समाज रूपान्तरणमा शिक्षा नीति
भूमण्डलीकरणले मानव समुदायलाई चुनौतीको पहाड ठड्याइदिएको छ । बदलिँदो विश्व परिवेशमा उत्पन्न नयाँ नयाँ परिस्थिति र चुनौतीसँग जुध्न नागरिकलाई कसरी सक्षम बनाउने भन्नेमा त्यस देशको शिक्षा नीतिले अहम् भूमिका खेलेको हुन्छ । हाम्रो सोच, तयारी र लगानी बिल्कुलै उल्टो छ । हाम्रो सोचाइ र काम गराइको तरिका अनुकूल छैन । राष्ट्रिय स्वार्थभन्दा पनि व्यक्तिगत स्वार्थ र लहडका भरमा हामी नपुग्ने गन्तव्यमा हिँडिरहेका छौँ । हाम्रो शिक्षा नीति पाठ्यक्रम र सिकाइ
खाँचो कल्याणकारी राज्यको
“हामी पैताला हौँ हामी दौडमा प्रथम हुन्छौँ र हाम्रो निधारले टीका थाप्छ हामी दौडमा प्रथम हुन्छौँ र हाम्रो घाँटीले माला लाउँछ ।” (भूपि शेरचनको हामी कविताबाट)
सिँचाइ क्षेत्रका चुनौती
नेपालको आर्थिक विकास र समृद्धिका लागि मुलुकमा उपलब्ध जलस्रोतको एकीकृत विकास, बहुउपयोग, समुचित व्यवस्थापन र संरक्षण हुनु अपरिहार्य छ । जलस्रोत उपयोगको दृष्टिकोणले नेपालमा ९५ प्रतिशतभन्दा धेरै हिस्सा सिँचाइ क्षेत्रले ओगटेको छ । नेपालमा कृषि क्षेत्रले कुल गार्हस्थ उत्पादनमा लगभग एक चौथाइ योगदान पु¥याएको छ भने ६२ प्रतिशत घरपरिवार कृषक परिवार छन् । कृषियोग्य भूमिमा वर्षैभरि सिँचाइ सुविधा पु¥याई कृषि उत्पादकत्व बढाउन जरुरी छ । विसं १९८५ मा सरकारी स्तरबाट सप्तरीमा चन्द्र नहर निर्माण भएसँगै सुरुवात भएको आधुनिक सिँचाइ प्रविधि विसं २००० ति
प्रभावकारी भएनन् आयोग
मधेश प्रदेश सरकारले प्रशासनिक काममा सहजता र सुशासन कायम गर्दै सङ्घीयतालाई संस्थागत गर्ने उद्देश्यले आयोग, प्रतिष्ठानसहितका एक दर्जनभन्दा बढी सङ्घ संस्था गठन गरेका छन् । मधेश सरकारले छ वर्षको अवधिमा प्रदेश जनलोकपाल आयोग, प्रदेश लोक सेवा आयोग, नीति तथा योजना आयोग, मधेश प्रज्ञा–प्रतिष्ठान, आमसञ्चार प्राधिकरण, मधेश मिडिया काउन्सिल, चलचित्र तथा लोकसञ्चार प्रवर्धन बोर्ड, दुग्ध विकास बोर्ड, दलित विकास समिति, मधेश सहिद प्रतिष्ठान, प्रदेश अनु
श्रीअन्तुको सूर्योदय
एक निजी कार्यक्रममा सरिक हुन मोरङ पुग्नु पर्ने भयो । गत फागुन ९ गते बिहान निजी सवारीबाट बिपी राजमार्ग भएर सिन्धुलीको दुधौली हुँदै उदयपुर गाईघाटलाई पछाडि छोडेर अघि बढ्ने पक्का मात्रै भएन, सखारै घरबाट हिँडियो नै । धुलिखेल–भकुण्डेबेँसीको घुमाउरो सडक जति उता गयो, उति सर्प आकार भेटिन्छ । अग्लो–होचो डाँडाकाँडामा त घुम्ती मोड छ तर सम्म ठाउँलाई पनि यति घुमाउरो पाराले किन लगेको होला ? त्यो बाटो लागिसकेपछि सधैँ उब्जिने जिज्ञासा हो ।
पुराना कागजपत्रको मूल्य
पठनपाठनको दृष्टिले इतिहास अहिले हेयको विषय हुन पुगेको छ । १२ कक्षा पढ्ने पुस्ताले इतिहास विषय लिएर पढेको पाइँदैन । स्नातक र स्नातकोत्तर तहमा पनि विद्यार्थीको सङ्ख्या अति न्यून हुन पुगेको छ । रोजगारीमुखी शिक्षा नभएको भन्दै मानविकी तथा सामाजिकशास्त्र सङ्कायमै विद्यार्थी घट्दै जाँदा इतिहास विषय यसबाट अछुतो रहन सकेन तर इतिहास पठनको दृष्टिले रोचक र ज्ञानको दृष्टिले अत्यन्तै महत्वपूर्ण विषय हो । यसबारे स्पष्ट रूपमा बुझाउन नसक्दा र इतिहास विषय अध्ययन गर्ने विद्यार्थीका लागि रोजगारी सिर्जना गर्न नसक्दा अहिले इतिहास विषय हेयको अवस्थामा गुज्रिरहेछ । राष्ट्रिय गौरवको कसीमा यसलाई किमार्थ शुभ सङ्केत मान्न सकिन्न ।
