सांस्कृतिक सम्पदाको जगेर्ना
पशुपतिनाथको मन्दिर धार्मिक, पुरातात्त्विक र पर्यटकीय दृष्टिले महत्वपूर्ण स्थान हो। पैगोडा शैलीको आकर्षक मन्दिर खुला सांस्कृतिक सङ्ग्रहालय जस्तै देखिन्छ। जन्मेदेखि मृत्युपर्यन्त हुने सनातनी मान्यता दैनिक सयौँको सङ्ख्यामा भइरहेका हुन्छन्। शैव, शाक्त, वैष्णव, बौद्ध, जैन सौर, गाणपत, नाथ सिख आदि प्रमुख सम्प्रदायका भक्तजनका लागि पशुपति क्षेत्र सदैव आस्था र श्रद्धाको केन्द्र बनेको छ। आज पशुपतिनाथ धार्मिक र पौराणिक विषयको अध्ययन, आस्था कायम राख्दै महत्वपूर्ण
असारे काँचो विकास
यो पटक मनसुन केही ढिला भए पनि वर्सात्ले आफ्नो रूप देखाउन थालिसकेको छ। पूर्वी पहाडी जिल्लामा त बाढी र पहिरोले जनधनकै क्षति गरिसकेको छ। सडक अवरुद्ध पारेको छ, पुल बगाएको छ। राजधानीलाई तराईसित जोड्ने मूल मार्ग मुग्लिन नारायणगढ खण्डमा पहिरोले यात्रुलाई दिनदिनै जस्तो दुःख दिन थालिसकेको छ। यस्तो अवस्थामा राजधानी काठमाडौँलगायत सहरी क्षेत्रमा भने कालोपत्र कामले गति लिएझैँ देखिन थालेको छ। कतै रातभरमा कालोपत्रेमाथि कालो
गुरुको गरिमा
शैक्षिक जगत्मा गुरुको सङ्ख्या र गुरुत्वको सीमा बाँध्न कठिन छ। सच्चा मानव बन्नका लागि जीवनकालमा एक व्यक्तिले थुप्रै गुरुबाट शिक्षा आर्जन गर्छ। व्यक्तित्व विकासका लागि मात्र नभई समाज तथा राष्ट्र विकासका लागि समेत ज्ञानसँगै सिपमुखी शिक्षाका लागि गुरुको योगदान सर्वोपरि हुन्छ। आधुनिक शिक्षण सिकाइ प्रव्रिmयाका अनेक प्रारूप र प्रविधि देखा परे पनि सम्मुखमा रहेर सहज र सरल तरिकाबाट सिकाउने गुरुको तुलना अरूसँग हुन सक्दैन। आधुनिक टेक्नोलोजीबाट प्रा
संस्था निर्माणको जिम्मेवारी
राजनीतिक परिवर्तनपछि तदनुरूप आवश्यकीय संस्था निर्माण गर्नु अपरिहार्य हुन्छ। विगतको राजनीतिक सोच अनुरूप खडा गरिएका संस्थाले परिवर्तित राजनीतिक अवस्थामा प्रभावकारी काम गर्न नसक्ने मात्र होइन, कतिपय संस्था बाधकका रूपमा रहन सक्छन्। राजनीतिक प्रकृतिका संस्था संविधानतः निर्देशित भएर स्थापना हुने भए पनि सामाजिक, आर्थिक विकास र सुशासन कायम गर्न आवश्यक पर्ने संस्था सजिलै स्थापना हुन नसक्ने अवस्था आउँछ। राजनीतिक परिवर्तनपछिको पहिलो काम नै नयाँ आवश्यक संस्था निर्माण गर्नु हो। यसका लागि सुविचारित योजना बनाएर तदनुरूप संस्था निर्माण र तिनको सबलीककरण गरी संस्थागत
आदिपुरुषको सेन्समा सेन्सरसिप
समाजरूपी आवर्तनको रूपमा रहेको चलचित्रले सामाजिक यथार्थबोधलाई प्रदर्शन गरिरहेको हुन्छ। समाजवादी यथार्थवादलाई अनुसरण गर्ने अस्त्रको रूपमा पनि यसलाई प्रयोग गरिन्छ। यसले समाजलाई दिशानिर्देश गर्ने ल्याकत राख्ने मात्र होइन, प्रत्यक्ष र परोक्ष रूपमा सकारात्मक र नकारात्मक प्रभावलाई प्रकारान्तरले दिशाबोध गर्नसक्ने सामथ्र्य राख्छ। राम्ररी खिचिएको एक चित्रले दसौँ कुरालाई इङ्गित गर्न सक्छ भने चलचित्रले लाखौँ भावनालाई अर्थलाई प्रतिविम्बन गर्न सक्छ।
