जनअपेक्षाको कसीमा कांग्रेस बैठक
४१ औँ बिपी स्मृति दिवस मनाइरहँदा ललितपुरस्थित बिपी स्मृति भवनमा नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक साउन २ देखि जारी छ । विधान अनुसार कम्तीमा दुई महिनामा एक पटक केन्द्रीय समिति बैठक बस्नु पर्छ । एक वर्षपछि बसेको बैठक कांग्रेसको ७४ वर्षको इतिहासमा पहिलो पटक प्रत्यक्ष हेर्ने प्रबन्ध मिलाइ
दलितमाथिको विभेद कायमै
अठारौँ शताब्दीका एक महान् दार्शनिक जिन ज्याक रुसोले भनेका छन् ‘मानिस स्वतन्त्र जन्मिन्छ तर साङ्लाले बाँधिन्छ ।’ हो, हाम्रो समाजमा पनि यस्ता कैयौँ सामाजिक साङ्ला छन्, जसले हामी सबैलाई कुनै न कुनै किसिमले बाँधेका छन् । जात, भात, छुवाछुत, तल्लो, माथिल्लो जात, पानी चल्ने नचल्ने, यस्ता कैयौँ साङ्ला छन्, जसबाट कम, बेसी हामी सबै बाँधिएका छौँ । फलस्वरूप, शताब्दीयौँदेखि क्षेत्रीको घरमा जन्मनासाथ त्यो बच्चा क्षेत्री हुने, ब्राह्मणको घरमा जन्मनेबित्तिकै त्यो बच्चा ब्राह्मण हुने,
भ्रष्टाचारविरुद्धका कानुन परिमार्जन
भ्रष्टाचारविरुद्ध शून्य सहनशीलता भन्ने प्रतिबद्धतामा यति बेला सरकार खरो उत्रिएको छ। सरकारका यी काम प्रशंसनीय छन्; जसको भारी प्रशंसा भइरहेको छ। सरकारले के बिर्सन हुँदैन भने भ्रष्टाचारविरुद्धका यी कामलाई बलियो कानुनको बलियो समर्थन चाहिन्छ, ती कानुन संसद्मा थन्किएका छन् । संसद् मिटरब्याजीविरुद्धको कानुन पनि पारित गर्न तयार छैन भन्ने प्रमुख प्रतिपक्षले प्रस्ट पारिसकेको छ । ती कानुन शिघ्रातिशिघ्र पारित र प्रभावकारी कार्यान्वयन आजको प्राथमिकताको विषय हो ।
खाद्य अधिकारको सुनिश्चितता
जङ्गली युगमा मानिस भोक मेटाउन सिकार गर्थे। समयको परिवर्तनसँगै मानिसले खेती गरी अन्न उत्पादन गर्न सिके। अहिले मानिसहरू यही अन्नका लागि खेतबारीमा पसिना बगाउँदै छन्। मानव जीवनका लागि उपभोग गर्न मिल्ने धान, मकै, गहुँ, कोदो, फापर आदि खाद्य खेतबारीबाट उत्पादन हुने गर्छ। यस्ता खाद्यभित्र प्रशोधित, अर्धप्रशोधित वा अप्रशोधित मानव उपभोग्य खाद्यवस्तु पर्छ। मानिसको श्रम, सिप, प्रविधि, औजार, मल, बिउ तथा सिँचाइको उचित प्रयोग गरेर देशमा रहेका
कांग्रेस रूपान्तरणमा चासो
हिजो साउन ६ गते नेपाली कांग्रेसका संस्थापक महामानव बिपी कोइरालाको स्मृति दिवस मनाइयो। आज नेपाल कम्युनिस्ट पार्टीका समादरणीय नेता पुष्पलाल श्रेष्ठको स्मृति दिवस हो। आजका मितिसम्म कांग्रेस पार्टी र कम्युनिस्ट पार्टी सबैले आआफ्ना नेताले निर्धारण गरेको मार्गमा हिँडिरहेको दाबा गर्दै आएका छन्। यिनै नेताहरूका नाममा राजनीति
