न्यायालय सुधार्ने अवसर
डोटीको सिलगढीमा २०१६ असोज २० मा जन्मनुभएको विश्वम्भरप्रसाद श्रेष्ठ यही भदौ ४ गते ३० औँ प्रधान न्यायाधीश नियुक्त हुनुभयो । नेपालको न्यायालयलाई निष्ठाबद्ध बनाई इतिहास रच्ने अवसर उहाँलाई प्राप्त भएको छ । शाखा अधिकृतबाट सेवा सुरु गरेका श्रेष्ठले जिल्ला, पुनरावेदन अदालतको न्यायाधीश, मुख्य न्यायाधीश हुँदै सर्वोच्च अदालतको न्यायाधीश भएकै समयमा तत्कालीन प्रधान न्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्ध सर्वोच्च अदालतका न्यायाधीशबाट भएको इजलास बहिष्कारमा अन्य न्यायाधीश जस्तै सामेल हुने अवसर पनि मिल्यो । न्यायालयमा बेथिति, भ्रष्टाचार छ भनेर
असल संसदीय अभ्यास
जनसरोकार, जनजीविका एवं सार्वजनिक महत्त्वका विषयमा घनीभूत छलफल हुने सार्वभौम संसद् अन्ततः खुलेको छ । सुन प्रकरणबारे उच्चस्तरीय छानबिन समितिको माग गर्दै प्रमुख प्रतिपक्षी नेकपा (एमाले) ले झन्डै महिना दिन संसद् चल्न दिएको थिएन । राजस्व अनुसन्धान विभाग र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले गरिरहेको अनुसन्धानलाई पारदर्शी र विश्वसनीय बनाएर जानुपर्ने पक्षमा सत्तारूढ गठबन्धन थियो र छ । सत्तापक्ष र प्रतिपक्षले आ–आफ्नो अडानलाई प्रतिष्ठाको लडाइँ बनाउँदा सार्वभौम संसद् दलहरूको दास र बन्धक बनेको थियो तर संवादबाट अब समाधान निस्किएको छ ।
सीमा विवादनेहरू, गुजराल र मोदी डक्ट्रिन
नेपालको भू–राजनीतिले देशको वैदेशिक नीतिमा प्रभाव पारेको देखिन्छ । संसारका कुनै पनि देशको विदेश नीतिको महत्वपूर्ण कारक तत्व त्यस देशको भौगोलिक अवस्थामा देखा परेको छ । युरोपमा पोल्यान्डदेखि मध्यपूर्व हुँदै एसियाका देश मुख्यतः नेपालसम्मका कुनै पनि मुलुकको विदेशी नीति र राष्ट्रिय अस्तित्वको प्रश्न यहाँको भौगोलिक अवस्थितिले निश्चित गरेको पाइन्छ । केवल कोरियाको विभाजनमा मात्र तत्कालीन समयमा जर्मनीको पनि विभाजन त्यहीँ तत्वको निर्णायक भूमिकामा देखिन्छ । भारतीय उपमहाद्वीपमा पाकिस्तानको विभाजन पनि भौगोलिक अवस्थाको उपज हो । तिब्बत र सिक्किमको राष्ट्रियताको लोप हुनु र भुटानको स्वतन्त्रता नि
जनवादी गायक जेबी टुहुरेको स्मरण