भ्रष्टाचारविरुद्ध सक्रियता
यति बेला सरकारले भ्रष्टाचारविरुद्ध जुन कदम अघि बढाएको छ, त्यसको सर्वत्र प्रशंसा गरिएको छ। आखिर सरकार भन्नु जनचाहनाकै प्रतिबिम्ब हो र यसले जनताको भावनालाई कदर गर्दै अघि बढ्नु पर्छ। लामो समयदेखि नेपाली जनताबिच झाँगिएको आर्थिक अनियमितता, भ्रष्टाचार, अधिकारको दुरुपयोग र दण्डहीनताको स्थितिका विरुद्ध आमनागरिक रुष्ट थिए नै। हरेक आवधिक निर्वाचनमा सबैजसो राजनीतिक दलले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता अपनाउने आफ्नो दलको नीति
बजेटमा ह्विप
नेपालको संविधानको धारा ११९ को प्रावधानबमोजिम १५ जेठ, २०८० का दिन अर्थमन्त्रीले सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बजेट पारित भएको छ। सरकारमा रहेका दलका प्रमुख सचेतकले सोही बजेटको पक्षमा मतदान गर्न ह्विप जारी गर्ने प्रचलन छ। ह्विप भन्नाले केलाई बुझ्ने र त्यसको काम के हो भन्ने सन्दर्भमा विभिन्न विचार प्रस्तुत छन्। तथापि ह्विप भनेको संसदीय व्यवस्थाको सुन्दर पक्ष भनिन्छ एकातिर भने अर्कोतर्फ ह्विपले व्यक्तिको स्वतन्त्रताउपर लगाम लगाउने कार्य गर्छ भन्ने पनि गरिन्छ।
राष्ट्रिय ध्वजावाहकको चिन्ता
नेपाल वायुसेवा निगम १ जुलाई १९५८ मा स्थापना भएको हो। यसको प्रमुख उद्देश्य नेपालभित्र तथा विदेशमा सुरक्षित, कुशल, सुव्यवस्थित र किफायती हवाई यातायात सेवा पु-याउनु हो। देशको पहिलो हवाई कम्पनी भएकाले यसप्रति आमनागरिकको सरोकार र चासो छ। सरकारको पूर्ण स्वामित्व रहेका वायुसेवा निगमको अधिकृत पुँजी रु. ३० करोड रहेको छ। चुक्ता पुँजी रु. १६ करोड २३ लाख र नेपाल सरकारको लगानी २१ करोड ७० लाख गरी निगमको कुल पुँजी रु. ३७ करोड ९३ लाख छ। ठुलो पुँजी लगानी गर्नुपर्ने यस्तो व्यवसायका लागि यो पुँजी ज्यादै न्यून हो। निगमको अधिकृत पुँजी ४० देखि ५० अर्ब जति बढाउन आवश्यक भइसकेको छ। पुँजीको अभाव पूरा गर्न निगमले आफ्नो पुँजीभन्दा बढी हुने गरी बाह्य ऋण र बैङ्कहरूसँग सञ्चयकोष र नागरिक लगानी
मातृत्व र सामाजिकीकरण
सम्बन्ध भावनामा अनुबन्धित हुन्छ। भावनालाई राजनीति, औपचारिक कानुन अनि चिन्तन र दर्शनका दायराले बाँध्नै सक्दैन। आमा र सन्तानबिचको सम्बन्धलाई भावनाले उनेको हुन्छ। विशेषतः हिन्दु धर्मग्रन्थलाई हेर्ने हो भने आमाबुवालाई लौकिक र पारलौकिक परिस्थितिसम्म पूजा गरिन्छ। जीवन रहेसम्म “मातृ देवो भवः, पितृ देवो भवः” भनेरै देवताका रूपमा पुजिन्छ। मृत्युपश्चात् पनि पितृदेवताका रूपमा श्राद्ध गर्ने हिन्दु संस्कृतिभित्रको प्रचलनले अभिभावकप्रतिको श्रद्धालाई उच्च स्थानमा राखिएको देखिन्छ। धार्मिक ग्रन्थ रामायणको कथा अनुसार श्रवणकुमारले देखाएको मातापिताको भक्तिलाई मूल्याङ्कन गरेर स्वयम् भगवान् वि
भूगोलले राष्ट्रियता जोगाउँछ र !
