बन्दीपुर आफैँमा एक सुन्दर पहाडी बस्ती, बन्दीपुरको मुटु बन्दीपुर बजारको पूर्व कुनामा त्यस क्षेत्रकै प्रसिद्ध देवी विन्ध्यवासिनीको मन्दिर छ । त्यही मन्दिर रहेको भगवती चोकमै अर्को दुईतलेको ज्ञान र विज्ञानको देवीको फरक मन्दिर छ । जसलाई पद्म पुस्तकालय नामले जानिन्छ । बन्दीपुरबासी गोविन्दलाल पियाले कुनै समय बनाएको
‘लाल गोविन्द पाटी’ मा सञ्चालित उक्त पुस्तकालय उमेर गन्तीको हिसाबले अत्यन्त परिपक्व उमेर अर्थात् ८० औँ वसन्त पार गरिसकेको छ ।
नेपालमा राणाकालमा पुस्तकालय खोल्ने हिम्मत गर्नु दुर्लभ घटना त भइहाल्यो, त्यससँगै जोडिने व्यक्तिगत र पारिवारिक जोखिमको विचार गर्दा पुस्तकालय खोल्नु नै अनौठो र सन्की काम मान्नुपर्छ । बन्दीपुरमा पुस्तकालय खुल्नु त्यस्तै दुर्लभ एवं ‘एक जुगमा एक दिने’ घटना नै थियो । त्यसमा पनि व्रmुर शासकमा गनिने जुद्ध शमशेरकै पालामा सरकारको जानकारी र इजाजतबिना पुस्तकालय खोल्नु खोई कताबाट आयो त्यो साहस !
कुनै देश र स्थानको समृद्धिको सूचकाङ्क व्यापार, कला, साहित्य, चेतना आदिको उन्नयन पनि हो । सायद विस १९९७ मा चार सहिदलाई दिएको फाँसीले भित्रभित्रै देशमा सल्किरहेको राणाविरोधी भावना, बन्दीपुरमा विकास हुँदै गरेको चेतना, विश्वयुद्धपछि फर्केका सैनिकहरूले लिएर आएको चेतना र अनुभव, विश्वयुद्धमा तत्कालीन कम्युनिस्ट देश जनवादी गणतन्त्र सोभियत सङ्घको भूमिका आदिबाट ल्याएको प्रभाव र स्थानीय आवश्यकताको मिलनबाट विसं २००१ पुसमा बन्दीपुरे युवाहरू सूर्यलाल प्रधान, शम्भुलाल प्रधान, तनहुँ सिमपानीका समाजसेवी कविराज रामप्रसाद खनाल, चुँदीरम्घा भाषा पाठशालाका शिक्षक ज्ञानहरि शर्माले पुस्तकालय खोले । जसमा सहयोगीहरू थिए– कोमलनारायण, कदम, श्यामकृष्ण श्रेष्ठ आदि । पुस्तकालयको प्रथम सभापति शम्भुलाल प्रधानको कार्यकालमा १७५ पुस्तक र सहयोग स्वरूप सङ्कलन गरेको रु. १,२८५ बाट यात्रा थालेको पद्म पुस्तकालयले पुष्पन र पल्लवन गर्न बाँकी नै थियो ।
रामप्रसाद खनालको सुझावमा तनहुँमा जन्मिएका आदिकवि भानुभक्तको सम्झनामा सुरुमा भानु पुस्तकालय राखिए पनि बेहोर्नुपरेको प्रशासनिक झमेला आदिबाट पाठ सिकेर जुद्ध शमशेरपछि प्रधानमन्त्री भएका पद्म शमशेरको नाम जोडेर पद्म पुस्तकालय नाम राख्दा सहज हुने देखेर ‘पद्म पुस्तकालय, बन्दीपुर’ न्वारन भई ईश्वर गोपाल प्रधान (मूल बाटो, २०७५) का अनुसार २००४ माघ ६ गते मृगेन्द्र शमशेर, डाइरेक्टर जनरल अफ पब्लिक अफिसबाट स्वीकृति लिएको देखिन्छ तर मदनमोहन जोशी (मूल बाटो, २०७५) का अनुसार कमल फूल जस्तै हिलो रूपी बन्दीपुरमा फुलेर सबैको प्यार पाउने आसमा फूल या पद्म नाम राखिएको भन्नुहुन्छ । नभन्दै पुस्तकालय भवनको पश्चिम मोहडामा पुस्तकालयको नामसँगै माथि कमल फूलको चित्र अङ्कित त छ नै । जे होस् पद्म पुस्तकालय नामकरणले जनस्वीकृति पाउनुका साथै पुस्तकालय स्थापनामा आएका राणाकालीन वव्रmदृष्टिलाई थोरबहुत कम गरेकै हुनु पर्छ ।
