सुरु सुरुमा त एकदम हतासिएको थिएँ । निराशाका बादल मडारिएर जिन्दगी नै रित्याए जस्तो लागेको थियो । म जस्तो मान्छे यो ठाउँमा आइपुग्नु, यस्तो स्थितिमा बाँच्न बाध्य हुनु, आफैँलाई अनौठो लाग्छ । यस्तो अवस्था पनि यो जिन्दगीले भोग्नुपर्ने छ भन्ने त मैले सपनामा पनि सोचेकै थिइनँ । सपनामा मात्र किन ? सपनामा अर्को सपना देखेको भए पनि सायद यस्तो जिन्दगी देखिन्नथ्यो होला, सोचिन्नथ्यो होला । अहिले पनि समय समयमा म पुराना दिनका यादले अन्तर–मनबाटै टुव्रmाटुव्रmा बनेको हुन्छु । तर अब ती अतीतका दिन मेरा लागि दुस्वप्नभन्दा अरू केही होइनन् ।
कुनै दिन थियो, म रमाएर बाँचेको थिएँ, यद्यपि उमेरभन्दा पहिले नै जिम्मेदारीको ठुलो बोझ मेरो काँधमाथि नआएका होइनन् । पाँच जना दिदी बहिनी, छोरा भन्नुमा दाइ र म गरी हामी ७ जना बाबुआमाका सन्तान नै थियौँ । बुवा सरकारी जागिरमा भए पनि उहाँको आम्दानीले मात्र त्यत्रो ठूलो परिवार चल्न सम्भव थिएन । आम्दानी सीमित हुनु र आवश्यकता विशाल हुनुले मैले मेरो बुवालाई कहिल्यै निर्धक्क हाँसेको देखिनँ । मेरा बाबुमा एउटा ठुलो विशेषता भनेको उहाँ कोही आफन्त घरमा आए निकै खुसी लागेको झैँ देखाइदिनु हुन्थ्यो, संस्कारमा कुनै कमी गर्नु हुन्थेन र आफू अभावमा बाँचेको छु भन्ने सत्य लुकाएर सम्पन्नताको अभिनय गर्नुहुन्थ्यो । तर आफैँले लगाउने पहिरन, छोराछोरीले लगाउने लुगाफाटा र कोठामा ओछ्याएका टाट एवं खाटमा राखिएका डस्ना, तकिया र कसिएका तन्नाका स्तरले उहाँको सम्पन्नताको अभिनयलाई गिज्याइरहेका हुन्थे । नबुझ्दासम्म त केही थिएन तर जब विस्तारै बुझ्ने हुँदै गए बाबुको त्यो अरूलाई देखाउने कृत्रिम हाँसो र मनभित्रको त्यो अभावको राँकोले सल्किएको विवश अनुहार र बेलाबखत मनभित्रबाटै निस्किने लामो श्वासले मलाई पनि पोल्न सुरु ग¥यो । तर विकल्पहीन म केवल आफूभित्रै पिल्सिरहन बाध्य भएँ । सायद यो काँचो उमेर हुनुकै विडम्बना थियो ।
एक दिन बुवा थाकेर घर आउनुभयो । दिउँसो अफिसमा ज्यादै नै जाडो भयो अरे, काम छुटे झैँ पनि भयो अरे र आधा क्याबि लिएर घर फर्किनुभयो अरे । डिग्री हाल्दा नभन्दै ज्वरो १०४ डिग्री रहेछ । त्यस बेलाको प्रचलित सस्ता औषधी मेटासिन, सेलिन र एल्कोसिन खुवाइयो । अफिसमा उहाँ बिरामी बिदा लिएरै बस्न बाध्य हुनुभयो । मेरो एसएलसीको परीक्षा नजिकै थियो । म तयारीमा पनि थिएँ । तर घरको जीर्ण आर्थिक अवस्था र बुवाको बिरामीपन, म भित्रभित्रै ज्यादै गुम्सिन पुगेँ र घरमा कसैलाई केही नसोधी कामको खोजीमा लागेँ र सायद भाग्यलाई पनि दया लाग्यो कि के हो, एउटा साथीले एउटा काम मिलाइदियो, काम थियो नयाँ सडकको एउटा पत्रिका पसलबाट केही पत्रिका किन्ने र नयाँ सडकको पीपलको बोट वरिपरि बसेर ती पत्रिकाहरू बेच्ने । त्यस बेलाको नयाँ सडक आजको झैँ थिएन । हरेक साँझ पीपलको बोट वरिपरि सयौँ व्यक्तिको भीड हुन्थ्यो । राजनीतिक, पत्रकार, लेखक, गायक खै को, को भनौँ, प्रायः त्यही भीड गर्ने गर्थे । बेलुका तीन चार बजे पत्रिका लिएर गयो... पत्रिका पढ्नु होस... यसो भनेको पढ्नुहोस् भनी करायो, पत्रिका बिकायो, मेरो काम त्यही हुन्थ्यो । मलाई अहिले पनि याद आउँछ, त्यो नयाँ सन्देश, साँघु, संरक्षक जस्ता पत्रिकाको, जसले मेरो जीवन गुजाराका लागि धेर थोर मद्दत गरेका थिए र मलाई सम्झन्छु ती लजाएका क्षणहरू । हो, मलाई लाज लाग्थ्यो जब आफन्त भन्नेहरूलाई त्यहाँ भेटिन्यो तर बाध्यताको सामु लाज भन्ने कुरा निरर्थक थियो बाध्यता यही रह्यो ।
घरमा दिदीबहिनीहरू पनि पढ्दै थिए, हाम्रो स्कुलको फी बुझाउन पनि सधैँ समस्या नै समस्या हुन्थ्यो । तर दाइले भने पढ्न छाडिदियो, प्रायः घरमा आउन पनि छाडिदियो । ऊ पलायन नै भयो घरबाट । कतै पनि फेला परेन ।
बुवा रिटायर्ड हुनुभयो । विस्तारै दिदीबहिनीको पनि विवाह गरियो, बुवाको सञ्चयकोष, भत्ता आदि सबै यस्तै विधि–व्यवहारमा नै सकियो । घरको जिम्मेवारी सबै मेरो काँधमा आयो । आफ्नो इमानदारीको उचित कदर नभएको, योग्यता अनुसारको जागिर खान नसकेको र बुढेसकालमा त्यतिका सन्तान जन्मिए पनि कान्छो छोराको भरमा बाँच्नु परेको जस्ता धेरै कुरा थिए होलान् बुवाको मनमा । उहाँलाई आत्मग्लानि भएको मलाई धेरै चोटि अनुभव हुन्थ्यो । मेरो अगाडि खुसी छु भनेर देखाए पनि मनको आगोले उहाँलाई सल्काउँदै गयो । विस्तारै उहाँ ओछ्यान पर्दै जानुभयो र अन्त्यमा यो संसारै छोडेर जानुभयो । त्यसको दुई वर्षभित्र आमा पनि बुवाकै मार्गमा हिँड्नु भयो । म एक्लिएँ, कहालिएँ, एकातिर आमा–बुवा गुमाई एक्लो हुनु र अर्कोतिर बुवाको उपचार एवं सामाजिक व्यवहार चलाउन नराम्रोसँग ऋणमा पर्नु, केही समय त म पनि आधि बहुलाजस्तै पो भएँ त । तर समयको मलहमले ममा आफ्नो यथार्थसँग जुध्ने आँट जगाउँदै गयो र भविष्यको बाटो कोर्ने हिम्मत, सपना ब्युँझाउँदै गयो । म फेरि जिन्दगीको यो यात्रामा यन्त्रवत् अगाडि बढ्दै गएँ ।
पढाइ अघि बढाउने वातावरण नभएका कारण मैले धेरै पढ्न सकिनँ तर सानै उमेरदेखि विभिन्न हन्डर खाई हुर्किएको र सानै उमेरदेखि नै विभिन्न पेसामा संलग्न स्वावलम्बी र इमानदार व्यक्तिको सङ्गतमा हुर्किएको मैले इमानदारीले कसरी बाँच्न सकिन्छ भन्ने पाठ पढिसकेको रहेछु । त्यस्तै शुभ चिन्तकका आडभरोसामा मेरो जीवन चल्न थाल्यो । म सम्पन्न त हुन सकिनँ तर दुई छाक राम्ररी धान्न सक्ने स्थितिमा भने पुगेरै छोडेँ । बुवाको उपचारमा लागेको ऋण अझै केही तिर्न बाँकी हुँदा साहुहरू आए केही समस्यामा परिन्थ्यो तर प्राय साहुहरू मेरो मेहनत र मेरो इमानदारी देखेर प्रभावितै हुन्थे सायद, मसँग त्यति कडा कुरा गर्ने आँटै गर्दैनथे । म जेजति सक्थेँ यथासक्य तिर्थे, आफ्नो वास्तविकता लुकाउन्नथेँ, हुन त मसँग लुकाउनु पर्ने नै के थियो र ?
