• २८ भदौ २०८२, शनिबार

कपिलबस्तुमा १ सय ६० कैदीबन्दी प्रहरी नियन्त्रणमा

blog

कपिलबस्तु कारागारको प्रशासनिक भवन ।

नारद कोहार 

तौलिहवा(कपिलबस्तु), भदौ २८ गते । जेनजी प्रदर्शनको क्रममा कपिलबस्तु सहित विभिन्न कारागारबाट भागेका १ सय ६० कैदीबन्दीलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा कपिलबस्तु कारागारका ४ सय ३० जना मध्ये १ सय ४२, केन्द्रिय कारागारका ८ जना, नख्खु कारागारका ५, कास्की कारागारका १, पश्चिम न प कारागारका १ र तुल्सिपुर कारागारका ३ जना कैदीबन्दीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलबस्तुका प्रहरी नायब उपरिक्षक रिपेन्द्र कुमार सिंहका अनुसार कपिलबस्तु कारागारमा रहेका ४ सय ५९ मध्ये ४ सय ३० जना कैदीबन्दी भागेको बताउनुभयो ।  कारागारमा रहेका ४५९ कैदीबन्दी मध्ये २९ जना कारागारमै रहेका थिए ।