• २३ जेठ २०८२, शुक्रबार

बन्दीपुर विशेष

इतिहासमा बन्दीपुर

blog

आधुनिक नेपालको निर्माण हुनुअघिसम्म पश्चिममा बाइसी, मध्यभागमा चौबिसी, उपत्यकालगायत पूर्वीपहाड र तराईमा गरी ५५ वटा भन्दा बढी साना गणराज्यमा विखण्डित थियो तत्कालीन नेपाल । नेपालमण्डलका राजा यक्ष मल्लको समयमा सिङ्गो मल्ल राज्य पश्चिममा पाल्पासम्म फैलिएको थियो । त्यति बेला तनहुँलगायत बन्दीपुरको सबै भूभाग यसको अधीनमा रहेको देखिन्छ । यक्ष मल्लले सन् १४८२ सम्म शासन गरेका थिए । उनको शासनकालमा मल्ल राज्यको सिमाना व्यापक रूपमा विस्तार भएको छ । तत्कालीन विशाल मल्ल राज्य उनले आफ्ना छोराहरूमा अंशबन्डा गरेपश्चात् मात्र कान्तिपुर, पाटन र भादगाउँ राज्यको उदय भएको हो । यी साना राज्यहरू आफ्नो साँधसिमाना मिलाउनेभन्दा कुनै फराकिलो सोच लिएर अघि बढ्न सकेका थिएनन् । नेपालका सेनवंशी राजाहरूको आगमन पनि आफ्नो पुख्र्यौली सम्बन्ध चितौरगढ सिर्सौदिया वंशसँग कायम रहेको तथ्य इतिहास साक्षी छ । चितौरगढ राज्यमा मुसलमानहरूद्वारा आतङ्कपूर्ण आव्रmमण गर्दा आफ्नो अस्तित्व बचाउनका लागि त्यहाँबाट उत्तरखण्डतिर प्रवेश गर्न उनीहरू बाध्य भए । सेनहरूको एक वंशावली अनुसार चितौरगढका राजा चित्रसेनका दुई भतिजाहरू जिलराय र अजिलराय सर्वप्रथम आफ्ना सैनिकहरूका साथ हिमालयको फेदीतिर प्रवेश गरेका थिए ।

तत्काल गण्डकीको पश्चिमखण्ड भावरक्षेत्रमा एक सामान्य जातिका राजा कर्मसिंहले राज्य गरेको देखिन्छ । राजपुरमा उनको राजधानी थियो भने जिलराय र अजिलराय पनि उनकै राज्यको सेवामा रहेका थिए । कर्मसिंहको राज्यमा लामो समयसम्म सेवा गरेपछि यी दुवैले उक्त राज्यमा स्वतः आफ्नो अधिकार जमाए । कर्मसिंहको निधनपश्चात् अजिलराय त्यहाँका राजा भए । पाल्पा राज्यका संस्थापक रुद्रसेन र मणिमुकुन्द सेन प्रथम पनि यही वंशका राजा हुन् । उनीपछि दलमन्जन सेन, गणपति सेन, चन्द्र सेन, रुद्र सेन र मुकुन्द सेन व्रmमशः पाल्पाको राजगद्दीमा बसे । सेनवंशी राजाहरूको शासनकेन्द्र पाल्पा रहेको थियो । पाल्पाका रुद्र सेनले संवत् १५५० देखि १५७५ सम्म शासन गरेको देखिन्छ । उनले रिब्दीकोटमा रहेको सेनवंशको राजधानीलाई अनेक सोचबुझका साथ पाल्पामा स्थानान्तरण गरेका हुन् । रुद्र सेनको अवशानपछि मणिमुकुन्द सेन प्रथम विसं १६१० सम्म पाल्पाको राजगद्दीमा बसेका थिए । पाल्पाका राजा मुकुन्द सेनको शासनकालमा सेनवंशीहरूको प्रभाव व्यापक भू–भागसम्म पैmलिएको थियो । यिनै मणिमुकुन्द सेनका वंशजले तनहुँमा आफ्नो स्वतन्त्र राज्य स्थापना गरी २३० वर्षसम्म शासन चलाएका थिए । 