एउटा पहाडियाले अर्को पहाडियालाई भेट्दा पहिलो प्रहर प्रश्न हुन्छ, “तपाईंको पहाड घर कहाँ हो ?” त्यसपछि “आफू कसमा ?” भनेर जात–विरादरी सोध्छन् या सोध्लान्। कवि भूपाल राईले लेखेको यही शीर्षकको कवितामार्फत चर्चाको गाँठो यो लेखोटमा गरिने छ। यसअघिको आलेखमा कविताकै चौदण्डीभित्र विचरण गर्नु परेकाले विषय विस्तारको गहिराइमा पुग्ने सीमा थियो। त्यो सीमित चौघेरा नाघेर यो खण्डमा वाक्यको अर्थ–राजनीति र भू–राजनीतिको सिक्का केलाउने प्रयत्न गरिएको छ। अर्थात् अघिल्लो आलेखको यो पूरक लेख हो।
राष्ट्रसङ्घको नेपाल प्रेम
नेपाली सेनालाई मुलुककै जेठो, ऐतिहासिक र गौरवशाली सङ्गठन मानिन्छ। स्थापनाकालीन इतिहासदेखि नै मुलुक रक्षार्थ सैनिक सङ्गठनले निर्वाह गरेको भूमिका सराहनीय छ। पछिल्लो छ दशकदेखि सङ्गठनले विश्व शान्तिमा पु¥याएको योगदान अद्वितीय छ। त्यसकै माध्यमबाट नेपालको परराष्ट्र नीतिमा परेको सकारात्मक प्रभावका कारण विश्व शान्ति कायम गर्न स्थापित ‘छाता सङ्गठन’ संयुक्त राष्ट्रसङ्घले नेपाली सेनाको उच्च मूल्याङ्कन गरेको छ। शान्ति स्थापनामा सैनिक सङ्ख्या थप
आर्थिक सुशासनमा महालेखा
लेखा परीक्षणको माध्यमबाट मुलुकमा वित्तीय अनुशासन कायम गर्न तथा सरकारी आम्दानी, खर्च र आर्थिक क्रियाकलाप चुस्त दुरुस्त राख्न महालेखा परीक्षकको कार्यालय स्थापना गरिएको हो। मितव्ययिता, कार्यदक्षता, प्रभावकारिता र औचित्यसमेतका आधारमा लेखापरीक्षण गर्न तत्कालीन नेपाल अधिराज्यको संविधान, २०१५ बमोजिम २०१६ साल असार १५ गते नेपालका प्रथम महालेखा परीक्षकको नियुक्तिसँगै यस कार्यालयको स्थापना भएको हो। सार्वजनिक निकायको सेवा प्रवाह, आर्थिक व्रिmयाकलापमा पारदर्शिता र जवाफदेहिता प्रवर्धन तथा असल अभ्यासको अवलम्बनमा महत्वपूर्ण भूमिका खेलेको यो कार्यालय आज आ
भ्रष्टाचार अन्त्य गर्न क्रान्ति
नेपाल केही दशकदेखि भ्रष्टाचारको दलदलमा फसेको छ भन्नलाई लुकाइरहनुपर्ने विषय छैन। भ्रष्टाचार छैन भनेर कुनै निकायले दाबी गरे पनि त्यो दाबी कोही पत्याउनेवाला छैन। तथ्याङ्कले नै देखाउँछ कि नेपाल विश्वका सबैभन्दा धेरै भ्रष्टाचार हुने मुलुकको सूचीमा पर्दछ। ट्रान्सरेन्सी इन्टरनेसनलको सन् २०२३ को तथ्याङ्क अनुसार विश्वका भ्रष्टाचार हुने मुलुकको सूचीमा नेपाल ११० औँ स्थानमा छ।
बजेट सङ्घीय संरचना अनुकूल
सङ्घीय राज्य व्यवस्था स्थापित भएको कान्छो मुलुक नेपालले सैद्धान्तिक रूपमा आर्थिक सङ्घीयता अङ्गीकार गरेको छ। तीन तहको सरकार रहेको नेपालमा सात प्रदेश र ७५३ वटा स्थानीय तहमध्ये सङ्घीय, प्रदेश र स्थानीय सरकारद्वारा सार्वजनिक गरिएका बजेटले नेपालमा सङ्घीयता लागु हुँदै गएको आभास भएको छ। संसारका सबैभन्दा उत्कृष्ट र नयाँ संविधानका रूपमा नेपालको संविधानलाई मानिन्छ। यद्यपि यस संविधानमा केही सीमा र बाध्यता नरहेका होइनन्। ‘सिंहदरबारको
