विधि व्यवस्थापनको प्रयास
विधि अर्थात् कानुन निर्माणको व्यवस्थालाई व्यवस्थित गर्ने गरी सरकारले विधायन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक ल्याएको छ । विधायनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक, २०८० असोजमा राष्ट्रिय सभामा दर्ता भएको हो । सङ्घीय संसद्बाट निर्माण हुने कानुनलाई गुणस्तरीय बनाई कानुन निर्माणमा एकरूपता कायम गर्ने, जारी भएका ऐनको व्यवस्थित अभिलेख राख्ने, प्रत्यायोजित विधायनको सीमा तोक्ने, ऐनबाट प्रत्यायोजित अधिकार प्रयोग गरी ने
भ्रष्टाचार नियन्त्रणमा इच्छाशक्ति
दिगो विकास, सुशासन, सामाजिक सद्भाव, शान्ति, राजनीतिक स्थायित्व र कानुनी शासनको स्थापनाका लागि भ्रष्टाचार एउटा प्रमुख चुनौती हो । नेपालको सन्दर्भमा भ्रष्टाचारबाट कुनै पनि क्षेत्र अछुतो देखिँदैन । जनताको समृद्धि र देशको विकासका लागि पनि भ्रष्टाचारको नियन्त्रण जरुरी छ । प्रधानमन्त्री पुष्पकमल दहाल ‘प्रचण्ड’ प्रधानमन्त्री नियुक्त भएपछि विश्वासको मत लिने क्रममा उहाँले ‘राम्रो काम मात्र गर्छु, नराम्रो गर्दिनँ र गर्न पनि दिन्न’ भन्नुभएको थियो । यो भनाइले उहाँमा देश र जन
समृद्धिको पहिलो सर्त स्थायित्व
केही दिनदेखि सरकार पुनर्गठनको चर्चा परिचर्चाहरूले स्थान पाएको छ । सरकार पुनर्गठनको चर्चा हुनु अनौठो मानिँदैन तर नेतृत्व तहका जिम्मेवार पदाधिकारीहरूबाट राजनीतिक अस्थिरता निम्त्याउने खालका विरोधाभाषपूर्ण र अस्पष्ट अवधारणाहरू आउनु चाहिँ राम्रो ठानिँदैन । यस्ता विचार विमर्शहरू पनि उद्वेलित हुनु हुँदैन । पुनर्गठनका लागि हिसाब–किताब भइरहेका होलान्, त्यो आफ्नै ठाउँमा छ । राजनीति असीमित सम्भावनाको पुञ्ज हो, कहिलेकाहीँ नसोचेको पनि हुन्छ
मुक्तिको पर्खाइमा हरवाचरवा
जनजिब्रोले हरवाचरवालाई हरुवाचरुवा भन्ने गरेको पाइन्छ । नेपाली बृहत् शब्दकोषले हरवालाई खेतबारीमा हलो जोत्ने व्यक्ति र चरवालाई गाईबस्तु चराउने मानिस, गोठालो भनी परिभाषा गरेको छ । हरवा अर्थात् बँधुवा श्रमिक साहुको घरमा काम भएको बखत अरू ठाउँमा गएर ज्यालादारी काम गर्न वा आफ्नो खेतीपातीको काम गर्न स्वतन्त्र हुन्छ तर साहुको काम परेको बखत जताबाट पनि आइपुग्नु पर्छ ।
जनस्वास्थ्यमा महत्वपूर्ण फड्को
नेपालले मातृ तथा शिशु स्वास्थ्यलगायत जनस्वास्थ्यका अन्य विविध क्षेत्रमा जे जस्तो प्रगति गरेको छ, त्यसको ठुलो श्रेय सामुदायिक (महिला) स्वास्थ्य कार्यकर्तालाई जान्छ । नेपालमा करिब ५२ हजारको हाराहारीमा रहेका सामुदायिक स्वास्थ्य कार्यकर्ताले राष्ट्रिय स्वास्थ्य प्रणालीका करिब दुई दर्जन जनस्वास्थ्य कार्यक्रमलाई समुदायका लक्षित व्यक्ति र परिवारमा पु¥याउन मदत गरिरहेका छन् । विगत करिब साढे तीन दशकको अवधिमा महिला सामुदायिक स्वास्थ्य कार्यकर्ताले स्वयम्सेवाको भावले जनस्वास्थ्यको प्रवर्धन गर्न पु¥याएको योगदान ठुलो छ ।
