लोकतन्त्र सबलीकरणको कार्यदिशा
नेपालको प्रजातन्त्रिक आन्दोलनले लामो समय पार गरिसकेको छ । नेपालको एकीकरणको प्रादूर्भाव भएसँगै आधुनिक राज्य प्रणालीको विकासको चरण आज पनि यथावत् छ । सन् १९५० अघि जहानियाँ राणा शासनको अन्त्य गर्न विभिन्न तह, तप्कामा देशभित्र र बाहिर राजनीतिक अभियानको थालनी भएको थियो । राजनीतिक समाज तीन खेमामा स्पष्ट विभाजित देखिन्छ । जसमा राष्ट्रवाद, समाजवाद र साम्यवादमा आधारित राजनीतिक विचारधाराको द्वन्द चलायमान छ ।
भक्तपुर : नजाने गाउँको बाटो
भक्तपुर नगरपालिकाबाट के सिक्ने ? भक्तपुरबाट किन सिक्ने ? भक्तपुर के हो र सिक्ने ? भक्तपुरको आगत र विगत के हो ? आजको दलाल, आसेपासे पुँजीवादी समाजमा समाजवादउन्मुख मोडेल सिकाइको के अर्थ ? भक्तपुरको मोडेल प्रतिलिपि उतार गर्दा अन्य स्थानीय तहको प्रगति र उन्नति सम्भव छ ? भक्तपुरको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिक, जनसाङ्ख्यिक तस्बिर एवं प्राकृतिक भूबनोटको आधार र अन्य स्थानीय पालिकाको बनोट नै मिल्दैन । यी सबै प्रश्नको सहज उत्तर हुन्छ, भक्तपुरबाट सिक्दै निसिक्ने । नजाने गाउँको बाटो नसोध्ने । मुलुकका ७५३ स्थानीय तहमध्ये भक्तपुर नगरपालिकालाई यो लेखोटमा छान्नु पर्ने अर्थपूर्ण अर्थ छ । बाँकी ७५२ स्थानीय तह कसरी सञ्चालनमा आएका छन्, पहिलो कार्यकाल ‘देखी, सुनी जान्ने
होटलको हब बन्दै बर्दीबास
मधेश प्रदेश सामाजिक, सांस्कृतिक तथा धार्मिक रूपमा निकै सम्पन्न स्थान हो । यहाँको मिथिला संस्कृति निकै लोकप्रिय पनि छ । मधेश प्रदेशले पछिल्लो समयमा विकासले फड्को मारिरहेको छ । मधेश प्रदेशका लागि होटलहरूको हब मानिएको बर्दीबासमा नयाँ नयाँ होटल खुल्ने क्रम जारी छ । यी होटलले यहाँको अर्थतन्त्रलाई चलायमान बनाउन महìवपूर्ण योगदान मात्र दिएका छैनन् । बर्दीबासलाई देश विदेशमा परिचय गराउने माध्यम पनि बनेका छन् । यिनै कारण होटललाई ‘सहरको अनुहार’ पनि भनिएको छ ।
योग्य जनशक्ति पलायन रोक्न प्राविधिक शिक्षा
दक्ष जनशक्ति विदेश पलायनको अवस्था पछिल्लो केही वर्षयता भयावह बन्दै गएको छ । विभिन्न माध्यमबाट सार्वजनिक हुने तथ्याङ्कले हामीलाई आश्चर्य चकित पारिहेका छन् । यसले नीति निर्मातालाई मात्रै होइन नेपालमै गरिखानेलाई समेत सोचनीय बनाएको छ । जनशक्ति पलायनको यो दुरवस्थालाई समयमै नियन्त्रण गर्न सकिएन भने भावी दिनमा राज्यले भोग्ने क्षतिका बारेमा सहजै अनुमान लगाउन सकिन्छ । यो अनुमान आफैँमा भयङ्कर डरलाग्दो छ । जनशक्ति पलायनको यो अवस्थालाई नियन्त्रणका लागि पहिलो र अन्तिम गतिलो आधार भनेको प्राविधिक शिक्षाको प्रभावकारी विकास नै हो । हामीले प्राविधिक
विपत् पूर्वतयारी योजना
