लागु पदार्थ नियन्त्रणको बाटो
नेपालमा लागु पदार्थका दुर्व्यसनी बढ्दै बढ्दो क्रममा छन्। लागु पदार्थ कारोबारका लागि नेपाल ट्रान्जिट पोइन्ट नै बनेको छ। लागु पदार्थले मानिसको शारीरिक र मानसिक स्वास्थ्य, चेतना र अनुभूतिलाई विकृत तुल्याउँछ। यस्ता पदार्थले मानिसको केन्द्रीय स्नायु प्रणालीमा प्रभाव पार्नुका साथै उसको भावना र सोचाइमा परिवर्तन ल्याउँछ। कानुनद्वारा निषेधित गाँजा, अफिम, हेरोइन, मर्फिन, कोकिन आदि अवैध लागु औषध हो भने सुर्तीजन्य पदार्थ र मदिरा कानुनद्वारा नियन्त्रित लागु पदार्थ हो। विश्व स्वास्थ्य सङ्गठनले लागु पदार्थलाई स्वस्थ शरीरका लागि प्रयोग गर्न आवश्यक नभएको पदार्थ भनी परिभाषित गरेको छ।
परिसूचक सुधारको प्रभाव
आर्थिक वर्ष २०८०/८१ आरम्भ भएको छ। नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको बाटो खुलेको छ। आर्थिक वर्षको बजेट कार्यान्वयन गर्दा मुलुकको वर्तमान आर्थिक परिसूचकको सङ्गीन विश्लेषण गर्नुपर्ने हुन्छ। यो विश्लेषणले नयाँ आर्थिक वर्षको बजेट कार्यान्वयनको प्रवृत्तिमा आवश्यक परिवर्तन र सुधार ल्याउन सकिन्छ। एक वर्षअघि देश श्रीलङ्का हुन्छ कि भन्ने ठुलो चिन्ता थियो। विदेशी मुद्रा सञ्चितिको गम्भीर मार खेपेको श्रीलङ्काको एक वर्षअघि अर्थतन्त्र टाट उल्टिएको थियो। त्यसको स्वाभाविक त्रास नेपालमा थियो। पाकिस्तान अझै सङ्कटमै छ। अरूको अनुभवबाट सिक्नु अब्बल अभ्यास हो। नेपालले विदेशी मुद्रा जोगाउन विलासितालगायत आयातमा कटौती ग¥यो। नियन्त्रणका उपाय लियो र अहिले बाह्य क्षेत्र सुधारको सन्तोष लिँदै छ।
आर्थिक विकासमा पर्यटन
नेपाल पनि विश्व पर्यटन सङ्गठनको सदस्य राष्ट्र हो। हरेक वर्ष विश्व पर्यटन दिवसमा सहभागिता जनाउँदै मुलुकको पर्यटन उद्योगको विकासका लागि काम गर्दै आएको छ। नेपालमा पर्यटन मन्त्रालय (संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालय), पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्वतीय प्रशिक्षण, पर्यटक प्रहरी, पर्यटन समिति (तारा गाउँ विकास समिति, नेपाल पर्यटन तथा होटल व्यवस्थापन समिति, पर्वतीय प्रशिक्षण विकास समिति, पर्वतीय प्रशिक्षण विकास समिति, लुम्बिनी क्षेत्र पर्यटन प्रवर्धन विकास समिति) रहेका छन्। त्यस्तै निजी क्षेत्रमा उद्यम व्यवसायी, उनीहरूको कम्पनी तथा हित सङ्गठन, पेसाकर्मी तथा उनीहरूको ट्र«ेड युनियन, सङ्घ, महासङ्घ र आधिकारिक सामूहिक सौदाबाजी समिति पनि सक्रिय छन्। नेपालको पर्यटन उद्योग तथा बजारमा १५ खर्ब लगानी रहेको छ। कुल गार्हस्थ उत्पादनमा पर्यटन क्षेत्रको योगदान ७.८ प्रतिशतको हाराहारीमा छ। लगानी र उत्पादनमा पर्यटन उद्योगको उल्लेखनीय सक्रियता देखिएको मात्र होइन, उल्लेखनीय रोजगारी पनि दिएको छ।