महिलाको सबलीकरण
हरेक वर्ष २५ नोभेम्बरदेखि १० डिसेम्बरसम्म अन्तर्राष्ट्रिय अभियानका रूपमा लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान विश्वभर नै मनाइने गरिन्छ । लैङ्गिक हिंसाविरुद्धको अभियानको यस वर्षको नारा ‘लैङ्गिक हिंसा अन्त्यको सुनिश्चितता ः महिला र बालबालिकामा लगानीको ऐक्यबद्धता’ रहेको छ । नेपालमा विसं २०५४ देखि निरन्तर रूपमा लैङ्गिक हिंसाविरुद्धका विविध सचेतनामूलक कार्यक्रम गरी मनाउन थालिएको छ । हाम्रा समाजमा घट्ने महिला हिंसा अन्त्यका लागि प्रत्येक नागरि
युवालाई स्वदेशमै टिकाउने आधार
हालै रसियाली सेनामा कार्यरत तीन जना नेपाली युवाको युद्धग्रस्त क्षेत्रमा मृत्यु भएको खबरले सञ्चार माध्यम र सामाजिक सञ्जाल तात्यो । इलामका गङ्गाराज मोक्तान नेपाली सेनामा पाँच वर्ष जागिर खाएपछि दलाललाई छ लाख रुपियाँ दिएर माल्टा जाने लोभले दुबई पुग्नु भएछ । दुबईमा पनि कमाएको सात लाख रुपियाँ दलाललाई बुझाएर रसिया पुग्नु भएछ । युद्धमा परेर भाइटीकाको दिन उहाँको मृत्यु भएको रहेछ । “रसियाबाट नराम्रो खबर आयो नाति टुहुरो भयो” भनेर उहाँका पितालाई उद्धृत गर्दै सञ्चार माध्यमले उल्लेख गरेको छ । समाचार हृदयविदारक छ । तीन जना नेपाली युवाको युक्रेन–रसिया
खरिद ऐन र नियमावली परिमार्जनको खाँचो
सार्वजनिक निकायले खरिद गर्ने निर्माण कार्य, परामर्श, मालसामान वा अन्य जुनसुकै सेवा सार्वजनिक खरिद ऐन, २०६३ र नियमावली २०६४ बमोजिम गर्नुपर्ने व्यवस्था छ । सार्वजनिक निकायले गर्ने खरिद कार्यको निगरानी, अनुगमनलगायतका कार्य गर्न तोकिएको काम, कर्तव्य र अधिकार प्राप्त सार्वजनिक खरिद अनुगमन कार्यालय स्थापित छ । खरिद कार्य निष्पक्ष, प्रतिस्पर्धी, कम खर्चिलो र पारदर्शी गराउनु ऐन र नियमावलीको मर्म हो । ई–बिडिङको प्रचलन आएदेखि सम्भवतः खरिद प्रक्रिया निष्पक्ष र पारदर्शी बनेको छ । खरिद कार्यमा हुने गुण्डागर्दी र सिन्डिकेटलगायतका प्रवृत्ति नियन्त्रण गरेको छ । एउटा योग्यता पुगेको
सडकका पात्र अनि प्रवृत्ति
हाम्रो राष्ट्रिय राजनीति लगामबिनाको घोडा जस्तै बन्दै गइरहेको छ । सैद्धान्तिक र वैचारिक पक्ष हराउँदै गएको छ । इमान–जमान, आस्था र विश्वास डगमगाइरहेका छन् । जे पायो त्यही गर्ने र बोल्ने क्रम बढिरहेका छन् । लहड, सनक र झोँक देखाएर आफ्नो स्वार्थ सिद्ध गर्ने सजिलो प्रवृत्ति मौलाइरहेको छ । सामाजिक सञ्जा
समृद्धिको जग विकास पत्रकारिता