‘आमा, दिदी, बहिनी हो कति बस्छौ दासी भई सुखको सधैँ प्यासी बनेर...’ यो गीत गएपछि जेबी टुहुरे अर्थात् जीतबहादुर खड्गीको चर्चा चुलियो । उनको यो गीत कालजयी बन्यो । यो गीतले तत्कालीन पञ्चायती शासनविरुद्ध डटेर लाग्न परिवर्तन, चेतना र जगरणको राँको सल्कायो । आमा, दिदी, बहिनीहरू चुलोचौका, घाँसदाउरा, मेलापात, र पानी पँधेरामा मात्र सीमित हुनु हुँदैन अन्याय, असमानताका विरुद्ध जाग्नु पर्छ भन्ने सन्देश यो गीतले फैलायो । पञ्चहरूको जगजगी चलेका बेला यस्ता गीत उतिबेलाको रेडियो नेपालमा रेकर्ड हुँदैनथे, बजाइँदैनथे । निरङ्कुश र जहानियाँ शासनकाविरुद्ध क्रा
कार्बनशून्य प्रतिबद्धतामा विकसित राष्ट्र उदासीन
गएको जुलाई ४ मा पृथ्वीको अहिलेसम्मकै सबैभन्दा बढी औसत तापक्रम १७.१८ डिग्री सेल्सियस रेकर्ड गरिएको छ । अत्यधिक गर्मीका कारण मेक्सिकोमा सयभन्दा बढी नागरिकको हालसालै मृत्यु भयो । भारतको विहारमा एक महिनाअघि अत्यधिक गर्मीसँग सम्बन्धित रोगका कारण करिब ४४ जनाको मृत्यु भयो । क्यानडाको ब्रिटिस कोलम्बियामा करिब दुई महिनाअघि लागेको वन डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन, जसले अमेरिकाको भर्जिनिया राज्य बराबरको वनलाई सखाप
महिला हिंसा न्यूनीकरणका उपाय
विश्व स्वास्थ्य सङ्गठनका अनुसार महिलाविरुद्ध हुने शारीरिक, मनोवैज्ञानिक, यौन र मानसिक हिंसालाई महिला हिंसा भनेर बुझिन्छ । महिला भएकै आधारमा कानुनी अधिकारको उपभोगमा भेदभाव गर्ने, शारीरिक र मानसिक पीडा दिने, महिलाको आत्मसम्मानमा आँच आउने सबै प्रकारका अपमानित र विभेदपूर्ण व्यवहार नै महिलाविरुद्ध हुने हिंसाका स्वरूप हुन् । जस अन्तर्गत चेतावनी/धम्की, घरेलु हिंसा, साइबर अपराध, आत्महत्या दुरुत्साहन, कर्तव्य ज्यान (हत्या), जबरजस्ती करणी (ब
समाजवादको गन्तव्यहीन यात्रा
राजनीतिक क्रान्ति समयले ल्याउँदो रहेछ । रहरले होइन रहेछ । नेता पनि समयले जन्मँदो रहेछ, रहरले होइन रहेछ । अब अकल्पनीय क्रान्ति जन्मँदै छ । नेपालको राजनीतिक, आर्थिक, सामाजिक र न्यायिक समाजले त्यस्तो बोध गराउँदै छ । जताततै जाततन्त्र, धर्मतन्त्र, प्रशासनतन्त्र, राजनीतिकतन्त्र, अपराधतन्त्र मौलाएको देखिन्छ । ठुला परिवर्तन भए । नैतिक परिवर्तन भएन । सायद हाम्रो संरचना कमजोर छ । प्रजातन्त्रले सही समाजवादी बाटो समातेको भए सम्भवत राजनीतिक अपराध र सामाजिक विसङ्गति देखा पर्ने थिएन । बहुभाषी समाज विभेदपूर्ण छ । प्रत्येक दिनको राजनीतिक झगडा, नाफा नोक्सानको
गौरा पर्वको महत्व