८० वर्षभन्दा अघि स्थापित एक पुस्तकालय जुन तत्कालीन समयमा पश्चिमाञ्चलकै कपिलवस्तु जिल्लाको तौलिहवामा विसं १९९३ मा स्थापित पशुपतिप्रताप पुस्तकालयभन्दा मात्र कान्छो थियो, एक ऐतिहासिक पुस्तकालय हो ।
स्थापना काल २००१ देखि शम्भुलाल प्रधान (२००४), हरिकृष्ण श्रेष्ठ (२००६), रामप्रसाद खनाल (२००७), चिमकाजी प्रधान (२०१०), मदनमोहन जोशी (२०१२), मित्रलाल प्रधान (२०१३), कोमलरत्न जोशी (२०१४), ध्रुवलाल श्रेष्ठ (२०१६), अम्बिकामोहन जोशी (२०१७), चिजकुमार अकेला (२०१८), रामनाथ भट्टराई (२०२१), केदारकुमार मल्ल (२०२४), भाष्कर श्रेष्ठ (२०२५), चन्द्रलाल विश्वकर्मा (२०३३), विद्याप्रसाद श्रेष्ठ (२०३७), हरिकुमार पिया (२०४२), राजकुमार श्रेष्ठ (२०५२), कृष्णकुमार पिया (२०५६), लक्ष्मीनाथ शर्मा (२०६२), विमला सुल्पे श्रेष्ठ (२०६८) हुँदै सुदर्शन प्रधान (२०७८) सम्म २१ जना सभापति÷अध्यक्षहरूले पुस्तकालय सम्हालेको देखिन्छ ।
स्थापना र उत्साहका वर्ष (२००१–२०२४)
तत्कालीन ब्रिटिस रेसिडेन्टमा चिकित्सकको भूमिकामा आएका ड्यानिल राइट्सले विसं १९३४ तिर लेखेको थिए ‘नेपालमा विद्यालय र पुस्तकालयलाई आयरल्यान्डमा सर्पलाई जस्तो व्यवहार गरिन्छ’ । त्यही अँध्यारो समयमा पण्डित ज्ञानहरि शर्माको संयोजकत्वमा स्थापित भानु पुस्तकालयको पहिलो पुस्तकालय सभापतिका रूपमा शम्भुलाल प्रधान रहे । पुस्तकालय स्थापनामा नायब सुब्बा विष्णुलाल प्रधानको पनि अहम प्रेरणाका साथ पुस्तक सङ्कलन र बन्दोबस्तमा सव्रिmय भूमिका रहेको थियो, जसको कारण उहाँ राणा सरकारको कोपभाजनमा परी पोखरा बोलाइएर चेतावनी दिइएको थियो । संस्थापकमध्येका एक सूर्यलाल प्रधानबाट पनि विशेषत आफ्नो निजी पुस्तकालयका किताब उपलब्ध गरी पुस्तकालयको श्री गणेश भएको थियो । सार्वजनिक पाटीमा सञ्चालित पुस्तकालयका लागि व्यापारिक पृष्ठभूमिका संस्थापक सभापतिले आफ्नो सम्पर्कको प्रयोग गरी दिल्लीबाट मगाएका पत्रिका निजको नाममा हुलाकबाट आउँदा, प्रापकको नाम ‘शम्भुलाल प्रधान’ हुनुपर्नेमा नेपालमा चलनचल्तीमा रहेको प्रधान भन्ने थरको वास्तविक अर्थ नबुझी शम्भुलाल प्रधानमन्त्रीका नाममा पत्रिकाहरू दिल्लीबाट लामो यात्रा गरी बन्दीपुर आइपुग्दा ठाउँ ठाउँमा हल्लीखल्ली भई राणा शासकबाट पव्रmाउ पुर्जी जारी हुँदा शम्भुलाल प्रधानले गिरफ्तारी दिने कि भूमिगत भई बस्ने भन्ने कुरामा छलफल हुँदा राणाशासनबारे जानकार मुखिया गणेशमान जोशीको सल्लाहमा गिरफ्तारी नै दिने निर्णय हुँदा हाकिम ठाकुरप्रसादले पव्रmी काठमाडौँ चलान भई पाँच दिनपछि प्रधानमन्त्रीको सम्मुखमा उपस्थित गराई आवश्यक केरकार भएको थियो । त्यस्तै मथुरा पिया (मूल बाटो, २०७५) अनुसार सभापति शम्भुलाल प्रधानलाई तत्कालीन पोखरामा हाकिम धन शमशेरले केरकारका लागि झिकाएको लेखेका छन् ।