अहिले विकास पत्रकारिता र मिडिया साक्षरताका बारेमा मिडियाकर्मी मात्र नभएर मिडिया उपभोक्ताका बिचमा बहस हुन थालेको छ । हिजोआज विकासका नाममा चिल्ला सडक बनाउने, गाउँ गाउँमा डोजर चलाउने, वन विनाश गर्ने, कङ्क्रिटयुक्त संरचनाहरू निर्माण गर्ने कार्यमा वृद्धि भइरहेको छ । चाहिनेभन्दा बढी मात्रामा यातायातका साधन, कलकाखानाबाट उत्पादन हुने धुँवा कार्बनडाइअक्साइड र कार्बनमोनोअक्साइड मानवजातिले स्वासमार्फत फोक्सोमा प्रवेश गराएर मन्द विष सेवन गर्ने कार्यमा बढोत्तरी भइरहेको छ । त्यसो त वैज्ञानिक अविष्कारको होडबाजी नै विकास हो भन्ने मानसिकताका कारण एटम
शासकीय दम्भको दुःस्वप्न
शासकीय राजकाजको जिम्मेवारीमा पुग्नु लोकतन्त्रको सर्वश्रेष्ठ विधि हो । लोकतन्त्र बहुमतको भिड मात्र होइन कि जनताको महìवपूर्ण अभिमत हो । जनताले मन पराएका प्रतिनिधि चयनमा जनताकै परिकल्पना झल्किन्छ । जनताले स्वभावतः आफ्नो प्रतिनिधिमा सानिध्यता, सदाचार, पारदर्शिता र कौशलता खोजेका हुन्छन् । लोकतन्त्रको यो उन्नत समयमा पनि जनताका जनप्रतिनिधिबाटै निर्वाचित भएका नेतृत्वलाई बेला बेला निरङ्कुश बन्न मन लाग्नुका कारण के हो ? सत्ता र शक्तिमा पु
विभेदमुक्त समाजको खाँचो
परापूर्वकालदेखि कथित सानो र ठुलो जात भनी समाजलाई विभाजन गर्ने गरिएको छ । यसरी सामाजिक रूपमा मानिसलाई जात, जाति, भाषा, वर्णका आधारमा भेदभाव गर्नु भनेको कानुनको उपहास र मानिसविरुद्ध मानिसले नै अन्याय गर्नु हो । हाम्रो कुनै पनि धर्मले वर्ण र रङको आधारमा जातजातिको विभाजन भएको स्वीकार गर्दैन । धार्मिक ग्रन्थ अनुसार मानिसको काम अथवा व्यवसाय अनुसार जाति विभाजन गरिएको स्वीकार गर्दछ । धार्मिक गुरुहरू जातको आधारमा मानिसलाई विभेद गरिनु हुन्न भन्दछन् ।
सेवा प्रवाहका चुनौती
सार्वजनिक क्षेत्र सेवा प्रवाहका लागि प्रतिबद्ध भएको पाइन्छ । जनताको सुरक्षा गर्ने, जनतालाई न्याय दिने, राष्ट्रलाई बाह्य आक्रमणबाट बचाउने काममा राज्य तल्लीन हुँदै गयो । यसरी कल्याणकारी राज्यको अवधारणाबाट गुज्रिँदै आधुनिक समयमा शासन होइन, सुशासन दिनु पर्छ भन्ने मान्यताले काम गरिराखेको छ । जनताका इच्छा र आकाङ्क्षालाई सम्बोधन गर्न विश्व बजारमा देखिएका नयाँ नयाँ प्रविधिको उपयोग गरी नयाँ खालका चुस्त, स्विकार्य र गुणस्तरीय सेवा यथासमयमा प्रदान गर्नेतर्फ आधुनिक रा
मुलुकको पहिचान राष्ट्रगान
यही मङ्सिर ७ गते हरिबोधनी एकादशीका दिनबाट सुरु गरिएको भनिएको गणतन्त्रविरोधी आन्दोलन आफैँमा हास्यास्पद रह्यो । मेडिकल व्यवसायीले आफ्नो निहित स्वार्थका लागि सुरु गरेको आन्दोलनलाई साथ नदिनु लोकतन्त्रप्रतिको इमानदारी थियो । एउटा व्यक्तिविशेषको आक्रोशको बदलामा नेकपा एमालेको युवा सङ्गठनले पनि शक्ति प्रदर्शन गर्नु समय सान्दर्भिक थिएन । बरु त्यो शक्ति बझाङ, जाजरकोट र पश्चिम रुकुमका भूकम्पपीडितको उद्धारार्थ घर, टहरा निर्माणमा लगाएको भए चहराइरहेका घाउमा मलहमपट्टी हुने थियो ।