कोभिडको कहर सुरु भएलगत्तै संसारभर जीवनको अनिश्चितता छायो । मानिसहरूको यात्रा घरभित्रै सीमित बन्यो । देश विदेश जानेहरू अझ बढी चिन्तित र त्रसित बने । वास्तवमा त्यो कठिन समयमा परिवारबाट टाढा हुनुको पीडा तिनै नेपालीहरू जो २–४ पैसा जोहो गरी परिवार सुखी र खुसी राख्ने सपना बोकेर बिछोडिएका हुन्छन् उनीहरूलाई थाहा हुन्छ । कोभिड–१९ महामारीको त्रासदी संसारभर फैलिएको त्यो समयमा सबैको जीवन अस्तव्यस्त भएको थियो । धनी, गरिब, सहरिया गाउँले सबै प्रभावित भए ।
रोकौँ निराशाको खेती
सर्वाधिक स्वतन्त्रतासहितको लोकतान्त्रिक गणतन्त्र लामो र कठोर सङ्घर्षपछि प्राप्त भएको छ । २०७२ को संविधानपछिका दुई दुई वटा चुनावसँगै यो संस्थागत हुँदै गएको छ । नेपाली जनतामा चेतनाको विस्तार भएको छ । जनताले चुनावमा आफ्नो हक प्रयोग गरी फरक फरक नतिजा दिँदै आएका छन् । समाजमा सबै खाले विषयमा खुला बहस हुने गरे
भूकम्पको मानवशास्त्रीय पाटो
विसं २०७२ वैशाख १२ गते गोरखा केन्द्रबिन्दु भएको गएको भूकम्पले नेपालमा ठुलो धनजनको क्षति भयो । त्यसको पुनर्निर्माण अझैसम्म सम्पन्न हुन सकेको छैन । मानवशास्त्रको विद्यार्थीका नाताले सोही भूकम्पले पु¥याएको क्षतिको अध्ययन अनुसन्धान गर्नु र त्यसमा भूकम्प जस्ता जोखिमबाट बच्न गर्नुपर्ने पूरा तयारीमा केही योगदान पु¥याउने उद्देश्यले त्रिभुवन विश्वविद्यालयबाट ‘एन्थ्रोपोलोजी अफ डिजास्टर’ (भूकम्पमा) विद्यावारिधि गर्ने सोच आयो ।
व्यवस्थाको संस्थागत विकास
नेपाली समाजको विकासक्रम गहिरो ढङ्गले नियाल्ने हो भने सामाजिक सद्भाव, मेलमिलाप र एकताबद्ध रूपमा अघि बढ्ने, एक अर्कालाई आवश्यक पर्दा सहयोगी हात अघि बढाउने, मुलुकको शासन प्रशासनलाई सही बाटोमा अघि बढाउन बनेका योजनालाई बिनासर्त, बिनास्वार्थ पूरा गराउन सहभागिता जनाउने जस्ता आधारभूत असल मान्यता कार्यान्वयनमा सहयोगी भूमिका छ ।
पारिवारिक अदालत किन ?
‘महिलावादी भएका लगाउ नभएका अंश, नाता कायम, घरेलु हिंसा र बालबालिकाको संरक्षक भई दायर भएका अंश, विशेष हेरचाहलगायत बालबालिकाको हितसँग सम्बन्धित देवानी प्रकृतिका मुद्दाहरूको सुनुवाइ गर्न नेपालमा पहिलो पटक काठमाडौँ जिल्ला अदालतमा ‘डेडिकेटेड’ दुई वटा पारिवारिक इजलास आरम्भ भएको छ । पृथक् इजलासबाट पारिवारिक विवादको न्याय सम्पादन गर्दा न्यायपालिकाको चौथो पञ्चवर्षीय रणनीतिक योजनाले न्यायमा पहुँच सुनिश्चित गर्न,
चलचित्र कानुन निर्माणका आधार
सूचना, ज्ञान र अनुभव मानव मस्तिष्कलाई फराकिलो बनाउने तत्व हुन् । मस्तिष्कलाई फराकिलो नबनाई समाज परिवर्तनको परिकल्पना गर्न सकिँदैन । समाजको इतिहास, वर्तमान र सम्भावित भविष्यका बारेमा गरिने अध्ययनले मानिसको मस्तिष्कलाई फराकिलो बनाउँछ । समाज विज्ञानको अध्ययन मानव मस्तिष्कलाई फराकिलो बनाउने आधार हो । संस्कृति र संस्कारसँगै सामाजिक धरातल तयार हुन्छ । समग्र समाजको अध्ययन जति बढी गरिन्छ, त्यति