मेरा केही शुभचिन्तकहरूलाई मैले बिताइरहेको एक्लो जीवन मन परिरहेको थिएन । त्यसैले ममाथि बिहेका लागि जोड दिन थालियो । जवान थिएँ, स्वास्नीको रहर मलाई पनि थियो । के ढाँट्नु, सपनामा म कति चोटि कल्पनाको स्वास्नीसँग रात पनि बिताएकोे थिएँ । आफन्तका करले मभित्र फेरि नयाँ नयाँ जिन्दगीको सुरुवात गर्ने, रहरलाई अन्ततः जगाएरै छोड्यो र मैले विवाहित जीवनको सुरुवात पनि गरेँ । यहाँ पनि, मेरो जिन्दगीमा पनि, भेडा भेडासँगै, बाख्रा बाख्रासँगै भन्ने उखान चरितार्थ हुन पुग्यो । म आपूmलाई सोझो सम्झन्थेँ, जालझेलबिनाको सामान्य इमानदार सम्झन्थेँ तर ऊ मभन्दा एक बित्ता अगाडि नै निस्किई । हाम्रो अट्ठाइस वर्षको वैवाहिक जीवनमा न उसले कहिले अभावको कुरा उठाई, न दुःखको गुनासो गरी, न आफूले जिन्दगीमा के सोचेको थिएँ, के सपना थियो भन्ने नै बताई । खै उसको अनुहार र ओठको बनोट नै त्यस्तै हो कि उसले रिसाउनै पो, झुक्याउनै पो नजानेको हो । ऊ सधैँ झलक्क बलेकी झैँ देखिन्थी, मुसुक्क हाँसेकी झैँ देखिन्थी । मनमा उठेका ताप, पीर र शरीरका थकान उसको त्यो अनुहार देख्नासाथै क्षणभरमै हराइदिन्थे । त्यसरी नै जसरी बत्ती बाल्दा अँध्यारो हराउँछ । भाग्यले सबै कुरामा सधैँ सधैँ ठगे पनि श्रीमतीको मामिलामा भने मलाई ठग्ने भाग्य मसँगै हारिन पुग्यो ।
समय बित्न के बेर लाग्थ्यो र ? समय सँगसँगै दुई छोराको जन्म पनि भयो । बुवाआमालाई मान्नुपर्छ, श्रद्धा गर्नुपर्छ, छोरा भएपछि आपूmलाई जन्म दिने बुवाआमालाई माया गर्नुपर्छ भन्ने कुरा मैले सानैदेखि सुन्दै आएको हुँदा त्यो हाम्रो संस्कारगत ज्ञानले ममाथि ठुलो प्रभाव छोडेको थियो र म उहाँहरूलार्ई श्रद्धा पनि गर्थें, माया पनि गर्थें तर आफैँ बुवा भएपछि सन्तानलाई हुर्काउन, बढाउन के कति गाह्रो हुँदो रहेछ भन्ने यथार्थ ज्ञान जब भयो मैले संस्कार त्यसै बनाइएको होइन रहेछ भन्ने तथ्य पनि भित्रैदेखि महसुस गरेँ । कति रात श्रीमती र म ती अबोध साना छोराहरू बिरामी पर्दा जाग्राम बस्यौँ, आपूmले खाई नखाई पनि कसरी ती लालाबालाको पोषण, शिक्षा र आवश्यकताको अगाडि आफ्ना आवश्यकता र रहरलाई व्रmुर बनेर कुल्ची हिँड्यौँ । भविष्य राम्रो बनोस् भनी छोराहरूको अध्ययन नाम चलेका बोर्डिङ स्कुलमा गराएका थियौँ । ‘आपूm त छाँरा, खुट्टा चाहिँ भाराँ’ भने झैँ औकातभन्दा हाम्रो सपना ठुलो नै थियो । कहिले कसैसामु केही माग्न नउठेका यी हात छोराहरूको पढाइ र ट्युसनका लागि ऋण माग्न पनि पछि परेनन् । ससुरालीबाट पनि सोचेभन्दा बढी नै सहयोग प्राप्त भयो । बेचुँ भने बेच्ने कुनै सम्पत्ति थिएन, बाबुकै उपचारमा भएका केही जग्गा पनि सकिएको थियो । घर भन्नु नाम मात्रको थियो, सानो गल्लीभित्र ।