उत्कृष्ट शिक्षण मर्यादित परीक्षा
सबैभन्दा पहिले हाम्रो शिक्षा प्रणाली कुन उद्देश्यमा आधारित छ, त्यसको अवलोकन गरौँ । हाम्रो शिक्षा प्रणालीले शैक्षिक बेरोजगार उत्पादन प्रणालीका रूपमै अहिलेसम्म निरन्तरता पाएको छ । आजभन्दा चार दशकअघि पङ्क्तिकार प्राथमिक शिक्षक भएको बेला एक जना थारू अभिभावकको मुखबाट सुनेको थिएँ :
बिस्केट जात्रा ‘रूप एक, स्वरूप अनेक’
भक्तपुर नगरपालिकाको संस्कृति र सम्पदाको केन्द्र हो– तौमढी क्षेत्र । तौमढीबाट पूर्वतर्फको भागलाई थने र पश्चिमतर्फको क्षेत्रलाई कोने भन्ने प्रचलन छ । नेपालभाषामा थनेको अर्थ माथिल्लो र कोनेको अर्थ तल्लो भन्ने हुन्छ । ल्यसीँखेलबाट नजिकै रहेको टौमढी जहाँ नेपाल अधिराज्यकै सर्वाधिक चर्चित र सबैभन्दा अग्लो न्यातपोल अर्थात् पाँचतले छाना भएको पाँचतले मन्दिर अवस्थित छ । सोही परिसरमा काशी विश्वनाथ चतुर्ब्रह्मा महाविहार (तधिछेँबहाः) तिल माधवनारायण जस्ता ऐतिहासिक धार्मिक सम्पदा छन् ।
प्रदेश स्वायत्तताको प्रश्न
‘प्रान्त’ अर्थात् हामीले अभ्यास गरिरहेको सङ्घीय गणतन्त्रभित्रको प्रदेश सरकार । जहाँ अहिले सङ्घीय सरकारमा सहभागी दलको शासन चलिरहेको छ । नागरिकलाई गणतन्त्र अनुभूत गराउँदै प्रदेश सरकारको सुशासनमार्फत लोकतन्त्र बलियो बनाउने भनेर दलहरूले ल्याएको विधिलाई चुपचाप स्वीकारिरहेका जनता दिग्भ्रमित भइरहेका छन् । कुनै बेला ‘भारतको दिल्लीमा पानी पर्दा काठमाडौँमा छाता ओढ्नेहरू छन्’ भनेर दलका नेताहरूप्रति कटाक्ष गरिन्थ्यो । अहिले नेपाली दलहरूले ‘काठमाडौँमा पानी पारे भने प्रदेशमा छाता खोज्नु पर्ने हुन्छ’ भने जस्तो भइरहेको छ । सबै प्रदेश सरकार स्थिरताका लागि अस्थिर बनाइएका छन् । उनीहरूलाई स्थिर बनाउने कानुनले हो तर प्रदेश सरकार त्यही कानुनमा राखिएको ससाना छिद्रका कारण अस्थिर देखिएको छ । अस्थिरता अन्त्यका लागि अर्को अस्थिरताको अभ्यास भइरहेको छ ।
नेतृत्वबाट दायित्वबोधको आशा
नेपाल यतिबेला निराशाको भुमरीमा रुमल्लिएको छ । राजनीतिक वृत्तमा पनि सत्तामा रहेका बाहेकमा तीव्र निराशा छ । सांसदले सदनमा बोलेकै उदाहरण लिने हो भने पनि निराशाको स्वर सुनिन्छ । स्वतन्त्र भनिएको न्याय क्षेत्र पनि उत्साहित देखिँदैन । कतिपय घटनामा न्यायपालिका कार्यपालिकाको हस्तक्षेपमा परेको भनेर पूर्वप्रधानन्यायाधीशको अभिव्यक्ति सुनिन्छ । पहिलेभन्दा अहिले न्याय क्षेत्र हरेक दृष्टिले उन्नत, छिटोछरितो र सर्वसुलभ हुनुपर्नेमा त्यसो हुन सकेको छैन । यही भएकाले हुनु पर्छ केही दिनपहिले न्यायपरिषद्सँग सम्बन्धित एक समाचारमा खराब काम गरेकाले कारबाहीमा परेर १२ जनाभन्दा बढी न्यायाधीश सेवामु
बृहत् राजनीतिक एकताको बहस
