‘आँखामा मधुपर्क, हृदयमा बन्दीपुर’ नाराका साथ बन्दीपुरमा हुने ‘राष्ट्रिय सिर्जना सम्मेलन–२०८१’ (फागुन १२–१५) कार्यव्रmममा जसरी भए पनि भ्याउने मनसायले निमन्त्रणालाई तुरुन्त स्वीकार्र्नुुको मेरो आफ्नै व्यक्तिगत स्वार्थ पनि थियो । एउटा हो, पूरै समय लेखन क्षेत्रमा व्यस्त हुने भएर पनि साहित्यिक माहोलमा रम्न नपाएको अलि लामो समय भइसकेको छ । इतिहास, संस्कृति, पुरातìवलगायतका लेखनलाई काव्यलगायतका साहित्यसँग सम्बन्धित नभएको भन्ठान्नेहरू पनि होलान् त र म यही लेखन विधालाई सिर्जनात्मक साहित्यले ऊर्जा दिने मान्यता राख्छु वा त्यस्तो अनुभव गर्छु । यही भएर म सार्वजनिक साहित्यिक कार्यव्रmमहरूमा उतिसाह्रो चल्तापुर्जा हुन नसके पनि साहित्यको लेखपढ छुटाउँदिनँ । अर्को कारण हो, बन्दीपुरको इतिहास र संस्कृतिसम्बन्धमा केही तथ्य र ‘हाइपोथेसिस’ बोकेर हिँडेको निकै लामो समय भइसकेको थियो । आफूसँग भएको तथ्यलाई बन्दीपुरमै पुगेर जाँच्न पाएको थिएन । आफू पुगिनसकेका कारण त्यसबारे बोल्न वा लेख्न अप्ठ्यारो भइरहेको थियो । डुम्रे बाटो भएर यताउता आउजाउ गर्दा सधैँ बन्दीपुरले चिमोट्थ्यो । यस्तैमा केही वर्षअघि पोखरा हुँदै मुस्ताङ भ्रमणका लागि निस्किँदा स्वाट्ट बन्दीपुर पसेको थिएँ । तथ्यलाई जाँच्न र स्थलमै एक पल्ट पुग्न नपाएर छटपटाइरहेको मनलाई केही राहत मात्रै मिलेको भन्नु ठिक होला । समय पनि निकै छोटो थियो त्यो । फेरि जानुपर्ने, जान सकिरहेको थिएन । थकथकी लागिरहेको थियो । यस अर्थमा बन्दीपुर पुग्नै पर्ने अवस्था मेरो थियो । मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेको निमन्त्रण मेरा लागि ‘के खोज्छस् काना ?’ भनेर सोधेसरी भयो । यो साहित्य सम्मेलनको छेको पारेर केही सोधखोजको काम ताक थियो र केही आशावादी पनि हुन पुगेछु । लगालगको पाँच वटा लामो लामो यात्रा सकाउन्जेल अलि गलिसकेको अवस्था थियो तर बन्दीपुर यात्राको योजनासँगै तङ्ग्रिएँ । फागुन १२, बिहान बन्दीपुरका लागि गाडी चढ्न कलङ्की पुगुन्जेल सहभागी र सहयात्रीहरू देख्दा स्फुर्ति ह्वासाक्कै बढ्यो पनि ।
साहित्यिक यात्रामा साहित्यको कुरा चल्नु स्वाभाविक हो । साहित्य सँगसँगै मेरो मथिङ्गलमा बन्दीपुरको इतिहास, संस्कृति अझ विशेष गरी त्यहाँका नेवार समुदायको कुरा हाँडीभित्र मकै पड्के झैँ पड्किरहेको थियो । चार पाङ्ग्राको ठुलो गाडी गुडिरहेको थियो तर मनको पखेटा गाडीभन्दा अघि अघि नै फट्फटाइरहेको थियो बन्दीपुर हेर्दै ।
बन्दीपुरको एउटा उल्लेख्य पक्ष नेवार बस्ती हो र, त्यसको संस्कृति पनि । यो लेखको मुख्य चासो वा विषयवस्तु पनि नेवार नै हो । नेवारहरू काठमाडौँ उपत्यकाबाहिर कहिले पुगे भन्ने सवालमा सदैव पृथ्वीनारायण शाहको काठमाडौँ आव्रmमण र त्यसपछि नेवार बहिर्गमनको कथा हाल्ने गरिन्छ । यो बयान वा अनुमान गल्ती नै त होइन तर सबै ठाउँ र सबैको प्रसङ्गमा ठ्याक्कै मिल्दैन । इतिहासमा सबै कुराको सुरुवात पृथ्वीनारायण शाहबाट भयो भनेर बुझ्नु अतिशयोक्ति हो । यस्तो अतिशयोक्ति कुरा गर्दै हिँड्नुलाई म ‘सुपेरियर कम्प्लेक्स’ वा ‘इन्फेरियर कम्प्लेक्स’ को सिकार भन्ठान्छु । यस्तो कम्प्लेक्स बोकेर हिँड्नु इतिहासका अध्येताका लागि पाप कमाउनु हो । काठमाडौँ उपत्यकाको नजिकै चित्लाङ उपत्यकामा तेह्र चौध सय वर्षअघि नै नेवारहरूको बाक्लो आवादी रहेको अभिलेखहरूले स्पष्टसँग भन्छ । तिनै अभिलेखको विश्लेषण गर्ने हो भने तत्कालको बसोवास नभएर त्योभन्दा निकै अघि नै काठमाडौँबाट नेवार त्यस क्षेत्रमा आवाद गरी स्थायी बसोबास गरिसकेको बुझिन्छ । त्यो आवादी वर्तमानमा पनि निरन्तर नै छ र सामाजिक, सांस्कृतिक तथा अन्य कुरामा अहिलेसम्म पनि विशेष गरी कीर्तिपुरसँग नजिकको सम्बन्ध रहनु भौगोलिक निकटता भन्न सकिन्छ । यसबाट पुष्टि हुन्छ, पृथ्वीनारायणपछि नेवारहरू फैलिएको जरुर हो तर त्यसभन्दा अघिदेखि नै पनि नेवारहरू काठमाडौँ उपत्यका छाडेर बाहिर बाहिर समाज नै बनाएर बसाइँसराइ गरिसकेको थियो । काठमाडौँ उपत्यकाको बाह्य सम्पर्क इसापूर्व छैठौँ शताब्दीअघि नै भइसकेको पाइन्छ । अझ स्पष्ट रूपमा भन्ने हो भने यस उपत्यकाको विकास र विस्तारमा बाह्य सम्पर्कले नै धेरै मात्रामा काम गरेको पाइन्छ । यसलाई समाजशास्त्रीय भाषामा अन्तरघुलन वा ‘एसिमिलेसन’ भन्न सकिन्छ । इसापूर्व छैठौँ शताब्दी गौतम बुद्धको समय हो । त्यति बेला नै काठमाडौँ उपत्यका व्यापार व्यवसायले गुलजार भइसकेको कुरा बौद्ध ग्रन्थ ‘मूलसर्वास्तिवादविनयसूत्र’ बाट बुझिन्छ । भिक्षु आनन्द व्यापारीहरूसँग काठमाडौँ उपत्यका आएका थिए र फर्के बुद्धलाई यहाँको बारेमा सुनाएका थिए । आजभोलि गोरखा नामबाट चिनिने भूक्षेत्र लिच्छविकालमा काठमाडौँ उपत्यकाको केन्द्रित शासन अन्तर्गत थियो । तत्कालीन लिच्छविराजाहरूले भूमिविस्तार कहाँदेखि कहाँसम्म गरेको थियो भन्ने चर्चा बेग्लै विषयवस्तु हो तर केन्द्रबाहेक अन्य ठाउँहरू सामन्त शासित हुन्थ्यो । गोरखा सामन्त शासित नभएर केन्द्र शासित क्षेत्र थियो भन्ने कुरा गोरखा क्षेत्रमा नै पाइएको सातौँ शताब्दीको शिलालेखबाट पुष्टि हुन्छ । सातौँ शताब्दीमा नेपाली राजकुमारी भनिएका भृकुटीको विवाह राजा स्रङचङ गम्पोसँग भएपछि मात्रै तिब्बतमा नेपालीहरूको आउजाउ हुन थालेको भनेर बुझ्नु पनि अलि कच्चा जानकारी राख्नु नै हुन्छ । जुम्लाको सिँजा उपत्यकालाई राजधानी बनाई बाह्रौँ शताब्दीमा राजा नागराजद्वारा स्थापित खस साम्राज्यसँग काठमाडौँ उपत्यकाको सम्पर्क तिब्बतको माध्यमबाट भएको हुनु धेरै सम्भव छ । पन्ध्रौँ शताब्दीसम्म अस्तिìवमा रहेको खस साम्राज्यको सम्पर्क काठमाडौँको धर्म, संस्कृति तथा राजनीतिक स्तरमा रामै्रसँग भएको पाइन्छ । सिँजाको भाषिक प्रभाव त्यही समयमा काठमाडौँको नेवार समाजमा परिसकेको थियो । मनाङ, मुस्ताङ तथा डोल्पामा उपत्यकाका नेवार कलाकारहरूको माग पछिसम्म हुने गरेको पाइन्छ ।
खस साम्राज्यको पतन र आधुनिक नेपालको निर्माण बिचको समयमा महाकाली नदीभन्दा पूर्व र त्रिशूली नदीसम्म (अर्थात् काठमाडौँ उपत्यकाभन्दा पश्चिम) विभिन्न ससाना राज्यहरूको उदय भएको थियो, जसलाई बाइसे र चौबिसे राज्य भनिन्थ्यो । विशेष गरी चौबिसे राज्यहरूमा काठमाडौँ उपत्यकाका नेवार व्यापारीहरूको प्रख्याति थियो । आफ्नो गाउँठाउँको विकास गर्न तथा व्यापार व्यवसाय बढाउन ती राज्यहरू यिनै नेवारहरूलाई आकर्षित गर्ने ध्याउन्नामा रहन्थे । यसमा लमजुङ, कास्की, तनहुँ, पर्वत तथा स्याङ्जाबिच प्रतिस्पर्धा हुने गरेको देखिन्छ । यो प्रतिस्पर्धामा गोरखापछि मात्रै सामेल भएकोे थियो, राजा रामशाहको राज्यकालमा । गोरखा राज्यको मात्रै बढी बढाउ गर्ने व्रmममा अन्य इतिहासहरू छुट्न गएको दोषारोपण मात्रै होइन, यथार्थ हो । पूरै नेपालको इतिहास गोरखाबाट सुरु भएको बुझ्ने प्रवृत्तिले इतिहासको पाठ उल्टोपाल्टो पर्ने गर्दछ । चौबिसे राज्यभित्र गोरखा सम्भवतः कान्छो राज्य हो । राम शाहको बेलादेखि मात्रै नेवारहरू आफ्नो थातथलो छाडेर बाहिर जान थालेको भनेर बुझ्नु इतिहासलाई बुझ्दै नबुझ्नु हो । कान्तिपुर, ललितपुर र भक्तपुरका राजाहरू काठमाडौँ उपत्यकामा मात्रै सीमित थिए भनेर बुझ्नु पनि एक प्रकारकले अनाडी नै बन्नु हो । अहिलेको राजनीतिक भाषाम भन्नुपर्दा कान्तिपुर, ललितपुर र भक्तपुरका राजाहरू अन्तर्राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्दथे र आफ्नो प्रभाव जमाउँथे । यी तीन वटै राज्यको राजधानी मात्रै कान्तिपुर, ललितपुर र भक्तपुर थियो, तीन राज्यको भूक्षेत्र वर्तमानमा बागमती प्रदेश जत्तिकै रहेको पाइन्छ । चौबिसे राज्यहरूको गुटबन्दी तथा आन्तरिक मामिलामा यी तीन राजाहरू कूटनीतिक चलखेल गर्दथे । उदाहरणका लागि गोरखाका राजकुमार पृथ्वीनारायण शाहलाई भक्तपुरका राजा रणजित मल्लले मीत छोरा बनाए पनि मीत छोरा गोरखाको स्वार्र्थविपरीत कहिल्यै जाँदैन भन्ने कुरा उनलाई थाहा थियो । त्यही भएर भक्तपुरका लागि गोरखाको शक्तिमा खतरा देखेर त्यसलाई अँठ्याउन तनहुँलगायतका चौबिसे राज्यहरूलाई सरसल्लाहका साथै अन्य कुराले सहयोग गर्दथे । पृथ्वीनारायण शाहको विजययात्रा अगाडि बढिरहेकै बेला चौबिसे राज्यमध्ये एउटालाई लेखेको अत्यन्त गोप्य पत्र भूलचुकले पृथ्वीनारायण शाहको हात परेपछि मात्र यो कुरा उनलाई थाहा भएको थियो । पृथ्वीनारायण शाहको एकीकरण अभियान मूलतः काठमाडौँ उपत्यका केन्द्रित थियो । उपत्यकाको तीन राज्य र विजयपुर तथा चौदण्डी गरी पाँच राज्य मात्रै उनले कमाएका हुन् । इतिहास भनेर पढाइने लेख तथा पुस्तकहरूमा भने जस्तो चौबिसे राज्यहरू एक आपसमा झगडा मात्रै गरेर निकै कमजोर हुन पुगेका थिएनन् बरु लमजुङ, कास्की, स्याङ्जा, पर्वत, तनहुँ आदि राज्यहरू आपसमा मोर्चाबन्दी बनाएर गोरखालाई एक्लो पार्न सफल भएको थियो । यसर्थ छिमेकी राज्यहरू न कमजोर थियो न गोरखालाई सजिल्यै निल्न सक्ने अवस्थामा नै थियो ।
भक्तपुरमा गोरखासँग पराजय भई काशीमा निर्वासित जीवन बिताउन गएका रणजित मल्लले आफूसँगै एक राजकुमार अवधूतसिंहलाई साथमा लिएर गएका थिए । ती राजाको मृत्युपछि अवधूतसिंह फर्केर आई पर्वत राज्यमा शरण लिएका थिए र पृथ्वीनारायण शाहको विरुद्धको पर्वतको अभियानमा सरिक भएका थिए । भक्तपुरबाट भागेर डोटी पुगेका कुनै मल्लहरूका सन्तानमध्येका एक शिवराज श्रेष्ठ ‘मल्ल’ ले बताए अनुसार उहिले पो लुकेर बस्नु पर्दथ्यो र थर लुकाएर श्रेष्ठ राखियो तर अहिले लुक्न नपर्ने अवस्थामा पहिचान देखाउन नामको पछाडि उपनाम ‘मल्ल’ झुन्ड्याएको बताउँछन् । उनी इतिहासमा राम्रो दखल राख्ने लेखक हुन् । यस व्रmममा कतिपयको संस्कार संस्कृति तथा पहिचानमा पनि पनि सङ्कट आएको देखिन्छ । यसरी भाग्ने र लुकेर बस्नेहरू तनहुँको बन्दीपुर पुगेको पनि पाइन्छन् । बन्दीपुरलगायतका क्षेत्रमा नेवारको आगमनलाई सजिलो पाराले बुझ्न सकिन्न । पृथ्वीनारायण शाहको उपत्यका विजयपछि मात्रै बन्दीपुरमा नेवारहरू आइपुगेको भनेर बुझ्नु वास्तवमा बन्दीपुरको धेरै इतिहासलाई निषेध गर्नु हुन्छ । यहाँ पहिल्यैदेखि आई बसेका नेवारहरू त छँदै थिए, पृथ्वीनारायणको कोपबाट बच्न पनि आएको पाइन्छ । यसरी भाग्ने बेला पूर्व सम्पर्कलाई पछ्याउने गरिन्छ । बन्दीपुरका नेवारहरूको अध्ययन गर्दा यहाँ भक्तपुरबाट बढी मात्रामा पुगेको पाइन्छ । यहाँ बोलिने भाषा, संस्कार तथा संस्कृतिले यही कुराको पुष्टि गर्दछ । तिनै भक्तपुरका नेवारहरूमा कीर्तिपुरबाट भागेका नेवारहरू मिसिएको पनि पाइन्छ । कीर्तिपुरको गहिरो अध्ययन गरेका पुरातìवविद् शुव्रmसागर श्रेष्ठले बन्दीपुर र कीर्तिपुरको यो पक्षबारे जानकारी दिएका थिए र थप अध्ययन हुनुपर्ने भनिराख्थे । यहाँ मेरो चासो बन्दीपुर पुग्ने तिनै कीर्तिपुरवासीको खोजी हो ।