समय हो बित्दै गयो । दुवै छोरा हुर्किए । अब त हाम्रो पनि दिन फेरिने भए भनी बुढाबुढी दुवैको खुट्टाले सपनाका महल उक्लिन थाले तर सिँढीहरू व्रmमशः भत्किँदै गए, महल खण्डर बन्दै गयो । खै कसको सङ्गतमा परे दुवै छोरा, पढाइ सक्यौ अब जागिर खाओ, हामी बुढाबुढी भयौँ, घर सम्हाल त भन्नै नहुने भयो । सायद दिनभर साथीहरूसँगै घुम्नु र थाकेर घरमा आई टन्न खानुमा उनीहरूले जिन्दगीको सुख भेटे । सुरु सुरुमा त मुख लगाउँदैन थिए । तर व्रmमशः उनीहरूको मागहरू बढ्दै जान थाले । फलानाको लुगा यस्तो, फलानाको मोबाइल यस्तो छ, फलाना साथीहरूलाई होटलमा लगेर टन्न खुवाउँछ भन्ने जस्ता कुरा सुनाउँदै आफ्नो जीवनस्तर उच्च नभएकोमा उनीहरू खेद व्यक्त गर्दथे र त्यसको दोष हामीउपर थोपर्न उद्यत हुन्थे । विस्तारै दुवै नशाको लतमा पनि पर्दै जान थालेछन् । दिनभर घुमेर साँझतिर घर फर्की सक्ने ती दाजुभाइ विस्तारै विस्तारै रातरातभर बाहिरै बस्ने र राति घर फर्के पनि मात्तिएर फर्किने दिनचर्या सुरु गर्न थाले । फकाउँदा हामी दुवै बुढाबुढीको बोली बेलुनका हावा झैँ फुस्स हुन थाले । एक दुई पटक मैले बाबु भएको हैसियतले झपारेँ पनि, तर्साएँ पनि, त्यसको प्रतिफल म आफैँले उनीहरूको हातबाट पिटाइ खाएँ । “तँ सम्पत्ति कमाउन नसक्ने मान्छे, घरबारविहीन मान्छे नामर्द मान्छे, तेरो छोरा भएर जन्मनु नै हाम्रो दुर्भाग्य हो । तिमी बुढाबुढीहरू मर्न नसकेका जिउँदा मूर्दा हौ,” जस्ता शब्दका प्रहारले हामी दुवै बुढाबुढी अत्यन्त मर्माहित हुन पुग्यौँ ।
जिन्दगीभरि गरेको तपस्याको फल नितान्त तितो निस्कियो । यो चोटले मभन्दा बढी बुढी पो आघातित भई । कैयौँ दिनसम्म उसको अनुहारको सूर्य उदाउनै सकेन, आँखामा लागेको कालो बादल वर्षि नै रह्यो । खै भोक, तिर्खा कता हराए कुन्नि निराशामा नै उसका दिन बित्न थाले । मनोचिकित्सकसँग परामर्श पनि नभएको होइन तर त्यहाँबाट प्राप्त भएका समस्याका समाधान नितान्त सैद्धान्तिक मात्र थिए, केही महिना हावा पानी फेर्न कतैबाट टाढा