धेरै वाम चिन्तकले देखेको एउटै सपना वा चिन्ता छ, वाम वा कम्युनिस्ट जनमतको रक्षा । हामीले पछिल्लो जनमत र आममनोविज्ञानको सही विश्लेषण गर्न जरुरी छ । पछिल्लो जनमत निराशा, अविश्वास र दिशाविहीनताको सिकार बनिरहेको छ । राजनीतिको मुख्य सवाल देशलाई अहिलेको चक्रव्यूहबाट मुक्त गर्नैपर्ने छ । देशमा कसैले पनि भविष्य देखेका छैनन् र त आममान्छेहरू बिदेसिन चाहन्छन् ।
नेपाल–चीन पर्यटन सम्बन्ध
नेपाल–चीन सम्बन्ध देशको औपचारिक तथा आधुनिक स्वरूपको निर्माण हुनुभन्दा पनि हजारौँ वर्ष पुरानो हो । इतिहासले स्थापना गरेको यो सम्बन्ध वर्तमानमा पनि सोही उच्च स्थानमा विराजमान गराउनु नेपाली तथा चिनियाँ नागरिकको दायित्व हो । यो दायित्व पूरा गर्न सरकारले नेपाल–चीनबिच नयाँ पर्यटकीय सम्बन्ध स्थापना गर्नु पर्दछ । अबको भविष्य पर्यटनवाद हो । प्रेम, भ्रमण र आर्थिक उन्नतिको एकीकृत दर्शन नै पर्यटनवाद हो ।
निर्वाचननिकटको भारत
नेपालमा नयाँ वर्ष २०८१ आरम्भ भएको सातौँ दिनमा भारतमा सन् २०२४ को आमनिर्वाचन प्रारम्भ हुँदै छ । सात चरणमा हुने यो संसदीय चुनावको मतदान १ जुनमा सकिने छ । ४ जुनमा नतिजा सार्वजनिक गर्ने सूचना निर्वाचन आयोगले प्रकाशित गरेको छ । प्रमुख निर्वाचन आयुक्त राजीव कुमारले गएको चैत ३ गते चुनावी तिथिमितिलगायतका विवरण प्रेससमक्ष प्रस्तुत गरेका हुन् ।
शैक्षिक सुधारमा पाँच ‘स’
शैक्षिक क्षेत्र सुधारका लागि धेरै बजेट खर्च भइसक्यो । नयाँ नयाँ ऐननियम बने र बन्ने प्रक्रिया पनि छ तर यसको सुधार हुन सकेको छैन । त्यसैले यो क्षेत्रलाई सुधार्न पाँच ‘स’ को सूत्र यहाँ प्रस्तुत गरिएको छ । सरकारी विद्यालयमा पढाउनैपर्ने : सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर घटेको भन्ने विषयमा धेरै टीकाटिप्पणी भएका छन् । यस्तो हुनुका मुख्य कारण शिक्षक, कर्मचारी तथा नेतागणले नै आफ्ना सन्तानलाई निजी विद्यालयमा पढाउनु पनि हो । यही कुरालाई हृदयङ्गम गरी तिनका सन्तानलाई सरकारी विद्यालयमा पढाउनुपर्ने भन्ने कुरा उठेको धेरै भइसक्यो
आक्रमणपछिको मस्को रणनीति
युक्रेनसित युद्ध गरिरहेको रुस यतिखेर आतङ्कवादको चपेटामा परेको छ । कडा सुरक्षाका बिचमा पनि रुसको राजधानी मस्कोस्थित कन्सर्ट हलमा भएको आतङ्कवादी आक्रमणले रुसी अधिकारीहरूलाई चिन्तित बनाएको छ । आतङ्कवादी आक्रमणपछि मस्कोले आफ्नो सुरक्षा रणनीति परिवर्तन गर्दै आतङ्कवादीप्रति कडा रूपमा प्रस्तुत भएको छ । मस्को आक्रमणको जिम्मेवारी लिएको इस्लामिक समूह आइएस स्टेटविरुद्ध रुसले कडा कारबाही गर्ने भएको छ ।
व्यवहारमा समानुपातिक प्रणाली
संसदीय लोकतन्त्र विश्वको सबैभन्दा राम्रो व्यवस्था मानिएको छ । यसमा बढीभन्दा बढी जनप्रतिनिधिको सहभागिता हुन्छ । यसलाई समावेशीको सिद्धान्त पनि भनिन्छ । निर्वाचनको तीन वटा पद्धति हुन्छन् । एउटा प्रत्यक्ष निर्वाचन; जसमा सबभन्दा बढी मत ल्याउने विजयी हुन्छन् । अर्को मनोनयन पद्धति; जसमा राष्ट्रप्रमुखद्वारा सरकारको सिफारिसमा मनोनीत गरिन्छ । तेस्रो, समानुपातिक पद्धतिद्वारा चयन हुन्छ । समानुपातिक पद्धतिको विकास १९ औँ शताब्दीदेखि सुरु भएको हो ।