बन्दीपुर तनहुँ राज्य अन्तर्गत एउटा व्यापारिक केन्द्र थियो । काठमाडौँ उपत्यकाभित्रै उत्पादन भएका वस्तुहरूको बिव्रmीवितरण गर्न कतिपय व्यापारीहरू उपत्यकाबाहिर टाढाटाढासम्म पुग्थे भने कतिपय व्यापारी भारतलगायतका वस्तुहरू काठमाडौँ भिœयाउँथे । भारतबाट वस्तु आपूर्ति गर्ने एउटा राम्रो थलो बन्दीपुर थियो । बन्दीपुरबाट सामानहरू कीर्तिपुर आउँथ्यो । कीर्तिपुर कुनै एउटा बस्ती मात्र नभएर अर्को व्यापारिक थलो पनि थियो र यही भएर पृथ्वीनारायण शाहले यस क्षेत्रमाथि विशेष आँखा लगाएको हुनु पर्दछ । बल्लबल्ल तेस्रो पटकको आव्रmमणमा मात्रै विजय हासिल गर्न उनी सफल भएका थिए । यस अर्थमा कीर्तिपुर र बन्दीपुरबिच नजिकको सम्बन्ध बनेको थियो । कीर्तिपुर त्यति बेला पाटन राज्य अन्तर्गतको क्षेत्र थियो र यो क्षेत्र गोरखा अधीनस्थ बनेपछि गोरखाका व्रmुद्ध सैनिकहरूले कीर्तिपुरका जनतामाथि भएको आव्रmमण हिजोआज चर्चाको विषय बन्ने गरेको छ । दुई पल्टको पराजय र तेस्रो पल्टको अभियानमा पनि बल्लबल्ल जित हासिल गरे पनि यसबिच गोरखाको धेरै मात्रामा नोक्सान भइसकेको थियो । पराजयी कीर्तिपुरवासीलाई दण्ड दिने व्रmममा नाक काटिएको प्रसङ्गलाई कतिपय लुकाउन वा विदेशीले फैलाएको हल्ला भन्न खोज्छन् ।
काठमाडौँ उपत्यकाका नेवारहरू उपत्यकाबाहिर बसाइँसराइ गर्दा एउटा अचम्मको प्रवृत्ति पाइयो । तिब्बतको व्यापारमा ज्यादा जसो कान्तिपुर (काठमाडौँ) का नेवारहरूको वर्चस्व पाइन्छ । सिन्धुपाल्चोकलगायत जिल्लाहरूमा भक्तपुरबाट गएका छन् । लिस्तीकोटमा भने कीर्तिपुरको केही सम्बन्ध देखियो । नुवाकोटमा पनि कीर्तिपुरको सम्बन्ध देखिन्छ । यसरी नै दोलखा पुरानै नेवार बस्ती हो । यहाँ ललितपुरको सम्बन्ध देखिन्छ । राजा राम शाहले आफ्नो राज्यमा ललितपुरबाट नेवार व्यापारीहरूलाई मगाएको पाइन्छ । त्यसदेखि बाहेक काठमाडौँ उपत्यकाको पश्चिम तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ आदि चौबिसी राज्यमा छरिएका नेवारहरू भक्तपुरबाटै गएका हुन् । रोल्पालगायत विभिन्न जिल्लामा छरिएका रहेका नेवारहरू भागेका मात्रै थिएनन्, व्यापार गर्न वा अन्य कुनै जिम्मेबारी दिएर राज्यद्वारा नै खटाइएका पनि हुन् । अन्यत्रको तुलनामा कीर्तिपुरका नेवारहरूमा बसाइँसराइको प्रवृत्ति कमै मात्र पाइन्छ । तर कीर्तिपुरमाथि गोरखा विजयपछि कति सङ्ख्यामा बन्दीपुर गएर बसे र तिनीहरू को को हुन् भनेर खुट्याउन नै मुस्किल छ । ती कीर्तिपुरवासी बन्दीपुरमा लुक्ने व्रmममा आफ्नो पहिचानलाई हराउन पुगेका छन् । कीर्तिपुरबाट आएको भनेर एउटा घरपरिवार देखाउने गरिन्छ तर ती नब्बे सालको भुइँचालोपछि मात्रै पुगेका भन्ने कुरा लेखक डिल्लीराज शर्माबाट जानियो ।
बन्दीपुर बजारको पश्चिमपट्टि अलि झरेपछि
‘तीनधारा’ भन्ने ठाउँ आउँछ । झट्ट हेर्दा केही मन्दिरहरू दृष्टिगोचर हुन्छ र धार्मिक स्थल भनेर पहिचान गर्न सकिन्छ । तीनधारा भनिए पनि त्यहाँ तीनभन्दा बढी धारा छन् । पहिला तीन वटा मात्र धारा भएकाले तीन धारा नाम रहन गएको बुझिन्छ । पहाड रसाएर आइरहेको पानी नै ती धाराहरूबाट झरिरहेका हो । त्यही पानी बगेर बनेको खोल्सालाई ‘बन्दी’ भनिने जानकारी डिल्लीराज शर्माबाट पाएपछि बन्दीपुरको ऐतिहासिकता र यहाँ नेवारको आगमन ठम्याउन अझ सहायत मिल्यो । मगर भाषामा पानीसँग सम्बन्धित खोलानालामा ‘दी’ शब्द आउने गर्दछ । नेपाली भाषाको व्याकरणमा ठाउँको नाममा दीर्घ ईकार राख्ने चलन अनुसार म्याग्दी, रिदी, पुम्दी, छाब्दी भनिएको मात्रै हो, नत्र ‘दी’ नै हुन्छ । ठाउँको नामसँग ‘पुर’ आएका कारण ‘बन्दीपुर’ बन्यो, ‘बन्दी’ बनाइएन वा भनिएन । बन्दीपुरलाई ‘बन्दीपुर’ को रूपमा बुझ्ने र अपराधी कर्म गर्नहरूलाई बन्दी बनाउने ठाउँ भएर यस्तो नाम रहेको भन्ने अनुमान पुराणले ऐतिहासिक अध्ययनलाई अलमल्याउने बाहेक अरू गर्दैन । मगर भाषामा पानीको अर्थबोध गराउने ‘दी’ शब्द नेवार समाजमा भने ‘ती’ प्रचलित छ । नेवारबाहेक पूर्वतिरका अन्य जातीय समुदायमा पनि ‘ती’ शब्द नै प्रचलित छ । अर्थात् मगर भाषाबाट गाउँठाउँको नाम बनिसकेपछि मात्रै बन्दीपुरमा नेवारहरूको आगमन भएको बुझ्न सकिन्छ, नभए यसको नामकरण सम्भवतः नेवार समुदायले नै गरिदिन्थ्यो । नेवारले राखेको अभिलेखमा यस बस्तीको नाम ‘बन्देपुर’ रहे पनि त्यो बन्दीपुरलाई नै भनेको बुझ्न सकिन्छ ।