यस्तै समस्या झेल्दै पछि आवश्यक दर्ता प्रव्रिmया पूरा गरेपछि विसं २००४ माघ ७ मा पद्म पुस्तकालय बन्दीपुरको नाममा मृगेन्द्र शमशेरबाट इजाजत मिलेको देखिन्छ ।
यस कालखण्डमा उत्साहपूर्वक पुस्तकालयका व्रिmयाकलाप सञ्चालन भएको देखिन्छ । मूलत पुस्तक सङ्कलन, आर्थिक सङ्कलन, पुस्तक मिलाउने, किताब जारी गर्ने प्रव्रिmयाको थालनी आवश्यक पत्रिकाहरूको व्यवस्था आदि भएको देखिन्छ । लगभग एक दुई वर्षमा पुस्तकालय सञ्चालन समितिको पुनर्गठन भइरहनु, २०१६ सालमै अम्बिका मोहनले लाइब्रेरियन र मोहन कायस्थले सहायक लाइब्रेरियनको काम सम्हाल्नुले सव्रिmयता, उत्साह र व्यवस्थापकीय सफलताको सङ्केत गर्छ । पुस्तकालयको किताब जारी मात्र नगरेर पठन संस्कृतिको विकास विस्तारका लागि साहित्यिक गोष्ठीहरूको आयोजना पनि महìवपूर्ण व्रिmयाकलापका रूपमा गरेको देखिन्छ । विसं २०११ को बृहत् साहित्य गोष्ठी, २०१८ सालको केटाकेटीले मात्र भाग लिन पाउने साहित्य गोष्ठी, २०१८ मै पुस्तकालय सभापति कृष्णभाइ प्रधानको साहित्य गोष्ठी र वादविवाद प्रतियोगितामा केन्द्रित कार्यव्रmम यस कालका गतिविधिका केही उदाहरण हुन् । आर्थिक सङ्कलनका लागि चन्दा मागिहाल्नुभन्दा समय समयमा नाटक प्रदर्शनको तरिका अपनाएको देखिन्छ । विसं २०१७ तिर सहिद गङ्गालाल श्रेष्ठ र कम्युनिस्ट पार्टीका संस्थापकमध्येका एक पुष्पलाल श्रेष्ठका भाइ देवीलाल बन्दीपुर आउँदा बालकृष्ण प्रधानको साथसहयोगमा सर्वप्रथम जातक कथामा आधारित ‘आम्रपाली’ नाटक नेवारी भाषामा मञ्चन गरिएको थियो । नाटक मञ्चनलाई नियमित बनाउन २०१८ सालमा तत्कालीन पुस्तकालय सभापति चिजकुमार श्रेष्ठ र २०२४ मा पुस्तकालय सभापति केदारकुमार मल्लको पालामा नाटक समिति नै बनेको थियो । जसमध्ये २०२४ सालमा मञ्चित ‘थानसिङ्गे कान्छी’ को प्रदर्शनबाट
रु. ४६० र २०२५ मा पुस्तकालय सभापति भास्कर श्रेष्ठको पालामा मञ्चित ‘सत्यवान सावित्री’ नामक नाटकबाट रु. २३७ सङ्कलन भएको देखिन्छ । किताब सङ्कलनको काम पनि सव्रिmयतापूर्वक भएको देखिन्छ, जसमा २००६ सालमा ४४३ मा रहेको किताबको सङ्ख्या २०१२ मा पुग्दा ७२०, २०१३ मा ८८६ हुँदै २०१४ सम्म १०२१ पुगिसकेको थियो।
२०१८ सालमै भारतीय र अमेरिकी राजदूतावासबाट प्राप्त पुस्तक र पत्रिका २०२१÷२२ मा पुस्तकालय सभापति मथुरा प्रधानको पालामा तत्कालीन जिल्ला पञ्चायतबाट रु ५००० बराबरको पुस्तक र नगद रु. ६००० को सहयोग पनि पुस्तकालयको विस्तारमा महìवपूर्ण सहयोग भयो । २०२४ मा पिस कर्पस् स्वयंसेवीहरूबाट नेपाली र अङ्ग्रेजी भाषाका ५०० थान किताब प्राप्त, महात्मा योगी हिरालाल प्रधानबाट १३ थान धार्मिक किताब, डा. मथुरा प्रधानबाट ७० थान किताब आदि पनि सङ्कलन भएको देखिन्छ । यहाँनेर उल्लेख गर्नुपर्ने कुरा चन्दा सङ्कलनकै व्रmममा तत्कालीन राजा श्री ५ महेन्द्रको गण्डकी क्षेत्रको भ्रमणको व्रmममा बन्दीपुर आइपुग्दा पुस्तकालयको लागि रुं १०० को सहयोग प्राप्त भएको थियो ।
