सम्मान संस्कृतिको अपेक्षा
अपमानजनक व्यवहार, आफ्नो स्वार्थ समूहमा नरहेको आधारमा अरूलाई होच्याउने, गाली गर्ने, झुटो आरोप लगाउने, खिसी गर्ने, धम्की दिने जस्ता घृणायुक्त मानव अधिकारविरुद्धको कार्य हो । पछिल्लो समयमा उच्च राजनीतिक नेतृत्वमा समेत यस्तो व्यवहारले प्रश्रय पाउँदै गएको पाइन्छ । राज्यको जिम्मेवार राजनीतिक, प्रशासनिक पदमा बसेर यस्तो व्यवहार प्रदर्शन गर्नु आफैँमा एउटा दुःखद अवस्था हो । नेतृत्वको घृणायुक्त अभिव्यक्तिले जागिरे जीवनमा खल्लो, कमजोर र नमिठो बनाइदिन्छ । कति गाह्रो हुन्छ इच्छा विपरीत आदेशको पालना र निर्देशनात्मक मार्गमा हिँड्न ? सङ्गठनमा कार्यस्थलको स्वच्छ वातावरण, समानता, समता, उत्प्रेरणा, मनोबल, रमाइलो कार्यवातावरण, सहयोगी वातावरण हाकिमको भूमिका जहिले पनि रोल मोडल बनी, नेतृत्वले मार्गदर्शन गर्छ ।
आन्तरिक लोकतन्त्रको क्षयीकरण
देशको राजनीतिक उद्देश्य प्राप्तिका लागि नागरिकले राजनीतिक दल निर्माण गरेका हुन् । दलहरूले आफ्नो राजनीतिक दर्शन, विचारधारा, कार्यक्रम र आफूले प्रतिनिधित्व गर्ने वर्गको उद्देश्य पूरा गर्न राजनीतिक प्रतिस्पर्धा गर्दछन् । दलहरूको मूल काम मत र विचार सङ्ग्रह गर्ने, वैकल्पिक नीति प्रस्तुत गर्ने र राजनीतिक नियुक्ति गर्ने हो । यसका लागि दलहरू स्वयम्मा आन्तरिक लोकतन्त्रान्त्रिक अभ्यास कति सफल छ, कति पारदर्शी र उत्तरदायी छ भन्ने कुरामा विशेष ध्यान दिनु पर्छ ।
सुशासनको नारा र व्यवहार
शासनका क्रममा सरकारले राख्ने विभिन्न अभीष्टमध्ये ‘सुशासन’ एक प्रमुख हो । सुशासनबिना सरकारको स्थायित्व कायम हुन नसक्ने भएकाले हरेक सरकारले यो अभिष्ट राख्ने गरेको हुन्छ । सरकारका नीति, योजना, कार्यक्रममा सुशासनको प्रतिबद्धता आउने गर्छ । प्रतिबद्धता अनुरूप कार्य उपलब्धिबाट जनतालाई सुशासनको अनुभूति गराउने प्रयास गरिएको हुन्छ । आफ्ना नारा, घोषणापत्र, आवधिक कार्यक्रम र सो अनुरूपको व्यवहारबाट सरकारले आफ्नो उपस्थितिको औचित्य पुष्टि गर्ने प्रयास गरिरहेको हुन्छ । जनताले शासकसँग निरन्तर सुशासनको अपेक्षा गरिरहेको हुन्छ ।
राष्ट्रपतिको हत्यारा लुकेको घर
अमेरिकाको टेक्सस राज्यको एउटा ठुलो सहर– डालस । अग्ला अग्ला भवनहरू, मिलेको सडक, बाक्लो गाडीहरूको ओहोरदोहोर अनि पातलो मान्छेको हिँडाइ । २०२२ फेब्रुअरी १० तारिखको दिन । हामीहरू त्यहाँ पुग्दा दिनको ३ बजेको छ । हामीहरू तीन जना छौँ । श्रीमती भगवती, बहिनी वीना र म । हाम्रो गन्तव्य छ– तिनै अग्ला भवनमध्ये एउटा भवनको भुइँतला । त्यो भुइँतलाको पसल धनी हुन्– मोहन ज्ञवाली । हामीहरू तीन जना तिनै मोहनजीको निमन्त्रणामा त्यहाँ पुगेका छौँ । उनले मलाई फोनमा भनेका थिए–
युवा शक्ति सुदृढीकरण
भनिन्छ, युवा राष्ट्रका गहना, भविष्यका कर्णधार र उन्नतिका नायक हुन् । उत्साहका परिचायक हुन् । राष्ट्र निर्माणका प्रमुख स्रोत हुन् । राष्ट्रका अमूल्य नीधि हुन् । परिवर्तनका संवाहक र विकासका उत्प्रेरक हुन् । कुनै पनि राष्ट्र कति विकसित, सम्पन्न र शक्तिशाली छ भन्ने कुराको मापन गर्ने एक विश्वासिलो र भरपर्दो सूचक त्यस देशका युवाको क्रियाशीलता, लगनशीलता, मेहनत, अनुशासन र उत्पादनशीलतालाई मान्न सकिन्छ तर नेपाली समाजमा युवाशक्तिको सही पहिचान हुन सकेन, युवाको क्षमताको सदुपयोग हुन सकेन । राष्ट्रले युवाका लागि सही कार्यदिशा र नीति तर्जुमा गरी लागु गर्न सकेन भने व्यक्ति, समाज, राष्ट्र अनि विश्वलाई नै दुर्भाग्य हुन सक्छ । कुनै पनि देशको राजनीतिक, आर्थिक, सामाजिक, सांस्कृतिकलगायत क्षेत्रमा युगान्तकारी परिवर्तन गर्ने सवालमा युवाको भूमिका सदैव अग्रणी रहँदै आएको विगतका इतिहासले पुष्टि गर्छ । चाहे त्यो इतिहास विश्वका हुन् वा नेपालका ।
मानवमैत्री संरक्षण
बाघको सङ्ख्या बढ्दै गएको र बाघ दोब्बर गर्ने लक्ष्य नेपालले बेलैमा पूरा गरिसकेको प्रसङ्ग गौरवपूर्वक उल्लेख गरेर देशैभर विश्व बाघ दिवस (साउन १४ गते) मनाएको १० दिन पनि नबित्दै साउन २१ गते चितवनको खैरहनीमा मानव बस्तीमा बाघ छिरेर ३५ वर्षीय अनिल तामाङलाई मा-यो । बाघ दिवसभन्दा एक साताअघि साउन ८ गते दिउँसो चितवनको कोटेनीमा माछा मार्न गएका २६ वर्षीय आशबहादुर बोटेलाई बाघले आक्रमण गर्दा उहाँको घटनास्थलमै ज्यान गयो ।
नयराज पन्तलाई सम्झँदा
साउन २६ गते नयराज पन्त सम्झने दिनसमेत हो । विसं १९७० साउन २६ गते उहाँको जन्म काठमाडौँको महाबौद्धमा भएको थियो । नयराज नेपालको इतिहास, ज्यौतिष एवं गणितशास्त्रका विद्वान् हुनुहुन्थ्यो । यी क्षेत्रहरूबाहेक संस्कृत भाषा, व्याकरण र नेपाली कविताको क्षेत्रमा पनि उहाँको राम्रैसँग कलम चलेको देखिन्छ । नयराजका अध्ययन/अनुसन्धानका विशेष क्षेत्र इतिहास र ज्यौतिष दुवै रहे । इतिहासका कुरालाई ज्यौतिषीय तिथिमितिका माध्यमले प्रमाणित गरी देखाउनु उहाँको विशेषता देखिन्छ ।
सन्त तुलसी दास र रामचरितमानस
सन्त तुलसी दासको देहावसान भएको चार सय वर्ष पूरा भयो । सन्तको मृत्यु संवत् १६८० साउन कृष्ण तृतीया शनिबार काशीको असिघाटमा भएको मानिन्छ । कसैले श्रावण शुक्ल सप्तमीलाई पनि मानेका छन् । उनको जन्म संवत् १५५४ श्रावण शुक्ल सप्तमीको दिन भएको मानिन्छ । अतः सन्तले १२६ वर्षको लामो जीवनयापन गरेको देखिन्छ । सायद भगवा
कहाँ छैन चुनौती ?