नेवार समुदायको मुख्य थातथलो काठमाडौँ उपत्यकामा प्रत्येक घरको मुख्य ढोका अगाडि एउटा पूजास्थल हुन्छ । ‘पिखालखु’ भनिने पूजास्थलले पूरै घरको प्रतिनिधित्व गरिरहेको हुन्छ अथवा यसलाई घरको प्रतीक पनि भन्न सकिन्छ । यहाँ पूजा गर्नुले घरकै पूजा गरेको अर्थ दिन्छ । यसरी नै नित्य पूजाका व्रmममा यहाँ पनि सफा र पूजा गर्ने गरिन्छ । तिहारको बेला यस ठाउँमा रातो माटोले मण्डलाकारमा पोतेर त्यसलाई रातो माटोले पोत्दै घरको धुकू (पूजास्थल) सम्म लगिएको हुन्छ जहाँ लक्ष्मी पूजा गरिएको हुन्छ । यसलाई ‘लक्ष्मीद्यः सालेगु’ भनिन्छ जसको तात्पर्य पिखालखुमा लक्ष्मीलाई स्वागत गरेर पूजाकोठासम्म ल्याइएको हो । घरमा हुने नित्य पूजामा पनि पिखालखुमा सोही अनुसार पूजा गरिन्छ । घरबाट बाहिर देवमन्दिरतर्फ पूजा लाँदा पनि यहाँ पूजा गर्नु पर्दछ । अझ पूजाका लागि जल भिœयाउँदा पनि यस पिखालखुमा अलिकति चढाउने गरिन्छ । नयाँ सदस्यका रूपमा बुहारी भिœयाउँदा यही ठाउँमा राखेर पूजा गरेर मात्र भिœयाइन्छ । मान्छे मर्दा सातौँ दिनमा मृतकलाई भात खुवाउने महìवपूर्ण कर्म पनि यही पिखालखुमा गरिन्छ । काठमाडौँ उपत्यकामा पिखालखुको जतिसुकै महìव भए पनि यसको महìव काठमाडौँ बाहिर घट्दै गएको पाइन्छ । स्याङ्जा जिल्लाका कतिपय नेवार बस्तीहरूमा पिखालखु बारेमा पूर्णतः अनभिज्ञ रहेको पाइयो । अध्ययनका व्रmममा ती नेवारहरू अलि अघि नै त्यहाँ पुगेको देखियो । अर्थात् आफ्नो थातथलो छाडेर विभिन्न ठाउँमा बसाइँ सरेपछि आफ्नो संस्कार र संस्कृतिलाई पनि सँगसँगै लिएर हिँडेको भन्ने बुझाइ पूर्णतः सत्य नरहेको बुझिन्छ । बसाइँसराइसँगै संस्कार र संस्कृतिमा परिवर्तन वा क्षय हुने कुरा यहाँ पनि लागु भएको बुझ्न सकिन्छ । को नेवार कति अगाडि आयो वा पछाडि आयो भनेर हेर्ने एउटा मापन पिखालखुलाई पनि लिन सकियो । बन्दीपुरमा पनि पिखालखु त्यति देखिँदैन तर पूर्णतः हराएकै पनि भन्न मिल्दैन । पूरै नेवार बस्तीमा चार पाँच घरमा पिखालखुको रूपमा पूजा गरिराखेको देखियो ।
कीर्तिपुरबाट बन्दीपुरमा गएका नेवारहरू खोज्न नसक्नु वा बिलाउनुलाई मैले पहिचानको विषयसँग जोडेर हेरेको छु । जसरी धेरै पहिले आफ्नो थातथलो छाडेकाले भाषा र संस्कृति ठ्याम्मै बिर्से वा केही अवशेष बाँकी राखेका छन्, थोरै पहिले छाडेकाले पहिलोको तुलनामा अलि बढी जोगाएर राखेका छन् । बन्दीपुरका नेवारहरू अलि थोरै पछि गएका हुन् कि भनेर अनुमान गर्ने ठाउँ छ । त्यहाँ भाषा हराएको छैन । संस्कार र संस्कृति पनि हराइसकेको भनिहाल्न मिल्दैन । यसको अर्थ यो होइन कि, बन्दीपुरमा नेवार सभ्यता सही सलामत छ, निरन्तरता छ । अन्यत्र पिखालखु पूर्णतः हराइसके पनि यहाँ पूरे बस्तीमा चार पाँच घरमा देखिनु क्षयकै सङ्केत हो । अझ क्षयको कुरा त के हो भने बन्दीपुरबाटै नेवारहरू विस्थापित हुन ठाल्नु । पृथ्वीराजमार्ग बनेपछि जिल्ला सदरमुकाम दमौलीमा सारिएसँगै बन्दीपुर पनि सुक्न थाल्यो र बस्ती उराँठलाग्दो बन्यो । पर्यटनको विकाससँगै बन्दीपुर बौरिन थालेको पनि भनिन्छ तर संस्कृतिको विद्यार्थीको नाताले त्यस्तो भनिहाल्न अलि अप्ठ्यारो छ । बन्दीपुरका नेवारहरू अहिले कोही चितवन तथा नारायणगढतिर झरेका छन् त कोही काठमाडौँमा नै घर बनाएर बस्न थालिसकेका छन् । बन्दीपुरवासी त भन्छन् तर बन्दीपुरमा कहिलेकाहीँ मात्र पुग्छन् वा पुग्दैनन् । नेवार वास्तुकलाले युक्त घर तथा बस्ती त छ तर होटेल व्यवसायमा थोरै मात्र नेवार संलग्न छन् । धेरैले भाडामा दिएर अरूलाई चलाउन दिएका छन् । नेवारका विषयमा नेवारसँग नै सोध्न पाइँदैन, जे जति जानकारी पाइन्छ, पर्यटकका लागि उपलब्ध गराइने ‘ब्रोसियर’ भन्दा बढी जानकारी पाइँदैन । बन्दीपुरमा देखिने दैनिक जनजीवनमा बन्दीपुर भेटिन्न । व्यापार गर्न आएका व्यापारीले नेवारका कुराहरूलाई देखाउने मात्रै हो, नेवार सभ्यता र संस्कृति थामिदिन सक्दैन । यहाँ जति पनि देखिने हुन्छ, त्यसमा कृत्रिमता मात्रै हुन्छ । यही भएर पर्यटनको विकाससँगै बन्दीपुर बौरिन थालेको भन्न नसकिएको हो ।
बन्दीपुरमा कीर्तिपुरको नेवार भेटियो त ? यो लेखको मुख्य प्रश्न यही हो तर थोरै दिन वा थोरै समयमा यस्ता प्रश्नहरूको जबाफ पाइहालिन्छ भन्ने अपेक्षा राखिनु हुन्न । खोजी कार्यले निरन्तरता पाउनु पर्दछ । त्यहाँ प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा रहेको अभिलेखले भने केही सङ्केत दिन्छ । बन्दीपुरमा रहेका मन्दिरहरूमध्ये सबैभन्दा ठुलो, पुरानो र महìवपूर्ण यही विन्ध्यवासिनी हो । मूल ढोकाको माथि टाँगिएको अभिलेखमा प्रयुक्त भाषा न भक्तपुरमा बोलिने हो, न त बन्दीपुरका अधिकांश नेवारले बोल्ने भाषासँग नै मिल्छ । त्यहाँ प्रयुक्त भाषा कीर्तिपुर वा काठमाडौँतिर बोलिने नेवार भाषा हो । संवत् ९५० को उक्त अभिलेख मन्दिर निर्माणसम्बन्धी नभएर तोरण बनाएर चढाएको सम्बन्धी हो । ती दाताको नाम मनोरथ ललित हो । यो नामले मात्रै व्यक्तिको पृष्ठभूमि खुल्दैन तर यसमा प्रयुक्त भाषाका आधारमा कहीँ कीर्तिपुरबाट गएका नेवारको सन्तानमध्ये एक उही पो हो कि ? तर आफ्नै अनुमानमा पनि शङ्का गर्ने ठाउँ नभएको होइन । काठमाडौँ उपत्यकामा पाइएका मध्यकालका अभिलेखहरू अधिकांश नेपाल भाषा (नेवार भाषा) मा नै पाइन्छ र ती भाषाहरूमा एक रूपमा पाइन्छ, स्थानीय भेद पाइँदैन । बन्दीपुरको उल्लेखित अभिलेख पनि त्यसैको निरन्तरता हुन सक्छ । अध्ययनले निरन्तरता