ऊर्जा क्षेत्रमा फड्को
नेपाल र भारतबिच १० वर्षमा १० हजार मेगावाट विद्युत् निर्यात गर्नेसम्बन्धी दीर्घकालीन विद्युत् व्यापार सम्झौता भएसँगै नेपालको ऊर्जा क्षेत्र नयाँ चरणमा प्रवेश गरेको छ । सम्झौतापछि भारतको विशाल ऊर्जा बजारमा नेपालले सहज प्रवेश पाएको छ । सरकारको महìवपूर्ण र ऐतिहासिक पहलकदमीले सम्भव भएको हो । जलस्रोतको धनी भए पनि साधन र स्रोतको अभावमा ऊर्जा क्षेत्रमा यथेष्ट लगानी विस्तार हुन सकेको थिएन । कहालीलाग्दो लोडसेडिङ बेहोरेका नेपालीका लागि बिजुली बिक्रीको विषय आफैँमा गौरव गर्नलायक छ ।
सक्षम र योग्य पात्रको प्रवेश
राष्ट्रिय सभा सदस्यको निर्वाचन संवत् २०८० साल माघ ११ गते हुँदै छ । नयाँ संविधान जारी भएपछि २०७४ सालमा राष्ट्रिय सभाको प्रथम पटक छ वर्षे कार्यकालका लागि निर्वाचित भएका कोशी प्रदेशमा महिला एक र अन्य समूहबाट एक गरी दुई जना, मधेश प्रदेशमा महिला एक र अन्य एक गरी दुई जना निर्वाचित भए । बागमती प्रदेशमा महिला एक, दलित समुदायबाट एक सदस्य, अपाङ्गता भएका व्यक्ति वा अल्पसङ्ख्यक समुदायबाट एक र अन्य समूहबाट एक गरी चार जना विजयी भएका थिए । गण्ड
सिकाइको आधार साना कक्षा
सार्वजनिक शिक्षा गुणस्तरीय भएन भनेर चर्चा र बहस हुनुलाई शुभ सङ्केत नै मान्न सकिन्छ । यसले समुदायभित्र रहेका विद्यालयलाई उत्तरदायी बन्न अग्रसर गराउँछ । विद्यालय तहको शिक्षाको जिम्मेवारी स्थानीय तहलाई दिइएको छ । यसरी विद्यालयहरू पालिकाको पोल्टामा हाल्दैमा सुधार भइहाल्छ भन्ने ठान्नु हुँदैन । विद्यालय शिक्षाको उपलब्धि सानो कक्षाबाटै कमजोर बन्दै गएको छ । माध्यमिक तहमा पढाउने शिक्षकले तलैबाट कमजोर विद्यार्थी आए, अनि सिकाइमा उपलब्धि हुन सकेन भनेर जिम्मेवारीबाट पन्छिन पनि मिल्दैन ।
घेराबन्दी र प्रचण्ड प्रयास
पछिल्लो समय नेपाली समाजमा जता पनि भ्वाङ परेको, फाटेको, बिग्रिएको अनि भत्किएको मात्रै देख्ने दृष्टिदोष बढिरहेको छ । सृजनशील कोणबाट यस्तो दृष्टिकोणलाई सही नै मान्नुपर्ने हुन्छ । किनभने यसले जो कसैलाई पनि बिग्रिनु, भत्किनु अनि गलत कामबाट जोगाउने गर्छ । निषेधको कोणबाट मूल्याङ्कन गर्दा वा नेपाली समाजमा यस्तो नकरात्मकताले बनाएको भाष्यलाई अध्ययन गर्दा यस्तो प्रवृत्तिले गलत संस्कार–संस्कृति निर्माण गरिरहेको छ ।
सुशासनमा सरकार गम्भीर
पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारले एक वर्ष पूरा गरेको छ । एक वर्ष पुगेको अवसरमा प्रधानमन्त्री प्रचण्डले विगतमा गरेका राम्रा काम र सरकारको आगामी कार्यदिशाका सम्बन्धमा देशवासीका नाममा सम्बोधन गर्दै “सकिँदैन, हुँदैन, बन्दैन भन्ने नकारात्मक सोचलाई जरैदेखि निमिट्यान्न पार्न जरुरी रहेको” बताउनुुभएको छ । सरकारले यसबिचमा जे जति गर्नुपर्ने थियो, त्यति नगरेको होला । यसो हुनुका पछाडि पनि अनेक कारण हुन सक्छन् तर जे जति उपलब्धि हासिल भए, त्यसमा भने गर्व गर्नुपर्ने हु