तनहुँमा प्रथम शासकका रूपमा मणिमुकुन्द सेन प्रथमलार्ई स्वीकार गरिएको छ । मुकुन्द सेन सर्वशक्तिशाली पाल्पा राज्यका नामले प्रख्यात् भए पनि उनलार्ई गण्डकी गर्भदेशका राजा पनि भनिन्थ्यो । उनले आफ्नो शासनकालमा कुमाउँदेखि टिष्टासम्म राज्यविस्तार गरेका थिए । मणिमुकुन्द सेन वडा प्रतापी राजा थिए । उनले पाल्पा आसपासको क्षेत्रमा आफ्नो राज्यविस्तार गरिसकेपछि दक्षिण इलाका हुँदै पूर्वमा कोशीसम्म विजय प्राप्त गरेका थिए । एकीकरणकै अभियानलार्ई लिएर राज्यविस्तार गरेका यी राजा अति सिपालु, लडाकु र एक कुशल सेनापतिसमेत थिए । उनको दिग्विजयलार्ई लिएर तत्काल मुकुन्द सेनले मुलुक मारे भन्ने जस्ता कहाँवत पनि प्रचलित भयो । मुकुन्द सेनको एउटा विशेषता के भने उनले जहाँ जहाँ विजय प्राप्त गर्थे, ती राज्यहरूमा स्थानीय व्यक्तिहरूकै नेतृत्व प्रभाव बढेर जान्थ्यो । उनले ती ठाउँहरूमा आफ्ना छोरा भतिजाहरूलाई प्रशासकका रूपमा खटाउने गर्दथे । कालान्तरमा रहँदाबस्दा उनीहरूले नै सोही ठाउँमा राजा हुने भूमिका बनाउन थाले । मणिमुकुन्द सेनले निर्माण गरेको विशाल पाल्पा राज्यलार्ई आफ्ना छोरा, भतिजा र नातिहरूमा अंशवण्डा गरी विभाजन गर्दा तनहुँको राज्य उनका साहिला सुपुत्र भृङ्गी सेनको भागमा परेको कुरा इतिहास सत्य हो । तनहुँ प्रदेशको शासन व्यवस्था सञ्चालन गर्नका लागि मणिमुकुन्द सेनले आफ्ना छोरा भृङ्गी सेनलाई विसं १६१० मा क्षेत्रपालमा नियुक्त गरी खटाएका थिए । उनले विसं १६२२ मा आपूmलाई तनहुँको राजा घोषणा गरी तनहुँसुरलाई राजधानी बनाएका थिए । सेनवंशको एक स्वतन्त्र तनहुँ राज्यमा भृङ्गी सेनको आगमनसँगै सेनवंशी राजाहरूले शासन गरेका राज्यहरूमा पाल्पा, मकवानपुर, वुटवल, विजयपुर, राजपुर र चौदण्डी आदि प्रमुख रहेका थिए ।

सेनवंशी राजाहरूको वंशावलीमा तनहुँका आदिपुरुष मणिमुकुन्द सेन प्रथम हुन् । आफ्नो अस्तित्व रक्षाका लागि भृङ्गी सेनका वंशजले तनहुँमा राजवंश चलाएका थिए । कुवेर सेनले तनहुँको तराई राज्य रामनगर राजपुरमा शासन चलाएका थिए । तनहुँको पहाडी राज्य तनहुँसुर भृङ्गी सेनपछि व्रmमशः हम्बिर सेन, तुला सेन, दामोदर सेन, दिग्विजय सेन, कामराजदत्त सेन, त्रिविव्रmम सेन, कामारीदत्त सेन र तनहुँका अन्तिम राजा हरकुमारदत्त सेनले विसं १८३९ सम्म तनहुँसुर राज्यमा एकछत्र शासन चलाए । मणिमुकुन्द सेन विसं १६१० मा राजर्षि बने भने १६२२ मा झन्डै ७० वर्षको उमेरमा उनको देहावसान भयो । तनहुँ क्षेत्रमा पर्ने देवघाट मणिमुकन्द सेनको तपस्यास्थल हो । यिनै भृङ्गी सेनले बन्दीपुरको मुचुकडाँडामा मन्दिर निर्माण गरेर इष्टदेवी माता भवानीको मूर्ति स्थापना गरी उनको स्मृतिमा मुकुन्देश्वरी भगवतीको नामकरण गरेका थिए, जुन स्थल बन्दीपुर बजारदेखि सिधा पश्चिममा पर्दछ । उनले मणिमुकुन्द सेनबाटै प्राप्त तरबार पनि मुकुन्देश्वरी भगवतीमा चढाए, जसलाई भगवान् शिवले मणिमुकुन्द सेनलाई दिएको तरबार भन्ने कहावत छ । मुकुन्देश्वरी भगवती बन्दीपुर क्षेत्रमा निकै प्रसिद्ध छ र यसलाई हेर्न बर्सेनि भक्तजनहरू धार्मिक पर्यटकका रूपमा आउने गर्छन् । मणिमुकुन्द सेन पाल्पादेखि तनहुँसुर राज्य आउँदा देवघाट, सिन्चाङ्गढी, हुस्लाङ हुँदै बन्दीपुर भ्रमणस्थल पर्दथ्यो । आफ्नो राज्य त्यागपश्चात् मुकुन्दसेन तपस्वी भइबसेका थिए । अहिले पनि त्यहाँ मुकुन्दसेनकालीन खुँडा, तरबारहरू खिया लागेर लडेको देखिन्छ । बन्दीपुरेहरू मुकुन्दसेनको खड्गलार्ई श्रद्धापूर्वक खड्गेश्वरीदेवीका रूपमा पूजा गर्छन् । व्यापारका व्रmममा पहिलो पटक भक्तपुरबाट बन्दीपुर पुगेका कर्मयोगी कृपाराम प्रधानले बन्दीपुर बजारको व्यवस्थित बसोबास सुरु गरेका थिए । 