नेपाल बहुजातीय, बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्य हो । सगरमाथाको नामले विश्वमा परिचित पूर्वमेचीदेखि पश्चिम महाकालीसम्म फैलिएको नेपालको मुख्य भाषा नेपाली हो । नेपालमा बोलिने सबै भाषा, धर्म र संस्कृतिका आआफ्नै विशेषता रहेका छन् । सयौँ थुँगा फूलका हामी, रङ्गी विरङ्गी अर्थात् विभिन्न भाषा, संस्कृति र धर्मले अनेकतामा एकताको सन्देश प्रवाह गरेको छ । हिन्दुहरूको जनसङ्ख्या सबैभन्दा बढी रहेको हाम्रो देश विभिन्न संस्कृतिको सन्देशले धर्म नैतिकता र विश्वासमा अडिएको छ । कला, धर्म, संस्कृति, संस्कारले मुलुकको समृद्धिमा हाम्रो धार्मिक रीतिरिवाजले झन टेवा पु-याएको छ । संस्कृति संस्कारको धनी सुदूरपश्चिम प्रदेशको गौरा (गोःरा) पर्वले पनि भाइचारा र विश्वासको वातावरण सिर्जनामा महìवपूर्ण भूमिका निर्वाह गरेको पाइन्छ ।
नोटबन्दीको बहस
सञ्चालनमा रहेका पुराना मुद्रालाई हटाएर नयाँ मुद्रा चलन चल्तीमा ल्याउने कार्यलाई नोटबन्दी भनिन्छ । मूलतः यो प्रक्रियामा सञ्चालनमा आएका ठुला दरका नोटलाई प्रतिबन्ध गरिन्छ र कुनै निश्चित समयभित्र बैङ्कलाई पुराना नोट दिएर नयाँ नोट लिन सरकार अथवा केन्द्रीय बैङ्कले सूचना जारी गरेको हुन्छ । कसैले तोकिएको समयसीमाभित्र नोट सटही गर्दैन भने त्यस्ता नोट अवैध हुन्छन् र चलन चल्तीमा आउन सक्दैनन् ।
कीटनाशकको जोखिम
हिजोआज खेतीपातीमा रासायनिक मल तथा कीटनाशक प्रयोग सामान्य बन्दै गएको छ । रासायनिक कीटनाशकको प्रयोगले धेरै समस्या ल्याउँछ । त्यो मानिसको स्वास्थ्य, माटो र पर्यावरण सबैका लागि जोखिम बन्दै गएको छ । रासायनिक कीटनाशकले मानिसको स्वास्थ्यमा भयङ्कर ठुलो नकारात्मक प्रभाव पार्ने कुरा पटक पटक प्रमाणित भएको छ । त्यस्ता घातक कीटनाशकले श्वासप्रश्वासमा ठुलो कठिनाइ उत्पन्न हुने, क्यान्सर जस्तो घातक रोग लाग्ने र निरन्तर थकाइ लागिरहने जस्ता बिमारीले आक्रान्त पार्ने कुरा लामो अनुभव सम्हालेका विभिन्न देशका ज्ञाता चिकित्सक, कृषिविज्ञ तथा वातावरणा विज्ञहरूले बताउँदै आएका छन् ।
विकासशील भएपछिका चुनौती
सन् १९७१ मा अति कम विकसित राष्ट्रमा सूचीकृत नेपाललाई संयुक्त राष्ट्रसङ्घको ७६ औँ महासभाले मध्यम आय भएको विकासशील देशमा स्तरोन्नति गर्ने प्रस्ताव पारित गरेको छ । सङ्घको विकास समितिले सन् २०२६ सम्ममा नेपालसँगै बङ्गलादेश, कम्बोडिया र लायोसलाई पनि विकासशील देशमा स्तरोन्नति गर्ने समय सीमा तोकेको छ । अल्पविकसित देशबाट विकासशील देशमा स्तरोन्नतिका लागि प्रति व्यक्ति आय अमेरिकी डलर १२३० हुनुपर्ने, मानवपुँजी सूचकाङ्क न्यूनतम ६६ अङ्कभन्दा बढी हुनुपर्ने र आर्थिक र वातावरणीय जोखिम सूचाकाङ्कमा ३२ अङ्कभन्दा कम भएको हुनुपर्ने तीन सर्त छन् ।
म त राजा जयपृथ्वीवादी !