संयुक्त जनआन्दोलनका सिद्धान्तकार
पुष्पलाल नेपाल कम्युनिस्ट पार्टीको संस्थापक, नेपाली कम्युनिस्ट आन्दोलनका अथक क्रान्तिकारी योद्धा र संयुक्त जनआन्दोलनको सिद्धान्तकार हुनुहुन्छ। आजभन्दा ७४ वर्षपहिले अर्थात् विक्रम संवत् २००६ वैशाख १० (सन् १९४९ अप्रिल २२) का दिन भारतको कलकत्तामा एक बङ्गालको घरमा कमरेड पुष्पलालको नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टी स्थापना गरिएको थियो। नेपाल कम्युनिस्ट पार्टीका अन्य संस्थापक सदस्यमा निरञ्जनगोविन्द वैद्य, रामविलास जोशी र नरबहादुर कर्माचार्य हुनुहुन्छ। पार्टी स्थापनाको सुरुमै कमरेड पुष्पलाललाई नेपाल कम्युनिस्ट पार्टीको महासचिवमा निर्वाचित गरिएको थियो। त्यसैले कमरेड पुष्पलाल नेपाल क
कांग्रेस, बिपी सपना र जनअपेक्षा
नेपालको राजनीतिमा पछिल्लो समय विभिन्न ढङ्गबाट राजनीतिक छाल तरङ्गित भइरहेका छन्। फेद र टुप्पोबिनै जनतामा भ्रम छर्ने गलत राजनीतिक अभ्यास गर्ने क्रम पनि बढ्दो छ। पुराना राजनीतिक शक्तिलाई गाली गरेर कुनै ठोस योजना र लक्ष्यबिनाका युवा र नयाँ तथा वैकल्पिक शक्तिको नाममा उदाएका केही व्यक्तिको उग्रता पनि अशोभनीय छ। राजनीति सबै नीतिको मूल नीति हो। यो भावनाका छालमा लहरित भएर किनारा पुग्ने विषय पनि होइन। कुशल राजनीतिज्ञमा योजना हुनु पर्छ, विचार हुनु पर्छ र सबैभन्दा बढी जनअपेक्षीय चाहनालाई फत्ते गर्ने हुटहुटी। त्यस्तो पार्टीका रूपमा नेपाली जनतामाझ नेपाली कांग्रेस छ। कांग्रेसको जिरह सधैँ जनताको पक्षमा काम गर्नु हो। मुलुकमा प्रजातन्त्र ल्याएर जनताका लागि जनताले नै शास
साहित्यमा विश्वेश्वर, राजनीतिमा बिपी
विश्वेश्वरप्रसाद कोइराला (१९७१ भदौ २४) यो धर्तीमा आएको पनि १०८ वर्ष पुगिसकेको छ। आफ्नो ६८ वर्षको आयु नेपाल र नेपालीका लागि सुम्पेर २०३९ साल साउन ५ गते यो धराबाट बिदा लिनुभएका बिपीबारे अनगिन्ती लेखिए। उहाँको बहुआयामिक व्यक्तित्व र साहित्यिक पाटो तथा राजनीतिको यात्राबारे गहन अध्ययन अनुसन्धान भएका छन्। भइरहेका छन्। बिपीको व्यक्तित्व र कृतित्वको अनेक आयाममा १९ जना विद्वान्ले विद्यावारिधि गरिसकेका छन् भने स्नातकोत्तर तह र दर्शनाचार्य तहमा गरेर करिब पाँच सय जना अनुसन्धाताले शोध गरिसकेका छन्।
आदिवासी जनजाति मन्त्रालय किन ?