सुशासनका आयाम
शासन, सुशासन र लोकतन्त्र शब्दको प्रयोग धेरै भएको पाइन्छ । शासनलाई बुझ्ने, अभ्यास गर्ने तरिका विभिन्न समयमा पृथक् पृथक् भएको पाइन्छ । त्यसैले व्यक्ति, समूह वा समाजले यसलाई ग्रहण गर्ने, बुझ्ने शैली पनि फरक हुन्छ । राजनीतिक आस्था र सिद्धान्तका आधारमा लोकतन्त्रको व्याख्या फरक फरक तरिकाले गरे जस्तै शासकीय शैलीलाई पनि आआफ्नै प्रकारले अभ्यास गरिएको पाइन्छ । जनतामा आएको चेतनाको लहर सँगसँगै शासनलाई लोकतान्त्रिक मूल्य र मान्यतामा आधारित गराउने प्रक्रिया प्रारम्भ भएको हो । बृहत् एवं आधुनिक अर्थमा शासनलाई नागरिकले आफ्नो भविष्यको खाका आफैँ निर्धारण गर्न पाउने, आफ्नै प्रतिनिधिद्वारा शासित हुने, खुला बजार, उदारीकरण, प्रतिस्पर्धी र पारदर्शी समाज, आर्थिक, सामाजिक, राजनीतिक स्व
विकासको प्रमुख आधार
कृषि मानवको जिउने आधार हो । अन्य क्षेत्रको जतिसुकै विकास र विस्तार भए पनि कृषिलाई बेवास्ता गरियो भने यसले विकास नभएर विनास निम्त्याउँछ । नेपालमा साठी प्रतिशतभन्दा बढी मानिस कृषिमा आबद्ध छन् । प्रमुख पेसा नै कृषि भए पनि कृषि उत्पादनले हाम्रो मागलाई धान्न सकेको छैन । नेपालको संविधानमा कृषि तथा भूमिसुधारसम्बन्धी पाँच वटा नीति उल्लेख गरिएको छ, जसमा भूमिमा रहेको दोहोरो स्वामित्व अन्त्य गर्दै किसानको हितलाई ध्यानमा राखी वैज्ञानिक भूमिसुधार गर्ने । अनुपस्थित भू–स्वामित्वलाई निरुत्साहित गर्दै जग्गाको चक्लाबन्दी गरी उत्पादन र उत्पादकत्व वृद्धि गर्ने । किसानको हकहित संरक्षण र संवर्धन गर्दै कृषिको उत्पादन र उत्पादकत्व बढाउन भूउपयोग नीतिको अवलम्बन गरी भूमिको व्यवस्थापन र कृषिको व्यवसायीकरण, औद्योगिकीकरण,
सार्वजनिक प्रसारणको व्यग्र प्रतीक्षा
सार्वजनिक प्रसारणको इतिहासलाई हेर्दा सन् १९९० को दशकमा यसको प्रारम्भ भएको पाइन्छ । सार्वजनिक प्रसारणलाई जनहितकारी प्रसारण वा लोककल्याणकारी प्रसारण भनेर पनि चिनिन्छ । एउटा सार्वजनिक प्रसारण संस्था विपत्, महामारी, प्राकृतिक प्रकोप, निर्वाचन एवं सङ्कटका बेलालगायत नागरिक सरोकारका मुद्दामा जनताप्रति उत्तरदायी र स्वार्थबाट मुक्त रहन सक्ने अपेक्षा गरिन्छ । सार्वजनिक प्रसारणलाई चिनाउने नाम फरक फरक भए पनि मुख्य गरी यसको परिभाषामा स्वनियन्त्रण, निःस्वार्थ, निष्पक्ष र जनउत्तरदायी विशेषतालाई बढी जोड दिंँदै आएको पाइन्छ । सार्वजनिक प्रसारकका रूपमा विश्वमा चि
शैक्षिक क्षेत्रका चुनौती
कर्मचारीतन्त्र जस्तै शिक्षा पनि प्रक्रियामुखी र अझ भनौँ प्रचारमुखी बन्दै गएको छ । नेपालको अहिलेको शिक्षाले जीवन उपयोगी सिप सिकाउनुभन्दा बेरोजगारीको भिड उत्पादन गर्नमा बढी केन्द्रित भइरहेको प्रतीत हुन्छ । स्वदेशभन्दा विदेशलाई अनि आफ्नोभन्दा अरूको प्यारो देख्ने बनाइरहेको छ । त्यसैले आज हाम्रा गाउँघर युवाविहीन र मनावविहीन नै बन्दैछन् । विकास त गाउँमा जाँदै छ तर निर्जन बस्तीहरूमा विकास जानुको के अर्थ भो र ! यसमा कहीँ कतै शिक्षाको भूमिकाको खोजी गर्ने कि ?