भूकम्पपछिको पुनर्निर्माण
कर्णाली प्रदेशको रुकुम र जाजरकोटमा भूकम्पले क्षति पु¥याएको एक महिना बितेको छ । चिसोको मौसममा बसोबासको उचित प्रबन्ध नहुदा यहाँका भूकम्पपीडित नागरिक थप पीडामा छन् । ज्येष्ठ नागरिक र बालबालिकाको मृत्युका खबर आउन थालेका छन् । भूकम्पपीडितका लागि अस्थायी घर टहरा बनाउने अभियान प्रारम्भसमेत भएको छ । यसका लागि राजनीतिक दल र सामाजिक सङ्घ संस्थाको सक्रियता पनि बढेको छ । अस्थायी आवासका लागि मात्रै पाँच अर्ब रकम लाग्ने अनुमान प्रक्षेपण गरिएको छ ।
टिकटक प्रतिबन्ध यस कारण स्वागतयोग्य
गत मार्चमा अमेरिकी संसद्को एक समितिले पाँच घण्टा समय लगाएर टिकटकको कार्यकारीलाई सोधपुछ गरेको थियो । जसमा यसले गर्ने समयको बर्बादी, गलत सूचना, बालबालिकाको सुरक्षा, मानसिक स्वास्थ्य, डाटा किनबेच र सुरक्षा सम्बन्धमा सोधपुछ गरेको पाइन्छ । यसबाट टिकटक कति गम्भीर रहेछ भनेर देख्न सकिन्छ । नेपाल सर
जलवायु वित्तको भावी दिशा
राजधानी उपत्यकाको पिउने पानी साकार बनाउने दुई दशकभन्दा बढीको सपना थियो, मेलम्ची खानेपानी बृहत् योजना । केही घण्टाको मुसलधारे वर्षासँगै आएको बाढीले स्वाहा बनायो । स्थानीयको घरखेतको डरलाग्दो क्षति भयो । तयार भइसकेको आयोजना अन्योलमा गयो । दुई वर्षमा करोडौँ थप लगानीपछि पनि उपत्यका काकाकुल छ । त्यो पूरै क्षति भरण गर्न अझै ठुलो धनराशि चाहिने छ । मुस्ताङ ठुलो वर्षा र बाढी आउने भूगोल हुँदै होइन तर केही महिनाअघिको
कार्बन उत्सर्जनले निम्त्याएको सङ्कट
हरेक वर्ष हुने जलवायु परिवर्तनसम्बन्धी पक्ष राष्ट्रहरूको अन्तर्राष्ट्रिय सम्मेलन यही नोभेम्बर ३० देखि युएईको दुबईमा भइरहेको छ । जलवायु परिवर्तन मानवजातिकै लागि एउटा डरलाग्दो चुनौती बनिरहेको विश्व परिवेशमा सबैका आँखा दुबईतिर सोझिएका छन् । जीवाश्म इन्धनको भविष्य र जलवायु क्षतिका लागि कसले भुक्तानी गर्छ भन्ने यक्ष प्रश्न यो शिखर सम्मेलनाम ठुलो बहसको विषय हुने छ । कोप वार्ता प्रायः विवादास्पद हुन्छन् । यस वर्ष कूटनीतिज्ञहरूले जीवाश्म इन्धनलाई चरणबद्ध गर्ने कि नगर्ने र गरिब राष्ट्रहरूलाई जलवायु क्षतिका लागि कसले कति सहयोग गर्ने भनेर तातो बहस हुने अपेक्षा गरिएको छ ।
महिला उत्थानमा वरदान
बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र आएपछि स्थितिमा केही सुधार भएको छ । राजनीतिक, सामाजिक, आर्थिक हरेक क्षेत्रमा महिलाको सशक्त उपस्थिति बढिरहेको छ । महिला पुरुषभन्दा कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने प्रमाणित भएको छ ।नेपालमा महिलामाथि हिंसा र विभेद व्याप्त छ । नेपाली समाज हिन्दु धर्म, संस्कार र संस्कृतिबाट प्रभावित समाज हो । पितृसत्तात्मक संरचनाले मुलुकको सामाजिक, आर्थिक, राजनीतिक, कानुनी सबै क्षेत्रमा गहिरो प्रभाव पारेको छ । खास गरी छोरालाई महìव दिने प्रचलनले गर्दा महिलामाथि विभेद भएको पाइन्छ । जन्मदेखि मृत्यु संस्कारसम्म छोरा र छोरीमा भेदभाव गरिन्छ । महिला घरेलु हिंसा, कुरीति, कुसंस्कार, छोरी भ्रूण हत्या, कुटपिट, गालीगलौज, बालविवाह, बहुविवाह, बहुपति प्रथा, बैनाबट्टा, बलात्कार, यौनजन्य हिंसाहरू, चेलीबेटी बेचबिखन, दाइजो प्रथा, तिलक प्रथा आदि सहन बाध्य छन् । यतिले मात्र नपुगेर २१ सौँ शताब्दीमा आएर बोक्सी, डङ्किनी, चुडेलको आरोप खेप्नसमेत बाध्य छन् । त्यसका लागि समाजले दिएको यातना खेपिरहेका छन् । यसका साथै देउकी, कुमारी, झुमा प्रथाका कारण थप समस्यामा छन् । विधुवामाथि भएका हिंसा अझ कहालीलाग्दो छ । विधुवाले रातो लुगा लगाउन नहुने, शृङ्गार गर्न नहुने, माछामासु, लसुन, प्याज खान नहुने, जिन्दगीभरि विवाह नगरी बस्नुपर्ने जस्ता अन्यायपूर्ण चलनले सामाजिक मान्यता पाइरहेको छ । नेपालको पश्चिमी मागमा छाउपडी प्रथाले जरो गाडिरहेको छ । त्यस्तै घरभित्रको अघोषित छाउपडी प्रथा पनि यथावतै छ । महिलाले दिनमा १८ घण्टा काम गरेको कुरा तथ्याङ्कले देखाएको छ । कृषि क्षेत्रमा महिलाले करिब ८५ प्रतिशत काम गर्छन् र पनि कृषिबाट आएको आम्दानी घरको मूली पुरुषको हातमा जान्छ । महिलामाथि हुने हिंसाका कारण पितृसत्तात्मक समाज, सामाजिक–आर्थिक कारण, सांस्कृतिक कारण, गरिबी, विभेद, नैतिक चरित्रको अवमूल्यन, स्रोत र साधनमाथि पहुँच तथा नियन्त्रणमा कमी ।न्यूनीकरणका उपायनेपालको संविधानमा मौलिक हक जस्तै– समानताको हक, महिलाको हक, बालबालिकाको हकको व्यवस्था गरिएको छ । घरेलु हिंसा (कसुर सजाय ऐन) २०६६ मुलुकी अपराध संहितामा बलात्कारलाई गम्भीर अपराधका रूपमा परिभाषित गरिएको छ । नेपालले महिलाविरुद्ध हुने सबै प्रकारको विभेद उन्मूलन गर्नेसम्बन्धी महासन्धि अनुमोदन गरेको, नेपाल संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्का घोषणा १३२५ र १८२० कार्यान्वयनका लागि कार्ययोजना बनाउने दक्षिण एसियाकै पहिलो राष्ट्र भए पनि कार्यान्वयन पक्ष भने फितलो नै देखिन्छ । महिला ओसार–पसार तथा मानव बेचबिखनका घटना नियन्त्रण आउन सकेको छैन । बढ्दो बेरोजगारी र देशभित्र श्रमको उचित कदर नहुँदा मानिस देशबाहिर रोजगारको खोजीमा जाने व्रmम बढ्दो छ । जसमा महिला कामदारको स्थिति त झन् हाम्रो आकलनभन्दा सयौँ गुणा भयावह छ । जसको कारण महिला कामदारको अवस्था दयनीय प्रकृतिको देखिन्छ । यस सन्दर्भमा महिला हिंसा न्यूनीकरणका लागि निम्नानुसारका उपाय अवलम्बन गर्न