सङ्घीय बजेटको रूपरेखा
नेपालको संविधानको धारा ११९ को उपधारा (३) अनुसार आगामी जेठ १५ गते सङ्घीय सरकारको आर्थिक वर्ष २०८०/८१ को बजेट जारी हुने छ। यो नियमित कार्य भए पनि आगामी आवको बजेट निर्माणमा सरकार गम्भीर हुनुपर्ने परिस्थिति सिर्जना भएको छ। कोभिडको सङ्व्रmमणपछि थलिएको विश्वव्यापी अर्थतन्त्रको खराब प्रवृत्तिबाट हामी पनि अछुतो छैनौँ। यसर्थ सर्वप्रथम बजेटको आकार नै उपयुक्त हुनुपर्ने आवश्यकता बोध भएको छ। चालु आवको बजेटको आकारलाई मध्यावधि समीक्षाद्वारा साढे दुई खर्बले सानो बनाइएको छ। यसरी घटाइएको बजेटको पनि अधिकतम् ८० प्रतिशत हिस्सा खर्च हुनेमा आशङ्का छ। यसर्थ आगामी आवमा चालु आवको भन्दा सानो आकारको बजेट ल्याउनुपर्ने बाध्यात्मक परिस्थिति छ। प्रस्तुत सन्दर्भमा राष्ट्रिय योजना आयोगले आगामी आवको बजेटको सिलिङ १६ खर्ब ८८ अर्ब निर्धारण गरे
वैदेशिक रोजगारी : अवसर र चुनौती
कुनै पनि राष्ट्रका लागि बेरोजगारी गम्भीर समस्या हो। विकासोन्मुख देशलाई यो समस्याले निकै पिरोलिरहेको पाइन्छ। गरिबी बेरोजगारीको कारण हो भने बेरोजगारी गरिबीको कारण हो। नेपाल बेरोजगारीको समस्याले आव्रmान्त छ। यहाँ बर्सेनि बेरोजगारी वृद्धिकोे कारणमा जनसङ्ख्याको वृद्धि, कृषिबाट हुने आयस्रोत राम्रो नहुनु, औद्योगीकरण
वाङ्मय क्षितिजका ज्योति
विराट् काव्य प्रतिभाका धनी नेपाली साहित्यका युगकवि सिद्धिचरण श्रेष्ठको कवितामा मूल रूपमा देश, प्रेम, सामाजिक विसङ्गतिप्रति व्यङ्ग्य एवं विद्रोहको क्रान्ति चेतना र युग बोधको प्रबल भावना व्याप्त भएको पाइन्छ। युगकवि श्रेष्ठका अनुसार “उज्यालो घामको निम्ति जिउँदो अन्धकारसित लडन्त–भिडन्त गरिरहनु नै मानव जीवन हो। यो लछार
जेल ब्रेक काण्ड
भारतीय स्वतन्त्रता आन्दोलनमा नेपालीको महत्वपूर्ण योगदान छ। भारतमा अङ्ग्रेजहरूले करिब दुई सय वर्षसम्म निरन्तर शासन चलाए। सर्वप्रथम सन् १७५७ मा लर्ड क्लाइवले पहिलो गभर्नरका रूपमा शासन सत्ता स्थापना गरेपछि व्रmमशः ४१ जना गभर्नर र भायसरायहरूले भारतलाई उपनिवेश बनाई शासन गरे। अन्तिम भायसराय लुइ माउन्टवेटनले सन् १९४७ को १४ अगस्तसम्म भारतमा शासन गरे।
सरकारी नीतिमा प्रेस स्वतन्त्रता
आगामी वर्षका लागि सरकारको नीति तथा संसद्मा पेस भएको छ । नीति तथा कार्यक्रमका १८८ बुँदामध्ये सञ्चार तथा सूचना प्रविधिसँग सम्बन्धित बुँदा १२ वटा छन् । तीमध्ये प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासँग सम्बन्धित बुँदा भने तीनवटा मात्र छन् । ९८ देखि १०० सम्म उल्लेख गरिएका यी बुँदामा यो सरकार आगामी एक वर्षमा मिडिया क्षेत्रमा के गर्न चाहन्छ, कस्तो ब
