के भनी मलाई सताइरहन्छ,
मनको कुनामा
सताइरहन्छ दुःखाइरहन्छ
आलो यो घाउमा
सम्झना मात्र भएर आउने
बिर्सना बाटीमा
फूल झैँ फुली रमेको जीवन
ओइलेर झरेको
नलाउने माया लाएर फेरि
हुरुक्कै भएको
उमेर हेर्दा बुढेसकाल
तन्नेरी पसेको
भएछौ कत्ति कामकै भोका
जीवनै उचाली
कत्तिले भन्दछ तिमीलाई फेरि
पात्तिएको बुढ्यौली
परौला फन्दा नजानी भन्दा
तरुनी रुवाउने
गाउँछन् सबले असित्ती बुढो
जवानी फर्काउने
तन्नेरीलाई लोभ्याई आफैँ
पच्छ्याई दौडने
कुन दिन यिनलाई चप्पल हिर्काई
डँडाल्लो सेकाउने
नमान्ने बुढा समाल आफैँ सम्झेर बुढ्यौली ।