निजामती सेवा: आशा र भरोसा
राज्य सञ्चालनका विविध आयामलाई व्यवस्थित रूपमा सम्बोधन गर्न निर्धारण गरिएका व्रिmयाकलाप सम्पन्न गर्ने संयन्त्र कर्मचारीतन्त्र हो । कर्मचारीतन्त्रका विविध आयामभित्र रहने निजामती कर्मचारीको कार्यप्रकृति एवं सेवा प्रवाहमा रहने विविधताका कारण निजामती सेवाले मुलुकको सेवा प्रवाहका बृहत्तर क्षेत्र समेट्ने गर्दछ । यसको कार्यसम्पादनमा देखिने उतारचढावले समग्र सरकारको समेत प्रतिनिधित्व गर्दछ । स्थायी सरकार भनिने निजामती सेवामा रहेका जनशक्ति प्रक्षेपण र प्राप्ति एवं परिचालन चुनौतीपूर्ण बन्दै गएको अवस्थामा सेवामा रहेका कर्मचारीलाई टिकाइराख्न चालिएका कदम एवं कानुनी प्रबन्धहरूमा पुनर्विचार गर्नुपर्ने आवाज उठ्न थालेको पाइन्छ । राज्यको सेवा वितरण एवं दैनिक कार्यसञ्चालनका लागि अत्यावश्यक अवयव सार्वजनिक प्रशासन हो । सार्वजनिक प्रशासनभित्रको एक सबल तìव निजामती सेवालाई गतिशील बनाई राज्यका उपलब्ध स्रोत एवं साधनको प्रभावकारी र समुचित वितरणलाई संस्थागत गरिनु जरुरी हुन्छ । निजामती सेवामा प्रवेशका बिन्दुहरू पहिल्याई निर्धारित सर्तमा प्रवेश गरेका कर्मचारीको मूल उद्देश्य राष्ट्र सेवा हो । राष्ट्र सेवाका दौरान निर्धारित सेवाको प्रत्याभूति र सुविधाको प्राप्ति नै निजामती सेवा प्रवेश र निरन्तरताको मियो हो । सार्वजनिक जीवनका आवश्यक सबै क्षेत्रको महìव समसामयिक रूपमा तल माथि हुन सक्छ । सबै क्षेत्रको संयोजनकारी माला नै सार्वजनिक जीवन हो । सार्वजनिक क्षेत्रमा समर्पित हुने जनशक्तिहरू जब सेवामा प्रवेश गर्दछन्, त्यहाँ उपलब्ध न्यूनतम सेवासुविधाका अतिरिक्त सुविधामा हुने विभेदीकरण, असमानता आदिका कारण अमूक निकाय क्षेत्रलाई उच्च स्थानमा राखी मूल्याङ्कन गर्ने, उक्त स्थान प्राप्तिको पहल गर्ने, वैध रूपमा आर्थिक पाटाहरू सबल बनाएको प्रदर्शन गर्ने आदि कारण स्थिर भइरहेका कर्मचारीको समेत सलबलाहट सुरु हुने प्रवृत्ति देखिन्छ । वृत्तिका खातिर निजामती सेवामा प्रवेश गर्ने कर्मचारीको दरबन्दीमा महिला कर्मचारीको सहभागिता उल्लेख्य मात्रामा बढेको देखिन्छ । २०७९ फागुनसम्मको तथ्याङ्कका आधारमा आर्थिक सर्वेक्षण २०७९÷८० मा उल्लेख भए अनुसार हाल निजामती सेवातर्फ सङ्घीय दरबन्दी कुल ५३ हजार ३९७ रहेकोमा प्राविधिकतर्फ ३७.१ प्रतिशत र अप्राविधिकतर्फ ६२.९ प्रतिशत रहेको छ । २०६५ असारसम्म निजामती सेवामा महिला कर्मचारीको सङ्ख्या १२ प्रतिशत रहेकोमा २०७९ फागुनसम्म २७.७ प्रतिशत पुगेको छ ।गुणस्तरीय जनशक्तिलाई मुलुकमा टिकाइराख्न खडा भएका चुनौतीका पहाडबिच पारदर्शी रूपमा प्रतिस्पर्धाबाट शिखर चुम्ने निजामती कर्मचारी समाजमा समेत आदर्श बन्नु एक अवसर हो भने छनोटका समयमा देखाउने कौशल, ज्ञान, सिपलाई कार्य तहमा उचित प्रयोग गरी सेवालाई प्रभावकारी बनाउनु चुनौतीका रूपमा लिइन्छ । निजामती कर्मचारीलाई कार्यमा खटिने निश्चित समयका अतिरिक्त बिदा, भत्ता, सुविधा, सेवाको सुरक्षा जस्ता विविध कारण हालसम्म निजामती सेवा आकर्षणको केन्द्रका रूपमा रहिआएको छ । नेपाल सरकारबाट जारी निजामती कर्मचारीको सामूहिक दुर्घटना बिमा कार्यव्रmम सञ्चालन कार्यविधि, २०७९ निजामती कर्मचारीलाई थप उत्प्रेरित बन्ने माध्यम बन्न सक्छ ।