पाए भने धेरै कुरा थाहा पाइने हुन्छ । ‘आँखामा मधुपर्क, हृदयमा बन्दीपुर’ नाराका साथ बन्दीपुरमा हुने ‘राष्ट्रिय सिर्जना सम्मेलन–२०८१’ (फागुन १२–१५) कार्यव्रmममा जसरी भए पनि भ्याउने मनसायले निमन्त्रणालाई तुरुन्त स्वीकार्र्नुुको मेरो आफ्नै व्यक्तिगत स्वार्थ पनि थियो । एउटा हो, पूरै समय लेखन क्षेत्रमा व्यस्त हुने भएर पनि साहित्यिक माहोलमा रम्न नपाएको अलि लामो समय भइसकेको छ । इतिहास, संस्कृति, पुरातìवलगायतका लेखनलाई काव्यलगायतका साहित्यसँग सम्बन्धित नभएको भन्ठान्नेहरू पनि होलान् त र म यही लेखन विधालाई सिर्जनात्मक साहित्यले ऊर्जा दिने मान्यता राख्छु वा त्यस्तो अनुभव गर्छु । यही भएर म सार्वजनिक साहित्यिक कार्यव्रmमहरूमा उतिसाह्रो चल्तापुर्जा हुन नसके पनि साहित्यको लेखपढ छुटाउँदिनँ । अर्को कारण हो, बन्दीपुरको इतिहास र संस्कृतिसम्बन्धमा केही तथ्य र ‘हाइपोथेसिस’ बोकेर हिँडेको निकै लामो समय भइसकेको थियो । आफूसँग भएको तथ्यलाई बन्दीपुरमै पुगेर जाँच्न पाएको थिएन । आफू पुगिनसकेका कारण त्यसबारे बोल्न वा लेख्न अप्ठ्यारो भइरहेको थियो । डुम्रे बाटो भएर यताउता आउजाउ गर्दा सधैँ बन्दीपुरले चिमोट्थ्यो । यस्तैमा केही वर्षअघि पोखरा हुँदै मुस्ताङ भ्रमणका लागि निस्किँदा स्वाट्ट बन्दीपुर पसेको थिएँ । तथ्यलाई जाँच्न र स्थलमै एक पल्ट पुग्न नपाएर छटपटाइरहेको मनलाई केही राहत मात्रै मिलेको भन्नु ठिक होला । समय पनि निकै छोटो थियो त्यो । फेरि जानुपर्ने, जान सकिरहेको थिएन । थकथकी लागिरहेको थियो । यस अर्थमा बन्दीपुर पुग्नै पर्ने अवस्था मेरो थियो । मधुपर्कका सम्पादक त्रिभुवनचन्द्र वाग्लेको निमन्त्रण मेरा लागि ‘के खोज्छस् काना ?’ भनेर सोधेसरी भयो । यो साहित्य सम्मेलनको छेको पारेर केही सोधखोजको काम ताक थियो र केही आशावादी पनि हुन पुगेछु । लगालगको पाँच वटा लामो लामो यात्रा सकाउन्जेल अलि गलिसकेको अवस्था थियो तर बन्दीपुर यात्राको योजनासँगै तङ्ग्रिएँ । फागुन १२, बिहान बन्दीपुरका लागि गाडी चढ्न कलङ्की पुगुन्जेल सहभागी र सहयात्रीहरू देख्दा स्फुर्ति ह्वासाक्कै बढ्यो पनि ।
साहित्यिक यात्रामा साहित्यको कुरा चल्नु स्वाभाविक हो । साहित्य सँगसँगै मेरो मथिङ्गलमा बन्दीपुरको इतिहास, संस्कृति अझ विशेष गरी त्यहाँका नेवार समुदायको कुरा हाँडीभित्र मकै पड्के झैँ पड्किरहेको थियो । चार पाङ्ग्राको ठुलो गाडी गुडिरहेको थियो तर मनको पखेटा गाडीभन्दा अघि अघि नै फट्फटाइरहेको थियो बन्दीपुर हेर्दै ।
बन्दीपुरको एउटा उल्लेख्य पक्ष नेवार बस्ती हो र, त्यसको संस्कृति पनि । यो लेखको मुख्य चासो वा विषयवस्तु पनि नेवार नै हो । नेवारहरू काठमाडौँ उपत्यकाबाहिर कहिले पुगे भन्ने सवालमा सदैव पृथ्वीनारायण शाहको काठमाडौँ आव्रmमण र त्यसपछि नेवार बहिर्गमनको कथा हाल्ने गरिन्छ । यो बयान वा अनुमान गल्ती नै त होइन तर सबै ठाउँ र सबैको प्रसङ्गमा ठ्याक्कै मिल्दैन । इतिहासमा सबै कुराको सुरुवात पृथ्वीनारायण शाहबाट भयो भनेर बुझ्नु अतिशयोक्ति हो । यस्तो अतिशयोक्ति कुरा गर्दै हिँड्नुलाई म ‘सुपेरियर कम्प्लेक्स’ वा ‘इन्फेरियर कम्प्लेक्स’ को सिकार भन्ठान्छु । यस्तो कम्प्लेक्स बोकेर हिँड्नु इतिहासका अध्येताका लागि पाप कमाउनु हो । काठमाडौँ उपत्यकाको नजिकै चित्लाङ उपत्यकामा तेह्र चौध सय वर्षअघि नै नेवारहरूको बाक्लो आवादी रहेको अभिलेखहरूले स्पष्टसँग भन्छ । तिनै अभिलेखको विश्लेषण गर्ने हो भने तत्कालको बसोबास नभएर त्योभन्दा निकै अघि नै काठमाडौँबाट नेवार त्यस क्षेत्रमा आवाद गरी स्थायी बसोबास गरिसकेको बुझिन्छ । त्यो आवादी वर्तमानमा पनि निरन्तर नै छ र सामाजिक, सांस्कृतिक तथा अन्य कुरामा अहिलेसम्म पनि विशेष गरी कीर्तिपुरसँग नजिकको सम्बन्ध रहनु भौगोलिक निकटता भन्न सकिन्छ । यसबाट पुष्टि हुन्छ, पृथ्वीनारायणपछि नेवारहरू फैलिएको जरुर हो तर त्यसभन्दा अघिदेखि नै पनि नेवारहरू काठमाडौँ उपत्यका छाडेर बाहिर बाहिर समाज नै बनाएर बसाइँसराइ गरिसकेको थियो । काठमाडौँ उपत्यकाको बाह्य सम्पर्क इसापूर्व छैठौँ शताब्दीअघि नै भइसकेको पाइन्छ । अझ स्पष्ट रूपमा भन्ने हो भने यस उपत्यकाको विकास र विस्तारमा बाह्य सम्पर्कले नै धेरै मात्रामा काम गरेको पाइन्छ । यसलाई समाजशास्त्रीय भाषामा अन्तरघुलन वा ‘एसिमिलेसन’ भन्न सकिन्छ । इसापूर्व छैठौँ शताब्दी गौतम बुद्धको समय हो । त्यति बेला नै काठमाडौँ उपत्यका व्यापार व्यवसायले गुलजार भइसकेको कुरा बौद्ध ग्रन्थ ‘मूलसर्वास्तिवादविनयसूत्र’ बाट बुझिन्छ । भिक्षु आनन्द व्यापारीहरूसँग काठमाडौँ उपत्यका आएका थिए र फर्के बुद्धलाई यहाँको बारेमा सुनाएका थिए । आजभोलि गोरखा नामबाट चिनिने भूक्षेत्र लिच्छविकालमा काठमाडौँ उपत्यकाको केन्द्रित शासन अन्तर्गत थियो । तत्कालीन लिच्छविराजाहरूले भूमिविस्तार कहाँदेखि कहाँसम्म गरेको थियो भन्ने चर्चा बेग्लै विषयवस्तु हो तर केन्द्रबाहेक अन्य ठाउँहरू सामन्त शासित हुन्थ्यो । गोरखा सामन्त शासित नभएर केन्द्र शासित क्षेत्र थियो भन्ने कुरा गोरखा क्षेत्रमा नै पाइएको सातौँ शताब्दीको