‘आज’ भनेको आदिवासी जनजातिको सङ्क्षिप्त रूप हो। नेपाली कांग्रेस सम्बद्ध भातृसंस्था नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घले यही असार १५ र १६ गते पार्टी केन्द्रीय कार्यालय सानेपामा राष्ट्रिय प्रशिक्षण कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा १७ बुँदे घोषणापत्र जारी गर्दै कांग्रेसलाई आदिवासी जनजाति समुदाय र यहाँका नयाँ पुस्तासँग जोड्न विविध माग अघि सार्दै जनजाति मन्त्रालय स्थापनाको माग पनि समेटेको छ। महासङ्घले भनेको छ–आदिवासी जनजातिको समग्र विकास गरी समृद्ध मुलुक बनाउनका लागि आदिवासी जनजाति मन्त्रालय स्थापनाको माग गर्छ।
लोक सांस्कृतिक पहिचान बोकेको गल्कोट
बागलुङ जिल्लाको गल्कोट सुपरिचित ठाउँ हो। ऐतिहासिक, सामाजिक एवं भौगोलिक हिसाबले यो ठाउँले महत्व राख्छ। मध्य पहाडी राजमार्गले गल्कोटलाई छिचोली पश्चिमतर्फ जाने भएकाले रुकुम, रोल्पातर्फ ओहोर दोहोर गर्न यहाँबाट सहज भएको यहाँका स्थानीय बताउँछन्। गल्कोट हटियाको बि एन्ड बि होटेलको आफ्नै पहिचान रहेछ। केही समयअघि अधिवक्ता कृष्ण शर्मा, महेन्द्र लम्साल र पक्तिकारसमेत करिब एक साता जति त्यहाँ बस्ने अवसर जुटेको थियो। यो अवसर जुटाइदिने गल्कोट नगरपालिका परिवार तथा उपमेयर फमलाल न्याउरेलाई धन्यवाद दिनै पर्छ। सन्दर्भ थियो, नगरपालिकाको न्यायिक समितिको क्षमता अभिवृद्धिसँग सम्बन्धित प्रशिक्षण कार्यक्रम र हामीहरू प्रशिक्षकको हैसियतमा नगरपालिकाको आमन्त्रणमा त्यहाँ पुगेका थियौँ।
जेठो दलको जेठै अभ्यास
झन्डै एक वर्षपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बसेको छ। गत मङ्सिरमा सम्पन्न संसदीय निर्वाचनपछिको परिवेशबारे छलफल गर्न समेत बैठक राखिएको थिएन। त्यसयता लामो समय विभिन्न कारणले कार्यसमिति बैठक बसेको थिएन। गएको मङ्गलबारबाट सुरु भएको कार्यसमिति बैठकले नेपाली राजनीतिक क्षितिजमा नयाँ अभ्यासको थालनी गरेको छ। अहिले कांग्रेसको बैठक फेसबुकमार्फत प्रत्यक्ष प्रसारण भइरहेको छ। नेताहरू आफ्ना धारणा व्यक्त गर्दै हुनुहुन्छ। सबैले आ
विपत् व्यवस्थापनमा सहकार्य
प्राकृतिक रूपमा आउने विपत्को यकिन आकलन गर्न सकिँदैन। यसको समय, स्थान र जोखिमको मात्राको समेत यकिन गर्न सकिँदैन। स्थान विशेषको भौगोलिक अवस्थिति, प्राकृतिक वा अप्राकृतिक परिवेश र विपत्का घटनाले गराएको अनुभवका आधारमा आउन सक्ने विपत्को केही अनुमान गर्न सकिने हुन्छ। स्थानीय भौगोलिक अवस्थिति र हिजोको अनुभवसमेतका आधारमा स्थान विशेषमा आउन सक्ने प्राकृतिक वा गैरप्राकृतिक विपत्को अनुमान गर्न सकिने हुन्छ। विपत्को समयमै उचित