उचित देखिन्छ ःक. दिनप्रतिदिन बढ्दै गएको हत्या, हिंसा, बलात्कारको घटनाले असुरक्षा, अशान्ति र दण्डहीनतालाई बढावा दिएकोमा यसको अत्यका लािग राज्य पक्ष नै जिम्मेवार हुनु पर्छ । ख. दैनिक छ जना महिला बलात्कार हुने गरेको तथ्याङ्कले देखाएको छ । दोषीलाई कारबाही हुन सकेको छैन । दोषीलाई सजाय दिलाएर पीडितलाई क्षतिपूर्ति दिनु पर्छ । ग. तीनै तहको सरकारले यस्ता किसिमको आपराधिक घटना हुन नदिन जनताको जीवन रक्षाको जिम्मा लिनु पर्छ । जनप्रतिनिधिको रोहबरमा बलात्कारको घटनालाई मिलापत्र गर्ने होइन । घ. बलात्कारपछि महिलाको हत्या गर्ने र प्र्रमाण नष्ट गर्ने प्रवृत्ति बढ्दो छ । पीडितको न्यायमा पहुँच छैन भने न्याय प्रणाली छिटो छरितो छैन । भएको नीति नियमको कार्यान्वयन पक्ष कमजोर, अनुसन्धान पद्धति फितलो छ । समाजले पनि पीडितलाई हेयको दृष्टिकोणले हेर्ने, पीडक पक्ष चाहिँ अराजक रूपमा बारम्बार अपराध गर्र्दै छु्टकारा पाउने प्रवृत्ति हाबी छ । त्यसैले आजको आवश्यकता चाँडोभन्दा चाँडो न्याय प्रणालीले काम गर्नु पर्यो । ङ. बलात्कारको अपराधमा प्रमाण नष्ट गर्ने, पूरा प्रमाण जुटाउन नसकेको देखिन्छ । जसले गर्दा दोषीलाई सजाय दिलाउन अप्ठ्यारो परेको देखिन्छ । अनुसन्धान प्रव्रिmयामा सुधार हुनु जरुरी छ । च. महिलामा आफू कसरी सुरक्षित रहने भन्ने चेतना जागृत भएन भने हत्या हिंसाको अपराध भई नै रहन्छ । त्यसैले महिलालाई आर्थिक, सामाजिक, राजनीतिक, सांस्कृतिक र शैक्षिक सबै क्षेत्रमा सशक्तीकरण गर्न जरुरी छ ।छ. महिला हिंसा न्यूनीकरण गर्न सिङ्गो परिवार र समाज यस्ता आपराधिक घटनाविरुद्ध सजग, सचेत र आन्दोलित भइरहनु पर्छ ।ज. यौनजन्य अपराध, हत्या, हिंसाका विरुद्ध पुरुषको नेतृत्वमा जनचेतना अभियान सञ्चालन गरी महिला हिंसा न्यूनीकरण गर्न सकिन्छ । उपलब्धि१. राजनीतिमा राष्ट्रपति, प्रधान न्यायाधीश, सभामुख, उपप्रधानमन्त्री, मुख्यमन्त्री, प्रदेश प्रमुख जस्ता उच्च पद हासिल गर्न महिला सफल भएका छन् । अंश र वंशमा समान अधिकार, समान कामको समान ज्याला, आमाको नामबाट नागरिकता, नेपालको संविधान र कानुनमा व्यवस्था भएबमोजिम स्थानीय तहमा प्रमुख या उपप्रमुखमा अनिवार्य एक जना महिला हुनुपर्ने व्यवस्था छ । सङ्घीय संसद्मा र प्रदेश संसद्मा ३३ प्रतिशत महिलाको प्रतिनिधित्वको व्यवस्था छ । स्थानीय तहमा प्रमुख या उपप्रमुखसमेत गरी ४० प्रतिशतभन्दा बढी महिलाको प्रतिनिधित्व छ । २. निजामती सेवामा महिलाको सङ्ख्या ३२.८ प्रतिशत पुगिसकेको छ । अभैm बढ्ने व्रmम छ । ३. पिताको अंश र वंशमा छोरीको पनि हक कायम भएपछि र महिलाको नाममा भूमिको स्वामित्व हस्तान्तरण गर्दा कर, राजस्व कम लाग्ने भएकाले भूमिमा महिलाको स्वामित्व बढ्दै गएको छ । राष्ट्रिय जनगणना–२०५८ अनुसार करिब १२ प्रतिशत परिवारको महिलाको नाममा घर वा जग्गाको स्वामित्व थियो । यो सङ्ख्या २०६८ को जनगणनामा १९.