समाज व्यवस्था ज्ञानको उत्पादन र कविशिरोमणि
सामाजिक संरचना र ज्ञानको उत्पादनबारे विभिन्न कोणबाट बहस चलिरहेको छ । सामान्यतया संरचना भन्नाले विभिन्न भाग तथा तत्वहरू एकीकृत भई निर्माण भएको सिङ्गो अवस्थाको वस्तुगत स्वरूप भन्ने बुझिन्छ । हरेक वस्तुको संरचनाभित्र भिन्न–भिन्न प्रकारका एकाइको अन्तरसम्बन्ध हुन्छ । एकाइगत अन्तरसम्बन्धले सम्बन्धित वस्तुको संरचनात्मक ढाँचा निर्माण भएको हुन्छ समाजशास्त्री अगष्ट कोम्टले सामाजिक तथा सांस्कृतिक संरचना आध्यात्मिक स्तरबाट पराभौतिक स्तर र पराभौतिक
सुन्दर सहरमा घरबारविहीन
अङ्ग्रेजीमा ‘मेरो नाम साइमन हो’ भन्दै एक्कासि एक जवान केटो हात अगाडि बढाउँदै मेरो अगाडि उभियो । मैले पनि नआएको हाँसो सोहोरेर ओठमा ल्याएँ र ‘हाई’, भनेँ । कताबाट हो, पसिनाको गन्ध आइरहेको थियो । मैले उसको ज्यानतिर हेरेँ, पहिरन अस्तव्यस्त थियो । उसको हातमा चुरोट सल्किरहेको थियो । उसले मुस्कुराउँदै सोध्यो, ‘तिम्रो नाम के हो ?’ मैले भनेँ, ‘बसन्ती’ । ऊ अकमक्क परेको मैले थाहा पाएँ । सायद मेरो नाम उच्चारण गर्न उसलाई गाह्रो भयो वा मैले बोलेको बुझेन । मैले फेरि तुरुन्तै मेरो नामलाई छोटो पारेर भनेँ, ‘बसु’ । ‘बसु, कति राम्रो नाम,’ भन्दै ऊ हाँस्यो । हातको सल्किरहेको चुरोट तान्यो र फेरि सोध्यो, ‘कहाँबाट आएको ?’ मैले भनेँ, ‘नेपालबाट, तिमीलाई नेपाल थाहा छ ?’ यति भन्दै म उसलाई नियाल्दै थिएँ
सृजनात्मक तपोवन
त्यसरी नचल्नुहोस्; जसरी डरले तपाईंलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्; जसरी प्रेमले तपाईंलाई चलाउँछ । त्यसरी नै चल्नुहोस्; जसरी खुसीले तपाईंलाई चलाउँछ ।
नमिलेको गणित
अन्य प्राणीभन्दा मानिसको मन चञ्चल हुन्छ । त्यसैले सानातिना समस्याले पनि मानिसको मन दुःख्छ । फेरि असीमित चाहना र उद्देश्यले गर्दा मानिसले आफ्नो चित्तलाई पनि शान्त राख्न सक्दैन । मूलमा पानी पलाए जस्तै इच्छा पलाइरहन्छ । यो स्वाभाविक प्रक्रिया पनि हो । त्यसैले धेरै मानिस जिन्दगीको गणित मिलाउन नसकेर अलमलमा परेका हुन्छन् । जिन्दगीको गणित नमिलाई मन शान्त हुँदैन ।
कांग्रेसको समाजवादी बाटो
नेपाली कांग्रेसको शिक्षण शिविर २०३८ सालमा सूर्यभक्त अधिकारीको प्राङ्गण गैँडाकोट, नवलपरासीमा भएको थियो । शिविरमा कांग्रेसका नेता गणेशमान सिंह, कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइरालाको पनि उपस्थिति थियो । शिविरमा पुँजीवादी प्रजातान्त्रिक र साम्यवादी माक्र्सवादी व्यवस्था र तिनका सिद्धान्तमा अन्तर्निहित त्रुटि औँल्याउँदै समाजवादीहरूले समाज निर्माणका लागि अवलम्बन गर्नुपर्ने सिद्धान्तका सम्बन्धमा व्याख्या विश्लेषणसहित पङ्क्तिकारद्वारा प्रस्तुत विचारको सारांश प्रस्तुत गरिएको थियो ।