यही समयमा पुस्तकालयको मुखपत्रका रूपमा हस्तलिखित रूपमा मूल बाटो प्रकाशन भएको थियो । मथुरा पिया (मूल बाटो, २०७५) अनुसार यसका प्रथम सम्पादक कृष्णभाइ प्रधान र उनलाई सहयोग गर्नेहरू प्रेम विनोद नन्दन, कान्तालाल प्रधान, केल भूषण, मथुरालाल श्रेष्ठ आदि थिए । दोस्रो अङ्कको सम्पादन चाहिँ रामनाथ शर्मा अखिलबाट भयो । २०२३ सालमा पुग्दा मूल बाटोलाई द्वैमासिक गरी प्रत्येक अङ्क दुईप्रति हस्तलिखित निकाल्ने व्यवस्था भएको थियो । २०२४ सालतिर केही समय बन्द भएर प्रकाशन भई २०२७ मा समसामयिक साहित्यिक अङ्कका रूपमा प्रकाशित भएको पाइन्छ ।
पुस्तकालयको मुखपत्र मूल बाटोको नामकरण आफैँमा ऐतिहासिक र रुचिपूर्ण देखिन्छ । तत्कालीन विश्वमा चीन र सोभियत रुसबिच कम्युनिजमको कार्यनीतिबारे कुन ठिक भन्ने बहस भइरहँदा कमरेड पुष्पलालले आफ्नो व्याख्यासहित तुलसीलाल अमात्यको ‘राष्ट्रिय जनवादभन्दा ‘नौलो जनवाद’ नै ठिक र मूल बाटो हो भन्थे । यही विचारबाट प्रभावित भई मुखपत्रको नाम मूल बाटो छानिएको थियो भन्ने कुरो ईश्वरकुमार श्रेष्ठ (मूल बाटो, २०७५) मा लेख्छन् ।
२०२१ सालमै काठमाडौँबाट १०, १२ दिन लगाएर गोरखापत्र पुस्तकालयमा आइपुग्नु, समय समयमा विभिन्न तहबाट पुस्तकालयको निरीक्षणका लागि निरीक्षकहरू आइरहनु र किताब सङ्ख्याको तीव्र वृद्धि, लाइब्रेरियनलाई पनि भत्ताको व्यवस्था हुनुले यस कालखण्डलाई उत्साहपूर्ण समय मान्न सकिन्छ । पुस्तकालयको भवन साँघुरो महसुस भई एक पटक प्रेमकुमार प्रधान र अर्काे पटक रामकुमार जीवनमित्रको घरमा सारिए पनि पछि पहिलेकै ठाउँमा सञ्चालन भएको थियो । समय समयमा पुस्तकालयले प्रशासनको झमेला विशेषत २००७ अघिको र २०१७ पछिको राजनीतिक कोपभाजन उल्लेखनीय छन् ।
यसमा पनि २०१७ सालमा बिपी । कोइरालाको निर्वाचित सरकार अपदस्थ भई पञ्चायती व्यवस्थाका सुरुवात भएपछि राजनीति गर्न र सभासम्मेलन गर्न दिइएको थिएन तर २०१८ मा पुस्तकालय सभापति चिजकुमार श्रेष्ठको पालामा केटाकेटीहरू मात्र सहभागी भई ‘हाम्रो नेपाल हाम्री आमा’ शीर्षकमा कविता गोष्ठी राखिएकोमा कार्यव्रmम चल्दै गर्दा सुरक्षा बलबाट कार्यव्रmम स्थल घेरिएर सभापति चिजकुमार श्रेष्ठसहित तीन जना गिरफ्तार भई भोलि पल्ट मात्र रिहा भएका थिए । समय समयमा पुस्तकालय निरीक्षण भई व्यवस्था इतरका पुस्तक भए नभएको जानकारी लिइरहन्थे ।
निराशाका वर्ष (२०२५–२०२८)
२०२५ को मङ्सिरमा तनहुँको सदरमुकाम दमौली स¥यो । त्यही समय वरपर पृथ्वी राजमार्ग बन्दीपुरलाई नछोई निर्माण भयो, जसको कारण सयौँ वर्षदेखि एक समृद्ध व्यापारिक केन्द्रका रूपमा रहेको बन्दीपुरले त्यस उप्रान्त विविध क्षेत्रमा समस्या भोग्यो । विशेषतः बन्दीपुरका बासिन्दा अवसरको खोजीमा अन्यत्र बसाइँ सरे जसको प्रभाव प्रत्यक्ष रूपमा पुस्कालयमा पनि पर्ने नै भयो । पुस्तकालय सञ्चालनका लागि पाठक त कम्तीमा हुनु प¥यो तर यी दुई परिघटनासँगै मानिसले पनि बन्दीपुर छोडेर जान थाले । सदरमुकाम सर्नुको पिडामा पुस्तकालय सञ्चालन र विस्तारमा निरासा छाउनु अस्वाभाविक होइन । अनुसन्धानकर्ता भोला श्रेष्ठ (२००९) का अनुसार २००७ पछि फैलिन थालेको पुस्तकालयहरूको सङ्ख्या २०१७ पछि कम हुँदै, धेरै त बन्द हुन थालेको थियो । यही नेपालव्यापी प्रभावको असर पद्म पुस्तकालयको सन्दर्भमा पनि परेकै होला ।