प्रकृति र संस्कृतिको वैभवशाली गौरव रहेको पहाडकी रानीका रूपमा प्रख्यात ऐतिहासिक धरोहर बन्दीपुर नेपालका प्रमुख सुन्दरस्थान र बस्तीमध्ये अग्रपङ्क्तिमा पर्दछ । त्यसैले देशको गौरवभित्र बन्दीपुरको सांस्कृतिक सौन्दर्य आफैँमा धरोहर हो । बन्दीपुर शब्दचित्रभित्र अटाउन सक्ने धरोहर होइन । अतीतको जीवन्त इतिहास, गौरवगाथा र आफ्नै पीडादायी इतिहासभित्रको कथा पनि हो बन्दीपुर । अन्धविश्वास, परम्पराको उपज मन्दिरमा लगाउने टीकाभन्दा हजारौँ गुना देशको माटो, धर्तीको माटोको टीका पवित्र हुन्छ । त्यसैले माटो छ र त टीका छ अनि मन्दिर छ । नेपाल र नेपालित्वको खाँटी महिमा गाउँदै धर्तीलाई पूजा गर्ने कवि मविवि शाहले जसरी बन्दीपुरे उकाली लामो काव्यसिर्जना गरेर बन्दीपुरलाई जीवन्त बनाए त्यसै गरी त्यही पदचापमा जन्मजात कवि क्षेत्रप्रताप अधिकारीले सम्झनाको सुन्दर गीत गाएर तनहुँसुर र बन्दीपुरप्रति तिर्नै नसक्ने गुन लगाएका छन् । समयको परिवर्तनसँगै कुनै पनि ठाउँ विशेष, क्षेत्र विशेषले पहिचान बनाउन सफल बन्दीपुर आफ्नै गौरवशाली स्वाभिमानमा उभिएको छ । प्रकृति र संस्कृतिको गौरव रहेको बन्दीपुरले अतीतसँग गर्व गर्न सक्छ । कुनै पनि क्षेत्र विरासतका रूपमा रहेको सामीप्य र पृथकताको सम्मिश्रण नै बन्दीपुर र बन्दीपुरवासीहरूको समग्र मौलिक पहिचानको इतिहास हो ।

 नेपाल एकीकरणको अभियानव्रmममा विसं १८३९ माघ महिनामा तनहुँसुर राज्य विधिवत् रूपमा एकीकृत आधुनिक नेपालमा समाहित भएपछि बन्दीपुरले एक प्रशासनिक केन्द्रको रूपमा महìव पाएको हो । यही विन्दुबाटै बन्दीपुरको स्थापना यात्रा प्रारम्भ हुन्छ । आज बन्दीपुरको स्थापना २४३ वर्षको इतिहासभित्र प्रवेश गरेको छ । त्यसअघि तनहुँसुर राज्य जीवन्त रहँदा पनि बन्दीपुरको महìव चर्चामै रहेको थियो । तनहुँसुर राज्यकालमा तनहुँका सेनवंशी राजाहरू समय समयमा बन्दीपुर आवतजावत गर्ने व्रmमसमेत चलिरहेको थियो । त्यस समयमा बन्दीपुर एउटा व्यापारिक केन्द्रका रूपमा रहेको थियो । यति मात्र हैन बन्दीपुर मध्य–उत्तरकालमा व्यापार र सञ्चारको सम्पर्कसूत्र एवं सुदूरअतीतमा उत्तरी पहाडी भेग र तराईबिच सम्पर्कनाका रहेको थियो । 