युगान्डामा त्रास
अफ्रिकी मुलुक युगान्डामा विद्यार्थीको बीभत्स हत्यासँगै आमनागरिकमा त्रास बढेको छ। आतङ्कवादी समूह इस्लामिक स्टेटसँग सम्बन्ध रहेका विद्रोहीले एक विद्यालयमा आक्रमण गरी ४० जना विद्यार्थीको बीभत्स हत्या गर्नुका साथै केही कर्मचारी र छात्रालाई अपहरण गरी लगेका छन्। पश्चिम युगान्डाको पोन्ड्वे सहरमा रहेको एक माध्यमिक विद्यालयमा भएको उक्त आक्रमणमा परेका थप आठ जना विद्यार्थीको अवस्था गम्भीर छ। मारिनेमा विद्यालयको छात्रावासमा रहेका छात्र धेरै छन्।
स्वदेशी उत्पादनको प्रयोग बढाउन अभियान
कृषि र पर्यटन नेपाल र नेपालीको जीवनयापनको प्रमुख आधारभूत आर्थिक गतिविधि हुन्। जनसङ्ख्याको ८० प्रतिशत (७९.४२ प्रतिशत) ग्रामीण बसाई, दुई तिहाइभन्दा बढी (६६ प्रतिशत) कृषि पेसामा संलग्न तथा गार्हस्थ उत्पादन मा (३६ प्रतिशत) योगदान रहेको परिस्थितिमा कृषि क्षेत्रको व्यवसायलाई मेरुदण्डका रूपमा विकास गर्नु जरुरी छ।
समाजवादी मोर्चाको औचित्य
नेपाली राष्ट्रिय राजनीतिमा समाजवाद सबैभन्दा चलनचल्तीको पदावली साबित भएको छ। यो सबै समस्याको समाधान गर्ने मिथक जस्तो बनेको छ। यसप्रति बनिबनाउ आकर्षण बढिरहेको छ। यहाँसम्म कि अमूर्त समाजवाद उच्चारण गरे पुग्छ। समाजवाद स्थापना गर्ने स्पष्ट कार्यदिशा र कार्ययोजना चाहिँदैन। यसको अर्थ राजनीतिक अन्तरवस्तु, चरित्र र पद्धतिको गहिराइमा पुग्नु पर्दैन। कार्यक्रमिक खाका वा योजना जरुरी हुँदैन। समाजवादसम्बन्धी भाषण र वक्तव्यबाजी गरे पुग्छ
सामाजिक सद्भावको नमुना
प्रकृतिको क्रिडाभूमि, ऋषिमुनिको तपोभूमि र वीर सपुतहरूको जन्मभूमि नेपालमा विभिन्न जातजाति, भाषा संस्कृति र धर्मावलम्बीको बसोबास भए पनि साम्प्रदायिकताको गन्ध नआउने मुलुक हो नेपाल। यहाँका करिब तीन करोड नेपालीले तेत्तीसकोटी देवीदेवतालाई पुज्ने गर्दछन्। चाडपर्व, रीतिरिवाज, संस्कृति र जात्रा नभएको दिन यहाँ वर्षभरिमा बिरलै पाइन्छ। नेपालमा मनाइने अनेकन चाडप
आमनागरिकमा आशाको सञ्चार
मेरो नेतृत्वमा सरकार गठन भएको छ महिना पूरा भएको छ। छ महिनालाई सरकारको समीक्षाको अवधि मान्ने प्रचलन हामीकहाँ छैन तर यो सम्मानित संसद्मा विश्वासको मत माग्दै गर्दा मैले प्रधानमन्त्रीका रूपमा हरेक पटक रिपोर्ट कार्डका साथ उपस्थित हुने वाचा गरेको थिएँ । त्यही वाचा पूरा गर्न म अहिले रोस्ट्रममा उभिएको छु।
सङ्गठन संरचना सुधारका तगारो