जाऊ, तीर्थव्रत गर, मिले कुनै पहाडी भेगमा गएर आराम गर, बिहानै उठेर योग गर जस्ता हामी झैँ त्यस वातावणमा बाँच्न बाध्य भएका मान्छेलाई, निम्न स्तरको आर्थिक अवस्थाको व्यक्तिलाई, ती कुरा सुन्दा राम्रो भए पनि असम्भवप्रायः थियो । उसका लागि उपयुक्त केही कुरा थियो भने त्यो ट्र्यान्कुलाइजर औषधी मात्र थियो । मैले जति सम्झाए पनि, जति फकाए पनि खै कुन पसलमा किन्थी ऊ, सधैँ ट्र्यान्कुलाइजरका चक्कीहरू खाएको भेटिन्थी । ऊसँग पनि तब सुखदुखको कुरा मेरा लागि क्षणिक मात्र बन्न पुग्यो ।
विस्तारै ऊ ओछ्यानमै परी । म न घर सम्माल्नु न श्रीमती सम्हाल्नु, न बाहिर यसो पार्टटाइम काम गरेर आउने पैसाको लोभमा काममा जानु, ज्यादै असामञ्जस्य स्थितिमा पुगेँ । जाति हुन्छ बरु हामी विष खाएर मरौँ न । केही बेरको सास्ती न हो, यो जिन्दगीभन्दा त त्यो सास्ती नै बरु मिठो हुन्छ होला जस्ता उसका अभिव्यक्तिले मलाई सधैँ तर्साइरहन्थ्यो । नभन्दै एक दिन उसले आफ्नो भित्री आकाङ्क्षा पूरा गरेरै छोडी । त्यो दिन पनि म एउटा साथीकहाँ गएको थिएँ केही ऋण जुटिहाल्छ कि भनेर । निकै कुर्दा पनि साथी भेटिन सकेन र म थकित घरमा फर्किएँ । ऊ त निदाइरहेकै थिई । म लुगा फेरेर उसलाई उठाइदिन्छु भनी नजिक गएँ तर ऊ त मलाई नसोधीकन, नपर्खीकन मेरो जिन्दगीबाट मात्र होइन यो संसारबाट नै बिदा भइसकेकी रहिछ । विशेष केही भए झैँ देखिँदैनथ्यो, मुखबाट अलिकति फिँज निस्किएको थियो । कोल्टे परेर निदाए झैँ देखिने उसको अनुहारमा भने निकै कान्ति देखिन्थ्यो । विवाह भएर मेरो घरमा आउँदा जुन चमक उसको अनुहारमा देखिएको थियो हो । त्यही चमक पुनरावृत्त भएर उसको अनुहारमा आएको थियो । जिन्दगीसँग थाकेको मान्छे मृत्यु आउँदा सायद रमाउँदो रहेछ । नत्र जिन्दगीको अन्तिम यात्रामा मान्छेको अनुहारमा त्यति चमक नआउनुपर्ने हो । त्यतिबेलाको मेरो मानसिकतालाई वर्णन गर्ने शब्द नै मसँग छैनन् । उसको अवस्था देखेर म निकै आत्तिन पुगेँ । घरमा कोही हुने अवस्थै थिएन, गर्ने के ? आपतमा मैले सँगै घरको छेउ छिमेकी गुहारेँ । छिमेकीको जमघट भयो, कसैले मुख छोपिदिए, कसैले ओछ्यानबाट भुइँतिर सारिदिए, छोराहरू कता छन् भन्ने प्रश्न उठ्यो तर म निर्वाक्य भएँ । म स्वयंलाई थाहा थिएन दुई दिनदेखि उनीहरू कहाँ छन् भन्ने । दुई दिनदेखि उनीहरू घरमा आएका थिएनन् न त ठाउँ खबरको नै पत्तो थियो । मेरा परिस्थिति बुझ्ने केही छिमेकीहरूले बेलुकीसम्म आइपुग्लान् कि भनी पर्खिने निक्र्योल निकालेँ । म उसकै लासको खुट्टातिर थचक्क बसेको थिएँ । मेरो दिमाग सायद जमेको थियो, फ्रिजमा बरफ जमे झैँ । आँसु सायद पहिले नै रुँदारुँदै सकिएकाले होलान् आँखासम्म पनि आउन सकेनन् । हो सत्य म त्यसबेला भावशून्य नै भएको थिएँ । समय कतिबेला बित्यो थाहापत्तो नै भएन । रात परिसकेछ, छिमेकीहरूले अब लास धेरैबेर घरमा राख्नुहुँदैन भनी जोड दिएपछि म होसमा आए जस्तै भएँ । सद्गतका लागि मसँग पैसा थिएन । मैले विस्तारै उसको घाँटीमा रहेको तिलहरी खोलेँ, कानको मुन्द्रा निकालेँ र अगाडिका छिमेक कृष्णमानको हातमा राखी दिएँ ।
किरिया म नै बसेको थिएँ । भोलिपल्ट एउटा छोरा घर पुगेर थाहा पाएछ र किरिया बस्न भनी आयो, पर्सिपल्ट अर्को पनि आइपुग्यो । श्रद्धा थियो वा सामाजिक लाञ्छनाको डर ? किरिया उनीहरू पनि बसे । हामीबिच कुनै बोलिचाली भएन, न उनीहरूले मसँग आमाको कसरी मृत्यु भयो भनेरै सोधे न मैले नै बताउन जरुरी ठानेँ । जसोतसो तेह्र दिन सकियो । घर फर्किने रहर मनमा फिटिक्क नै थिएन । तर विकल्पहीन मनलाई कुल्चिन बाध्य थिए । घरमा एक दुई दिन जेनतेन बित्यो ।
मलाई खाने रुचि नभए पनि खाना बनाउनै पथ्र्याे, बनाइदिएँ । जूठो परेको घरको खाना उनीहरूले रुचाएर खाएनन्, खाइ टोपले झैँ गरे । घर फर्किएको तीन दिनपछि नै उनीहरूले पहिलेको व्रmम दोहो¥याउन सुरु गरे । घरमा खाना पाक्थ्यो उनीहरू समयमै आएर खाइदिँदैनथे । खाना बासी रहन्थ्यो । तर फाल्ने आँट नआउँदा म बासी नै पनि खाई दिन्थेँ । हो, वर्ष दिन जूठो बार्न पनि मैले सकिनँ । त्यस्तो परिस्थितिमा मलाई त्यो घरमा बस्ने रहर नै हरायो । कता जाऊँ ? के गरूँ ? कोसँग रोऊँ ? मसँग दुई शब्द बोल्ने मान्छे पनि त्यस परिवेशमा मैले भेटाउन सकिनँ । थाहा छैन कसले कहिले टोलका रामप्रसाद जरसाहेबलाई मेरो वर्तमान सुनाइदिएछ । रामप्रसाद जरसाहेव यही टोलका बासी थिए र मलाई राम्ररी चिन्दथे पनि ।
एक दिन सखारै रामप्रसाद जरसाहेबकहाँबाट मलाई बोलाहट आयो । त्यत्रो ठूलो मान्छे मलाई किन बोलाएको होलान् भनी मनमा अनेकौँ डर र तर्कनाहरू बोक्दै म उनको घरमा पुगेँ । जरसाहेबले मलाई बैठक कोठामा नै बोलाइबक्सियो । घरको हालचाल सोधिबक्सियो । म कहिल्यै उहाँसँग त्यसरी नजिक बसी कुरा नगरेको मान्छे, पहिले त ज्यादै हिच्किचाएको थिएँ, तर कुरा गर्दै जाँदा विस्तारै मभित्रको सङ्कोच हराउँदै गयो र जब मेरो परिवार र छोराको कुरा उठ्यो मैले चाहेरै पनि आपूmलाई रोक्न सकिन छु र भक्कानिएर रुन पुगेछु । मप्रतिको छोराहरूको व्यवहार सुनेपछि उहाँले ज्यादै अँध्यारो अनुहार लगाएको मलाई अनुभव भएको थियो ।
