काठमाडौँ, फागुन २६ गते । नेपाल राष्ट्र बैंकले मङ्गलबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४७ रुपियाँ ४३ पैसा र बिक्रीदर १४८ रुपियाँ तीन पैसा तोकिएको छ ।
युरोपियन युरो एकको खरिददर १७० रुपियाँ ४१ पैसा र बिक्रीदर १७१ रुपियाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९६ रुपियाँ ७५ पैसा र बिक्रीदर १९७ रुपियाँ ५५ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपियाँ १९ पैसा र बिक्रीदर १८९ रुपियाँ ९६ पैसा कायम गरिएको छ ।
अस्ट्रेलियन डलर एकको खरिददर १०३ रुपियाँ ४२ पैसा र बिक्रीदर १०३ रुपियाँ ८४ पैसा, क्यानेडियन डलर एकको खरिददर १०८ रुपियाँ ९२ पैसा र बिक्रीदर १०९ रुपियाँ ३६ पैसा, सिङ्गापुर डलर एकको खरिददर ११५ रुपियाँ १५ पैसा र बिक्रीदर ११५ रुपियाँ ६२ पैसा तोकिएको छ ।
जापानी येन १० को खरिददर नौ रुपियाँ ३० पैसा र बिक्रीदर नौ रुपियाँ ३४ पैसा, चिनियाँ युआन एकको खरिददर २१ रुपियाँ ३१ पैसा र बिक्रीदर २१ रुपियाँ ४० पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३९ रुपियाँ २७ पैसा र बिक्रीदर ३९ रुपियाँ ४३ पैसा, कतारी रियाल एकको खरिददर ४० रुपियाँ ३४ पैसा र बिक्रीदर ४० रुपियाँ ५० पैसा कायम भएको छ ।
केन्द्रीय बैंकका अनुसार थाई भाट एकको खरिददर चार रुपियाँ ५९ पैसा र बिक्रीदर चार रुपियाँ ६१ पैसा, युएई दिराम एकको खरिददर ४० रुपियाँ १४ पैसा र बिक्रीदर ४० रुपियाँ ३० पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३७ रुपियाँ २० पैसा र बिक्रीदर ३७ रुपियाँ ३५ पैसा, साउथ कोरियन वन १०० को खरिददर नौ रुपियाँ ९० पैसा र बिक्रीदर नौ रुपियाँ ९४ पैसा, स्वीडिस क्रोनर एकको खरिददर १५ रुपियाँ ९४ पैसा र बिक्रीदर १६ रुपियाँ एक पैसा र डेनिस क्रोनर एकको खरिददर २२ रुपियाँ ८१ पैसा र बिक्रीदर २२ रुपियाँ ९१ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले हङ्कङ डलर एकको खरिददर १८ रुपियाँ ८६ पैसा र बिक्रीदर १८ रुपियाँ ९४ पैसा, कुवेती दिनार एकको खरिददर ४८१ रुपियाँ २५ पैसा र बिक्रीदर ४८३ रुपियाँ २१ पैसा, बहराइन दिनार एकको खरिददर ३९० रुपियाँ ५४ पैसा र बिक्रीदर ३९२ रुपियाँ १३ पैसा, ओमनी रियाल एकको खरिददर ३८२ रुपियाँ ९४ पैसा र बिक्रीदर ३८४ रुपियाँ ४९ पैसा रहेको छ । यस्तै, भारतीय रुपियाँ एक सयको खरिददर १६० रुपियाँ र बिक्रीदर १६० रुपियाँ १५ पैसा तोकिएको छ ।
राष्ट्र बैंकले यो विनिमयदरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैंकले तोक्ने विनिमयदर भने फरक हुनसक्ने र अद्यावधिक विनिमयदर केन्द्रीय बैंकको वेबसाइटमा उपलब्ध हुने जनाइएको छ । रासस