आधुनिक एकीकृत नेपालको निर्माणसँगै परम्परागत प्रशासनिक स्वरूप एवं संरचनामा समेत आमूल परिवर्तन भएको छ । देशको क्षेत्र विस्तारसँगै केन्द्रबाट प्रत्यक्ष शासन चलाउन तत्काल प्रायः असम्भव जस्तै थियो । विगतका राज्यहरूलार्ई प्रशासनिक रूपमा कुनै प्रान्त, जिल्ला वा गाउँ इलाकाहरूमा सञ्चालन गरिएको थिएन । त्यति बेलाको शासनप्रणाली सिधै श्री ५ बाट हुन्थ्यो । शाहकालीन नेपालको प्रशासनिक विभाजनतर्फ त्यति बेला नेपालमा १२ वटा प्रान्त वा जिल्ला कायम भएको देखिन्छ । त्यति बेला धनकुटा, पाल्पा र डोटी ३ वटा मुख्य गौडा कायम रहेका थिए । पाल्पा गौडा अन्तर्गत बन्दीपुर पर्दथ्यो । प्रशासनिक आधारमा १२ वटा प्रान्त वा जिल्ला कायम रहेको भू–भागलाई पूर्वीपहाड, पश्चिम पहाड र तराई क्षेत्रमा विभाजन गरिएको थियो । पश्चिम पहाडी क्षेत्रलाई तीन भागमा विभाजन गरिए अनुरूप डोटी सदरमुकामसहितको काली–भेरी नदी बिचको क्षेत्र, तानसेन सदरमुकामसहितको पाल्पा क्षेत्र एवं पोखरा सदरमुकामसहितको माझखण्ड क्षेत्र कायम थिए । बन्दीपुर पोखरा माझखण्ड क्षेत्रमा पर्दथ्यो । तत्कालीन नेपालको प्रशासनिक विभाजनलार्ई विदेशी लेखकहरू कतिले १२ वटा र कतिले १५ वटा जिल्ला कायम गरेका छन् तर नेपाल अङ्गे्रज युद्धताका एक अङ्ग्रेज प्रतिवेदनमा त्यस बेला नेपालको पहाडतर्फ काठमाडौँ उपत्यकालगायत ३९ वटा जिल्ला रहेको उल्लेख गरिएको छ । तनहुँका राजा त्रिविव्रmम सेनले आफ्नो शासनकाल विसं १८०० देखि १८२६ सम्म रजबन्धकी, जागिर, बिर्ता र बक्स दिँदा गरिदिएका १० वटा अभिलेखपत्र सार्वजनिक भएका छन् । उनका प्रकाशित अभिलेख चार दर्जनभन्दा बढी छन् । यीमध्ये एउटा अभिलेख बन्दीपुर मुकाममा रहेर लेखिएको छ । यस्तै तनहुँका अन्तिम राजा हरकुमारदत्त सेनका सात वटा अभिलेखमध्ये दुई वटा पत्र बन्दीपुर र गोलडाँडा मुकाममा रहेर लेखिएका छन् । त्रिविव्रmम र हरकुमारदत्तका यी अभिलेखपत्रबाट के पनि बुझिन्छ भने तनहुँसुर राज्य विघटन हुनु अगावै तनहुँका राजाहरूको सम्बन्ध बन्दीपुर र यस क्षेत्रसँग राम्रो रहेको देखिन्छ । हरकुमारदत्त सेनद्वारा लेखिएका यी अभिलेहरूख विसं १८३१ देखि १८३९ सम्मका हुन् ।