संविधानको विशिष्टता
नेपालको संविधानमा कुनै पनि वर्ष राखिएको छैन। (जस्तो नेपालको अन्तरिम संविधान, २०६३, नेपाल अधिराज्यको संविधान,२०४७) तर यो संविधानको नाम हो नेपालको संविधान। यो संविधान २०७२ मा जारी भएको हो तापनि नाममा वर्ष लेखिएन। यसको मुख्य कारणमध्ये यो संविधान सबै प्रकारका प्रचलित वर्षको साझा संविधान मानिएको हो। यो विक्रम संवत्, इस्वी सन्, नेपाल संवत्, बुद्ध संवत् ताम्सालिङ, किराँत, मगरात, जोजो प्रचलित वर्ष छन् सबैको संविधान हो।
कहालीलाग्दो ‘ब्रेन ड्रेन’
शिक्षा हरेक व्यक्तिको प्राकृतिक अर्थात् नैसर्गिक अधिकार हो। राज्यको अकर्मण्यताले समाजमा दुई वर्गका नागरिक उत्पादित भइरहेका छन्। यद्यपि शिक्षा अनि स्वास्थ्य जस्तो विषय राज्यको प्रमुख दायित्व अवश्य नै हो। शिक्षा जस्तो जीवनोपयोगी क्षेत्रमा दुई फरक धारमा राज्यले विभाजन गरी फरक फरक व्यक्तित्व उत्पादन गर्नु पक्कै पनि देशका लागि प्रत्युत्पादक हुने छ। हुनेखानेका सन्तान सुविधा सम्पन्न निजी विद्यालयमा अध्ययन गर्ने अवसर प्राप्त गरिरहेका छन् भने गरिबीका रेखामुनि परेका विपन्न परिवारका नानीबाबु सामुदायिक विद्यालयमा अध्ययन गरिरहेका छन्। जसका कारण अहिलेको (ग्लोबल मार्केटमा) प्रतिस्पर्धाको युगमा विभिन्न असुविधाले पछि पर्दै छन्।
प्रचण्डको आत्मसमीक्षा
हालै एक जना भारतीय यातायात व्यवसायी प्रितम सिंहको पुस्तक विमोचन कार्यक्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलेको विषयले निकै चर्चा पायो। उक्त कार्यव्रmममा प्रधानमन्त्री प्रचण्डले उहाँसँग जोडिएको विगतको भावनात्मक सम्बन्धलाई पुनः स्मरण गर्नुभयो । पुरानो पारिवारिक सन्दर्भ पोख्नुभयो । झन्डै दस वर्षअघि सिंहले उहाँकै घर दिल्लीमा विचार, एजेन्डा, राजनीतिक आन्दोलन र उपलब्धिको आधारमा तपाईं नै प्रधानमन्त्री बन्दा स्वाभाविक हुन्छ भनेर कोठे चिया गफका क्रममा भनेको प्रसङ्ग सहज ढङ्गले सुनाउनुभयो ।
घरेलु हिंसाको नियन्त्रण घरबाटै
घरेलु हिंसा घरमा हुने हिंसा हो। घरपरिवारका सदस्यबाट हुने हिंसा हो। घरेलु हिंसा गर्ने अनि हिंसाविरुद्धमा चर्को भाषण गर्ने हाम्रो संस्कारको कहिले अन्त्य होला ? ‘जो चोर उसैको ठुलो स्वर’ भने झैँ जो गन्यमान्य र ठुला मानिन्छन्, उनीहरूको परिवारभित्र नै घरेलु हिंसा बढी हुने प्रचलनलाई कहिले रोक्ने हो हामीले ? हिंसा नगर्ने मानसिकताको विकास कहिले गर्ने, कसले गर्ने र कसरी गर्ने ? परिवारकै सदस्यले आफ्ना सन्तानलाई विभेद गर्छन् भने, हिंसा गर्छन् भने त्यसको न्याय खोज्न कता जाने हो ? हरे