प्रायःले यस समय पुस्तकालय बन्द नै थियो भने पनि केही व्रिmयाकलाप भएको चाहिँ देखिन्छ । विशेषतः यस कालखण्डमा २०२६ असोजमा तत्कालीन बन्दीपुर आदर्श गाउँ पञ्चायतका प्रधानपञ्चबाट रु. सय पर्ने दराज प्रदान भएको, सोही सालमै मथुरालाल प्रधानबाट पद्म पुस्तकालयको इतिहास प्रकाशन भएको र २०२७ सालमा मूल बाटोको समसामयिक साहित्यिक अङ्क प्रकाशनबाहेक अन्य काम देखिन्न ।
पुनरुत्थान र आशाका वर्ष (२०२९–२०५०)
बन्दीपुरबाट सदरमुकाम सर्नुका पीडाकै बिच पनि पुस्तकालयका लागि एक महìवपूर्ण घटना २०२९ मा भयो । लगभग बन्दकै अवस्थामा रहेको पुस्तकालयको पुनरुत्थानको उद्देश्यसहित २०२९ को कात्तिक २९ मा स्थानीय युवा नमस्तेलाल भूमिको पहलमा १६ देखि ४० वर्षसम्मको युवाको टुँडिखेलमा भेला आयोजना गरी पुस्तकालयलाई फेरि लयमा फर्काउने पहल भयो । सोही भेला के नतिजा स्वरूप साहित्यकार चन्द्रलाल विश्वकर्मा सभापति र नमस्तेलाल श्रेष्ठ महासचिव भएको समिति बनाई पुस्तकालयलाई पूर्ण व्रिmयाशील बनाउने प्रयास भयो ।
२०३४ मा नमस्तेलाल भूमिले हरेक वर्षको विन्ध्यवासिनी मन्दिरमा पिया खलकले गर्ने पूजापाठ र कार्यव्रmम सुतक पर्दा नगर्ने हुँदा पुस्तकालयकै तर्फबाट पूजापाठ गरी सिक्का खसाल्ने कार्यको सुरुवात गरेको पाइन्छ, सो कामलाई पछि पिया खलकले नै सम्हालेको देखिन्छ । २०३५ सालमा सामान्य प्रशासनमन्त्री श्रीभद्र शर्माको उपस्थितिमा वार्षिक उत्सव मनाउनु, मास्टरी पेसाको सिलसिलामा बन्दीपुरमा रहेका खगेन्द्र सङ्ग्रौला लिखित
‘माइला बाजेको तम्सुक’ नामक नाटक प्रदर्शन गर्नु आदिले पुस्तकालय फेरि उठ्न खोजेको देखिन्छ । यस समयमा पुस्तकालयको कार्यहरूलाई विविध र व्यापक बनाउने व्रmममा विभिन्न विभाग बनाएर कार्य गरेको देखिन्छ । त्यो बेलाका विभागमा खेलकुद विभाग, साहित्य विभाग, अतिरिक्त व्रिmयाकलाप विभाग आदि थिए ।
पञ्चायतकालीन समय भएकाले समय पटक पटक व्यवस्था इतरको पुस्तकहरू नरहेको विश्वास दिलाउनुपर्ने र समय समयमा व्यवस्थाविरोधी व्रिmयाकलापको शङ्का खेपी रहनु यस समयमा पनि उस्तै रहेको पाइन्छ ।
निरन्तरता र स्थायित्वका वर्ष (२०५० देखि हालसम्म)