ट्राफिक व्यवस्थापन र नागरिक
सवारीचालकले सवारीसाधन चलाउँदा अनावश्यक हर्न बजाउने, तीव्र गतिमा सवारीसाधन चलाउने र मोबाइल फोनको प्रयोग गर्ने जस्ता व्यवहार आमरूपमा देख्न पाइन्छ । यसै गरी कतिपय चालकले सवारीसाधन चलाएकै बेला पनि मादक पदार्थ तथा लागुऔषध सेवन गर्ने गरेको समेत भेटिन्छ । जेब्रा क्रसिङमा पैदल यात्रुलाई प्राथमिकता नदिने, सडक लेन उल्लङ्घन गर्ने तथा अव्यवस्थित पार्किङ गर्ने जस्ता व्यवहार पनि हामीले देखेकै छौँ । यति मात्र होइन भाडाका सवारीले नि
गरिबी न्यूनीकरण रणनीति
जीवन निर्वाह गर्न न्यूनतम पूर्वाधार नहुनु एवं आधारभूत आवश्यकताको पूर्ति हुन नसक्नु वा सक्षम नहुनुले गरिबको चित्रण गर्छ । अभाव, अन्योल, अस्थिर, अपहेलित र असुरक्षित जीवनमा गरिबीको जीवनचक्र रहेको हुन्छ । गरिबी मानव जीवनको पीडाबोध हुने अवस्था हो । गरिबीलाई अर्थशास्त्रको सिद्धान्तले व्याख्या गरिए तापनि यो समाजशास्त्र र मानवशास्त्रसँग पनि सन्निकट भएको विषय हो । सामान्य अर्थमा गाँस, बास र कपासको व्यवस्थापन हुन कठिन भएको मानव जीवन नै गरिबी हो ।
भूकम्पपीडितलाई चिसोबाट जोगाऔँ
जाजरकोट भूकम्पले त्यहाँका आमनागरिकको जनजीवन झनै कष्टकर बन्दै गएको छ । सङ्घ, प्रदेश र स्थानीय तहका सम्पूर्ण सरकारी संयन्त्र, नागरिक समाज, गैरसरकारी संस्था एवं अन्तर्राष्ट्रिय समुदायको सामूहिक प्रयासपछि भूकम्पमा परी ज्यान गुमाएका र घाइते भएका नागरिकको उद्धार भएको छ । तथापि त्यहाँको जनजीवन सामान्य स्तरमा ल्याउन थप प्रयासको खाँचो छ । यसबिचमा थुप्रै पराकम्प गइरहेका र मूल भूकम्पको धक्का राजधानी काठमाडौँ र मित्रराष्ट्र भारतको राजधानी नयाँ दिल्लीसम्म महसुस गरिएको भए पनि अरू नोक्सानी भएको छैन । छिमेकी सल्यान, रोल्पा, दैलेख, जुम्लालगायतका जि
सार्वजनिक ऋण व्यवस्थापन
नेपालमा सार्वजनिक ऋण व्यवस्थापन ऐन, २०७९ कार्यान्वयनमा आइसकेको छ । साविकदेखिको सार्वजनिक ऋण व्यवस्थापन गर्न सार्वजनिक ऋण व्यवस्थापन कार्यालयको स्थापना गरिएको छ । यस कार्यालयका अनुसार २०८० असोज मसान्तसम्ममा नेपालको तिर्न बाँकी आन्तरिक र बाह्य ऋण रु. २३ खर्ब ५४ अर्ब ५९ करोड २१ लाख रहेको छ । यसमा आन्तरिक ऋण रु. ११ खर्ब ८३ अर्ब ५७ करोड २१ लाख रहेको छ । यसै गरी, बाह्य ऋणको अंश रु. ११ खर्ब ७१ अर्ब दुई करोड ३१ लाख रहेको छ । नेपाल
कर्मचारी प्रशासनमा आरक्षण