अटिजम अपाङ्गता होइन
अटिजम एक अवस्था हो; जसले मानिसको व्यवहार र सञ्चारलाई असर गर्छ । अटिजम शब्द पहिलो पटक १९११ मा सुरुवात गरिएको हो । मानिसमा अटिजमका लक्षण देखा पर्न थालेपछि सन् १९४० मा डाक्टरद्वय लियो क्यानर र ह्यान्स एस्पर्जरले अटिजमलाई बुझ्न थप प्रोत्साहन गरे । विश्व अटिजम जागरुकता दिवस आधिकारिक रूपमा संयुक्त राष्ट्रसङ्घबाट सन् २००७ मा पारित भयो । अटिजम स्पेक्ट्रम डिसअर्डर (एएसडी) बारे अनुसन्धान र समर्थन गर्न, देशलाई प्रोत्साहित गर्न अप्रिल २ लाई विश्व अटिजम सचेतना दिवस मनाउन सुरु गरियो । यस वर्षको नारा ‘स्वीकारोक्ति र सशक्तताका साथ अब बाँच्ने मात्र हैन, प्रतिस्पर्धामा नै उत्रने’ भन्ने छ ।
सहकारीको इतिहास
नेपाल आधुनिक युगमा प्रवेश गरेसँगै छिमेकी र विश्वका अन्य देशमा उपयोग गरिएका सामाजिक तथा आर्थिक कार्यक्रमको अनुकरण गर्ने क्रम पनि सुरु भयो । सहकारीबारे हाम्रा छिमेकी चीन र भारतको अभ्यास चाखलाग्दो मात्रै होइन, अनुकरणीय पनि छ । चीन र भारतमा सहकारीको अभ्यास बिसाैँ शताब्दीको सुरुदेखि नै भएको हो । युरोप र अमेरिकाको अभ्यास पनि प्रेरणादायी छ । राजनीति, शिक्षा, संस्कृति, सामाजिक परिवेशका अनेक आयाममा अन्य देशमा गरिने सहकारी उपयोगका
कागजमा लैङ्गिक समानता, व्यवहारमा असमानता
नेपालको संविधानले महिला, पुरुष वा अन्य लिङ्गी भएकै कारण फरक व्यवहार हुन नहुने वा असमान व्यवहार गर्न नहुने प्रष्ट पारेको छ ।
दूषित सूचनाको परिणाम
‘सञ्चार माध्यम वा सामाजिक सञ्जालबाट जस्तो सूचना पायो त्यसैका आधारमा भोट हालेर मतदाताले आफैँलाई थप कमजोर बनाएका छन् । मतदाता प्रभावित पार्ने त्यस्ता सूचना कहाँबाट, कुन उद्देश्यले पठाइएका छन् र ती सूचनामा कसको नियन्त्रण छ भन्ने आममतदातालाई पत्तै हुँदैन ।’ आमसञ्चारका माध्यम कसरी सङ्कटमा परेका छन् भनेर अङ्ग्रेजी भाषाकी प्रसिद्ध भारतीय लेखिका अरुन्धती रायले गरेको टिप्पणीको सानो अंश हो यो । यो लेख भारतको केरला राज्यको त्रिवेन्द्रम्मा १३ डिसेम्बर २०२३ मा उनले दिएको प्रवचनमा केन्द्रित रहेर हिन्दी भाषाको म्यागेजिन समयान्तरमा प्रकाशित छ ।