२०४९ फागुन (मा काठमाडौँ बस्ने बन्दीपुरेहरूको वनभोज कार्यव्रmम थानकोट त्रिभुवन पार्कमा भयो । जहाँबाट चिजकुमार श्रेष्ठ अध्यक्ष र सदस्य सचिव नमस्तेलाल भूमिसहितको ‘बन्दीपुर समाजिक विकास समिति’को तदर्थ समिति बन्यो । विकास समिति र पुस्तकालयको समन्वय र अन्य आर्थिक व्रिmयाकलापसहित पुस्तकालयको महìव समाजमा बढाउन नमस्तलाल भूमि संयोजक रहेको सात सदस्यीय तदर्थ समिति बन्यो । २०५० मा नयाँ वर्ष कार्यव्रmम आयोजना गर्दै आर्थिक सङ्कलनको लागि पुस्तकालयले चिट्ठा कार्यव्रmमको आयोजना ग¥यो । २०५१ वैशाख २१ गते प्रमुख अतिथि सूर्यलाल प्रधानलाई छानेर शम्भुलाल प्रधानको अध्यक्षतामा स्वर्ण जयन्ती समारोह गठन भयो । त्यस वर्ष चिट्ठाबाट एक लाख ४० हजार, सदस्यता शुल्कबाट १५ अजार पाँच सय, संस्थापक अध्यक्ष शम्भुलाल प्रधानबाट प्राप्त ५० हजारसहित दुई लाख पाँच हजार पाँच सयको अक्षय कोष खडा भयो । साथै पुस्तकालयको विकास विस्तारमा सहयोग गर्ने व्यक्तित्वहरू रामप्रसाद खनाल, अजय रायमाझी, रामकुमार जीवन मित्र र चन्द्रलाल विश्वकर्माको नाममा दिइने पुरस्कारका लागि नमस्तेलाल भूमिले प्रदान गरेको रू २५ हजारबाट अक्षयकोषको निर्माण गरी प्रत्येक वर्ष पुरस्कार प्रदान गर्ने व्यवस्था गरियो । जस अनुसार २०५३ मा सी. जेनेट, डिल्लीराम मिश्र, हिरालाल प्रधान र सी. मिरियम सम्मानित एवं पुरस्कृत भए ।
पुस्तकालय रहेको लालगोविन्द पाटी जीर्ण भएकाले २०५४ वैशाख १ मा भवन जीर्णाेद्धार समिति बन्यो । बन्दीपुर समाजिक विकास समितिका अध्यक्ष डा. मदन पियाको समितिले नमस्तेलाल भूमि श्रेष्ठलाई पुस्तकालय जीर्णोद्धारको लागि आर्थिक सङ्कलन र आवश्यक समन्वयको जिम्मा दिई लाल गोविन्द पियाको सन्तानबाट प्राप्त रु. दुई लाखको सहयोगले जीर्णाेद्वार स्थानीय वयोवृद्ध श्यामकृष्ण प्रधान र शिक्षामन्त्री देवीप्रसाद ओझाबाट भयो ।
जीर्णाेद्वार भएको भवनको २०५५ सालमा तत्कालीन स्थानीय विकासमन्त्री केशवलाल श्रेष्ठबाट उद्घाटनका साथ सहयोगीलाई कदरपत्र प्रदान गरिएको थियो । पुस्तकालय सभापति राजकुमार श्रेष्ठको पालामा भएको सो भवन निर्माणको जिम्मा ईश्वर श्रेष्ठले पाएका थिए ।
यही व्रmमानुकालमा हालसम्मकै एक मात्र महिला पुस्तकालय अध्यक्ष विमला सुल्पे श्रेष्ठको बेला नै सीता भट्टराईले आफ्नो बुबा हरिभट्टराईको नाममा रु. एक लाखको सहयोग प्रदान भएको देखिन्छ, जसलाई मुद्दतीखातामा राख्दा आउने व्याज पुस्तकालय व्यवस्थापनमा प्रयोग गर्ने तथा नमेस्तलाल भूमिबाट अक्षयकोषका लागि रु. १,११,१,११ प्रदान भई मुद्दतीखातामा राखी सोको व्याजबाट पुस्तकालय सञ्चालनार्थ तलब दिन प्रयोग गरिने गरी सम्झौता भएको देखिन्छ । पुस्तकालयलाई निरन्तरता दिनका लागि विमला श्रेष्ठकै पालादेखि नमस्तेलाल भूमि श्रेष्ठलाई पुस्तकालयको संरक्षकको जिम्मा दिइँदै आएको देखिन्छ ।
पद्म पुस्तकालयको ट्रेडमार्क साहित्यिक गोष्ठीहरू यस कालखण्डमा पनि भएका थिए । २०५७ को बृहत् साहित्य गोष्ठी हुँदै २०८१ फागुन १२, १३ र १४ मा प्रायोजक बन्दीपुर गाउँपालिका, सहप्रायोजक कुन्तीस्मृति प्रतिष्ठानको सहयोगमा पद्म पुस्तकालय र गोर्खापत्र संस्थानको संयुक्त आयोजनामा ‘आँखामा मधुपर्क, हृदयमा बन्दीपुर सिर्जना सम्मेलन, २०८१ ऐतिहासिक रूपमा सम्पन्न भयो । देशका विभिन्न जिल्लाका साहित्यकारहरूको सहभागितामा सम्पन्न सो सम्मेलनबारे लगभग सबैले अत्यन्त खुसी र कार्यव्रmम सफल भएको मूल्याङ्कन गरेका थिए ।