टुङ्गोमा पुगोस् भ्रष्टाचार प्रकरण
करिब एक महिना अगाडिको कुरा हो। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रेस सेन्टर नेपालको साधारण सभालाई सम्बोधन गर्ने कार्यक्रम थियो। त्यो कार्यक्रममा पङ्क्तिकारले आयोजकलाई पाँच मिनेट समय माग गरेको थियो। त्यहाँ प्रधानमन्त्रीलाई पाँच मिनेटमा सार्वजनिक रूपमा दन्त्य कथा सुनाउँछु भन्ने पङ्क्तिकारको विचार थियो। आयो
जलवायुको प्रभाव महिलामा बढी
नेपालको पहाडी जिल्ला रसुवाको उपल्लो भूभागमा अवस्थित टिमुरेमा रहेको खैडी गाउँ यतिबेला लगभग सुनसान छ। युवा विदेशिएर वा कुनै विपत्ति परेर गाउँमा यसरी सन्नाटा छाएको होइन। कुनै समय घले राजाको दरबारसमेत रहेको यो गाउँका बासिन्दा अचेल सोही गाउँको तल्लो भूभागमा अवस्थित भोटेकोशीको किनार वरपरको क्षेत्रमा बसाइँ सरेर बसोबास गर्न थालेका छन्। यो क्रम तीव्र रूपमा छ । पुस्तौँदेखि कृषि र पशुपालनलाई जीविकोपार्जनलाई मुख्य स्रोत मान्दै आएका टिमुरे गाउँका बासिन्दालाई पछिल्लो समयमा दिनानुदिन बढ्दै गएको वातावरणीय समस्या प्रमुख चुनौती बन्यो। टिमुरे गाउँ त एउटा प्रतिनिधि गाउँ मात्रै हो। वातावरण तथा जलवायुसम्बन्धी अध्ययन अनुसार, नेपालको तराईमा भन्दा पहाडी भूभागमा, पहाडी भूभागमा भन्दा हिमालमा र हिमाल
सामाजिक संस्कारमा विकृति
मानिसले जन्मदेखि मृत्युसम्मका क्रियाकलापलाई विभिन्न किसिमका संस्कारका रूपमा मान्दै आएका छन्, जसको समष्टिगत रूप नै संस्कृति हो। बदलिँदो जीवनको गति, समय, परिस्थिति र विकासक्रम अनुसार हाम्रो संस्कार र संस्कृतिमा सुधार गर्दै जानुको साटो हालसाल धेरै विकृति/विचलन देखा पर्दै आएका छन्। खास गरी २०७२ सालको सङ्घीय गणतान्त्रिक संविधानले मुलुकलाई धर्मनिरपेक्ष घोषणा गरेपश्चात् एकातर्फ यस्ता विकृति झन् बढेको पाइएको छ। अर्कोतर्फ १४ जनवरी २०२३ को बिबि
जनकविका कालजयी असारे भाका
लोकगीत र लोकसङ्गीतका धुरी जनकविकेशरी धर्मराज थापाबारे जानेका र सुनेका कुरा लेख्नु मेरा लागि कठिन विषय हो। नेपाली माटोको बास्नालाई आफ्ना करुण कण्ठका माध्यमले जनजनसमक्ष पु-याउनु जनकविको विशेष गुण मानिन्छ। नेपाली भूमि गौरवशाली छ। अझ आफ्ना विशेषताले नेपाल आमाबारे विश्वसामु जानकारी गराई सदैव राष्ट्रभक्ति देखाउनु पर्छ भन्ने बोधका गीत गाएर उहाँले प्रेरित गर्नुभयो। नेपाल आमाका विशेषता अनेक छन्। यहाँको प्राकृतिक सौन्दर्य, हिमालको चमक, नदीहरूको माला, हरियाली जङ्गलले हात्ती, गैँडा आदि जनावरलाई दिने वासस्थान, तराईका अन्न भण्डारहरूले सबै नेपालीलाई दिने धान, गहुँ आदि अ