नेपाली मिडियामा पछिल्ला दिनमा मुलुकको भविष्यबारे राम्रै बहस थालिएको छ । मुलुक बनाउने दायित्वबाट सम्बद्ध पक्ष चुकेकै हो त ? जिज्ञासा स्वाभाविक हो । खास गरी मुलुकको पछिल्लो अवस्था कहालीलाग्दो रहेको भन्दै देशमा बस्नै नसकिने अवस्थाको चित्रण पनि कतिपयले गर्ने गरेका छन् । निराशावादी पक्षले उठाएका प्रश्न र गरिएको चित्रणले मुलुक समाप्तै हुन लागेको पो हो कि भन्ने आशङ्का बढाउनु स्वाभाविक हो । वास्तविकता फरक छ, मुलुकमा केही वर्षयता अभूतपूर्व परिवर्तन भएका छ
लैङ्गिक उत्तरदायी बजेट
आर्थिक, सामाजिक र सांस्कृतिक लाभका दृष्टिमा पछि परेका वर्ग तथा सम्प्रदायलाई बजेट तथा कार्यक्रमका माध्यमबाट अवसर उपलब्ध गराउन सामाजिक समावेशितामुखी बजेटले प्राथमिकता पाएको हो । नेपालमा पनि नवौँ योजनाले लिएको मूलप्रवाहीकरणको रणनीतिले लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण (जेसी) लाई सामाजिक न्याय हेर्ने संयन्त्रको रूपमा अपनायो ।
औद्योगिक विकासमा फड्को
यो वर्ष सोभियत सङ्घ र नेपालबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ६७ औँ वर्ष पुग्यो । राष्ट्रमा यससम्बन्धी कुनै चर्चा सुनिएन; न त गन्यमान्य, परराष्ट्र र दूतावासहरूले व्यक्त गरेका बधाई र शुभकामना पढ्न पाइयो । १९५७ जुलाई २० को दौत्य सम्बन्ध स्थापनाको दिन त्यो समय थियो; जुन बेला अक्टोबर क्रान्ति, त्यसपछिका गृह र विश्वयुद्ध झेल्दै समाजवादी निर्माणको चार दशकपछि सोभियत सङ्घ विकासको शिखरमा पुगेको थियो र अन्तरिक्षमा उड्न तयार थियो । यो दौत्य सम्ब
संसद्को गरिमा
विसं २००७ मा प्रजातन्त्रको प्राप्तिसँगै तत्कालीन राजा त्रिभुवनले संविधान सभामार्फत जनताका प्रतिनिधिले बनाएको संविधान अनुसार देशको शासन व्यवस्था सञ्चालन गर्ने घोषणा गरेका थिए । सो कार्य इतिहासको लामो कालखण्डपछि नेकपा माओवादी र सात राजनीतिक दलबिच सहमतिका आधारमा भएका विभिन्न राजनीतिक आन्दोलन, वार्ता र सहमतिपछि मात्र सम्भव भयो । २८ चैत, २०६४ मा संविधान सभाको पहिलो चुनाव भयो । १५ जेठ, २०६५ मा संविधान सभाको पहिलो बैठक बस्यो ।
शिक्षणमा डिजिटल रूपान्तरण
विश्वमा विज्ञान र प्रविधिको विकाससँगसँगै प्राविधिक विकास र सामाजिक आवश्यकता अनुरूप शिक्षा क्षेत्रमा पनि महत्वपूर्ण परिवर्तन भएका छन् । परम्परागत दूर शिक्षा, जुन कुनै बेला हुलाक सेवा, रेडियो, टेलिभिजन, चिठीपत्र वा अन्य कुनै छापिएका अध्ययन सामग्रीमा पूर्ण रूपमा निर्भर थियो । अध्ययन सामग्री प्राप्त गर्न महिनौँ कुर्नु पर्दथ्यो । त्यो स्थिति आज छैन । डिजिटल रूपान्तरणले शिक्षाको क्षेत्रमा गहिरो प्रभाव पार्नुका साथै शिक्षण सिकाइका तरिकामा क्रान्ति ल्याएको छ । आजको
बालविवाहरहित समाज निर्माण
विभिन्न अभियान चल्दाचल्दै पनि नेपालमा बालविवाहले सामाजिक समस्याको रूपमा निरन्तरता पाइरहेको छ । यसलाई हिंसा शृङ्खलाको सुरुवाती बिन्दुको रूपमा पनि लिने गरिन्छ । राष्ट्रिय मानव अधिकार आयोगले नेपालमा २५ प्रतिशतभन्दा बढी बालबालिका बालविवाहको जोखिममा रहेको जनाएको छ । बालविवाह गरेका बालबालिका विवाहयोग्य उमेर पुग्दानपुग्दै सम्बन्ध विच्छेद गर्ने, बहुविवाह गर्ने, अपाङ्गता भएका बालबालिका जन्माउने, स्वास्थ्य जोखिममा रहने, जीवनोपयोगी सिपको अभाव, अधुरो शिक्षा, आर्थिक उपार्जनमा दक्षता नहुनेलगायत यावत् विषयले गर्दा अनेकौँ समस्या झेल्नुपर्ने अवस्थामा पुगेका हुन्छन् ।
सामाजिक सञ्जालको नियमन
फेसबुक प्रयोग गरी विचार वा मत सर्भेक्षण जस्ता कार्य सम्भव हुन्छन् । भाइबर, ह्वाट्सएप, फेसबुकमा समूह बनाएर अन्तर्क्रिया सम्भव हुन्छ । जुम बैठक, गुगलमिट जस्ता भर्चुअल मिटिङका प्लेटफर्म वा ट्रेड टक जस्ता युट्युब सामग्री उपयोगी हुन्छन् । छोटो छोटो प्रवचनसहितका भिडियो वा नाचगानदेखि भजन वा शारीरिक अभ्यास एवं जीवनदर्शनका विषय पनि टिकटकबाट सुन्न र देख्न पाइन्छ ।
एआई वरदान कि अभिशाप ?