तनहुँका सेनवंशी राजाहरूको शासनकालभर ४७ वटा अभिलेख प्रकाशमा आएका छन् । अहिलेसम्म तनहुँसुर राज्यका ऐतिहासिक अभिलेखहरू लिपिबद्ध छन् । तीमध्ये छ वटा अभिलेख रजबन्धकीसँग सम्बन्धित रहेका छन् । राजालाई रकमको आवश्यकता पर्दा रैकर जग्गा बन्धकी दिएर रुपियाँ सङ्ग्रह गरी काम चलाउने गरिन्थ्यो । रजबन्धकी लिनेले आफ्नो रुपियाँको व्याजबापत् भूमिकर उठाई लिन पाउँथ्यो, राजाले रजबन्धकीको रकम चुक्ता गरेपछि मात्र भूमिकर राजस्वमा पूर्ववत् दाखिला हुन आउँथ्यो । बन्दीपुरको सन्दर्भमा पनि राजाका यी अभिलेखहरूमा तनहुँसुर मुकामका साथै बन्दीपुर, खैरहनी, देवघाट र कविलास पनि रहेका छन् । त्यस बखत बन्दीपुर मुकाम रहेकाले यसले पनि महìव पाएको बुझिन्छ । विसं १८५९ सालमा नेपाल आएका इतिहासकार हेमिल्टनले बन्दीपुर पनि एउटा महìवपूर्ण स्थल भएको उल्लेख गरेका छन् । त्यस्तै महाभारत पर्वत शृङ्खलाको एक शिखर कविलासमा तनहुँसुर राज्यको महìवपूर्ण सुरक्षा किल्ला बन्दीपुर रहेको देखिन्छ । हेमिल्लटनले त्यहाँ राम्रै बस्ती विकास भएको बताएका छन् । अहिलेसम्म पनि त्यस स्थानमा पुरानो बस्ती रक्षात्मक गढी र किल्लाका भग्नावशेषहरू देखिन्छन् । त्रिशूली नदी र कृष्णगण्डकीको सङ्गमस्थल रहेको देवघाटमा तनहुँसुरका राजाहरूको शीतकालीन राजधानी रहेको तथ्य स्वीकार गरिएको छ । आज पनि इतिहासमा देवघाट, बन्दीपुर र तनहुँसुरको सम्बन्ध अन्योन्याश्रित रहेको छ । यस्तै नरभूपाल शाहको जन्म पनि तनहुँसुर दरबारमा भएकाले उनलाई गोर्खाको राजगद्दी प्राप्त हुन कुनै विघ्न बाधा नपरोस् भनी तनहुँका दरबारिया पण्डित राजगुरु गौरीश्वर पाण्डेले बन्दीपुर नजिकै छिम्केश्वरीमा भगवतीको पुरश्चरण गरिदिएका थिए । तत्काल उनी बन्दीपुरको बाटो हुँदै छिम्केश्वरी पुगेका थिए । तनहुँका राजा हरकुमारदत्त सेनले विसं १८३७ जेठमा बन्दीपुर मुकामबाट जारी गरिएको एउटा स्याहामोहर प्राप्त छ । शाहकालीन नेपालको स्थानीय प्रशासनको स्वरूप पहाड र तराईमा एकै प्रकारको थिएन । पहाडतर्फ स्थानीय प्रशासन तथा राजस्व सङ्कलनमा सहजीकरण गर्ने हेतुले गाउँ इलाकालार्ई दरा, गर्खा थुम र गाउँमा विभाजन गरिएको हुन्थ्यो । त्यति बेला स्थानीय पदाधिकारीहरूका रूपमा जिम्मवाल, मुखिया, थामी, थरी, द्वारे अमराव, अमाली, जेठाबुढा र प्रधान आदि प्रमुख रहेका थिए तर सामान्यतः एउटा गाउँमा एक जना मुखिया नियुक्ति हुने व्यवस्था थियो । बन्दीपुरतर्फको राजस्व उठाउने र प्रशासनिक कार्य यिनै जिम्मवाल मुखियाबाट गरिन्थ्यो । त्यति बेला स्थानीय तह प्रदेशहरूमा राज्य सरकारका तीन प्रमुख दायित्व कानुन तथा व्यवस्था, प्रतिरक्षा र राजस्व सङ्कलन रहेका थिए । राणाकालीन नेपालको प्रशासन अन्तर्गत ३५ वटा जिल्ला र सयौँ वटा थुम रहेको देखिन्छ । यस संरचना अनुरूप बन्दीपुर इलाकामा २८ वटा थुम कायम गरिएका थिए । यी सबैको केन्द्रविन्दु बन्दीपुर थियो । पश्चिम ३ नम्बर गोश्वारा अड्डाको मातहतमा छोटी जङ्गी परेडमार्फत बन्दीपुरको सुरक्षाका लागि प्रहरी खटिन्थे । बन्दीपुरमा सेनाको ब्यारेकपछि मात्र स्थापना भएको हो ।