विकास नीतिमा फेरबदल
अङ्ग्रेजीमा सङ्क्षेपमा ‘आर एन्ड डी’ भनिने अनुसन्धान र विकासलाई धेरै देशले उच्च महìव मात्र दिएका छैनन्, यसको अङ्गीकार गरेर उच्च सफलता पनि पाएका छन्। यो विषय हाम्रो सन्दर्भमा निकै ओझेलमा परेको छ। यो क्षेत्रमा एकाध संस्थाको स्थापना र केही प्रयास नभएका भने होइनन् तर राजनीतिक नेतृत्वमा रहेको बुझाइको कमी र अनुसन्धानलाई आत्मसात् गर्न नसक्ने कर्मचारीतन्त्रको चङ्गुलमा परेर प्रभावकारी तवरमा अघि बढ्न सकेको पाइँदैन। यसको पछिल्लो उदाहरण
अन्धविश्वासको पीडा
आजको युग विज्ञान र प्रविधिको हो। हरेक समस्या समाधानका लागि आजभोलि वैज्ञानिकता प्रयोग गरिन्छ। आजको युगको मानिसले आफ्नो मस्तिष्कको यति विकास गरिसकेको छ कि चन्द्रमामा आफ्नो अन्तिम स्टेसन बनाउँदै छ। जहाँ विज्ञान हरेक क्षेत्रमा व्याप्त छ तर व्यक्ति र समाज अन्धविश्वास, सङ्कीर्णता, रूढिवादिता तथा पूर्वाग्रहबाट लिप्त छ।
मुलुक निर्माणका पिल्लर
समृद्ध मुलुक निर्माणको अभियान राज्यको पहिलो प्राथमिकता हो। विकास निर्माणको मेरुदण्डका रूपमा रहेको प्राविधिक जनशक्ति इन्जिनियरको सङ्ख्या, अवस्था, मनोबल, योगदान र भविष्य कस्तो छ भन्ने विषय पनि आफैँमा महत्वपूर्ण हो। छाता सङ्गठनको रूपमा रहेको पेसागत सङ्गठन इन्जिनियर्स एसोसियसन र नियमनकारी निकायका रूपमा रहेको नेपाल इन्जिनियरिङ परिषद्लाई आमइन्जिनियरले आफ्नो मातृसंस्था र अभिभावकको रूपमा लिएका छन्। विश्वको कुनै पनि कुनाबाट दीक्षित भएको भए पनि नेपालमा पेसागत रूपमा संलग्न परिषद्मा विधिवत् दर्ता हुनुपर्ने कानुनी प्रावधान छ। पेसागत रूपमा कार्यसम्पादन ग
युवाको पहिचान सुरक्षा
आजको राष्ट्रिय स्वार्थ नेपालको विकास हो। विकासको अपरिहार्य तत्व भनेकै युवा जनशक्ति हो। त्यसो त पैसाबिना विकासको अर्थ हुन्न। देशमा सक्रिय जनशक्ति भएन भने विकास ठप्प हुन्छ । हामीले लोकतन्त्र ल्याउनुभन्दा पहिला पञ्चायती राजनीतिक व्यवस्था बेहो-यौँ। राजनीतिक रूपमा निरङ्कुश भए पनि त्यो समाज आफ्नो लयमा जीवित थियो। गाउँघर रमाइलो थियो किनकि गाउँघर युवाले भरिपूर्ण हुन्थ्यो। अहिलेको नेपाली समाज हिजोको तुलनामा उन्नत स्तरमा विकसित भए
महिलामा राजनीतिक चेतना
लामो समय नेपालको शासन व्यवस्थामा केन्द्रीकृत प्रणाली रहेको सर्वविदितै छ। अधिराज्यको संविधान २०४७ संसदीय प्रणाली भने पनि “हामीबाट प्रयोग भई आएको राजकीयसत्ताको प्रयोग गरिबक्सी मन्त्रिपरिषद्को सल्लाह र सम्मति अनुसार हामी श्री ५ महाराजाधिराज वीरेन्द्र वीर विक्रम शाहदेवबाट यो नेपाल अधिराज्यको संविधानको घोषणा गरी लागू गरिबक्सेका छौँ” राजाद्वारा घोषित संविधानमा राजापछि राजाको जेठो छोरो उत्तराधिकारी हुने त छँदै छ र राजपरिषद्मा पनि पदेन सदस्य रहने भएपछि वर्ग, जाति, क्षेत्र र लिङ्गको प्रतिनिधित्व आकाशको फल आँखा तरि मर नै हुने नै भो ।