नागरिकमा सुशासनको आभास
सरकार सुशासन कायम गराउन दृढतापूर्वक लागेको नेपाली जनताले महसुस गर्न थालेका छन्। एकपछि अर्को क्रमशः भ्रष्टाचारका फाइल खोल्न थालिएका छन्। भ्रष्टाचार निवारण र सुशासनको पक्षमा कोही कसैसँग सम्झौता नगर्ने र विगतका सबै काण्डमाथि छानबिन गर्ने हो भने आगामी दिनमा भ्रष्टाचार गर्नेहरू निरुत्साहित हुने छन्। सरकार प्रमुखको रूपमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सुशासनको पक्षमा नयाँ ढङ्गबाट अघि बढेको पटक पटक घोषणा गर्नुभएको छ। त्यति मात्र होइन अझ एकदम अघि बढेर प्रधानमन्त्रीले सरकार रहला नरहला चिन्ता छैन आफू पछि नहट्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।
बदलौँ तालिमको ढाँचा
हामीले हाल प्रयोग गरेका कतिपय एप, सफ्टवेयर र इलेक्ट्रोनिक साधन नियमित अध्यावधिक नगर्दा के हुन्छ ? काम नलाग्ने हुन सक्छन्। अर्थात् कम सान्दर्भिक बन्न पुग्छन्। यिनलाई सान्दर्भिक बनाउन कम्पनीले नै समय सापेक्ष अद्यावधिक हुने व्यवस्था गर्दछ। समाज वा सङ्गठनमा कार्यरत जनशक्तिको उमेरमा विविधता हुनु अस्वाभाविक भएन। पुरानो पुस्तासँग पुरानो अनुभव र नयाँ पुस्तासँग नयाँ ज्ञान बढी हुन सक्छ। नियमित अध्यावधिक नहुने हो भने पुरानो पुस्ता उमेर मात्र नभएर सोच र संस्कारमा पनि नयाँ पुस्ताभन्दा फरक हुन सक्छ। समयअनुसार अध्यावधिक नभएको मेसिन वा उपकरण जस्तै असान्दर्भिक
कसरी दीक्षित भए भानुभक्त
भानुभक्तका पुर्खा खोज गर्दा कौडिन्य आचार्य वंशावली, किंवदन्ती र सेन राज्यको राजनीतिक इतिहासको अध्ययनबाट दैलेख जिल्लाका काशीराम प्रथम लम्जेल आचार्य देखिए। यिनका अठारौँ पुस्तापछि चार भाइमध्ये साहिँला गोकुल आचार्य लमजुङमा बसे। तिनका छोरा विश्वामित्र, विश्वामित्रका छोरा गया, गयाका छोरा सागरानन्द, सागरानन्दका माहिला छोरा सूर्योपाध्याय भए। नरनाथकृत भानु जीवनी (२०३६) को दोस्रो संस्करणले श्रीकृष्ण आचार्यदेखि माथि छैटौँमा मणिकण्ठोपाध्याय र दसौँमा सूर्याेपा
चाडपर्वसम्बन्धी नीति
नेपाल जातीय, भाषिक, सामाजिक, सांस्कृतिक, धार्मिक, भौगोलिक, पर्यावरणीयलगायत कैयौँ विविधता भएको देश हो। यहाँ करिब १०० जाति तथा समुदाय, १२५ भाषा, लगभग दस धर्म तथा धार्मिक सम्प्रदाय, थुप्रै चाडपर्व तथा रीति–रीवाज एवं परम्परा छन्। यहाँको राजनीतिक व्यवस्था जे भए पनि राज्यसत्तामा भने सधैँ हिन्दु धर्म र बाहुन–क्षेत्री समुदायको वर्चस्व रहँदै आएको छ। त्यसैले यहाँ सबै क्षेत्रमा जातीय एवं धार्मिक एकाधिकार व्याप्त छ।
जिपिए मापनको बुझाइ
