशक जँ ल्युक गोदाले माक्र्सवादबाट प्रभावित भएर राजनीतिक चलचित्र बनाउनका निम्ति जिगा भर्तोभ जमात खडा गरे र यस जमातले १९७२ सम्म चलचित्रहरू बनाए । यस अवधिका चलचित्रमध्ये सबैभन्दा चर्चित तु भा विएन (१९७२) पनि चाइनिज (१९६७) चलचित्रमा आइसकेको परिपक्वताबाट खस्केको देखिएको छ । यसमा पनि अराजकतावाद नै हाबी भएको देख्न सकिन्छ । मजदुर र किसानहरूको संयुक्त सङ्गठनसहित माक्र्सवादी पार्टी खडा नगर्ने र सानो सानो जमातले ठाउँ ठाउँमा जथाभाबी आन्दोलन, हड्ताल तथा लुटपाट गरेर पुँजीवादीहरूको विरोध गर्ने कार्य नै तु भा विएन (१९७२) मा आएको छ । चलचित्रको अन्त्यमा डिपार्टमेन्ट स्टोरमा लुटपाट गराइन्छ र लुटपाट गरेर विरोध गरौँ भन्ने दर्शन प्रसारण गरिन्छ । मानौँ सबैले लुट्न, हड्ताल गर्न र पुँजीवादीहरूलाई मारेर सिध्याउन सफल भए रे, अब के गर्ने त ? कसरी मानव समाज अगाडि बढाउने ? उत्तर आउँदैन । तु भा विएन को अन्तिम दृश्यले पुँजीवादप्रति मानिसको मनमा रहेको विरोध भावनालाई त छुन्छ तर त्यो भावनाले उपभोक्तावादी मनोविज्ञानलाई नै न्याय पु¥याइरहेको छ । पुँजीपतिहरूको लुटेर खाने र बदला लिएको मानेर मन शान्त पार्ने । पश्चिम युरोपमा विद्यार्थीहरूको ठूलो भीड कम्युनिस्टहरूबाट प्रभावित भएर आन्दोलन चल्दा पनि त्यहाँ माक्र्सवादी राज्य खडा नहुनुको पछाडि यही कारण रहेको देखिन्छ । पुँजीवाद ढलोस् भन्ने चाहना भने भएको तर माक्र्सवादलाई जरासम्म पुगेर बुझ्न सक्ने प्रतिबद्ध विद्यार्थीहरूको जमात तथा मजदुर र किसानको विशाल ढिक्का निर्माण नहुनु, नेतृत्व दिने नेता नहुनु ।
कहिलेकाहीँ माक्र्सवादी बनेर देखापरेकाहरू नैतिकताहीन बदमास पनि पर्न सक्छन् या पुँजीवादको गुलियोमा फस्न सक्छन् भन्ने कुरा चलचित्र स्विट मुभी (१९७४) ले देखाएको छ । चलचित्र प्रयोगवादी छ । सर्भियाली निर्देशक दुसान माकाभिजेवले पूर्वी युरोपको राजनीतिक माहोल देखेर यो चलचित्र बनाएको अनुमान गर्न सकिन्छ । कार्ल माक्र्सको वकालत गर्दै संसारलाई नै मेरो एउटा सिङ्गो देश हो भनेर गाउँदै हिँड्नेहरूको नैतिक पतन र शैतानियतलाई चलचित्र स्विट मुभीले हदैसम्म दनक दिएको छ ।
माथि के कुरा आइसकेको छ भने नेता मात्रै भएर पनि हुँदैन र विशाल भीड भएर उच्च चेतना र दूरदर्शिता भएको विशेष नेता नहुनाले पनि माक्र्सवादी आन्दोलनमा असर गर्न सक्छ । यस सन्दर्भमा भारतीय वृत्तचित्र रेड एन्ट ड्रिम (२०१३) हेर्दा के स्पष्ट हुन्छौँ भने अनुशासन, उद्देश्य र बलियो सङ्गठनसहित अघि बढेको आन्दोलनले महान् नेतृत्व नपाउँदा आन्दोलन कति समयसम्म तन्किएर जानसक्छ । माक्र्सवाद अध्ययनका हिसाबले महìवपूर्ण अर्को चलचित्र छ आरोहण (१९८२) यसका निर्देशक हुन् भारतीय श्याम बेनेगल । त्यसै गरी भारतीय चलचित्र ‘अल्बर्ट पिन्टोको गुस्सा क्यों आता है’ (१९८०) वर्ग चरित्र अध्ययनका हिसाबले अत्यन्तै महìवपूर्ण चलचित्र हो ।