७१ प्रतिशत पुगेको थियो भने हाल यो सङ्ख्या करिब ३४.४ प्रतिशत पुगेको छ । यो अनुपात ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी छ ।४. शिक्षामा महिलाको पहुँच बढेको छ । स्कुल, कलेजमा छात्र, छात्रा बराबर नै देखिन्छन् । हिजो आज त्यसले गर्दा ढिलो विवाह हुने र सन्तान कम हुने देखिएको छ । सिपमूलक कार्यमा पनि महिला अगाडि बढेको देखिन्छ । हिजो आज डाक्टर, इन्जिनियर, पाइलट, वकिल, बैङ्कर हरेक क्षेत्रमा महिलाको उपस्थिति बढ्दै गएको छ । प्रशस्त महिला पत्रकार, शिक्षक, प्राध्यापक भएका छन् । साहित्य, कला, सङ्गीत, खेलकुद, पर्वतारोहण आदि क्षेत्रमा महिला अगाडि बढेको देखिन्छ । ५. महिला शिक्षाको कारण र विभिन्न सङ्घ संस्था र राजनीतिक दलको भागिनी सङ्गठनहरूको सचेतनामूलक कार्यव्रmमले गर्दा सचेतनाको कारण महिला जागरुक भएर आफ्नो अधिकारप्रति सचेत भए । त्यसकारण घरेलु हिंसा सहेर नबस्ने भएर सम्बन्ध विच्छेदको घटना बढिरहेको देखिन्छ । पहिला घरेलु हिंसाको घटना घरभित्र लुकेर बसेको तर हिजो आज घरेलु हिंसाको घटना बाहिर आएको कारणले नै बढेको जस्तो देखिएको छ । यी उपलब्धि हामी सबै महिलाको अनवरत् सङ्घर्षका कारण भएको हो । महिला हिंसा अन्त्यका लागि हामीले के गर्नु पर्छ ? १. महिलाविरुद्ध हिंसा के हो भन्नेबारेमा जनचेतना फैलाउने ।२. हिंसापीडित महिलालाई कानुनी सहायता उपलब्ध गराउने ।३. गम्भीर प्रकृतिका हिंसापीडित महिलाका लागि सुरक्षित आवास र पुनस्र्थापनाको व्यवस्था गर्ने । ४. फौजदारी प्रकृतिका घटनामा पीडकलाई सजाय र पीडितलाई क्षतिपूर्तिको कानुनी अधिकार कार्यान्वयनका लागि दबाब दिने । निष्कर्ष युगौँदेखिको हिंसा र शोषणमा परेको महिलाको स्थिति बहुदलीय प्रजातन्त्र र लोकतान्त्रिक गणतन्त्र आएपछि स्थितिमा केही सुधार भएको छ । राजनीतिक, सामाजिक, आर्थिक हरेक क्षेत्रमा महिलाको सशक्त उपस्थिति बढिरहेको छ । महिला पुरुषभन्दा कुनै पनि क्षेत्रमा कमजोर छैनन् भन्ने प्रमाणित भएको छ । संविधानलगायत प्रचलित कानुनमा महिलाको हक हितको पक्षमा उल्लेखनीय सुधार भएको छ । अझ धेरै गर्न बाँकी छ । महिला सचेत र जागरुक भई हिंसाको विरुद्ध निरन्तर लागिरहनु पर्छ । घरेलु हिंसालाई हामी स्वयंले सहनु हुँदैन । हिंसा भन्ने सानो, ठुलो, धेरै, थोरै हुँदैन । हिंसा भनेको हिंसा नै हो । कहीँ, कतै होस् वा आफैँलाई हिंसा हुनेबित्तिकै बाहिर ल्याउनु पर्छ र पीडकलाई उचित राजायको दायरामा ल्याउनु पर्र्छ । हामी स्वयं अगाडि बढ्नु पर्छ । हामी आफैँ अगाडि नबढे कसैले हाम्रो लडाइँ लडी दिँदैन । त्यसैले हामी सबै मिली महिला हिंसा अन्त्यको लडाइँ लड्नु पर्छ । जुन समाज र मुलुकमा महिलाको सम्मान र सुरक्षा हुँदैन, त्यो समाज र मुलुक सभ्य, सुसंस्कृत र विकसित मानिँदैन । सबै किसिमको भेदभाव र हिंसाविरुद्ध हामी सबै एक हाैँ । लेखक बागमती प्रदेश सभा सदस्य हुनुहुन्छ ।