शीर्षकमा राजा जोडिएको देख्ना साथ तपाईंको मनमा कस्तो विचार आउँछ ? जनभावना बुझेको, व्यक्तिको क्षमता र उत्कृष्टताभन्दा वंश र धर्मको वर्चस्वमा विश्वास गर्ने, राज्य सत्ताको आसपास रहेर धन र पद आर्जन गर्ने आदि इत्यादि । कुनै एक वंशको जेठो या माइलो छोरो सधैँ राष्ट्र प्रमुख हुन योग्य हुँदैन भन्ने हाम्रै इतिहासले देखाएको छ । नेपालमा निरङ्कुशता, जाति, वर्ग र लिङ्गको विभेदको प्रतीकका रूपमा रहेको राणा शासन र राजतन्त्र जनता जागरूक भएपछि टिकेन तर आज पनि हरेक बझाङीले एक राजालाई आफ्नो हृदयको गद्दीमा श्रद्धा भावका साथ सदाका लागि विराजमान गराएका छन् । ती हुन् राजा जयपृथ्वीबहादुर सिंह ।
चन्द्रमामा शक्ति राष्ट्रको प्रतिस्पर्धा
चन्द्रमामा शक्ति राष्ट्रहरूबिच प्रतिस्पर्धा बढेको छ । अमेरिका, रुस, चीन र भारतले चन्द्रमामा आफ्नो प्रभाव बढाउन अभियान नै चलाएका छन् । चन्द्र अभियान सफल भएमा निकट भविष्यमा त्यहाँ मानव बस्ती बसाल्ने परिकल्पना गरिएको छ । यसका लागि महìवाकाङ्क्षी अभियानमा अगाडि सार्दै अर्बौं डलर खर्च गरिएको छ । झन्डै आधा शताब्दीपछि रुसले चन्द्रमाको दक्षिणी ध्रुवमा सफ्ट ल्यान्डिङ गर्ने पहिलो देश बन्ने उद्देश्यसहित अगस्ट १२ मा चन्द्र मिसन लुना–२५ प्रक्षेपण गरेको थियो ।
बीज वनस्पति पूजनको पर्व
सुदूरपश्चिम प्रान्त जल, जमिन र जङ्गलको धनी क्षेत्र मानिन्छ । प्रत्येक महिना जसो नवीन संस्कृति बोकेको यो प्रान्तमा अहिले पनि कैयौँ संस्कृति ओझेलमा परेका छन् । यहाँको संस्कृति आफैँमा विशाल र मननीय छ, अनुसन्धानयोग्य छ । संस्कृति र सभ्यताका अनुयायीले यसबारे जान्नु जरुरी छ । गौरा पर्व र विसुपर्वका बारे जिज्ञासुले केही जानकारी पाएका छन् । माँगल, भस्सो, हुड्केली, भारत, भारीखेल, रनपुतला चाँभाई आदिका बारे जानकारी पाएका छैनन् ।
मिलन नेपालीको खोजी
विसं २०५२ देखि चलेको एक दशक लामो सशस्त्र द्वन्द्वका क्रममा द्वन्द्वरत पक्ष र सरकार पक्षबाट सयौँ नेपाली बेपत्ता पारिए । सशस्त्र द्वन्द्वको घानमा कैयौँ सर्वसाधारण हताहती भए । त्यति बेला भएको घटनाकै कारण विश्वमा बेपत्ता पार्ने र अपहरण हुने राष्ट्रहरूको सूचीमा नेपाल पनि अग्रपङ्क्तिमा दर्ज हुन पुग्यो । हालसम्म पनि द्वन्द्वको घाउ निको हुन सकिरहेको छैन । यही घटनामा बेपत्ता पारिएकामध्ये एक असल सञ्चारकर्मी हुनुहुन्छ – मिलन नेपाली ।
बौद्धिक भ्रष्टाचारका पाटाहरू