विज्ञान र प्रविधिको नवीनतम उपहारका रूपमा आएको क्रित्रिम बौद्धिकता (एआई) प्रविधि अहिले सर्वत्र चासो र चिन्ताको विषय बनेको छ । मानिसका लागि एआई प्रविधि वरदान हुन्छ कि अभिशाप ? विश्वभर विभिन्न कोणबाट विमर्श हुँदै छ । एकथरीले एआईका कारण भविष्यमा करोडौँ मानिसले रोजगारी गुमाउने मात्र होइन, मानव सभ्यतासमेत ध्वस्त हुने बताउँछन् भने अर्काथरीले यसलाई मानवहितमा प्रयोग गरे मानव जीवनलाई अहिलेको भन्दा थप उन्नत, सुखी, शान्त र समृद्ध बनाउन सकिने तर्क गर्छन् ।
नजिकको सिक्किम, टाढाको फिजी
नेपाललाई पहिले फिजीकरण गर्ने र त्यसपछि सिक्किमीकरण गर्ने गुरुयोजना अनुसार काम भइरहेको छ– यस्तो आवाज केही वर्षयता सडक र सदन दुवैतिरबाट सुनिंँदै आएको हो । बोल्ने यतैका पात्र हुन्, सुनाउने यिनै वरिपरिका सञ्चारमाध्यम हुन् । राष्ट्रियता सबै नेपालीको सरोकारको विषय भयो । नागरिकता स्वतः जोडिएर आउने पक्ष हुने गरेको छ ।
सार्वजनिक प्रशासनमा वार्ता
दुई वा दुईभन्दा बढी व्यक्ति, समूह, सङ्गठन तथा निकायबिचमा कुनै उद्देश्य प्राप्तिका लागि वार्ता गरिन्छ । वार्ताको प्रमुख उद्देश्य मतभेद, अस्पष्टता, मुठभेड, हिंसा, युद्ध र तिरस्कारलाई रोकी शक्ति, सिर्जना, विकास, सद्भाव, शान्ति र सशक्तीकरणमा परिवर्तन गर्नु तथा नवीन नीति योजनाको प्रारम्भ गर्नु हो । त्यस्तै, प्रजातान्त्रिक मूल्य मान्यता अनुरूप शासन सञ्चालन गर्न, विश्वव्यापीकरणलाई आत्मसाथ गर्न, वैदेशिक सहयोगको उपयोग गर्न, आपसी विश्वास तथा सहयोगात्मक सम्बन्ध अभिवृद्धि गर्न सार्वजनिक प्रशासनमा वार्ता तथा सम्झौताको आवश्यकता पर्दछ ।
नागढुङ्गा सुरुङ छिचोलिँदा
२०८० साउन २२ (७ अगस्ट २०२३) गते नागढुङ्गा सुरुङ हुँदै ताजा हावा वारपार भयो। नेपालले जापान सरकारको सहयोगमा पहाडी क्षेत्रमा सवारीसाधन सञ्चालनका लागि सुरुङ मार्ग निर्माण गरिरहेको छ। यस कठिन आयोजनामा जापानका कम्पनीहरूले धेरै नेपालीसँग मिलेर हरेक दिन कडा मेहनत गरिरहेका छन्। यस चुनौतीपूर्ण आयोजनामा जापानले निरन्तर योगदान गरिरहेकामा नेपालका लागि जापानको राजदूतका हैसियतमा म ज्यादै खुसी छु।
साइबर अपराध र सुरक्षा कानुन
अपराध समाजको सहज व्यवहार भएकाले प्रत्येक समाजको यो जन्मजात तत्व हो। समाजका विभिन्न सामाजिक समूहबिचको परस्परविरोधी चाहनाले द्वन्द्वको उठान गर्छ र अन्ततः आपराधिक वारदात घटित हुन्छन्। औद्योगिकीकरण, सहरीकरण र विज्ञान तथा प्रविधिको क्षेत्रमा भएको विकासले अपराधको प्रकृति र क्षेत्र समयको अन्तरालसँगै परिवर्तन भएको छ। अर्को शब्दमा अपराध विभिन्न सामाजिक–आर्थिक तत्वहरूको एउटा उपउत्पादन हो; जुन समाजको सामाजिक, राजनीतिक र आर्थिक रूपान्तरणसँगै परिवर्तन हुन्छ। प्रविधिको उन्नतिसँगै हिंसा र अपराधको प्रकृतिमा समेत उछाल जस्तै आइरहेछ। विश्वव्यापी रूपमा निरन्तर