जीवन नै जैविक विविधता
प्रत्येक वर्ष मे २२ लाई विश्व जैविक विविधता दिवसका रूपमा संसारभरि मनाइने गरिन्छ । विश्वले यस दिनलाई जैविक विविधताको संरक्षण गर्न एकताको दिनका रूपमा पनि लिने गरेको छ । सन् २००० मा संयुक्त राष्ट्रसङ्घको महासभाले मे २२ लाई विश्व जैविक विविधता दिवसका रूपमा मान्यता दिनुको उद्देश्य जैविक विविधता संरक्षणमा संसारभरि यसको समझदारी र चेतना अभिवृद्धि गर्ने रहेको थियो । सन् १९९२ मा भएको जैविक विविधता महासन्धिले यसको संरक्षण पारस्परिक सहयोग र समझदारीले मात्रै गर्न सकिने हुँदा कानुनी रूपले नै एक अर्कासित जोडिन आह्वान गरिएको हो । यसका मूल तीन उद्देश्य छन्, जैविक
नीति तथा कार्यक्रमको सार्थक बहस
सङ्घीय संसद्मा शुक्रबार (जेठ ५, २०८०) प्रस्तुत नीति तथा कार्यक्रमको यतिबेला सदनभित्र र बाहिर विमर्श चलिरहेको छ । नीति तथा कार्यक्रम नयाँ आर्थिक वर्षको त अर्थ राजनीतिक दस्ताबेज हुँदै हो, कतिपय सन्दर्भमा नेपालको आर्थिक तथा सामाजिक विकासको दूरगामी दस्ताबेजसमेत हो । सङ्घीय प्रणालीमा गएको मुलुकका निम्ति आर्थिक समृद्धिको जनसपना साकार पार्नुपर्ने भयानक चुनौती छ । जनआक्रोश बढेको बेला छ । त्यसैले नीति तथा कार्यक्रमले आगामी आर्थिक
अझै अलमलमा अर्थशास्त्री
सन् २०२२ मा फिलिपिन्सले ३२.५ विलियन डलर (४२ खर्ब ९० अर्ब रुपियाँ) को व्यापारसहित सूचना प्रविधि आउटसोर्सिङ मार्फत १५ लाख ७० हजारलाई रोजगारीको सिर्जना ग-यो । अङ्गे्रजी बोल्न जान्ने औसत जनसङ्ख्या, व्यापारिक मुलुकसँगको सांस्कृतिक एकरूपता, कम्प्युटर जनशक्तिको सुलभ उपलब्धता, प्रतिस्पर्धी सेवा शुल्क र सरकारी प्रोत्साहन नीतिका कारण यो देश संसारकै एक प्रमुख सूचना प्रविधि गन्तव्य बन्न पुगेको छ । भियतनामले २०१६ मा युरोपियन युनियन, चिली, जापान, कोरिया र इजरायल जस्ता देशसँग १२ वटा स्वतन्त्र व्यापार सम्झौता गरी लागु गरेकोे अर्को वर्ष मात्रै २३ हजार परियोजनामार्फत ३०७ विलियन डलर (४०
चिनियाँ आधुनिकीकरण
आधुनिकीकरण मानव सभ्यताको विकास र प्रगतिको प्रमुख चिह्नको रूपमा आधुनिक काल प्रारम्भ भएदेखि विभिन्न देशका जनताको सङ्घर्षको लक्ष्य बनेको छ । इतिहासलाई फर्केर हेर्दा, पश्चिमेली विकसित मुलुकले केही सय वर्ष लगाएर पूरा गरेको औद्योगीकरणको ऐतिहासिक प्रव्रिmया चिनियाँ कम्युनिस्ट पार्टीले चिनियाँ जनताको नेतृत्व गर्दै केही दशकको समयावधिमै सम्पन्न गरी चिनियाँ जाति पिछडिएको अवस्थाबाट सङ्घर्ष गर्दै दुःख कष्टबाट निस्केर समृद्धिमा पुग्ने भाग्य प
कूटनीतिक क्षेत्रको मर्यादा