देशको प्रशासन सञ्चालन गर्ने उद्देश्यले गठित निजामती सेवालाई अन्य सरकारी सेवाहरूसंँगै अगाडि बढाउनु पनि चुनौतीपूर्ण छ । अनुशासन र विकासका अन्य आयामहरू आत्मसात् गर्ने सरकारी सेवासँंग निजामती सेवाको परिपूरकताको सम्बन्ध विकास हुन सके राष्ट्र सेवाको बृहत्तर उद्देश्य हासिल हुन सक्छ । निजामती कर्मचारीलाई भइपरि बिदा, पर्व बिदा, घर बिदा, बिरामी बिदा, प्रसूति बिदा, प्रसूति स्याहार बिदा, अध्ययन बिदा, असाधारण बिदाहरूको व्यवस्था निजामती सेवा ऐन, २०४९ ले गरेको पाइन्छ । निजामती कर्मचारीलाई अस्पतालको सुविधा, स्वास्थ्य बिमा, सञ्चयकोष सुविधा, कार्यसम्पादन दौरान दुर्घटना भएमा प्राप्त हुने सुविधा, सन्तति वृत्ति, निजामती कर्मचारीलाई प्रदान गरिने छात्रवृत्ति, वैदेशिक भ्रमणको अवसर, निजामती सेवा दिवसका अवसरमा प्रदान गरिने निजामती सेवा पुरस्कारको व्यवस्थाले निजामती सेवामा रहेको आकर्षण अद्यापि कायम छ । वैदेशिक अध्ययन एवं वैदेशिक रोजगारीमा जाने ठुलो सङ्ख्याका नेपाली युवा जनशक्तिलाई नेपालमा टिकाइराख्नु चुनौतीपूर्ण बनेको वर्तमान अवस्थामा रोजगारी सिर्जनाको एक सशक्त माध्यम निजामती सेवा पनि भएको छ । लोक सेवा आयोगको परीक्षा प्रणालीबाट छनोट भई नियुक्त हुने निजामती कर्मचारीको कार्यसम्पादनले आमनागरिकमाझ राज्यको उपस्थितिलाई प्रतिविम्बित गर्ने भएकाले सेवासुविधा प्रवर्र्धन गरी निजामती कर्मचारीको मनोबल उँचो राख्न हुँदै आएका प्रयासलाई बढाइनु जरुरी छ । नियमित रूपमा प्रशिक्षण एवं अध्ययन, अवलोकनका माध्यमबाट चुस्त प्रशासन कायम रहे सरकारका नीतिगत प्रबन्धहरू वास्तवमा कार्यान्वयन तहमा सहजै जाने हुँदा निजामती सेवालाई व्यावसयिक रूपमा विकास गर्नेतर्फ सरोकारवाला सबैले सोच्नु आवश्यक छ ।वैदेशिक अध्ययन भ्रमणमा एकै व्यक्ति समूहको निरन्तर पहुँच हुनु, सेवा समूहहरूबिच सेवासुविधामा भेद देखिनु, भौतिक स्रोतसाधनको पर्याप्तता र गुणस्तरमा विविधता कायमै रहनु जस्ता कारण अमूक सेवा समूहमा अलग्गै आकर्षणसमेत रहेको देखिन्छ । आफ्नो जीवनका ऊर्जाशील समय वृत्तिका लागि सुम्पिएका निजामती कर्मचारीले आफ्नो सम्भाव्य क्षमताको भरपूर उपयोग गर्ने नगरेको भन्ने आरोप चिर्न सबै कर्मचारीलाई थप उत्प्रेरित गरी सेवा प्रवाहमा समर्पणभाव जगाउनु चुनौतीपूर्ण छ । निजामती सेवाका कर्मचारी वृत्ति विकासभित्र व्यावसायिकता खोज्दै सक्षम प्रशासनको स्थापनाद्वारा सबल सेवा प्रवाह गर्नुपर्ने वर्तमानको थप जिम्मेवारी निर्वाह गर्न लाग्नु पर्दछ । उपलब्ध स्रोत र साधनको बुद्धिमत्तापूर्वक उपयोग गर्दै लक्ष्य प्राप्तिका लागि निर्धारित गतिविधि यथासमयमा प्रभावकारी रूपमा सम्पन्न गरिनु पर्दछ । निजामती पुरस्कारलाई आलोचनाको घेराबाट माथि उठाउन यसको वितरण प्रणाली प्रवृत्तिको समीक्षा हुनु पर्दछ । सिफारिसकर्ताका नजिकका व्यक्तिको भागबन्डा, पहुँच र निगाहबाट माथि उठी निजामती पुरस्कार प्राप्त गर्न अब्बल व्यक्तिको खोजी हुनु पर्दछ । आचरणमा भ्रष्ट कर्मचारी पुरस्कृत भएकै वर्ष भ्रष्टाचारका