छविलाल पाण्डे
बुटवल, भदौ २८ गते । बुटवलको भाटभटेनीबाट आइसक्रिम चोरेको प्रमाण सार्वजनिक भएपछि बुटवलको कालिका मानवज्ञान स्कुलले शिक्षक शिवशंकर शुक्लालाई कारबाही गरी निष्कासन गरेको छ ।
जेनजी आन्दोलनका क्रममा बुटवलको भाटभटेनीमा मङ्गलवार लुटपाट हुँदा शिक्षक शुक्लाले आईसक्रिम चोरेको भिडियो सार्वजनिक भएको थियो ।
कालिका मानवज्ञान माध्यमिक विद्यालयका प्रधानाध्यापक दिनेश थापाले भदौ २४ गते जेनजी प्रदर्शनको क्रममा आफ्नो विद्यालयका शिक्षक शिवशंकर शुक्लाले आईसक्रिम चोरेको भिडियो सार्वजनिक भएको देखिएको बताउनु भयो ।
उहाँले एक सूचनामार्फत भाटभटेनी सुपर मार्केटमा भएको अनियमिततामा संलग्न रहेको देखिएकाले विद्यालयको आचरण संहिता तथा नियम विपरीत कार्य गरेको ठहरिएकाले आजैका मितिबाट लागू हुने गरी हटाइएको बताउनु भएको छ ।