राणावंशका धीरशमशेरका छोरा वीरशमशेर विसं १९४२ मा श्री ३ महाराज र देशको प्रधानमन्त्री भएका थिए । वीरशमशेरले आफ्नो शासनको सुरुमै प्रशासन व्यवस्थामा सुधारको कार्य प्रारम्भ गरेका थिए । उनले विभाजन गरेको तत्कालीन नेपालको प्रशासन तराईतर्फ १२ वटा जिल्ला, पहाडतर्फ तहसिलका रूपमा २३ वटा जिल्ला एवं राजधानीलाई केन्द्र मानेर पूर्वतर्फ १ देखि ४ तथा पश्चिमतर्फ पनि १ देखि ४ नम्बर इलाकामा विभाजन गरिएको थियो । तनहुँको बन्दीपुर पश्चिम ३ नम्बर इलाकामा पर्दथ्यो । वीरशमशेरको यो विभाजन अत्यन्त वैज्ञानिक र सुझवुझका साथ गरिएको थियो । बन्दीपुरको समेत प्रतिनिधित्व गर्ने पश्चिम ३ नम्बर इलाका ख वर्गको जिल्लामा पर्दथ्यो । सबै क्षेत्रमा बडाहाकिमको नियुक्ति सिधै श्री ३ बाट हुने गर्दथ्यो । तत्कालीन जिल्लाहरूको प्रशासनिक स्वरूपलार्ई हेर्दा क्षेत्रीय बडाहाकिम, जिल्ला बडाहाकिम र उपजिल्ला हाकिम कायम रहेको देखिन्छ । नेपालमा वीरशमशेरको शासनकालदेखि बडाहाकिम नियुक्ति गर्ने चलन चलेको हो । राणाकालमा नेपालका सबै जिल्लाहरूमा बडाहाकिम पदको सिर्जना एकै पटक भएको भने देखिँदैन् । मिलिसिया गोश्वारा अन्तर्गत रहेको पश्चिम ३ नम्बर क्षेत्र बन्दीपुर बारेका पुराना जानकार शुव्रmकुमार पियाका अनुसार विसं १९८१ सम्म क्षेत्रीय बडाकामिको कार्यालय बन्दीपुरमा रहेको र बन्दीपुरबाट पोखरा र कुन्छा हेरिन्थ्यो । तत्काल बडे अड्डा बन्दीपुर र छोटी अड्डा पोखरा भन्ने प्रचलन निकै चर्चित रूपमा चलेको थियो । सुरुका दिनमा पश्चिम ३ नम्बरको बडाहाकिमको कार्यालय बन्दीपुर वा पोखरा कहाँ भन्ने विषयमा अझै पनि विवाद छ । विद्वान् डा. जगमान गुरुङद्वारा पनि आफ्नो एक लेखमार्फत विसं १९८१ सम्म क्षेत्रीय बडाहाकिमको कार्यालय बन्दीपुरमै रहेको तथ्य सार्वजनिक भएको छ । 

बन्दीपुरको ऐतिहासिक परिचयको प्रसङ्ग उठाउँदा खड्गदेवी मन्दिरदेखि पूर्वतर्फ एउटा सानो टुँडिखेल छ, त्यहाँ २००७ सालअघिसम्म कालीबहादुर जङ्गी फौजले कवाज खेल्ने गथ्र्यो । बन्दीपुरमा पश्चिम ३ नम्बर बाहिनी अड्डाको स्थापना विसं १९७२ मा भएको हो । यस्तै बन्दीपुरमा संवत् १९८५ मा जङ्गी परेट अड्डाको स्थापना भयो । नेपालमा जङ्गी अड्डाको स्थापना विसं १९११ मा भएको थियो । २००७ सालको परिवर्तनपश्चात् मुक्ति सेना र प्रहरीहरूको कवाजका खेल त्यहाँ हुन्थ्यो । उक्त टुँडिखेलदेखि उत्तरपट्टिको भूभागमा जड्गी अड्डा, प्रहरी अड्डा, मालअड्डा, हुलाक अड्डा र औषधालय जस्ता कार्यालय रहेका थिए । यसकै सिधा पूर्वतर्फ सामारिक महìवको ठाउँ भैसेखार पर्दछ । भैसीहरूको खर्क नै भैसेखार हो भन्ने जनविश्वास छ । बन्दीपुर क्षेत्रमा २ वटा भैसेखार छन्, जसलाई माथिल्लो र तल्लो भनेर चिनिन्छ । तल्लो भैसेखारमा अदालत र झ्यालखाना जस्ता अड्डा रहेका थिए र त्यहाँ सिलखान नाउँको एक स्थान छ, जहाँ हातहतियार, गोली गट्ठा र बारुदको भण्डारण रहेको थियो । यसको पश्चिमपट्टि लडाइँको निमित्त बनाइएको गढ वा किल्ला छ । त्यहाँ पहिले तोपहरूसमेत थुपारिएका थिए । यसकै उत्तरतिरको भिरलाई घोरखाली भिर भनिन्छ, जहाँ पुरानो समयमा गोर्खाली राजाहरूसँग हुने लडाइँमा यो भीरले पनि एउटा किल्लाको काम गरेको देखिन्छ । 

महाभारत पर्वतको थलोमा अवस्थित बन्दीपुरेका गम्भीर विशेषता के भने उनीहरू कहिल्यै पनि प्रचारवादी र प्रचारमुखी बन्न चाहेनन् । आफ्नो प्रतिभा, क्षमता र कर्मसाधनाका माध्यमद्वारा सधैँ व्रिmयाशील रहिरहे । उनीहरू सधैँ सिर्जनशीलतामा बाँच्न सिके र बाँचिरहे । उनीहरूले आफ्नो इतिहासका विशेष पक्ष भादगाउँ, बन्दीपुर र नारायणगढबिचको महìव एवं गरिमालार्ई समदुरीमा राखेर एक अर्कोसँगको अन्योन्याश्रित सम्बन्ध स्थापित गरिरहे । अझ भनौँ पुख्र्यौर्ली थलो, जन्मथलो र कर्मथलोलार्ई बिर्सने काम उनीहरूबाट कहिल्यै पनि भएन ।