विपतमा स्वास्थ्य चुनौती
दुई महिनाअघि जाजरकोटको बारेकोट गाउँपालिकाको रामिडाँडालाई केन्द्रबिन्दु बनाई ६.४ रेक्टरको भूकम्प गयो । यो भूकम्पले पश्चिम रुकुममा पनि क्षति पुर्यायो । यसै गरी गत महिना बझाङ केन्द्रबिन्दु भएर ६.३ रेक्टरको भूकम्प गयो । यी भूकम्पले धनजनमा क्षति पुर्यायो । भूकम्प प्रभावित क्षेत्रमा बढ्दो चिसोले दुई महिनामा करिब ३४ जना मानिसले ज्यान गुमाउनु पर्यो । यसमा बालबालिका र सुत्केरीको सङ्ख्या पनि सामेल छ । यस प्राकृतिक विपत्तिमा मुख्य गरी सुत्केरी र गर्भवती महिला तथा बालबालिका र वृद्धवृद्धाको जीवन कठिन भयो । अझ घट्दो तापक्रमले थप समस्या सिर्जना गरेको छ । चिसोले गर्दा श्वासप्रश्वास र झाडापखाला
प्यारोल : दण्डप्रणालीमा नयाँ प्रयोग
दण्ड भूतकालमा गरिएको कसुरका लागि दिइन्छ तर यसको औचित्य भविष्यमा हुन सक्ने आपराधिक क्रियाकलाप रोकथाम गर्नुमा हुन्छ । “मानिसलाई घोडा चोरेबापत होइन, अब उप्रान्त घोडा नचोरिऊन् भनेर झुन्ड्याइएको हो’’ भन्ने अङ्ग्रेज न्यायाधीशको कथन यसै मेसोको हो । काराबास र जरिबाना सबैभन्दा चलनचल्तीका दण्डविधि हुन् । दण्ड भोगाइको सास्ती सम्झेर कसुरदारलाई र दण्डको भय देखाएर सम्भावित कसुरदारलाई अपराध गर्नबाट निरुत्साहित गर्नु दण्डको उद्देश्य हो । दण्डद्वारा हानि, क्षति र कष्टको घोषणा गरिन्छ । अपराधप्रति समाजको धारणालाई दण्ड प्रणालीले प्रतिविम्बित गर्छ ।
कृषि शिक्षामा सुधारको अपेक्षा
नेपालमा कृषिको महत्त्वका बारेमा विभिन्न चर्चा परिचर्चा हुने गरेको छ । पछिल्लो दशकमा वैदेशिक रोजगारबाट धेरै आम्दानी हुनुभन्दा अघि कृषि क्षेत्र नेपाली अर्थतन्त्रको मियो नै थियो । कृषिले नेपाली अर्थतन्त्रलाई अझै बलियो टेको दिइराखेको छ । यसको ज्वलन्त उदाहरण भनेको राम्रो धान उत्पादन हुँदा हाम्रो अर्थतन्त्रको मुहार छुट्टै प्रकारको चम्किलो हुनु हो । अझै पनि संसारमा सबैभन्दा धेरै रोजगारीको माध्यम भनेकै कृषि हो । नेपालमा त त्योभन्दा पनि माथि कृषिलाई एक जीवनयापनकै
आय र सम्पत्तिको सन्तुलित वितरण
सन्तुलित समाजमा सुख, शान्ति र अमनचयन कायम भए उन्नतिको बाटो सहज हुन्छ, सन्तुलन बिग्रँदा विग्रह हुन्छ । अहिले विश्वमा वस्तु, आय वा सम्पत्तिको उपलब्धताभन्दा वितरणमा असन्तुलन छ । विश्वको कुल भूभागमध्ये तीन चौथाइ भाग पानीले ढाकेको छ । वितरणमा भएको असन्तुलनले कतै पानी बढी छ, कतै पिउने पानीको समस्या छ । कतै बाढी, पहिरो र डुबान त कतै खडेरी छ । खानेकुरामा पनि असन्तुलन छ । विश्व खाद्य सङ्गठनका अनुसार विश्वमा करिब चार अर्ब मेट्रिक टन खानेकुरा