विसं २०६४ मा निजामती सेवा ऐन, २०४९ को दोस्रो संशोधनमार्फत तोकिएका समावेशी समूहका उम्मेदवारबिच मात्र छु्ट्टाछुट्टै प्रतिस्पर्धा गराई पदपूर्ति गर्ने गरी आरक्षणको व्यवस्था सुरुवात गरियो । आरक्षणको व्यवस्था हुनु यो ऐनको सुन्दर पक्ष हो । यसका लागि राजपत्राङ्कित विशिष्ट श्रेणीबाहेकका पदमा निजामती सेवा ऐन, २०४९ को दफा ७ को उपदफा ७ मा रहेको प्रावधान अनुसार खुला प्रतियोगिताद्वारा पदपूर्ति हुने पदमध्ये ४५ प्रतिशत पद छुट्याइ सो प्रतिशतलाई शतप्रति
मधेशले उठाएको प्रदेश अधिकार
‘आलोचना गर्ने या सल्लाह दिने विषय निकै गाह्रो विषय हो तर प्रदेशको जति चाहिँँ होइन ।’ –लर्ड माउन्टबटेन देशमा प्रदेशको अभ्यास लामो छैन । छ वर्ष पूरा भएर सातौँ वर्ष प्रवेशको तयारीमा छ । यस बिचमा कैयौँ प्रदेश सरकार फेरबदल र एउटा मन्त्रालय फोर्दा या बढाउँदा करोडौँ खर्च मात्रै बढेको भनेर आवश्यकताभन्दा बढी प्रचार गरिएकाले प्रदेश आवश्यक छैन भन्ने जनमत अप्रत्याशित रूपमा बढ्दो छ । स्थानीय तह र केन्द्र सरकार मात्रै भए
सधैँ भूकम्पको त्रास
पृथ्वी सतहमा विभिन्न किसिमका घटना निरन्तर भइरहन्छन् । यी घटनालाई दुई भागमा राखेर हेर्दा बुझ्न सजिलो हुने देखिन्छ । यी घटना हुन्, प्रकृतिजन्य र मानवजन्य । प्रकृतिजन्य घटनाभित्र ज्वालामुखी, भूकम्प, भूस्खलन, बाढी, सुक्खा, चक्रवात, हिमपात, शीतल पर्छन् भने मानवजन्य घटनाभित्र अकाल, युद्ध, दङ्गा, महामारी, आतङ्कवाद, विषाक्त रसायन आदि आउँछन् । भूकम्प प्राकृतिकजन्य र मानवीयजन्य दुवै घटनाभित्र पर्दो रहेछ । यसबाट कमै समयमा निकै बढी जनधनको क्षति हुन जान्छ । भूकम्प एउटा यस्तो घटना हो जसको अगाडि सबै प्राणी मूकदर्शक भएर बस्नुबाहेक अर्को कुनै विकल्प हुँदैन । विश्वका मध्यवर्ती
खेल कूटनीतिको प्रभाव
मैले पनि मङ्सिर ९ गते नेपालगन्जमा हुने म्याराथनमा अरू धावकसँगै सडकमा दौडिन खेल सामग्रीको जोहो गरिसकेँ । पक्कै, म पनि सडकमा धावक बन्ने छु । म ७० तिर लम्कँदै गरेको युवा हुँ । म्याराथनको यो सिरिज नेपालगन्जको गौरव हो । अन्तर्राष्ट्रिय मान्यता पाएको एथलेटिक्स पनि हो । सद्भावनामै खलल आइरहेको र घृणा व्यवसाय फस्टाइरहेका बेला यसले सबै जाति, धर्म, भाषा, संस्कृतिलाई प्रतिनिधित्व गराएर एकै लयमा सडकमा उतारेर दौडन प्रेरित गर्दै छ । आयोजकको
जलवायुको मुद्दामा नेपाल
जलवायु परिवर्तन वर्तमान विश्वका लागि सर्वाधिक चासोको मुद्दा हो । समग्र पृथ्वी, जीवन र जीविकोपार्जनमा गम्भीर ढङ्गले प्रतिकूल प्रभाव पार्दै लगेको जलवायु परिवर्तनको घटनाले यतिबेला सबैभन्दा बढी मर्का कम विकसित देश (एलडिसी) हरूलाई परेको छ । त्यसमा पनि हिमालय वरपर र समुद्र तटीय क्षेत्रमा अवस्थित देश ज्यादा जो
स्वच्छन्दतामाथिको रोक