इच्छाशक्तिको खाँचो
गुरुकुलीय शिक्षा पद्धतिबाट आधुनिक विद्यालय शिक्षामा रूपान्तरण भएको १७० वर्ष पुगेको छ। थापाथली दरबारको दाखचोकबाट सुरु भएको आधुनिक विद्यालयको यात्रा अहिले ३६ हजार ३२ वटा विद्यालयमा आएर अडिएको छ। गत वर्ष एक हजार ६६४ नयाँ विद्यालय थपिएकाले यस वर्ष पनि थप नहोलान् भन्न सकिँदैन। देशभर ४० हजार ६६५ वटा प्रारम्भिक बालकक्षा तथा पूर्वप्राथमिक कक्षा सञ्चालित छन्। विद्यालय तहमा यतिका संस्था स्थापना भए पनि समस्या सधैँ उही। सधैँ पुगेन। सधैँ भएन। सधैँ घिटिघिटी। सुधारका लागि भनेर आयोग गठन ग-यो। योजना निर्माण ग-यो। नीति बनायो। समस्या ज्युँका त्युँ।
संसदीय मर्यादाको बहस
नेपालको समसामयिक राजनीति गत हप्ता निकै गर्मागर्मी अवस्थामा रह्यो। प्रधानमन्त्रीको अभिव्यक्तिलाई लिएर प्रमुख प्रतिपक्षले संसद् अवरुद्ध गर्दै राजीनामासमेत माग्यो। संसद् अवरुद्ध गरेर प्रधानमन्त्रीको राजीनामा माग गरेको प्रतिपक्षले संसदीय मर्यादा र प्रतिपक्षको भूमिकामा भने चुक्यो। राष्ट्रिय राजनीति र सत्ता साझेदारीको जोडघटाउमा तलमाथि भएपछि संसद् अवरुद्ध गरेर आफ्ना मागको सम्बोधन गर्ने तरिका नेकपा एमालेको नौलो होइन। यहाँ बहस यो बिन्दुमा केन्द्रित छ कि जननिर्वाचित सर्वोच्च अङ्ग संसद् अवरुद्ध गरेर संसदीय मर्यादाको वकालत गर्ने नैतिकता चाहिँ प्रतिपक्षलाई कहाँबाट प्राप्त हुन्छ। सङ्घीय संसद्को बैठक च
वृद्धवृद्धाका मानसिक स्वास्थ्य
‘शारीरिक, मानसिक तथा सामाजिक तवरले स्वस्थ रहनु’ भनेर विश्व स्वास्थ्य सङ्गठनले स्वास्थ्यको परिभाषा गरेको छ। शारीरिक स्वास्थ्यबारे जताततै कुरा गरिए पनि मानसिक स्वास्थ्यको बारेमा त्यति साह्रो चर्चा हुने गरेको पाइँदैन। त्यसमा पनि ज्येष्ठ नागरिकको मनोविज्ञानको कुरा त धेरै परको विषयको रूपमा हेर्ने गरिन्छ। मनोविज्ञानका विभिन्न शाखामध्ये ज्येष्ठ नागरिक मनोविज्ञान अर्थात् ‘जेरो साइकोलोजी’ पनि मनोविज्ञानको एक शाखा हो, जसले वृद्धवृद्धा तथा वयस्कको मानसिक अवस्था तथा समस्या (चिन्ता, उदासीनता, डर, अनिद्रा आदि) को मनोवैज्ञानिक पद्धतिद्वारा समाधान गर्न मद्दत गर्छ।
महिला आन्दोलनमा सीताको मूल्यवत्ता