मैले रुँदै आफू अब जिन्दगीसँग थाकिसकेको र एकक्षण पनि घरमा बस्न मन नभएको तर विकल्प केही नभएको कुरा उहाँलाई बताई दिएँ र केही विकल्प भए निगाह गरी पाऊँ भनी अनुरोध पनि गरेँ । मेरा आँसु मैले नचाहेरै पनि पटक पटक बगिरहे । मानाँै वर्षौं थुनिएर रहेको कुनै फोहोर कुण्डले वर्षौंपछि निकास पाउँदै छ ।
जरसाहेबले मलाई सङ्क्षिप्तमा यति मात्र भन्नु भयो, ‘ठिकै छ म सकभर तिम्रा लागि केही सोच्ने छु, तिमी मान्छे इमानदार र मेहनती हौ । तर वर्तमान परिस्थितिमा मान्छे यति स्वार्थी भइसक्यो कि दुध चुसाएको बच्चा पनि थुन छोड्नासाथ आमाको काख बिर्सिदिन्छ’ । म उहाँको आश्वासनले केही आश्वस्त भएर फर्किएँ । पाँच सात दिनपछि नभन्दै जरसाहेबको एउटा सन्देश मलाई भोलिपल्ट बिहानको ठिक १० बजेभित्र आफ्ना केही लुगाफाटा र नागरिकताको प्रमाणपत्र बोकी गोकर्णको गोकर्णेश्वर मन्दिरमा आइपुग्न भनिएको थियो, के कारण हो, कुन काम गर्न हो त्यो केही भनिएको थिएन ।
जरसाहेबकहाँको शेरबहादुरले केही बताउनै चाहेन, यति मात्र भनेर फर्कियो । जरसाहेबको यो सन्देश मेरा लागि वैतर्णी तर्ने यन्त्र झैँ लाग्न थाल्यो । कहाँबाट आयो त्यत्रो फुर्ती कि मैले फुर्तिलो भई आफ्ना केही लुगा र नागरिकता तुरुन्तै झोलामा कोचकाच पारेँ । उसले आफू एक्लो बसेको एउटा तस्बिर खिचेकी थिई, अर्को एउटा ऊ र म दुवै बसेको तस्बिर पनि मसँग थियो । दुवै तस्बिर पनि झोलामा हाल्न छुटाइनँ । मन निकै विचलित भयो, दिनभर छोराहरू कहिले आउलान् भनी पर्खंदै दिन बित्यो । रातिको दस एघार बजेतिर दुवै घरमा आइपुगे नशाको सुरमा झम्टेलान् कि भन्ने डर भए पनि मैले दुवैलाई कोठामा बोलाएँ र आफू केही दिनका लागि साथीहरूसँग घुम्न जाने विचार गरेको बताइदिएँ ।