कूटनीतिक मामला व्यवस्थापन तथा समन्वयमा खास गरी परराष्ट्र क्षेत्रको कमजोरी पनि उजगार बेलाबेलामा हुँदै आएको छ । प्रस्ट नीतिगत व्यवस्थाको अभाव र सम्बन्धित अधिकारीका अविवेकका कारण सरकारी अधिकारी तथा राजनीतिक नेताहरूबाट कूटनीतिक मर्यादाविपरीत भइरहेको भेटघाट र आइरहेका अभिव्यक्तिका पछिल्ला नमुना हुन सक्छन् ।
नगरिएको चिन्तन र देखिएको छटपटी
‘देशको मेरुदण्ड त्यहाँका युवाको शिक्षामा लगानी हो ।’ – डिओजिन्स भुटानी सञ्चार माध्यमले भुटान ठुलो समस्यामा फस्दै छ भनेर एउटा तथ्य पस्केपछि घोत्लिएर पढेँ । तथ्य थियो, “गएको जनवरीसम्म भुटानका ३० हजार नागरिक संसारका ११३ देश हिँडे । तीमध्ये १२ हजार अस्टे«लिया गए ।” भुटानले प्रक्षेपण गरेको छ कि यही गति हो भने अबको २४ वर्षमा भुटान वृद्धवृद्धाको बस्ती मात्रै हुने छ । ३७४ जना नर्सले सरकारी जागिर छा
आशा र पीडाका दुई दशक
मानिसको जन्मपश्चात् मृत्यु स्वाभाविकै हो तर कसैको व्यक्तिगत वा सामूहिक स्वार्थका कारण बेपत्ता बनाउने कार्य मानव अधिकारको गम्भीर उल्लङ्घन मात्र नभई मानवताविरुद्धको अपराध पनि हो । संविधान, कानुनले दिशा निर्देश गरेको मुलुकमा वर्षौंसम्म आफ्ना नागरिक बेपत्ता हुनु र सरकार गम्भीर नहुनु सुहाउने विषय होइन । सशस्त्र सङ्घर्षका व्रmममा मात्र हैन, नेपालमा त्यसअघि पनि वैचारिक, राजनीतिक, सङ्गठनात्मक सङ्घर्षका व्रmममा विभिन्न आन्दोलन भए ।
चुनाव चिह्न बहस
हाम्रो सौन्दर्य चेतना विवेकमा आधारित नभएर चर्म चक्षुमा निर्भर छ । अन्त प्रज्ञाभन्दा चर्म चक्षुको फैसला ग्राह्य हुने परिपाटी बनेको देखिन्छ । सुन्दरताको मानक र परिभाषा मानवीय छैन । रङ्ग रोगनको आधारमा सुन्दर हुने, बस्त्र र आभूषणको बलमा सुन्दर देखिने जात र धर्म, सम्पन्न र विपन्न भूगोल वासस्थानको आधारमा उच्च र नीच भनिने जुन अव
स्वास्थ्य प्रवर्धनमा समाज
नेपालमा सङ्घीयतापछि हाल तीन तहको सरकार छ । विसं २०४६ को जनआन्दोलनपश्चात् त्यतिबेलाको बहुदलीय व्यवस्थामा यस्तै तीन तहको स्वास्थ्यको संरचना नै थियो । विसं २०५०–५१ तिर तत्कालीन सरकारले प्रत्येक गाउँ विकास समितिहरूमा एकवटा उप–स्वास्थ्य चौकी स्थापना गरी स्वास्थ्य सेवा आमनागरिकको घर दैलोमा पु¥याउने नी
प्रस्तावित रेलमार्ग सञ्जाल
निकट भविष्यमा मित्रराष्ट्र चीन र भारतीय रेल काठमाडौँमा भेटिने छन् । पूर्व–पश्चिम एसियाली रेलमार्ग र रक्सौल–काठमाडौँ रेलमार्ग निजगढ क्षेत्रमा क्रसिङ हुने छन् । एउटा स्ट्यान्डर्ड गेज, अर्को ब्रोडगेजबिच तालमेल मिलाउन कठिनाइ हुँदा त्यसबिच सिङ्क्रोनाइजेसन मिल्नुपर्नेमा सरोकारवाला चिन्तित देखिन्छन् । यस्ता प्रकारका केही प्राविधिक समस्यालाई अगाडि राखी समाधान गर्न सके रेलमार्ग सञ्जालद्वारा नेपाल भू–जडित हुँदा ‘चीन–नेपाल–भारत’ त्रिदेशीय त्रिपक्षीय सम्बन्ध थप सुदृढ