अपाङ्गता भएका व्यक्तिको संरक्षण
धनगढी उपमहानगरपालिका–१२, जुगेडा घरबाट कैलाली क्याम्पस पढ्दै गरेकी २३ वर्षीय टीका पुरीको सात वर्षअघि घाँस काट्दा रुखबाट लडेर मेरुदण्डको चोटले कम्मरमुनिको शरीर नचल्ने भयो । लामो उपचारपछि ह्विलचियरको सहायतामा घर फर्के पनि पढाइलाई भने निरन्तरता दिन सक्ने कुरा भएन । कलेज भवनको माथिल्लो तलामा रहेको कक्षामा पुग्ने भ¥याङ अपाङ्गमैत्री छैन र ठाडो उकालो चढ्न उहाँका लागि सहज छैन ।
नेपाली विषयको पुनरुत्थान
नेपालमा नेपाली भाषा समृद्ध हुनै पर्छ । नेपालबाटै नेपाली भाषा हराउँदै गयो भने नेपाली साहित्य जीवित रहने कुनै सम्भावना नै हुँदैन । नेपाली भाषा, साहित्य र संस्कृतिको संरक्षण, संवर्धन र प्रवर्धन गर्ने दायित्व नेपालीकै हो । नेपाली विषयबाट नेपाली जनता नै विमुख हुँदै गए अरू विदेशीले जोगाई देलान् भनेर आशा गर्नु मूर्खता हो । केही दशक यतादेखि नेपाली भाषा र साहित्यमा खिया पर्दै गएको छ । यसलाई कमजोर बनाउन लागेका केही बिकेकाकै कारण चिन्ता थपिएको छ । यही व्रmम चल्दै गएमा नेपाली राष्ट्रियता कमजोर हुँदै जाने छ ।
केटाकेटी मोबाइलप्रति किन आकर्षित हुन्छन् ?
बच्चाबच्चीले मोबाइल हेरेर बस्नुलाई नेपालमा गम्भीर समस्याका रूपमा लिने गरिएको छ । यो समस्यालाई लिएर अभिभावक डाक्टरकहाँ धाउने व्रmमसमेत बढेको छ । यो समस्याको कारण के हो र कसरी समाधान गर्न सकिन्छ भन्ने विषय यहाँ उठान गर्न खोजिएको छ ।
थारू चेतनाका धरोहर ‘महेश’
थारू भाषा तथा साहित्य सुधार समितिलाई प्रकाशक बनाएर थारू भाषाको पहिलो पत्रिका उहाँहरुले जन्माउनुभयो । त्यो पत्रिका थियो ‘गोचाली’ । २०२८ सालमा पहिलो अंक प्रकाशन भएको यही पत्रिका नै थारूभाषाको प्रथम पत्रिका थियो । त्यतिबेला महेश २१ वर्षको हुनुहुन्थ्यो ।
लोकतन्त्रको स्थायित्वमा राजतन्त्र बाधक
नेपालमा राजतन्त्रको लामो इतिहास छ । विभिन्न कालखण्डमा अनेकौँ राजाले शासन गरे । त्यतिबेला ससाना जनपदीय राजाहरूले शासन गरेका इतिहास छ । मध्यकालमा आएर पश्चिमका बाइसी–चौबिसी, पूर्वमा पाल्पा, मकवानपुर, विजयपुर, भक्तपुर, ललितपुर, कान्तिपुर राज्यहरूका साथै तिरहुतका शक्तिशाली राज्य सिमरौनगढ थिए । गोरखा राज्यका राजा पृथ्वीनारायण शाहले ती सबै राज्यलाई अठारौँ शताब्दीमा जिती विशाल नेपाल अधिराज्य स्थापना गरे । त्यसपश्चात् शाहवंशीय राजाहरूको एकछत्र राज्य सुुरु भयो ।