सङ्घीय व्यवस्थाको भविष्य
राजनीतिक विकासक्रमले संविधानको विकास गर्छ भने संवैधानिक विकासले राजनीतिक व्यवस्था बलियो बनाउँछ । त्यसका लागि नेतृत्व विकास तथा लोकतान्त्रिक संस्कारले नितान्त भूमिका खेलेको हुन्छ । २००७ सालदेखिको राजनीतिक विकासक्रमले विभिन्न चरणको संवैधानिक विकासक्रमलाई पार गर्दै बल्ल २०७२ सालमा आएर जनताले अपेक्षा गरे अनुसारको सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक संविधान प्राप्त भएको छ ।
अग्रगमनको बाटोमा समाज
सरकारको एक वर्षको कार्यसम्पादन र उपलब्धिमाथि चौतर्फी समीक्षा भइरहेका छन् । मुख्य गरी तीनथरी मत आएका छन् । यी मत सरकारको सकारात्मक काम, सरकारको आलोचनात्मक टिप्पणी र स्थिर अवस्था हुन् । सरकार र विभिन्न मन्त्रालयका कार्यसम्पादन हिजो र आजको तथ्य र तथ्याङ्क विश्लेषण गर्दा विश्व समाज जसरी अगाडि बढेको देखिन्छ, सोही अनुसार नेपाली समाज सकारात्मक भएको देखिन्छ । भ्रम हाम्रो आँखामा होइन, मस्तिष्कमा छ । त्यसलाई हटाउन तथ्य के
विद्यालय तहमा आन्तरिक मूल्याङ्कन
यस शैक्षिक सत्रदेखि विद्यालय तहको नयाँ पाठ्यक्रमले पूर्णता पाएको छ । नयाँ पाठ्यक्रम अनुसार कक्षा १–३ मा एकीकृत पाठ्यक्रम, कक्षा ४–८ मा ५० प्रतिशत आन्तरिक मूल्याङ्कनमा आधारित र ९–१२ मा २५ प्रतिशत आन्तरिक र ७५ प्रतिशत बाह्य मूल्याङ्कन गर्ने व्यवस्था मिलाइएको छ । तीन घण्टे लिखित परीक्षाले विद्यार्थीका वास्तविक क्षमताको पहिचान गर्न नसक्ने कुरालाई आत्मसात् गरी विद्यार्थीको निरन्तर र सर्वाङ्गीण मूल्याङ्कनलाई जोड दिनुपर्ने मान्यता नयाँ पाठ्यक्रमले लिएको छ ।
आर्थिक सबलीकरणका लागि आकस्मिक योजना
मुलुकमा अस्थिर अर्थ–राजनीति हुँदा विकासले गति लिन सक्दैन । नेपालले राजनीतिक फड्को जसरी मार्न सक्यो, आर्थिक विकासमा अपेक्षाकृत फड्को मार्न नसक्दा जनतामा राज्य प्रणालीप्रति आउन सक्ने असन्तुष्टीप्रति समयमै राजनीतिक दलहरुले गम्भीरता देखाउन ढिला गर्नु हुँदैन ।
सुशासनमा सहकार्य
मुलुकमा सुशासन कायम गराउनु सरकारको पहिलो जिम्मेवारी हो । सुशासन कायम गराउने कार्यलाई हरेक सरकारले आफ्नो प्राथमिकतामा राख्ने गरेको भए पनि यसमा अपेक्षित सफलता हासिल गर्न कठिन हुन्छ । सरकारको कुशल नेतृत्वमा राज्यका सबै संयन्त्रको इमानदार समन्वय र सहकार्यबाट मुलुकमा सुशासन कायम गराउन सकिन्छ । जनतामा सुशासनको अनुभूति नभई सरकारको स्थायित्व वा सफलता सुनिश्चित हुन सक्दैन । सरकारले जनताको हितका लागि त
श्रमिकका समस्या र अबको बाटो