शिलालेखबाट पुष्टि हुन्छ । सातौँ शताब्दीमा नेपाली राजकुमारी भनिएका भृकुटीको विवाह राजा स्रङचङ गम्पोसँग भएपछि मात्रै तिब्बतमा नेपालीहरूको आउजाउ हुन थालेको भनेर बुझ्नु पनि अलि कच्चा जानकारी राख्नु नै हुन्छ । जुम्लाको सिँजा उपत्यकालाई राजधानी बनाई बाह्रौँ शताब्दीमा राजा नागराजद्वारा स्थापित खस साम्राज्यसँग काठमाडौँ उपत्यकाको सम्पर्क तिब्बतको माध्यमबाट भएको हुनु धेरै सम्भव छ । पन्ध्रौँ शताब्दीसम्म अस्तिìवमा रहेको खस साम्राज्यको सम्पर्क काठमाडौँको धर्म, संस्कृति तथा राजनीतिक स्तरमा रामै्रसँग भएको पाइन्छ । सिँजाको भाषिक प्रभाव त्यही समयमा काठमाडौँको नेवार समाजमा परिसकेको थियो । मनाङ, मुस्ताङ तथा डोल्पामा उपत्यकाका नेवार कलाकारहरूको माग पछिसम्म हुने गरेको पाइन्छ ।
खस साम्राज्यको पतन र आधुनिक नेपालको निर्माण बिचको समयमा महाकाली नदीभन्दा पूर्व र त्रिशूली नदीसम्म (अर्थात् काठमाडौँ उपत्यकाभन्दा पश्चिम) विभिन्न ससाना राज्यहरूको उदय भएको थियो, जसलाई बाइसे र चौबिसे राज्य भनिन्थ्यो । विशेष गरी चौबिसे राज्यहरूमा काठमाडौँ उपत्यकाका नेवार व्यापारीहरूको प्रख्याति थियो । आफ्नो गाउँठाउँको विकास गर्न तथा व्यापार व्यवसाय बढाउन ती राज्यहरू यिनै नेवारहरूलाई आकर्षित गर्ने ध्याउन्नामा रहन्थे । यसमा लमजुङ, कास्की, तनहुँ, पर्वत तथा स्याङ्जाबिच प्रतिस्पर्धा हुने गरेको देखिन्छ । यो प्रतिस्पर्धामा गोरखापछि मात्रै सामेल भएकोे थियो, राजा रामशाहको राज्यकालमा । गोरखा राज्यको मात्रै बढी बढाउ गर्ने व्रmममा अन्य इतिहासहरू छुट्न गएको दोषारोपण मात्रै होइन, यथार्थ हो । पूरै नेपालको इतिहास गोरखाबाट सुरु भएको बुझ्ने प्रवृत्तिले इतिहासको पाठ उल्टोपाल्टो पर्ने गर्दछ । चौबिसे राज्यभित्र गोरखा सम्भवतः कान्छो राज्य हो । राम शाहको बेलादेखि मात्रै नेवारहरू आफ्नो थातथलो छाडेर बाहिर जान थालेको भनेर बुझ्नु इतिहासलाई बुझ्दै नबुझ्नु हो । कान्तिपुर, ललितपुर र भक्तपुरका राजाहरू काठमाडौँ उपत्यकामा मात्रै सीमित थिए भनेर बुझ्नु पनि एक प्रकारकले अनाडी नै बन्नु हो । अहिलेको राजनीतिक भाषाम भन्नुपर्दा कान्तिपुर, ललितपुर र भक्तपुरका राजाहरू अन्तर्राष्ट्रिय राजनीतिमा हस्तक्षेप गर्दथे र आफ्नो प्रभाव जमाउँथे । यी तीन वटै राज्यको राजधानी मात्रै कान्तिपुर, ललितपुर र भक्तपुर थियो, तीन राज्यको भूक्षेत्र वर्तमानमा बागमती प्रदेश जत्तिकै रहेको पाइन्छ । चौबिसे राज्यहरूको गुटबन्दी तथा आन्तरिक मामिलामा यी तीन राजाहरू कूटनीतिक चलखेल गर्दथे । उदाहरणका लागि गोरखाका राजकुमार पृथ्वीनारायण शाहलाई भक्तपुरका राजा रणजित मल्लले मीत छोरा बनाए पनि मीत छोरा गोरखाको स्वार्र्थविपरीत कहिल्यै जाँदैन भन्ने कुरा उनलाई थाहा थियो । त्यही भएर भक्तपुरका लागि गोरखाको शक्तिमा खतरा देखेर त्यसलाई अँठ्याउन तनहुँलगायतका चौबिसे राज्यहरूलाई सरसल्लाहका साथै अन्य कुराले सहयोग गर्दथे । पृथ्वीनारायण शाहको विजययात्रा अगाडि बढिरहेकै बेला चौबिसे राज्यमध्ये एउटालाई लेखेको अत्यन्त गोप्य पत्र भूलचुकले पृथ्वीनारायण शाहको हात परेपछि मात्र यो कुरा उनलाई थाहा भएको थियो । पृथ्वीनारायण शाहको एकीकरण अभियान मूलतः काठमाडौँ उपत्यका केन्द्रित थियो । उपत्यकाको तीन राज्य र विजयपुर तथा चौदण्डी गरी पाँच राज्य मात्रै उनले कमाएका हुन् । इतिहास भनेर पढाइने लेख तथा पुस्तकहरूमा भने जस्तो चौबिसे राज्यहरू एक आपसमा झगडा मात्रै गरेर निकै कमजोर हुन पुगेका थिएनन् बरु लमजुङ, कास्की, स्याङ्जा, पर्वत, तनहुँ आदि राज्यहरू आपसमा मोर्चाबन्दी बनाएर गोरखालाई एक्लो पार्न सफल भएको थियो । यसर्थ छिमेकी राज्यहरू न कमजोर थियो न गोरखालाई सजिल्यै निल्न सक्ने अवस्थामा नै थियो ।
भक्तपुरमा गोरखासँग पराजय भई काशीमा निर्वासित जीवन बिताउन गएका रणजित मल्लले आफूसँगै एक राजकुमार अवधूतसिंहलाई साथमा लिएर गएका थिए । ती राजाको मृत्युपछि अवधूतसिंह फर्केर आई पर्वत राज्यमा शरण लिएका थिए र पृथ्वीनारायण शाहको विरुद्धको पर्वतको अभियानमा सरिक भएका थिए । भक्तपुरबाट भागेर डोटी पुगेका कुनै मल्लहरूका सन्तानमध्येका एक शिवराज श्रेष्ठ ‘मल्ल’ ले बताए अनुसार उहिले पो लुकेर बस्नु पर्दथ्यो र थर लुकाएर श्रेष्ठ राखियो तर अहिले लुक्न नपर्ने अवस्थामा पहिचान देखाउन नामको पछाडि उपनाम ‘मल्ल’ झुन्ड्याएको बताउँछन् । उनी इतिहासमा राम्रो दखल राख्ने लेखक हुन् । यस व्रmममा कतिपयको संस्कार संस्कृति तथा पहिचानमा पनि पनि सङ्कट आएको देखिन्छ । यसरी भाग्ने र लुकेर बस्नेहरू तनहुँको बन्दीपुर पुगेको पनि पाइन्छन् । बन्दीपुरलगायतका क्षेत्रमा नेवारको आगमनलाई सजिलो पाराले बुझ्न सकिन्न । पृथ्वीनारायण शाहको उपत्यका विजयपछि मात्रै बन्दीपुरमा नेवारहरू आइपुगेको भनेर बुझ्नु वास्तवमा बन्दीपुरको धेरै इतिहासलाई निषेध गर्नु हुन्छ । यहाँ पहिल्यैदेखि आई बसेका नेवारहरू त छँदै थिए, पृथ्वीनारायणको कोपबाट बच्न पनि आएको पाइन्छ । यसरी भाग्ने बेला पूर्व सम्पर्कलाई पछ्याउने गरिन्छ । बन्दीपुरका नेवारहरूको अध्ययन गर्दा यहाँ भक्तपुरबाट बढी मात्रामा पुगेको पाइन्छ । यहाँ बोलिने भाषा, संस्कार तथा संस्कृतिले यही कुराको पुष्टि गर्दछ । तिनै भक्तपुरका नेवारहरूमा कीर्तिपुरबाट भागेका नेवारहरू मिसिएको पनि पाइन्छ । कीर्तिपुरको गहिरो अध्ययन गरेका पुरातìवविद् शुव्रmसागर श्रेष्ठले बन्दीपुर र कीर्तिपुरको यो पक्षबारे जानकारी दिएका थिए र थप अध्ययन हुनुपर्ने भनिराख्थे । यहाँ मेरो चासो बन्दीपुर पुग्ने तिनै कीर्तिपुरवासीको खोजी हो ।