प्रजातन्त्र पुनःप्राप्तिपछिको पहिलो निर्वाचित सरकारले सरकारको कार्यक्षेत्र पुनःपरिभाषा गर्दै सङ्गठन सुधारका काम आक्रामक रूपमा अगाडि बढाएको थियो। प्रधानमन्त्रीको अध्यक्षतामा गठित प्रशासन सुधार आयोगको प्रतिवेदनले निजामती सेवाको आकार एक लाख सात हजारको दरबन्दीबाट ७७ हजारमा झार्ने, व्यापारिक प्रकृतिका कामबाट सरकारले हात झिक्दै विनिवेशमा जाने र सङ्गठन उपयुक्ताकारमा ल्याउने सुझाव दिएको थियो। प्रतिवेदन ५० प्रतिशत जति मात्र कार्यान्वयन भयो। केही सङ्ख्यामा कर्मचारी कटौती त गरियो तर प्रशासनले प्रतिवेदनलाई थाहा नपाउने गरी पन्छाउने रणनीति लियो सेवा करारका नाममा। घटाएको भन्दा बढी नै सङ्ख्यामा कर्मचारीहरू करारमा थपिए। पछि यो सङ्ख्या ३२ हजारसम्म पुग्यो।
धान खेतीमा क्रान्ति
नेपाल कृषिका लागि पर्याप्त सम्भावना भएको देश हो तर दुर्भाग्य हाम्रो पुस्तासम्म आइपुग्दा नेपाल कृषिप्रधान देश भनेर चिनाउन अप्ठेरो लाग्ने अवस्था भइसकेको छ। कृषिमा दिन प्रतिदिन परनिर्भर बढ्दै छ। कृषियोग्य जमिन मासिँदै र बाँझिँदै छन्। मानिसहरू जति जति गाउँबाट सहरतिर बसाइँ सरेका छन्, त्यति त्यति कृषि उत्पादन पनि खुम्चँदै गएको छ। धान खेतीका लागि पनि अरू खेती जस्तै बीउ, भूमि, कृषि औजार, किसान, भूमिमाथिको अधिकार आदि महत्वपूर्ण विषय हुन्।
राजनीतिमा नागरिक जवाफदेहिता
राजनीतिमा नागरिक जवाफदेहिताबिना लोकतान्त्रिक स्थायित्व हुँदो रहेनछ भन्ने विगतको अनुभवले सिकाएको छ। लोकतान्त्रिक आदर्श, मूल्य र मान्यताको अक्षरशः पालना राजनीतिक स्थायित्वको मापक हो भने ती मूल्यमान्यताप्रति राजनीतिक अभिकर्ताले खेल्नुपर्ने सकारात्मक भूमिका जवाफदेहिता हो। जवाफदेहिता पूरा हुँदा मात्र लोकतन्त्र फस्टाउँछ। लोकतन्त्रमा नागरिकको शासनमा सहभागी हुने र आर्थिक विकासको अधिकार सुनिश्चित हुने भएकाले राजनीतिक जवाफदेहिता महत्त्वपूर्ण विषय हो। विकास र राजनीतिको अधिकार एक अविभाज्य मा
संसद्को गिर्दो गरिमा
नागरिकको राजकीय तथा सार्वभौमसत्ताको प्रयोग गर्ने अर्थात् विधि तथा कानुन निर्माण गर्ने मुख्य थलो संसद् हो। राष्ट्रिय जीवनमा दूरगामी महत्त्व राख्ने विषयमा सार्थक नीतिगत बहस गरेर सरकारलाई विकास प्रक्रियामा स्पष्ट दिशानिर्देश गर्ने थलो पनि हो। शासन प्रणालीमा नीति निर्धारण तथा कानुन निर्माण गर्ने जस्तो महत्त्वपूर्ण कार्य यसले गर्छ। यसको काम भनेको नीति बनाउने, कानुन बनाउने र निर्मित नीति तथा कानुन सरकारबाट कार्यान्वयन भए नभएको बारेमा सूक्ष्म अनुगमन गर्ने हो। सं
विश्वासको धरोहर
नेपालका पहिलो प्रधान न्यायाधीश हरिप्रसाद प्रधानले त्यो बेलामा जमाएको विश्वासको चर्चा अदालतहरूमा अहिले पनि भइरहेकै छ। न्याय क्षेत्रमा काम गरिरहेका सबैले त्यो सिको गर्न जरुरी छ। यता आएर उहाँले कमाउनुभएको विश्वास केहीले गरेको कामबाट धर्मराएको छ। बहुदा मानव मात्रको स्वार्थी स्वभाव अहिले न्याय क्षेत्रमा पनि रा