नेपाली महिला आन्दोलनको इतिहासमा दसवर्षे जनयुद्धको मूल्यवत्ता अतुल्य छ। जनयुद्धमा हजारौँको सङ्ख्यामा महिला सहभागिता र उनीहरूले गरेका सङ्घर्ष/मोर्चाबन्दी युद्ध तथा सामाजिक परिवर्तनमा सीताले निर्वाह गरेको भूमिकाले सो कुरा पुष्टि गर्छ। तिनै लाखौँ महिलामध्ये अग्रणी नेतृ हुन् – सीता। महिलाले ‘ब्याटलमा’ मोर्चा कसेर युद्ध गरेका छन् – जनयुद्धमा। हजारौँ महिलाले सहादत प्राप्त गरेका छन्। त्यस्तै हजारौँले जेलनेल, यातना भोगेका छन्।
महिला अधिकारका मुद्दा
समाज पुरुषप्रधान भएकाले महिला नारीको स्थान पुरुषपछि नै छ। परिवारमा प्रत्येक निर्णयमा पुरुषकै प्रमुख भूमिका हुन्छ। यति बेला समाज निकै परिवर्तन भइसकेको छ। अब त हाम्रो समाजको सोचमा पनि निकै परिवर्तन आइसकेको छ। महिलाले परिवारमा अग्रणी भूमिका निर्वाह गरिरहेका छन्। परिवारमा हुने प्रत्येक निर्णयमा महिला र पुरुष दुवैको समान भूमिका हुन्छ। केही अपवादबाहेक समाज आधुनिक भइसकेको छ। कानुनले पनि महिला र पुरुषलाई समान हकअधिकार दिएको छ। शिक्षा, स्वास्थ्य, राजनीतिक, सामाजिक आदि सबै क्षेत्रमा दुवैको समान अवसर छ। रोजगारको क्षेत्रमा पनि महिलालाई विशेष अवसर प्रदान गरिएको छ।
आदर्श सारथिको अवसान
मुलुकले एक उदाहरणीय नारी योद्धा गुमाएको छ। हारमा नआत्तिन र जितमा नमात्तिन हौसला बढाउने महिला नेतृ मुलुकले सायदै मात्र पाउँछ। सधैँ देश र पार्टीको पक्षमा दृढ भएर उभिन प्रण गर्ने मात्र होइन, अरूलाई पनि पे्ररणा दिने माओवादी नेतृ सीता दाहालले हामीलाई सदाका लागि छाडेर जानुभयो। उहाँको पार्थिव शरीरले यो धर्ती छोडेपछि उहाँले दिएका योगदानको विभिन्न कोणबाट बहस र चर्चा–परिचर्चा भइरहेको छ। रामायणकालीन जानकीको नाम रहेको सीताको नाम, काम र विचारसँग झन्डै मेल खाने उहाँको भद्र, शान्त, शालीन, सरल र स्पष्ट स्वभावले पनि उहाँलाई यो उचाइमा पु¥याएको हो। शारीरिक अवस्थाले साथ नदिएपछि सीताले सन् २०२१ मा भारतमा, २०२० मा अमेरिकामा र जुन, २०१८ मा सिङ्गापुरमा उपचार गराउनुभएको थियो। लामो समयदेखि स्वदेशमै उपचार भइरहे पनि अन्ततः उहाँले मृ
लघुवित्तको रूपान्तरण
गरिब र विपन्नलाई बिनाधितो कर्जा उपलब्ध गराई गरिबी निवारणमा ठोस योगदान गर्ने उद्देश्यले लघुवित्त वित्तीय संस्था सञ्चालनमा ल्याइएको हो। बङ्गलादेशको ग्रामीण बैङ्कको अवधारणा अनुसार सञ्चालित यस्ता संस्थाको गरिबी न्यूनीकरणमा महìवपूर्ण योगदान रहेको अनुमान छ। तथापि पछिल्लो समय यी संस्थाका बारेमा दुई प्रकारको बहस हुने गरेको छ। पहिलो, लघुवित्तको ऋण महँगो भयो र दोस्रो, ऋणको सदुपयोग हुन सकेन। यस्ता बहसले स्थान पाउनुमा केही अन्तरनिहित कारण छन्।