बन्दीपुर तनहुँ राज्य अन्तर्गत एउटा व्यापारिक केन्द्र थियो । काठमाडौँ उपत्यकाभित्रै उत्पादन भएका वस्तुहरूको बिव्रmीवितरण गर्न कतिपय व्यापारीहरू उपत्यकाबाहिर टाढाटाढासम्म पुग्थे भने कतिपय व्यापारी भारतलगायतका वस्तुहरू काठमाडौँ भिœयाउँथे । भारतबाट वस्तु आपूर्ति गर्ने एउटा राम्रो थलो बन्दीपुर थियो । बन्दीपुरबाट सामानहरू कीर्तिपुर आउँथ्यो । कीर्तिपुर कुनै एउटा बस्ती मात्र नभएर अर्को व्यापारिक थलो पनि थियो र यही भएर पृथ्वीनारायण शाहले यस क्षेत्रमाथि विशेष आँखा लगाएको हुनु पर्दछ । बल्लबल्ल तेस्रो पटकको आव्रmमणमा मात्रै विजय हासिल गर्न उनी सफल भएका थिए । यस अर्थमा कीर्तिपुर र बन्दीपुरबिच नजिकको सम्बन्ध बनेको थियो । कीर्तिपुर त्यति बेला पाटन राज्य अन्तर्गतको क्षेत्र थियो र यो क्षेत्र गोरखा अधीनस्थ बनेपछि गोरखाका व्रmुद्ध सैनिकहरूले कीर्तिपुरका जनतामाथि भएको आव्रmमण हिजोआज चर्चाको विषय बन्ने गरेको छ । दुई पल्टको पराजय र तेस्रो पल्टको अभियानमा पनि बल्लबल्ल जित हासिल गरे पनि यसबिच गोरखाको धेरै मात्रामा नोक्सान भइसकेको थियो । पराजयी कीर्तिपुरवासीलाई दण्ड दिने व्रmममा नाक काटिएको प्रसङ्गलाई कतिपय लुकाउन वा विदेशीले फैलाएको हल्ला भन्न खोज्छन् ।
काठमाडौँ उपत्यकाका नेवारहरू उपत्यकाबाहिर बसाइँसराइ गर्दा एउटा अचम्मको प्रवृत्ति पाइयो । तिब्बतको व्यापारमा ज्यादा जसो कान्तिपुर (काठमाडौँ) का नेवारहरूको वर्चस्व पाइन्छ । सिन्धुपाल्चोकलगायत जिल्लाहरूमा भक्तपुरबाट गएका छन् । लिस्तीकोटमा भने कीर्तिपुरको केही सम्बन्ध देखियो । नुवाकोटमा पनि कीर्तिपुरको सम्बन्ध देखिन्छ । यसरी नै दोलखा पुरानै नेवार बस्ती हो । यहाँ ललितपुरको सम्बन्ध देखिन्छ । राजा राम शाहले आफ्नो राज्यमा ललितपुरबाट नेवार व्यापारीहरूलाई मगाएको पाइन्छ । त्यसदेखि बाहेक काठमाडौँ उपत्यकाको पश्चिम तनहुँ, कास्की, स्याङ्जा, पर्वत, बाग्लुङ आदि चौबिसी राज्यमा छरिएका नेवारहरू भक्तपुरबाटै गएका हुन् । रोल्पालगायत विभिन्न जिल्लामा छरिएका रहेका नेवारहरू भागेका मात्रै थिएनन्, व्यापार गर्न वा अन्य कुनै जिम्मेबारी दिएर राज्यद्वारा नै खटाइएका पनि हुन् । अन्यत्रको तुलनामा कीर्तिपुरका नेवारहरूमा बसाइँसराइको प्रवृत्ति कमै मात्र पाइन्छ । तर कीर्तिपुरमाथि गोरखा विजयपछि कति सङ्ख्यामा बन्दीपुर गएर बसे र तिनीहरू को को हुन् भनेर खुट्याउन नै मुस्किल छ । ती कीर्तिपुरवासी बन्दीपुरमा लुक्ने व्रmममा आफ्नो पहिचानलाई हराउन पुगेका छन् । कीर्तिपुरबाट आएको भनेर एउटा घरपरिवार देखाउने गरिन्छ तर ती नब्बे सालको भुइँचालोपछि मात्रै पुगेका भन्ने कुरा लेखक डिल्लीराज शर्माबाट जानियो ।
बन्दीपुर बजारको पश्चिमपट्टि अलि झरेपछि
‘तीनधारा’ भन्ने ठाउँ आउँछ । झट्ट हेर्दा केही मन्दिरहरू दृष्टिगोचर हुन्छ र धार्मिक स्थल भनेर पहिचान गर्न सकिन्छ । तीनधारा भनिए पनि त्यहाँ तीनभन्दा बढी धारा छन् । पहिला तीन वटा मात्र धारा भएकाले तीन धारा नाम रहन गएको बुझिन्छ । पहाड रसाएर आइरहेको पानी नै ती धाराहरूबाट झरिरहेका हो । त्यही पानी बगेर बनेको खोल्सालाई ‘बन्दी’ भनिने जानकारी डिल्लीराज शर्माबाट पाएपछि बन्दीपुरको ऐतिहासिकता र यहाँ नेवारको आगमन ठम्याउन अझ सहायत मिल्यो । मगर भाषामा पानीसँग सम्बन्धित खोलानालामा ‘दी’ शब्द आउने गर्दछ । नेपाली भाषाको व्याकरणमा ठाउँको नाममा दीर्घ ईकार राख्ने चलन अनुसार म्याग्दी, रिदी, पुम्दी, छाब्दी भनिएको मात्रै हो, नत्र ‘दी’ नै हुन्छ । ठाउँको नामसँग ‘पुर’ आएका कारण ‘बन्दीपुर’ बन्यो, ‘बन्दी’ बनाइएन वा भनिएन । बन्दीपुरलाई ‘बन्दीपुर’ को रूपमा बुझ्ने र अपराधी कर्म गर्नहरूलाई बन्दी बनाउने ठाउँ भएर यस्तो नाम रहेको भन्ने अनुमान पुराणले ऐतिहासिक अध्ययनलाई अलमल्याउने बाहेक अरू गर्दैन । मगर भाषामा पानीको अर्थबोध गराउने ‘दी’ शब्द नेवार समाजमा भने ‘ती’ प्रचलित छ । नेवारबाहेक पूर्वतिरका अन्य जातीय समुदायमा पनि ‘ती’ शब्द नै प्रचलित छ । अर्थात् मगर भाषाबाट गाउँठाउँको नाम बनिसकेपछि मात्रै बन्दीपुरमा नेवारहरूको आगमन भएको बुझ्न सकिन्छ, नभए यसको नामकरण सम्भवतः नेवार समुदायले नै गरिदिन्थ्यो । नेवारले राखेको अभिलेखमा यस बस्तीको नाम ‘बन्देपुर’ रहे पनि त्यो बन्दीपुरलाई नै भनेको बुझ्न सकिन्छ ।
