• ५ जेठ २०८१, शनिबार

टाढा रहेको प्रेमीसँग

blog

म सदेह तिमीसँग छैन त के भयो ?

मेरो हंश तिमीमा एकाकार नै छ नि !

हो, मेरा विपनाहरू खाली खाली छन्

सपनामा त तिमीसँग रमाएकै छु नि !


तिमीले नचुमेका मेरा ओठहरू 

रमाउँछन् हरपल

तिम्रो जिभ्रोको चपलतामा

तिम्रो अँगालोमा नबाँधिएकी म 

भिजेकी हुन्छु हर पल 

तिम्रो पुरुष–देहको सुगन्धमा,


भन त प्रिय ! नढाँटी

के तिमी पनि गर्छौ त्यहाँ 

हाम्राबिचको भच्र्युअल अभिसारको

यस्तै अनुभूति !?


हो भन्छौ भने

बिताउन सजिलो हुन्छ मलाई

लामो बिछोडका

यी बिरसिला दिनहरू !!