डायस्पोराको जीवन
डायस्पोराभित्र एक अवस्था र विषय मात्र अवस्थित हुँदैन । विश्वमा आएका युद्ध, दैविक प्राकृतिक प्रकोप, राजनीतिक, आर्थिक, सामाजिक आदि परिवर्तनले डायस्पोरा निर्माणमा तीव्रता दिएको छ । परम्परागत, वंशानुगत र प्राकृतिक आत्मीय सहजताबाट पृथक् रहेर नयाँ भूगोलमा त्यहाँको स्थापित विविधतामा आफूलाई सहभागी गराई अनेक चुनौतीको सामनाबाट परिष्कृत पहिचान र भविष्य निर्माण प्रक्रियालाई डायस्पोराको मान्यतामा परिभाषित गर्ने गरिन्छ । आफ्नो अंश र वंशको हक
भ्रष्टाचारमाथि अङ्कुश
केही समय यतादेखि नेपाली नेता नक्कली शरणार्थी प्रकरणमा मुछिएका समाचारले निकै चर्चा तथा चासो पाइरहेको छ । निश्चित रूपमा पनि देश र जनताको
स्थानीय योजना तर्जुमा
स्थानीय तहले प्रत्येक वर्ष योजना, कार्यक्रम छनोट र बजेट विनियोजन गरी स्वीकृत गरेपश्चात् मात्र कार्यान्वयन गर्ने व्यवस्था गरिएको छ । यस प्रक्रियालाई
शिक्षणमा कला
शिक्षण एउटा प्राविधिक कार्य हो । आधुनिक शिक्षा प्रणालीमा यसलाई विज्ञान र कलाको संयुक्त रूप पनि मानिन्छ । शिक्षण कार्यका लागि शिक्षण विधि र कौशल दुवैकोे आवश्यकता पर्दछ ।
गर्मीमा स्वास्थ्य चुनौती
दिनपछि रात भने जस्तै समय परिवर्तन र चक्रसँगै जाडो मौसमपछि गर्मी मौसम, त्यसपछि वर्षा मौसम आउने गर्दछ । वातावरण परिवर्तनले स्वास्थ्यमा प्रत्यक्ष–अप्रत्यक्ष प्रभाव प
अर्थशास्त्रले डोर्याएको बजेट
बजेट अर्थव्यवस्था सञ्चालनको प्रमुख औजार हो भने अर्थशास्त्र अर्थव्यवस्था सञ्चालनको प्रमुख शास्त्रगत उपकरण । यो नितान्त राजनीतिक उद्देश्य हासिल गर्ने अर्थराजनीतिक विधा हो ।
लोकतन्त्र र बहुलवादको पहरेदारी
प्रजातान्त्रिक विचार समाज प्रजातन्त्र, नागरिक अधिकार, बहुलवाद, सुशासन जस्ता क्षेत्रमा कार्य गर्न गठित पेसा व्यवसायका बुद्धिजीवी आबद्ध एक गैरसरकारी नागरिक संस्था हो ।
दक्षिण कोरियालाई आणविक सुरक्षा
आर्थिक रूपले सम्पन्न भए पनि सुरक्षाका हिसाबले कमजोर महसुस गरिरहेको दक्षिण कोरियालाई अन्ततः अमेरिकाले आणविक सुरक्षा दिने भएको छ । अमेरिकाले दक्षिण कोरियाको सुरक्षार्थ परमाणु पनडुब्बी उपलब्ध गराउने सहमति गरेसँगै तत्कालका लागि त्यहाँको सुरक्षामाथिको चुनौती कमजोर हुने भएको छ ।
सुधार्नु पर्छ विश्वविद्यालय
विश्वभरका रोजगारदाताले कामदार पाउने ठाउँ भनेको विश्वविद्यालयबाट उत्पादित जनशक्ति नै हुन् । रोजगारदाता र विश्वविद्यालयबिच राम्रो सम्बन्ध हुन्छ र हुनु पर्छ ।