व्यक्तिगत हित वा स्वार्थ पूर्तिका लागि सार्वजनिक ओहोदा वा पद, स्रोत वा सम्पत्तिको हानि नोक्सानी गर्नु तथा आफूलाई प्राप्त अधिकारको दुरुपयोग गर्नु भ्रष्टाचार हो । यसलाई व्यक्तिगत फाइदाका लागि गरिने राज्यविरुद्धको अपराध तथा सार्वजनिक पदाधिकारीको अनैतिक व्यवहार वा क्रियाकलापको रूपमा लिने गरिन्छ । सार्वजनिक जीवनमा स्वीकृत मूल्यमान्यताविरुद्धको आचरणको रूपमा रहेको भ्रष्टाचार नीतिगत, प्रक्रियागत, संस्थागत र व्यक्तिगत स्वरूपको बारेमा चर्चा गर्ने गरिए तापनि भ्रष्टाचारको मूल जडको रूपमा रहेको बौद्धिकताको प्रयोग गरी गरिने राज्यविरुद्धको आर्थिक तथा सामाजिक अपराधको चर्चा सार्वजनि
कार्य संस्कृति विकासको आवश्यकता
अचेल समाज परिवर्तनका नाममा आफ्नो काम गर्ने संस्कार पनि परिवर्तन हुन थालेको छ । आफ्नो काम आफैँ गर्दा सानो भइन्छ कि भन्ने आडम्बरभित्र समाज घेरिएको जस्तो आभास हुन थालेको छ । भाषण, मन्तव्य तथा विश्लेषण ठुल्ठुलो तहकाले गर्ने तर सानो पनि काम नगर्ने पद्धतिको अभ्यास समाजभित्र भइरहेको छ । जसको कारणले समाजले मुलुकको आर्थिक विकासमा दिनुपर्ने योगदानमा असर परिरहेको छ । पछिल्ला दिनमा नेपाली समाज अति सामान्य काम कुरामा समेत परनिर्भर बन्दै गएको छ । नीतिनिर्माण तहमा बसेका अधिकारीदेखि राजनेताले कुरा गर्दा मुलुकलाई समृद्ध बनाउने, उत्पादन बढाउने र निर्यात गर्दै मुलुक
नेतृत्व सङ्कट टार्ने हो भने...
नेतृत्वका बारेमा बुझाइ आआफ्ना होलान् तर समाज विज्ञानका दार्शनिक कार्ल माक्र्सले भने झैँ “म केही हैन तर म हरेक चिज हुँ” भन्ने उत्प्रेरक भनाइले नेतृत्वका बारेमा सङ्केत गर्छ । हरेक समय नेतृत्वले म सबथोक हुँ भन्यो भने ऊ आफू पनि सकियो, समाज पनि ध्वस्त बनाउँछ । खासखास बेलामा अर्थात् सङ्कटका बेलामा म केही पनि हैन भन्यो भने पनि समाज ध्वस्त हुनबाट कसैले बचाउन सक्दैन, त्यति बेला म सबथोक हुँ भन्न सक्नु पर्छ । नेतृत्वका बारेमा कार्ल माक्र्सको यो भनाइले राजनीतिक नेतृत्वलाई परिआएका बेला बलिदान गर्न र जोखिम मोल्न तयार हुने चरित्र नै नेतृत्वको चरित्र हो, त्यसमा पनि राजनीतिक नेतृत्वको अनिवार्य चरित्र
जनअधिकार कुण्ठित पार्ने चेष्टा
संसदीय लोकतान्त्रिक शासन प्रणाली भनेको जनताको मतले छानिएका प्रतिनिधिले गर्ने शासन व्यवस्था हो । यो व्यवस्थामा संसद्को स्थान सर्वोपरि हुन्छ । संसद्ले नै सरकार निर्माण गर्छ । त्यो सरकार संसद्प्रति उत्तरदायी हुनु पर्छ । प्रजातन्त्र या लोकतन्त्रको आधारभूत संस्था भनेको नै जनताले चुनेको संसद् हो, जसले बनाउने कानुनका आधारमा राज्य सञ्चालन हुन्छ ।
स्थानीय तहको जिम्मेवारी
सङ्घीय व्यवस्थाको आधारस्तम्भका रूपमा रहेको स्थानीय तहलाई नेपालको संविधानको धारा ५९, ६०, २२८, २२९ र २३० अनुसार धेरै हदसम्म वित्तीय स्वायत्तता दिइएको छ । कानुन, नीति, मापदण्ड, बजेट तथा कार्यव्रmम बनाउने, खर्च गर्ने, वित्तीय जवाफदेहिता र उत्तरदायित्व बहन गर्ने अधिकार स्थानीय तहले पाएको छ । त्यस्तै आफ्नो अधिकार क्षेत्रभित्रका करका दर र दायराको सम्बन्धमा निर्णय गर्ने सर्वाधिकारसमेत स्थानीय तहमा निहित छ ।