पुस्तकालयको विस्तार हुँदै पुस्तकको सङ्ख्या २०७६ तिर ५००० देखि ७००० रहेकोमा २०७९ पुग्दा ११ हजार हाराहारी रहेको छ । धेरै पुस्तकालयका शुभचिन्तकहरूबाट पनि समय समयमा आर्थिक सहयोग प्राप्त भएको देखिन्छ जसको विस्तृत विवरण दिँदा लेख लामो हुने भएकाले नाम उल्लेख गर्न सम्भव भएन ।
पुस्तकालयका शुभचिन्तक आजीवन सदस्यको सङ्ख्या चाहिँ (६ पुग्दै गर्दा २०७८ पुस १) गतेदेखि पुस्तकालय सभापति रहेका सुदर्शन प्रधानसम्म आइपुग्दा लगभग ६ लाखको अक्षयको स्थापना भई पुस्तकालयको निरन्तरता र दिगोपनको आधार खडा भएको छ ।
अबको बाटो सञ्चालन समय र पाठक सङ्ख्या बृद्धी गर्नाेस्
हाल पद्म पुस्तकालय बिहान १० देखि अपराह्न ५ बजेसम्म सञ्चालित छ तर पठन संस्कृति, प्रवृत्ति र माध्यममा आएको परिवर्तनले पुस्तकालय समय बिहान र बेलुकाको केही घण्टा मात्र सञ्चालन गर्दा पनि ठिकै हुन्छ । पुस्तकालयका अपेक्षित पाठक मूलतः विद्यार्थी र शिक्षक नै हुन् । तसर्थ विद्यालय र क्याम्पसका विद्यार्थी र शिक्षकहरूलाई अनिवार्य रूपमा पुस्तकालय सदस्यताका लागि प्रेरित गर्दा पाठक सङ्ख्या वृद्धि भई पुस्तकालय जीवन्त रहेको देखिने छ । पुस्तकालय सञ्चालनकै जिम्मेवारीमा विद्यालय र क्याम्पसलाई संलग्न गर्न सकियो भने अझै शुभ हुने छ ।
क्याटालगिङ्ग, अभिलेखीकरण र पुस्तक संरक्षणः
प्रभावकारी पुस्तकालय व्यवस्थापनको पहिलो कदम नै उपलब्ध सामग्रीहरूको वैज्ञानिक क्याटालगिङ्ग हो, तसर्थ हाल भएका क्याटालगिङमा केही थप समय, ऊर्जा र स्रोत खर्चेर सम्पूर्ण सामग्रीको क्याटालगिङ गर्न सकियो भने पछिका दिनहरूमा व्यवस्थपानको काम सहज हुनेछ । त्यसपछि पुराना र अप्राप्य सामग्रीहरूको स्क्यान गरी डिजिटल रूपमा संरक्षण गर्नु बुद्धिमानी हुन्छ । कागजमा छापिएका सामग्रीको निश्चित आयु हुन्छ, संरक्षित उपयोगले मात्र ती लामो समयसम्म सुरक्षित रहन सक्छ, नत्र ढिलो चाँडो ती मक्किएर र कुहिएर जाने नै हुन् । उदाहरणकै रूपमा जब २०३०÷३१ तिर पुस्तकालय पुनः सञ्चालनका लागि पुस्तकहरू मिलाइँदै थियो । लगभग हजार थान किताब कामै नलाग्ने गरी बिग्रिसकेकाले फाल्नुपरेको कुरा नमस्तेलाल भूमिले बताउनुभएको थियो । हामीसँग भएका प्रायः कागजी सामग्रीहरू सस्ता कागजमा छापिएका हुन्छन्, जसलाई आद्र्रता, किरा र घामबाट जोगाएर राख्न गाह्रो र खर्चिलो हुन्छ । त्यस कारण अप्राप्य सामग्रीको अनिवार्य रूपमा डिजिटलीकरण (स्क्यान) र बाँकीको उचित हेरचाह र संरक्षण गर्नु पुस्तकालय समितिको अनिवार्य र प्रथम प्राथमिकता हुनु पर्छ, अरू व्यवस्थापकीय काम त तपसिलका हुन् ।