आज बन्दीपुर सुन्दरमय बनेको छ र बन्दीपुर बन्दीपुरेहरूले नै बनाएका हुन् । त्यसैले बन्दीपुर लोभैलाग्दो र उदेकलाग्दो पर्यटकीय गन्तव्य बनेको छ । सदरमुकाम सरेको एकदशक विसं २०२५–२०३५ सम्म सुनसान र उजाडैउजाड रहेको बन्दीपुरलार्ई बन्दीपुर क्याम्पस नोट्रेडेम स्कुल तथा सदरमुकाम सरेपछि प्रगति र अवसरको खोजीमा देश विदेशभर यत्रतत्र सर्वत्र छरिएर रहेका बन्दीपुरेहरूलार्ई एउटै छाता सङ्गठनमुनि राख्ने सद्भावना अनुरूप विधिवत् गठन भएको बन्दीपुर सामाजिक विकास समिति यतिखेर बन्दीपुरको आभूषण बन्न पुगेको छ, जसको माध्यमद्वारा बन्दीपुरको विकासमा यसले महìवपूर्ण भूमिका निर्वाह गरेको छ । बन्दीपुर सानो छ तर योगदान ठुलो छ, त्यसैले बन्दनीय पनि छ । बन्दीपुरको समग्र विकासमा कुनै न कुनै रूपले लागिरहने बन्दीपुरका दानवीर र कर्मवीरहरू धेरै छन्, तापनि बन्दीपुरको हरेक विकास कार्यमा बन्दीपुर सामाजिक विकास समितिको उल्लेखनीय भूमिका र योगदान रहेको छ । बन्दीपुरको विकास र प्रगतिको पक्षमा कुनै व्यक्ति विशेषको पहलमा धेरै कार्यव्रmम भइरहे पनि संस्थागत विकास प्रव्रिmया अन्तर्गत यसको मुख्य सफलता बन्दीपुर सामाजिक विकास समितिलार्ई नै जान्छ । यस बारेमा पुनः प्रश्न उठ्छ, यदि बन्दीपुर सामाजिक विकास समिति नै नभएको भए व्यक्ति विशेषको सहभागिता स्थान र महìव कहाँ रहने थियो होला ? सहजै अनुमान गर्न सकिन्छ । प्राचीन बन्दीपुरको सम्पदा, सौन्दर्य र मल्लकालीन समयदेखिको सांस्कृतिक तामझाम भने अझै पनि बन्दीपुरमा हराएको छैन । स्थानीय जनजीवनको मौलिकता र गौरवकै रूपमा नेपाली कला, संस्कृति बन्दीपुरको विशेषता हो । बन्दीपुरमा पुराना घर बजारको मौलिकता जति सुरक्षित छ, त्यति नै सांस्कृतिक जीवनशैली पनि सम्पन्न छ । बन्दीपुर बन्देथोक निवासी बन्देकामीलाई तनहुँ राज्यका प्रथम राजा भृङ्गी सेनले दस धार्नी फलाम दिएर तरबार बनाउन लगाएको इतिहासको महìव पनि आउँमा छँदै छ ।  बन्दीपुरको समग्र इतिहासको अवलोकन गर्दा पहिले नेपालमण्डलको शासन बन्दीपुरमा रहेको थियो । पाल्पा राज्यको स्थापनासँगै बन्दीपुर पाल्पाको नियन्त्रणमा रहन गयो भने विसं १६१० देखि १८३९ सम्म भृङ्गी सेनका उत्तराधिकारीहरूले तनहुँसुरद्वारा एकछत्र शासन चलाए । विसं १८३९ मा नेपाल एकीकरणको दोस्रो चरण बहादुर शाह र राजेन्द्रलक्ष्मीको शासनकालमा तनहुँसुर राज्य एकीकृत नेपालमा समाहित हुनपुग्यो । विसं १८४० देखि बन्दीपुर क्षेत्र शाहकालीन शासन अन्तर्गत सञ्चालित भएको हो । यो व्रmम जङ्गबहादुरको उदय हुनुअघिसम्म कायम रह्यो । विसं १९०३ मा जङ्गबहादुर कुँवरले मुलुकको शासनसत्ता आफ्नो हातमा लिएपछि बन्दीपुर पनि उनकै अधिनस्त नेतृत्वमा रहन पुग्यो । त्यस विन्दुदेखि बन्दीपुर पनि राणाशासन अन्तर्गत कायम रह्यो भने श्री ३ वीरशमशेर जबराले भौगोलिक एवं प्रशासनिक रूपमा जिल्लाको विभाजन गर्दा पश्चिम ३ नम्बर इलाकामा रहेको बन्दीपुर तनहुँको एउटा प्रशासनिक केन्द्रको रूपमा रह्यो । यो व्रmम २००७ साल हुँदै २०१५ सालसम्म कायम रहन गयो । यस अवधिमा क्षेत्रीय बडाहाकिमको कार्यालय कहिले बन्दीपुर त कहिले पोखरामा रहेको देखिन्छ । त्यसपछि विसं २०१८ साल वैशाखमा जिल्लाको पुनः संरचना हुँदा तनहुँ जिल्ला आफ्नो पृथक् पहिचानमा आएको हो र २०२५ सालसम्म बन्दीपुर तनहुँको सदरमुकाम रह्यो भने त्यही वर्ष सदरमुकाम दमौली सरेपछि तनहुँको अधीनमा बन्दीपुर रहेको हो । यस्तै २००७ साल पछाडि स्थानीय निकायका रूपमा विसं २००९ मा बन्दीपुर ग्राम पञ्चायत २०१८ मा बन्दीपुर आदर्श गाउँ पञ्चायत २०४९ मा बन्दीपुर गाउँ विकास समिति, २०७१ मा बन्दीपुर नगरपालिका र २०७४ देखि बन्दीपुर गाउँपालिकाले यहाँको स्थानीय सेवा प्रदान गर्दैै आएको छ । बन्दीपुर लक्ष्मी र सरस्वती दुवैको बासस्थान रहेको कर्मयोगी भूमि हो । विसं १९५८ सालमा बन्दीपुरमा भाषापाठशाला खोलिएपछि त्यही समय एकैसाथ कर्मयोगी बन्दीपुरेहरूले दक्षिणमा हिन्दुस्तान र उत्तरमा भोटसम्मको व्यापारलाई बन्दीपुर गन्तव्य बनाएका थिए । बन्दीपुर एउटा छाता सङ्गठनको रूपमा रहेर यसले आफ्नो कल्याणकारी इतिहासको निर्माण गरेको थियो र छ । अमेरिकी अध्येता डा. स्टेफन माइकसेलले सन् १९८८ मा अठारौँ शताब्दीमा पुँजीवादको निर्माणमा नेपालका नेवार समुदायको भूमिका शोधपत्रमा अमेरिकाबाटै पिएचडी गरेका थिए, जसमा बन्दीपुरे नेवार समुदायको योगदान पनि वर्णीत छ ।