सिधै माक्र्सवाद हाबी नभएका तर मानव जीवनमा पुँजीवादले निम्त्याएका जटिल समस्या र पुँजीवादको उपद्रवमा केन्द्रित चलचित्रहरू युरोपमा मात्रै नभएर अमेरिकामा पनि अलि अलि गर्दै बनिरहने व्रmम चलिरहेको छ । दे सुट हर्सेज डोन्ट दे (१९६९), सोयलेन्ट ग्रिन १९७३, नेटवर्क १९७६, भिडियोड्रोम १९८३, टु डाइ फर १९९५, रिक्वायम फर अ ड्रिम २०००, अमेरिकन ब्युटी, नाइट व्रmलर २०१४ जस्ता चलचित्र पुँजीवादले जन्माउने विडम्बना सटिक ढङ्गमा देखाउन सफल देखिएका छन् । चलचित्र फाइट क्लबले पनि नव पुँजीवादी कर्पोरेट शासनका कारण देखापर्न सक्ने आतङ्कवादी हमलाप्रति सङ्केत गरेको छ । वास्तवमा पुँजीवादी सत्ताविरुद्ध माक्र्सवादी आन्दोलन हुँदैन यदि भने पनि मानिसभित्र जन्मने आक्रोशले अर्को प्रकारको विरोध प्रदर्शन देखाउन सक्छ भन्ने चिन्तन फाइट क्लबमा देखिन्छ । पुँजीवादले मानिसलाई रिस उठाउने काम जो गर्दछ । व्यक्तिगत रूपमा एक्लै भए पनि मानिसले मौका पाए पुँजीवादलाई क्षति हुने जस्तोसुकै सानोदेखि ठुलो कार्य गर्न सक्ने सम्भावनालाई नकार्न सकिन्न । यो कुरा हामी माइकल मुरको वृत्तचित्र क्यापिटलिजम अ लभ स्टोरीमा घर खेत गुमाउन पुगेका एक व्यक्तिको अभिव्यक्तिमार्फत थाहा पाउन सक्छौँ ।
जापानी निर्देशक हायायो मियाजाकीको एनिमेसन चलचित्र स्पिरिटेड अवे (२००१) मा समेत उपभोक्तावादी पुँजीवादी संस्कृतिको छनक देख्न सकिन्छ । उपभोक्तावादले मानिसलाई सुँगुरमा परिणत गरेको, मजदुरहरूलाई ठुला व्यापारीहरूले दासमा परिणत गरेको, चङ्गुलमा फसाएको जस्ता चिन्तन चलचित्रमा देखा परेको छ । रुन्चे अनुहार लाएको एउटा कालो आकृति छ जो अत्यन्तै धनीहरूको प्रतिनिधि पात्र झैँ लाग्छ । त्यो अत्यन्तै दुःखी आत्मा प्रतीत हुन्छ । उसको साथमा सुनको खानी हुन्छ क्यार उसले मानिसहरूलाई सुनका दाना छरेर फसाउँछ, ऊ निस्फिव्रmी सुन छर्छ । सुनको लोभमा मानिस लोभिन्छन् र त्यस कालो आकृतिको भोजन बन्छन् । पुँजीवादले पैसातिर अनि जे पनि गर भन्छ । पुँजीवादमा कुनै पनि वस्तु, प्राणी (मानवको समेत) को महìव उपभोग गर्नुमा सीमित रहन्छ । पैसा तिर्ने र उपभोग गर्ने । सोझै नभने पनि घुमाउरो तरिकामा मानिसलाई पनि मारेर कुखुराको मासु पकाएर खाए जस्तै खान हुन्छ भन्नु नै पुँजीवाद हो । मानिस र कागजमा या काठमा केही फरक छैन भन्नु नै पुँजीवाद हो । पाप, अनैतिक, अपराध जस्ता शब्दलाई पुँजीवादी दर्शनमा निषेध छ । पुँजीवादी उपभोक्तावादको यसै विचारलाई छर्लङ्ग पार्दै चर्ली च्याप्लिनले मोस्यो भेरदु (१९४७) चलचित्र बनाएका छन् ।
चलचित्र दे लिभ (१९८८) मा मानिसहरूको एउटा जमात पुँजीवादीहरूसँग लडिरहेको देखाइएको छ । पुँजीवादीहरूलाई एलियनका रूपमा चलचित्रमा देखाइएको छ । एलियनहरूलाई उसले मात्रै देख्न सक्छ, जसले विशेष खाले चस्मा लगाउँछ । चस्मालाई मानिसको आँखा खोलिदिने कुनै पनि वस्तुका रूपमा लिन सकिन्छ वास्तवमा । चलचित्र दे लिभमा माक्र्सवादी गन्ध स्पष्ट रूपमा देख्न सकिन्छ । चर्चको पादरी टिभीमार्फत जनचेतना जगाउने कार्य गरिरहन्छ । उसका वचनहरू तीव्र चेतनाले युक्त छन् र महìवपूर्ण छन् । चस्मा लगाउने मानिसले चारै दिशामा पुँजीवादको जगजगी देख्ने थाल्छ । चस्माले जे वस्तुमा पनि पालन गर, खरिद गर, व्यक्तिगत चिन्तन मनाही, उपभोग गर, टिभी हेर, सुत, सहमती जनाऊ, सोच्ने काम नगर, सुतिराख, प्रश्न नसोध जस्ता घातक पुँजीवादी विचारहरू या आदेशहरू देखाइदिन्छ ।
चलचित्र दे लिभमा हलिउड र अमेरिकी मिडियाले कहिल्यै नदेखाउने गरिब र सडकमा आश्रित अमेरिकीहरूको स्थिति पनि देखाउन छुटाएको छैन ।