दुवै छोरामा कुनै पनि प्रतिव्रिmया देखिएन । घुम्न जाने कोसँग हो, घुम्न जाने पैसा कहाँबाट आयो, घुम्न कहाँ जाने हो, फर्किने कहिले हो भन्ने जस्ता प्रश्न सोधिएलान् भन्ने त्रास मनमा थियो तर दुवैले एक शब्द पनि बोलेनन् र हुन्छ भन्ने भाव दर्साउने गरी कोठाबाट निस्किए । मन खिन्न भयो । कोठामा चारैतिर हेरेँ ।जता पनि उसको सम्झना आउने सामान मात्र थिए । हामीले दुःखसुख गरी जोडेका ती सामान । यो ठाउँ छोड्नु पर्दा उसको सम्झना पनि छोडिने सत्यले मभित्र निकै भक्कानाहरू उठाइदियो । त्यो रात निन्द्रादेवी म नजिक आउन चाहिनन्, पूरा रात रुँदै छट्पटाउँदै बित्यो ।
भोलिपल्ट बिहानै छोराहरू निस्किसकेका थिए । मसँग एक शब्द पनि नबोली । म पनि समयमै उही झोला बोकेर निस्किएँ । के गर्न जाँदैछु ? अबको मेरो गन्तव्य कहाँ हुने हो, कुन वातावरणमा पुगिने हो, अन्जानवश गोकर्णेश्वरतिर लागेँ । मकहाँ सन्देश ल्याउने शेरबहादुर त्यहाँ मलाई पर्खिरहेको रहेछ । उसले सामान्य मुस्कानपछि एक शब्द पनि नबोली मलाई पछि पछि आउने आदेश दियो । म यन्त्रवत् उसको पछि लाग्दै गएँ । एउटा मध्यम खालको घरभित्र ऊ मलाई लिएर पस्यो । मेरो दिमाग शून्यप्रायः भएको थियो । केही पनि सोच्नै सकिनँ । उसले मलाई एउटा कोठाभित्र लग्यो, त्यो अफिस कोठा पो रहेछ । शेरबहादुरले मलाई देखाउँदै त्यहाँ मेचमा विराजमान हाकिमलाई चिनायो, ‘ऊ उहाँ नै हो’ । हाकिमले मलाई नियाले र शेरबहादुरलाई ठिकै छ, जहरसाबलाई मेरो नमस्कार सुनाइदिनू भनेर बिदा दिए । हाकिमको व्यवहार निकै स्नेहपूर्ण रह्यो । केही क्षणमै मैले थाहा पाएँ कि त्यो वृद्धाश्रम रहेछ । म झैँ साहाराविहीन वृद्धहरूको आश्रम । थाहा पाएर मन कटक्क खायो, म साहाराविहीन वृद्धको परिभाषाभित्र परिसकेको मान्छे पो रहेछु । आश्रममा म झैँ धेरै वृद्ध र वृद्धाहरूको जमघट रहेछ । ठुलो कोठामा थुप्रै ओछ्यानबिच मलाई पनि एउटा ओछ्यान दिइयो । थुप्रै वृद्धवृद्धाको बिचमा सँगै राखेर खाना खुवाइयो । यसरी सुरु भयो मेरो नयाँ जीवनको यात्रा । खै कहिलेसम्म चल्ने हो यात्राव्रmम ।
साथी पनि धेरै बनेका छन् । सुखदुःख साटासाट पनि हुन्छन् तर मलाई अझै पनि यो वातावरणमा रमाउन सक्ने बानी परिसकेको छैन । छोराहरूको जागिर छैन, आम्दानीको बाटो छैन, खै के खाए होलान् ? कसले पकाइदियो होला ? भोकै पो सुते कि ? अबको जिन्दगी कसरी कटाउलान् ।
मैले पो उनीहरूलाई छोडेर आएर गल्ती गरेँ कि भन्ने जस्ता यावत् प्रश्नले सधैँँ मलाई पोल्ने गरेको छ । तर मसँग यहाँ आउनुबाहेक अन्य विकल्प पनि त थिएन । हो म एकदमै विकल्पहीन बनेको छु र कसैले नदेख्ने गरी सुटुक्क रुने गरेको छु । आफ्नो जिन्दगीसँग ।