सन् १९९० देखि सुरु भएको कक्षा १० को परीक्षाको आफ्नै इतिहास छ। शाब्दिक रूपमा उहिलेको एसएलसी अचेल एसइई भएको छ। सुरुवातदेखि नै यसलाई फरक र महत्वपूर्ण ढङ्गले हेर्दै आइयो। यही तहको परीक्षालाई विगतदेखि नै इज्जत र प्रतिष्ठाको विषयमा बनाइँदै आइएको छ, चाहे त्यो विद्यालयमा पढाइने सन्दर्भमा होस् कि विद्यालयमा विद्यार्थी पढ्ने प्रक्रिया होस्। अथवा विधालयले आफ्नो विज्ञापन र मूल्याङ्कन गर्ने आधार यसैलाई बनाइँदै आएका छन्।
विद्यालयमै उत्पादनमूलक सिप
कार्यालयको कामसँगै देशभित्रका महत्वपूर्ण स्थानमा पुग्ने क्रममा २०८० जेठको अन्तिम दिन समयले डो¥याएर जनज्योति माध्यमिक विद्यालय बड्डीचौर, सुर्खेत पु-यायो। विद्यालयको समग्र अवलोकन एवं छलफलपछि लाग्यो कि यहाँका प्रेरणादायी प्रसङ्ग यथासम्भव पाठकसमक्ष पु¥याउनु पर्छ, जसको प्रतिफलस्वरूप यो आलेखमा सो विद्यालयले लिएको अग्रसरतालाई शब्दमा उनेर यहाँहरूसमक्ष पेस गरेको छु ।
मोदीप्रति बढ्दो आकर्षण
भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको दुई कार्यकालको सफलताले विश्वमै भारत नयाँ उचाइमा पुगेको छ। उहाँले यो अवधिमा बनाउनुभएको लोकतान्त्रिक छविले उहाँप्रतिको आकर्षण बढेको हो। गुजरातको मुख्यमन्त्री बन्दा भएको हिन्दु–मुस्लिम दङ्गा रोक्न प्रभावकारी कदम नचालेको आरोप लागेका मोदीलाई १० वर्षसम्म अमेरिकाले भिसा दिएन। यस प्रकरणले उहाँ अनुदारवादी नेता हो कि भन्ने धेरैलाई लागेको थियो तर प्रधानमन्त्री बनेयता उहाँले आफूलाई बहुप्रतिभाशाली र उदारवादी नेताका रूपमा स्थापित गर्न सफल हुनुभयो। उहाँको सफलतासँगै भारतलाई ठुलो लाभ मिलेको छ। भिसा रोक्ने अमेरिकाले अहिले उहाँलाई रातो कार्पेट बिछ्याएर भव्य स्वागत मात्र होइन, उहाँको खुलेर प्रशंसासमेत गरेको छ। अमेरिकाको भ्रम
विकास प्रशासनका क्षेत्र
विकास सबैका लागि अपरिहार्य गतिशील सामयिक आवश्यकीय परिवर्तन हो। यो एउटा यस्तो सकारात्मक परिवर्तन हो, जसले सकारात्मक प्रगति उन्मुख परिवर्तनको अपेक्षा राखेको हुन्छ। शाब्दिक अर्थमा विकासले यथास्थितिभन्दा उन्नत, पूर्ण, परिपक्व अपेक्षित अवस्थालाई जनाउँछ। विकासलाई साधारणतया आर्थिक वृद्धिको पक्षसँग हेर्ने र समाहित गर्ने गरेको पाइन्छ। यो एउटा परम्परागत तर बढी चलनचल्तीमा रहेको अवधारणा हो। अर्थशास्त्रीय अवधारणाले विकास भन्नाले कूल गार्हस्थ
सङ्क्रामक रोग मङ्किपक्स
एमपक्स अर्थात् मङ्किपक्स नेपालमा पहिलो पटक एक अस्पतालमा उपचाररत ६० वर्षीया विदेशी महिलाको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको नमुनामा देखिएको स्वास्थ्य मन्त्रालयले २०८० असार १ गते पुष्टि गरेको छ। कोरोना भाइरसको महामारीबाट छुटकारा पाएको केही महिना नहुँदै हाल मङ्किपक्सको सङ्क्रमण विश्वव्यापी जनस्वास्थ्यको चासोको रूपमा देखा परेको छ। तथापि आपत्कालीन अवस्था भने छैन। सन् १९५८ मा पहिलो पटक पश्चिम अफ्रिकाको एक दुर्गम भेगमा एक बन्दी बाँदरमा मङ्किपक्स देखा परेको थियो। त्यसपछि अफ्रिकामा विभिन्न प्रकारका लोखर्के, मुसा, न्याउरी मुसा र विभिन्न प्रजा