श्रमजीवी वर्ग अजेय शक्तिशाली सङ्गठित शक्ति हो । दास युग र सामन्ती युगलाई सत्ता पलट मजदुर वर्गले नै गरेको थियो । त्यसैले माक्र्सवादले श्रमजीवी वर्गलाई सबैभन्दा क्रान्तिकारी उत्पादक शक्तिको रूपमा आत्मसात् गरेको छ । उत्पादनमा मानिसले प्रयोग गर्ने साधनहरू पुँजी, भूमि, श्रम, सिप सबै मिलेर उत्पादक शक्ति बन्छ । उत्पादक शक्तिले उत्पादनका साधनहरूलाई सञ्चालन गरेपछि मात्रै उत्पादनका साधन सक्रिय शक्तिको रूपमा रूपान्तरण हुन्छ अन्यथा उत्पादनका साधन निष्क्रिय हुन्छ ।
बङ्गलादेशको निर्वाचन सन्देश
सन् २०२४ भारत र अमेरिका लगायतका धेरै देशमा निर्वाचनको वर्ष हुँदै छ तर वर्षारम्भको पहिलो सातामै संसदीय चुनाव हुन लागेको सार्क क्षेत्रको देश हो– छिमेकको बङ्गलादेश । पौष २२ (७ जनवरी) लाई तय गरिएको निर्वाचनमा ११ करोड ९१ लाख मतदाताले भोट खसाल्न पाउने छन् । ३०० स्थानको एक सदनात्मक ‘जातीय संगसद्’ (व्यवस्थापिका) छ । मुलुकको जनसङ्ख्या १७ करोडको हाराहारीमा रहेको सरकारी आँकडा देखिन्छ । सन् १९७१ मा स्वतन्त्र बङ्गलादेश अस्तित्वमा आउँदा
समस्यालाई सङ्कटको भाष्य !
नेपालको अर्थतन्त्र कोरोनापछि समस्यामा परेकै हो तर यसलाई सङ्कटका रूपमा व्याख्या गर्ने गरिएको छ । जस्तो कि सेयर बजार घट्नु समस्या हो, सङ्कट होइन । जग्गाको अस्वाभाविक कारोबार कम हुनु राम्रो हो, सङ्कट हुँदै होइन । जग्गा उत्पादनको एउटा साधन हो । यसबाट लगान प्राप्त हुनु अस्वाभाविक होइन तर केही समयअघि दुई लाख रुपियाँमा बेचेको जग्गा १५ दिनपछि चार लाखमा, एक महिनामा आठ लाख रुपियाँमा किनबेच हुन्थ्यो । त्यसैले मानिसले ऋण खोजेर जग्गा
मुख्य न्यायाधिवक्ताको भूमिका
नेपालको संविधानको धारा १६० (१) मा महान्यायाधिवक्ता मातहतमा रहने गरी प्रत्येक प्रदेशमा एक मुख्य न्यायाधिवक्ता रहने छ भनी परिकल्पना गरिएको छ । संविधानले मुख्य न्यायाधिवक्तालाई प्रदेश सरकारको मुख्य कानुनी सल्लाहकारका रूपमा स्वीकार गरेको छ । संवैधानिक एवं कानुनी विषयमा प्रदेश सरकार र प्रदेश सरकारले तोकिदिएको अन्य अधिकारीलाई राय सल्लाह दिनु पनि मुख्य न्यायाधिवक्ताको संवैधानिक दायित्व रहेको छ । मुख्य न्यायाधिवक्ताको नियुक्ति
किन हराउँछन् बालबालिका ?
नेपाल प्रहरी प्रधान कार्यालय, अपराध अनुसन्धान विभागको प्रतिवेदन अनुसार गएको मङ्सिर महिनामा मात्र ६२६ बालबालिका हराएकोमा ३५६ जना फेला परेका छन् भने २७० जनाको खोजतलास जारी छ । कात्तिक महिनामा ३७० बालबालिका हराउँदा ११९ जना फेला परेका छन् भने १७१ जनाको खोजी कार्य भइरहेको देखिन्छ । दिनदिनै बालबालिका हराइरहेका छन्, विभिन्न संयन्त्रमार्फत खोजी गर्दासमेत केही सम्पर्कमा आए पनि सबै बालबालिका भेटिएका छैनन् ।