आर्थिक स्थिरताको चाहना
देश राजनीतिक रूपमा अस्तव्यस्त, कुशासन र भ्रष्टाचारबाट मुक्त हुन नसक्दा गरिबी, बेरोजगारी, विकृति र विसङ्गति बढेर जनतामा थप निराशा पैदा हुने गर्छ। विशेषतः युवा वर्ग आफ्नो सुखद र सुनिश्चित भविष्य देख्न नसक्दा विदेश पलायन हुने दर दिनप्रतिदिन बढ्दै गइरहेको छ। त्यसैले राजनीतिक स्थिरता र सुशासन कायम गर्दै आमजनतालाई साथमा लिई औद्योगीकरणको अभियान चलाएर रोजगारी सिर्जना गर्नु आजको प्रमुख दायित्व र आवश्यकता हो।
अझै अस्तित्व रक्षाको चुनौती
आजको युग एक्काइसौँ शताब्दीको हो। यस युगमा नारी रमाउँदै गरेका छन्। उनीहरूले विचार र परिवारलाई चुनौती दिँदै जिम्मेवारी बोध गरेका छन्। विगतमा समय र परिस्थिति फरक थियो। जुन समयमा घर र परिवारको रेखदेख, लालनपालन, खानपान, घरायसी व्यवहार मिलाउनु नै उनीहरूको दैनिकी थियो। अझ पतिलाई पति परमेश्वरको दर्जामा राख्दै उनीहरूको लामो आयुको कामना गर्दै व्रत बस्ने मात्र होइन, ईश्वरसँग पतिको सुस्वास्थ्यको कामना पनि गर्दथे।
लिम्बुवानको अस्तित्व
विसं १८३१ साउन २२ गते गोर्खाली राजा पृथ्वीनारायण शाहसँग तत्कालीन लिम्बुवानसँग भएको तहसिल सन्धिमार्फत लिम्बुवान नेपालमा आएको हो । यो वास्तविकतालाई आजको जटिल भू–राजनीतिले कसरी सम्बोधन गर्छ यी प्रश्नको उत्तर आउन जरुरी छ । प्रदेश १ मा कोशी नामकरणको व्यापक विरोध भइरहेको सन्दर्भमा हडतालको नाममा बेमौसमको बाँसुरी राष्ट्रिय जनमुक्ति पार्टीसहितको (७ घटक) ले किन बजाइरहेछ यसको जवाफ खोज्न जरुरी छ ।
बढ्दो तापक्रमको दुष्प्रभाव
नेपालमा यो वर्ष बढ्दो तापक्रमले सर्वोच्च शिखर सगरमाथाको काखमा रहेका नाम्चे (सोलुखुम्बु) देखि सम्पूर्ण तराई क्षेत्रमा बसोबास गर्ने स्थानीय हतप्रभ भएका छन् । सामान्यतया औसत रूपमा यस नाम्चे क्षेत्रमा ४/५ डिग्री सेल्सियस तापक्रम रहने गरेकोमा २६ जेठमा १५.२ डिग्री मापन गरिएको छ । त्यसै गरी हिमालपारिको जिल्ला जोमसोम (मुस्ताङ) मा पनि अधिकातम तापक्रम १९.२ डिग्रीबाट उक्लेर जेठ २६ गते २३.८ डिग्रीमा पुगेको छ । माथि उल्लिखित मितिमा मनसुनको मौसम प्रारम्भ भई जलवायुजन्य गतिविधि क्रमशः बढेर वर्षा हुनुपर्नेमा निस्क्रिय भइदिनाले मोरङदेखि बाँके जिल्लासम्म लु (तातो हावा) ले तराईवासी आक्रान्त छन् । मौसम तथा जलवायु विभागका अनुसार १८ जेठमा गौर (रौतहट) को अधिकतम तापक्रम ४३.८ रेकर्ड गरियो । हिमाल, पहाड र तराईमा यसरी तापक्रम ह्वात्त बढ्नाले हामीले अनेकौँ समस्या भोग्नुपर्ने कटु यथार्थलाई गम्भीरतापूर्वक मूल्याङ्कन गर्नु समयानुकूल हुने छ ।