नेवार समुदायको मुख्य थातथलो काठमाडौँ उपत्यकामा प्रत्येक घरको मुख्य ढोका अगाडि एउटा पूजास्थल हुन्छ । ‘पिखालखु’ भनिने पूजास्थलले पूरै घरको प्रतिनिधित्व गरिरहेको हुन्छ अथवा यसलाई घरको प्रतीक पनि भन्न सकिन्छ । यहाँ पूजा गर्नुले घरकै पूजा गरेको अर्थ दिन्छ । यसरी नै नित्य पूजाका व्रmममा यहाँ पनि सफा र पूजा गर्ने गरिन्छ । तिहारको बेला यस ठाउँमा रातो माटोले मण्डलाकारमा पोतेर त्यसलाई रातो माटोले पोत्दै घरको धुकू (पूजास्थल) सम्म लगिएको हुन्छ जहाँ लक्ष्मी पूजा गरिएको हुन्छ । यसलाई ‘लक्ष्मीद्यः सालेगु’ भनिन्छ जसको तात्पर्य पिखालखुमा लक्ष्मीलाई स्वागत गरेर पूजाकोठासम्म ल्याइएको हो । घरमा हुने नित्य पूजामा पनि पिखालखुमा सोही अनुसार पूजा गरिन्छ । घरबाट बाहिर देवमन्दिरतर्फ पूजा लाँदा पनि यहाँ पूजा गर्नु पर्दछ । अझ पूजाका लागि जल भिœयाउँदा पनि यस पिखालखुमा अलिकति चढाउने गरिन्छ । नयाँ सदस्यका रूपमा बुहारी भिœयाउँदा यही ठाउँमा राखेर पूजा गरेर मात्र भिœयाइन्छ । मान्छे मर्दा सातौँ दिनमा मृतकलाई भात खुवाउने महìवपूर्ण कर्म पनि यही पिखालखुमा गरिन्छ । काठमाडौँ उपत्यकामा पिखालखुको जतिसुकै महìव भए पनि यसको महìव काठमाडौँ बाहिर घट्दै गएको पाइन्छ । स्याङ्जा जिल्लाका कतिपय नेवार बस्तीहरूमा पिखालखु बारेमा पूर्णतः अनभिज्ञ रहेको पाइयो । अध्ययनका व्रmममा ती नेवारहरू अलि अघि नै त्यहाँ पुगेको देखियो । अर्थात् आफ्नो थातथलो छाडेर विभिन्न ठाउँमा बसाइँ सरेपछि आफ्नो संस्कार र संस्कृतिलाई पनि सँगसँगै लिएर हिँडेको भन्ने बुझाइ पूर्णतः सत्य नरहेको बुझिन्छ । बसाइँसराइसँगै संस्कार र संस्कृतिमा परिवर्तन वा क्षय हुने कुरा यहाँ पनि लागु भएको बुझ्न सकिन्छ । को नेवार कति अगाडि आयो वा पछाडि आयो भनेर हेर्ने एउटा मापन पिखालखुलाई पनि लिन सकियो । बन्दीपुरमा पनि पिखालखु त्यति देखिँदैन तर पूर्णतः हराएकै पनि भन्न मिल्दैन । पूरै नेवार बस्तीमा चार पाँच घरमा पिखालखुको रूपमा पूजा गरिराखेको देखियो ।
कीर्तिपुरबाट बन्दीपुरमा गएका नेवारहरू खोज्न नसक्नु वा बिलाउनुलाई मैले पहिचानको विषयसँग जोडेर हेरेको छु । जसरी धेरै पहिले आफ्नो थातथलो छाडेकाले भाषा र संस्कृति ठ्याम्मै बिर्से वा केही अवशेष बाँकी राखेका छन्, थोरै पहिले छाडेकाले पहिलोको तुलनामा अलि बढी जोगाएर राखेका छन् । बन्दीपुरका नेवारहरू अलि थोरै पछि गएका हुन् कि भनेर अनुमान गर्ने ठाउँ छ । त्यहाँ भाषा हराएको छैन । संस्कार र संस्कृति पनि हराइसकेको भनिहाल्न मिल्दैन । यसको अर्थ यो होइन कि, बन्दीपुरमा नेवार सभ्यता सही सलामत छ, निरन्तरता छ । अन्यत्र पिखालखु पूर्णतः हराइसके पनि यहाँ पूरे बस्तीमा चार पाँच घरमा देखिनु क्षयकै सङ्केत हो । अझ क्षयको कुरा त के हो भने बन्दीपुरबाटै नेवारहरू विस्थापित हुन ठाल्नु । पृथ्वीराजमार्ग बनेपछि जिल्ला सदरमुकाम दमौलीमा सारिएसँगै बन्दीपुर पनि सुक्न थाल्यो र बस्ती उराँठलाग्दो बन्यो । पर्यटनको विकाससँगै बन्दीपुर बौरिन थालेको पनि भनिन्छ तर संस्कृतिको विद्यार्थीको नाताले त्यस्तो भनिहाल्न अलि अप्ठ्यारो छ । बन्दीपुरका नेवारहरू अहिले कोही चितवन तथा नारायणगढतिर झरेका छन् त कोही काठमाडौँमा नै घर बनाएर बस्न थालिसकेका छन् । बन्दीपुरवासी त भन्छन् तर बन्दीपुरमा कहिलेकाहीँ मात्र पुग्छन् वा पुग्दैनन् । नेवार वास्तुकलाले युक्त घर तथा बस्ती त छ तर होटेल व्यवसायमा थोरै मात्र नेवार संलग्न छन् । धेरैले भाडामा दिएर अरूलाई चलाउन दिएका छन् । नेवारका विषयमा नेवारसँग नै सोध्न पाइँदैन, जे जति जानकारी पाइन्छ, पर्यटकका लागि उपलब्ध गराइने ‘ब्रोसियर’ भन्दा बढी जानकारी पाइँदैन । बन्दीपुरमा देखिने दैनिक जनजीवनमा बन्दीपुर भेटिन्न । व्यापार गर्न आएका व्यापारीले नेवारका कुराहरूलाई देखाउने मात्रै हो, नेवार सभ्यता र संस्कृति थामिदिन सक्दैन । यहाँ जति पनि देखिने हुन्छ, त्यसमा कृत्रिमता मात्रै हुन्छ । यही भएर पर्यटनको विकाससँगै बन्दीपुर बौरिन थालेको भन्न नसकिएको हो ।
बन्दीपुरमा कीर्तिपुरको नेवार भेटियो त ? यो लेखको मुख्य प्रश्न यही हो तर थोरै दिन वा थोरै समयमा यस्ता प्रश्नहरूको जबाफ पाइहालिन्छ भन्ने अपेक्षा राखिनु हुन्न । खोजी कार्यले निरन्तरता पाउनु पर्दछ । त्यहाँ प्रसिद्ध विन्ध्यवासिनी मन्दिरमा रहेको अभिलेखले भने केही सङ्केत दिन्छ । बन्दीपुरमा रहेका मन्दिरहरूमध्ये सबैभन्दा ठुलो, पुरानो र महìवपूर्ण यही विन्ध्यवासिनी हो । मूल ढोकाको माथि टाँगिएको अभिलेखमा प्रयुक्त भाषा न भक्तपुरमा बोलिने हो, न त बन्दीपुरका अधिकांश नेवारले बोल्ने भाषासँग नै मिल्छ । त्यहाँ प्रयुक्त भाषा कीर्तिपुर वा काठमाडौँतिर बोलिने नेवार भाषा हो । संवत् ९५० को उक्त अभिलेख मन्दिर निर्माणसम्बन्धी नभएर तोरण बनाएर चढाएको सम्बन्धी हो । ती दाताको नाम मनोरथ ललित हो । यो नामले मात्रै व्यक्तिको पृष्ठभूमि खुल्दैन तर यसमा प्रयुक्त भाषाका आधारमा कहीँ कीर्तिपुरबाट गएका नेवारको सन्तानमध्ये एक उही पो हो कि ? तर आफ्नै अनुमानमा पनि शङ्का गर्ने ठाउँ नभएको होइन । काठमाडौँ उपत्यकामा पाइएका मध्यकालका अभिलेखहरू अधिकांश नेपाल भाषा (नेवार भाषा) मा नै पाइन्छ र ती भाषाहरूमा एक रूपमा पाइन्छ, स्थानीय भेद पाइँदैन । बन्दीपुरको उल्लेखित अभिलेख पनि त्यसैको निरन्तरता हुन सक्छ । अध्ययनले निरन्तरता पाए भने धेरै कुरा थाहा पाइने हुन्छ । मधुपर्क