सरकारले सामाजिक सञ्जालमा बहुचर्चा पाएको टिकटकमाथि प्रतिबन्ध लगाउने निर्णय गरेपछि यसको पक्षमा लेख्नु वा बोल्नु भुङ्ग्रोमा हात हाल्नु जत्तिकै भएको छ । कतिपय मिडियाले सर्वसाधारणको पहुँचमा रहेको ‘लोकप्रिय सार्वजनिक प्लाटफर्म’ भनेर टिकटको निकै बखान गरेका छन् । सरकारको यो निर्णय अभिव्यक्ति स्वतन्त्रता र प्रेस स्वतन्त्रता समेतविरुद्धमा भएको कतिपय नेतासमेतलाई लाग्न थालेको छ । सरकारले भने यो निर्णय गर्दैगर्दा ‘टिकटकबाट सामाजिक सद्भाव बिगार्ने’ काम भएको बताएको छ ।
कस्तो हुनु पर्छ त्रिविको कप्तान
नेपालको सबैभन्दा पुरानो र विद्यार्थी सङ्ख्याको हिसाबले विश्वमा नै ठुला विश्वविद्यालयमध्येको त्रिभुवन विश्वविद्यालय अहिले नयाँ उपकुलपति चयनको प्रक्रियामा छ । उपकुलपति प्रतिष्ठित पद हो । यो पदले विशाल शैक्षिक जहाजको कप्तानका रूपमा महत्वपूर्ण भूमिका र जिम्मेवारी बहन गर्ने छ । विश्वविद्यालयको समग्र निर्णय प्रक्रियामा उपकुलपतिको महत्वपूर्ण भूमिका हुन्छ । यसले त्रिविमा मात्र नभएर नेपालभर उच्च शिक्षाको स्वरूप कस्तो बनाउने भन्ने विषयलाई प्रभा
पुनर्निर्माण अर्थतन्त्रको मार्गचित्र
करोडौँ करोड वर्षमा प्रकृतिले स्वयम् सिर्जना गरेको यो पृथ्वीमा विपत्ति आइरहन्छ । कतिपय मानिसले ल्याएको विपत्ति हुन्छन् त कतिपय प्रकृति स्वयम्ले । दुई महायुद्ध मानिसले ल्याएका विपत्ति थिए । युक्रेनमाथि रुसको अतिक्रमणले ल्याएको युद्ध होस् वा हमासको इजरायलविरुद्धको उत्ताउलो आक्रमणपछिको युद्ध, यी सबै मानिसले ल्याएको विपत्ति हुन् । प्रकृतिले ल्याउने कतिपय विपत्तिमा पनि मानिसको बेवास्ताले अझ बढी क्षति हुन्छ । भूकम्प त्यस्तै विपत्ति हो । मानिसले बनाएका कमजोर संरचनाले बढी जनधनको क्षति हुन्छ, भइरहेकै छ तर विपत्तिपछिका पुनर्निर्माणले दिगो संरचना मात्र दिँदैन, अर्थतन्त्रलाई
बैङ्किङ कसुरसम्बन्धी मुद्दा बढ्दै
बैङ्किङ कसुर तथा चेक बाउन्सका घटना वृद्धि भइरहेका छन् । त्यसमा पनि सबैभन्दा बढी चेकमार्फत कारोबार गरे पनि ठगिने क्रम बढेको छ । प्रहरी प्रधान कार्यालयको तीन वर्षयताको तथ्याङ्कले पनि दुई वर्षयता बैङ्किङ कसुरमा दर्ता भएका उजुरीले ‘ग्राफ’ बढिरहेको देखाउँछ । देशभर सबैभन्दा बढी चेक बाउन्स तथा बैङ्किङ कसुरमा मुद्दा आउने जिल्ला प्रहरी परिसर काठमाडौँमा हो । यहाँ यस्ता मुद्दाको चाङ नै छ । परिसरमा चेक बाउन्सका दैनिक २०÷२५ वटा उजुरी पर्ने गरेका छन् । ती उजुरी
अब जनताको तन्त्र चल्छ
नेपालको संविधानले पूर्ण वाक् स्वतन्त्रता र सूचनाको हक प्रदान गरेको छ । वाक् स्वतन्त्रता र सूचनाको हक सदुपयोग गर्नु सबै व्यक्तिको अधिकार र कर्तव्य हो । पहिला पहिलाको संविधानले पूर्ण रूपमा वाक् स्वतन्त्रता दिएको थिएन । वाक् स्वतन्त्रताका सर्त बन्देजसहित थिए । सूचनाको हकको पनि खासै अभ्यास थिएन । यसमा पनि सर्त र प्रतिबन्ध थिए । अहिले सूचना आयोगकै व्यवस्था गरेर सूचनाको हक स्थापित र अभ्यास गरिएको छ । वाक् स्वतन्त्रतालाई पनि बिना सर्त बन्देज प्रदान ग