बन्दीपुर शैक्षिक र राजनीतिक चेतनाको उर्वरभूमि, जनव्रmान्तिभूमि, अध्यात्मभूमि, व्यापारिक गन्तव्य, कविलेखक कलाकारहरूको प्रिय ठाउँ, बन्दीपुर पर्यटकका लागि रमणीय गन्तव्य, कृषिजन्य उत्पादनका लागि सम्पन्न भूमि, चलचित्रकर्मीहरूका लागि सुन्दर मैदान, प्राज्ञिकवर्गका लागि मलिलो भूमि, खनिज सम्पदामा सम्पन्न, विज्ञान र प्रविधिको भौतिक आधारभूमि, बन्दीपुरबाट छिरलिएको प्रकाश देश–देशान्तरसम्म फैलिएको ज्ञानभूमि एवं प्रकृति र संस्कृतिको अनुपम संयोग, स्वाभिमानी कर्मयोगी बन्दीपुरेहरूका नाभी झरेको ठाउँ, देशको भूगोलभित्र बन्दीपुरेहरू बन्दीपुरका गहना हुन्, जसलार्ई बन्दीपुरको ऐतिहासिक शृङ्खलाभन्दा अलिकति पनि टाढा राखेर अवलोकन गर्न सकिन्न । त्यसैले आजको पुस्ता मात्रै होइन परन्तु भोलि भोलिको पुस्ता समेतलार्ई आफ्नो धर्मसंस्कृति, परम्परा र इतिहासको विरासत बारेको प्रभावलाई जीवन्त राख्नु नितान्त जरुरी छ । यसको साथसाथै सांस्कृतिक एवं आस्थाको धरोहरका रूपमा रहेको बन्दीपुरमा रहेका यावत् मठमन्दिरको इतिहास पनि निकै लामो छ । बन्दीपुरकी आराध्यदेवी खड्गदेवी मन्दिरको वारेमा नेपालका प्रधानमन्त्री भीमसेन थापादेखि श्री ५ र श्री ३ हरूको सकारात्मक दृष्टिकोण र सहयोग खड्गदेवी माईले प्राप्त गरेको अभिलेख इतिहासबाट देखिन्छ ।   मधुपर्क