पुस्तकालयको प्राथमिक काम पढ्न चाहनेलाई पुस्तक दिनु त हो तर यो यतिमा सकिन्न विश्वका राम्रा पुस्तकालयहरूले विभिन्न माध्यममा लेखिएका सामग्रीहरूको सङ्कलन र संरक्षण पनि गर्दछन् । मिलेसम्म ती सामग्रीहरू आफैँ सुरक्षित राख्ने नभए अभिलेखीकरण गरेर भए पनि राख्ने गर्छन् । पहिले पहिले त्यस्ता सामग्रीको कपी चाहिँ पुस्तकालय आफैँ राख्थे । तर हाल प्रविधिमा आएको चमत्कारले डिजिटलीकरण गरेर राख्न सकिन्छ । तनहुँ र पश्चिमका धेरैसँग सेन वंश र शाहवंशसहितका ऐतिहासिक सामग्री हुन सक्छन् । तिनीहरूको पहिचान, सङ्कलन र अभिलेखीकरण गर्न सके पद्म पुस्तकालय त्यस्ता सामग्रीको अध्ययन र अनुसन्धानको केन्द्र बन्न सक्छ ।
उपयुक्त सामग्रीहरू सङ्कलन गरी अनुसन्धानकर्ताका लागि उपलब्ध गर्ने आवश्यक व्यवस्था गर्न सकियो भने पद्म पुस्तकालय अध्ययन अनुसन्धानको केन्द्र हुन सक्छ । अझ कल्पना गर्नुस ‘पद्म पुस्तकालयको हलमा कुनै रैथाने पाश्र्वसङ्गीतको धुन बजिरहेको छ, विभिन्न तह र तप्काका स्रोताहरू मन पसन्द पेयको साथ रुचिपूर्वक सुनिरेहको छन् अनि आफ्नो क्षेत्रमा विशेषज्ञता हासिल गरेका विद्वान् विद्वत् प्रवचन दिँदै छन्, देशविदेशमा बन्दीपुरको नयाँ पहिचान अध्येताहरूको गन्तव्यको रूपमा बन्दैछ ।
हो यसरी नै यो पुस्तकालयलाई समय समयमा यस्तै विद्वत् प्रवचनको कुनो बनाउन सकियो भने पद्म पुस्तकालयको हलको सार्थकता झल्किन्थ्यो होला, पुस्ताकालयप्रति आकर्षण बढ्दथ्यो होला ।
धेरै अध्येता विद्यार्थीहरूका लागि बन्दीपुर अहिले पनि सम्पदा संरक्षण र संस्कृति अध्ययनको छनोटमा पर्छ तर आवश्यक समन्वय गरिदिने निकाय छ न र सामग्रीहरूको अध्ययन गर्न खोजे कतै भेटिने ठाउँ नै छ । सोध्न भन्न सक्ने पुरानो पुस्ता पनि सकिँदै छ । तसर्थ पद्म पुस्तकालयमा ती सामग्रीहरू राखिदिन सक्यो भने धेरैका लागि भलो हुने थियो ।
नेपालकै धेरै पुस्तकालयहरूमा पाठकहरूको भौतिक उपस्थित पातलिँदै गएको छ । म आफू विश्वविद्यालयमा कार्यरत रहे पनि आफ्नो अध्ययन अनुसन्धानका लागि पुस्तकालयमा नपसेको जुग भइसक्यो किनकि मेरा लागि आवश्यक सामग्री म घरै बसेर भर्चुवल्ली नै प्राप्त गरिरहेको छु । प्रविधिको चुलिँदो विकासलाई पछ्याउने हो भने पद्म पुस्तकालयले पनि डिजिटल सामग्री राखेर अभौतिक रूपमै उपलब्ध गराउने प्रणालीमा खर्च गर्न सकियो भने यसको उपयोग दुरदराजका पाठकले बन्दीपुरसँग फरक खालको आत्मीयता महसुस गर्ने थिए । पद्म पुस्तकालयको आगामी योजना र सपना यो पनि हुनु ठिक होला ।
अहिलेसम्म पुस्तकालय सञ्चालनका लागि स्थानीय स्तरबाट जेजस्तो प्रयास भयो, त्यसलाई सरहाना गर्दै यसको फैलावट र विकासका लागि व्रmमशः स्थानीय सरकार बन्दीपुर गाउँपालिकाले पनि आवश्यक आंशिक अपनत्व लिन ढिला गर्नुहुन्न । देशकै ऐतिहासिक र बन्दीपुरको त सबैभन्दा पुरानो सार्वजनिक संस्थासँग गाउँपालिका वा अन्य संस्था जोडिन पाउनु त गर्वकै विषय हो नि । अन्तमा यी माथि उल्लेखित बुँदाहरूलाई ध्यान दिन सके ऐतिहासिक पद्म पुस्तकालयको आयुको सम्मान हुने थियो । मधुपर्क