विकासमा युवा
दार्शनिक लेनिनले भनेका छन्, “मलाई युवाको एक पुस्ता देऊ ! म संसारलाई नै रूपान्तरण गरिदिन्छु ।” युवा भनेको एक अजय शक्ति हो । युवा नवीन रचनालाई जन्म दिन सक्छन् अनि विश्वमा नै युगीन परिवर्तनको बिगुल फुक्न सक्छन् । युवा त्यस्तो ज्वार हो, जसले राष्ट्र र राष्ट्रियताका लागि भगीरथ तपस्या गर्न सक्छन् अनि विकास र परिवर्तनका लागि दरिलो र भरिलो आधार स्तम्भ बन्न सक्छन् । कुनै पनि देशको मेरुदण्ड भनेको युवा शक्ति हो । विश्वका अनेकौँ मुलुकको राजनीतिक, आर्थिक तथा सामाजिक परिवर्तन युवा शक्तिबाट नै भएको कुरा सर्वविदितै छ । युवा राष्ट्रिय विकासका प्रमुख मानव स्रोत र साधन भएकाले युवाको समुचित विकास नभई देशको विकास असम्भव छ । मानव जीवनकै सर्वाधिक ऊर्जाशील समयका रूपमा युवा अवस्थालाई लिइन्छ । युवाको अ
संसद् सञ्चालनका सकस
सत्ता पक्ष र प्रतिपक्षबिचको टकरावले करिब एक महिनादेखि संसद् निरन्तर अवरुद्ध छ । त्रिभुवन विमानस्थलको भन्सारबाट बाहिरिएको सुन प्रकरणमा सत्ता पक्षले उच्चस्तरीय छानबिन समिति गठन गर्न आनाकानी गर्नु र प्रतिपक्षले आफ्नै अडानमा निरन्तर संसद् अवरुद्व गर्नु दुवै कदम उपयुक्त मान्न सकिँदैन । प्रकरणभित्र जेलिएका सत्ता पक्ष हुन कि प्रतिपक्ष सबैको निष्पक्ष छानबिन हुनु पर्छ, यो अनिवार्य पनि छ तर सरकार र प्रमुख प्रतिपक्षको आ–आफ्नै अकर्मण्यताले जनप्रतिनिधिमूलक अङ्ग संसद् राजनीतिको चक्रव्यूहमा फस्न पुगेको छ ।
निरन्तर ज्ञानको खोजी
जीवन दुई तरिकाले बाँच्न सकिँदो रहेछ । एक, केवल बाँच्नु । सास फेरेर मात्रै बाँच्नु । दोस्रो, केवल सास मात्रै नफेरेर सार्थक जीवन बाँच्नु । आजको दुनियाँमा प्रायःजसो मान्छे केवल सास फेरेर बाँच्नेहरू मात्रै देखिन्छन्, जो आफ्नो जीवन समाप्त भएसँगै सम्झन लायक पनि रहँदैनन् तर यही दुनियाँमा यदाकदा त्यस्तो मान्छे पनि जन्मन्छन् जो बाँचुञ्जेल सार्थक जीवन बाँच्छन् र मृत्युपश्चात् पनि आफ्नो नाम अमर पारेर जान्छन् ।
स्वार्थको द्वन्द्वमा सङ्घीय शिक्षा ऐन
‘सङ्घीय शिक्षा ऐन सुरुमा जस्तो थियो, फर्किएर आउँदा कैयौँ विषय त विल्कुल उल्टो, झन् नेगेटिभ भएर आएको देखियो । हामी त्यसको खोजीमा छौँ कसले यस्तो गर्यो त ? कहाँबाट, कुन ठाउँबाट यस्तो भयो त ?’ २५ साउनमा प्रधानमन्त्री तथा मन्त्रीपरिषद् सचिवालयमा मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता गर्ने कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले यसोभन्दा मन्त्रीहरू मुखामुख गरिरहेका थिए । मन्त्रीपरिषद्बाट पास भएको सङ्घीय शिक्षा विधेयकका कैयौँ विषय उल्टिएर आएको भन्दै दाहालले अरू बेला पनि मन्त्रीपरिषद्ले गरे