निर्वाचन विवादमा निरुपण प्रक्रिया
नेपालको संविधानको धारा २४६ को उपधारा (३) मा निर्वाचन आयोगले संविधान र सङ्घीय कानुनको अधीनमा रही राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभाका सदस्य, स्थानीय तहका सदस्यको निर्वाचनको सञ्चालन, रेखदेख, निर्देशन र नियन्त्रण गर्ने व्यवस्था छ। राष्ट्रपति, उपराष्ट्रपति, सङ्घीय संसद्का सदस्य, प्रदेश सभा सदस्य वा स्थानीय तहका सदस्यका लागि उम्मेदवारी मनोनयन दर्ता भइसकेको तर निर्वाचन परिणाम घोषणा भइनसकेको अवस्थामा कुनै उम्मेदवारको योग्यता सम्बन्धमा कुनै प्रश्न उठेमा त्यसको निर्णय गर्ने अधिकार संविधानले निर्वाचन आयोगलाई दिएको छ।
मौद्रिक अवस्था र सुधार
विभिन्न कारणले गर्दा अर्थतन्त्र स्वाभाविक गति र लयमा नचल्दा नेपालको मौद्रिक इतिहासमै आर्थिक वर्ष २०७८/७९ मा सङ्कुचित मुद्रा प्रदाय पहिलो पटक ऋणात्मक परिवर्तन भएकोमा आव २०७९/८० पनि यही क्रम दोहोरिने अवस्था छ । विसं २०१४ असारदेखि २०७९ असारसम्म ६५ वर्षको अवधिमा सङ्कुचित मुद्रा प्रदाय (मुद्रा र चल्ती निक्षेपको योग) को परिवर्तन आव २०७८/७९ मा ९.७ प्रतिशतले ऋणात्मक भयो; जसमा मुद्रा र चल्ती निक्षेपको वार्षिक परिवर्तन क्रमशः ११.६ प्रतिशत र ७.४ प्रतिशतले ऋणात्मक भएकोमा चालु वर्ष पनि ऋणात्मक हुने १० महिनाको तथ्याङ्कबाट देखिएको छ ।
संस्कृत वाङ्मयको रक्षार्थ
हाम्रो पुर्खाले उच्चतम ज्ञानगुनका कुरा चिन्तन र बोधबाटै पत्ता लगाएको जनश्रुति छ। मानव विकासको करिब पाँच हजार वर्षको इतिहासमा संसारको कुनै पनि मानिस यस स्तरको ज्ञानभन्दा माथि पुग्न असम्भव छ। तसर्थ ज्ञानको यस्तो अपार र अपौरुषेय भण्डारलाई दैवीय उपज मान्नु नै अन्तिम विकल्प थियो, मानिसले त्यसै ग-यो पनि। हाम्रा चिन्तकले मानिसकै हित र उन्नतिका लागि तयार पारेको वाङ्मयलाई अर्को पुस्तासम्म हस्तान्तरण गर्ने उपायको खोजी गरे।
महिला र बालिकाको पक्षमा
विश्वको जनसङ्ख्या आठ अर्ब चार करोड ६८ लाख ६९ हजार पुगेको अनुमान छ। यही अहिलेकै दरमा जनसङ्ख्या बढिरहे सन् २०२३ को अन्त्य वा २०२४ को सुरुबाटै भारतले चीनलाई उछिन्दै विश्वको सबैभन्दा धेरै जनसङ्ख्या हुने देश बन्ने छ । सन् २०३० मा विश्वको जनसङ्ख्या आठ अर्ब ५० करोड र सन् २०५० मा नौ अर्ब ७० करोड पुग्ने अनुमान छ ।