विवादमा संलग्न देखिनु समग्र निजामती प्रशासनकै लज्जाको विषय हो । जातीयता, क्षेत्रीयता, वर्ण, लिङ्ग, गैरव्यावसायिक सम्बन्ध जस्ता कारणबाट पुरस्कारलाई प्रभावित तुल्याइनु हुँदैन । सेवामा संलग्न व्यक्तिका नवीन अवधारणाको मूल्याङ्कन हुने गरेको सन्दर्भमा निजामती सेवामा समाहित सबै कर्मचारीले बिनाकुनै हस्तक्षेप आफ्नो अधिकार प्रयोग गर्न सक्ने वातावरण सिर्जना गरिनु पर्दछ । आफूले गर्न सक्ने निर्णय माथिल्लो तहका राजनीतिक व्यक्तित्व तहबाट अनुमोदन गराउँदा सुरक्षित भइन्छ भन्ने मानसिकताको चिरफार हुनु जरुरी छ । आफूलाई प्राप्त अधिकार प्रयोग गर्दा व्यावसायिक सुरक्षाको समेत प्रत्याभूति गरिनु पर्दछ । रिक्त पदहरूको यथासमयमा पदपूर्ति हुन सके सेवा प्रवाहलाई थप प्रभावकारी बनाउन सकिन्छ । निजामती सेवामा भएका आचरण र अनुशासनका प्रावधानको पूर्ण पालना हुन सके सक्षम र व्यावसायिक निजामती प्रशासनको स्थापना हुन सक्छ ।निजामती सेवा दिवस–२०८० समेत व्यावसायिक र सृजनशील प्रशासन विकास, समृद्धि र सुशासन भन्ने नाराका साथ मनाइँदै छ । वास्तवमा निजामतीसमेतका सार्वजनिक सेवाहरू समयानुकूल र व्यावसायिक बन्न जरुरी छ । यसमा आबद्ध जनशक्तिहरूको वृत्ति विकास र आमसेवाग्राहीलाई प्रभावकारी सेवा प्रवाहका लागिसमेत जनशक्तिहरूमा व्यावसायिकताको विकास आवश्यक छ । सृजनशीलतालाई कार्यसम्पादनसँग आबद्ध गर्ने नीति निर्माणमा योगदान गर्ने अवस्थाबाट निजामती कर्मचारी पछाडि पर्नु हँुदैन । पवित्रताको जगेर्ना गर्दै निष्ठापूर्वक जनसेवामा लाग्नुपर्ने कर्तव्य भएका निजामती कर्मचारीको सक्षमताको उपयोग गर्दै मुलुकमा समृद्धि र सुशासन कायम गराउने विषय अगाडि आउनु स्वागतयोग्य विषय हो । परिवर्तनका हिमायती, पद्धतिका पहरेदार र परिष्कृत सेवाका वाहक निजामती कर्मचारीको सेवाप्रतिको निष्ठाबाट मुलुकमा सुशासन कायम हुने विश्वास लिन सकिन्छ । निजामती सेवालाई दक्षहरूले घेरिएको प्रभावकारिता कम देखाउने सङ्गठनका रूपमा कतिपय अवस्थामा चित्रित गरिँदै आइएको पाइन्छ । मनोबल उच्च बनाउने सबालमा भएका नीतिगत एवं कानुनी प्रबन्धहरूको प्रभावकारिताप्रति दृष्टि दिँदै कर्मचारीको उत्प्रेरणाको बिन्दु उच्च राख्न सक्नु जरुरी हुन्छ । सार्वजनिक सेवाबाट जनताको अपेक्षा धेरै हुनुलाई स्वाभाविक मान्नु पर्दछ । जनसेवाको अनिवार्य निर्विकल्प संस्थागत संरचना बनेको कर्मचारीतन्त्रको प्रभावकारिताले मुलुकको सक्षमताको स्तर मापनसमेत गर्ने हुँदा यसको सबलीकरण आवश्यक छ । कर्मचारी सेवामुखीभन्दा सुविधामुखी, नतिजामुखीभन्दा प्रव्रिmयामुखी, प्रवृत्तिमुखीभन्दा पात्रमुखी रहने गर्दछन् भन्ने कर्मचारीतन्त्रउपर सधैँ लागिरहने आक्षेप मत्थर बनाउन गर्नुपर्ने कार्यको यथासमयमा पहिचान गरी प्रभावकारी कदम चालिनु पर्दछ । निजामती कर्मचारीको राष्ट्रिय पर्वका रूपमा रहेको निजामती सेवा दिवसले कर्मचारीमा ऊर्जाको सञ्चार गरी सेवा सुदृढीकरणमा प्रतिबद्धता, अपेक्षित नतिजामा दृढता, कार्यसम्पादनमा तत्परता एवं उत्सुकता जगाउन सक्नु पर्दछ ।
तीन आमाबाबुका सन्तान
सन्तान उत्पादन गर्नु सबै जीवको प्रमुख प्राकृतिक कार्य हो, जसलाई प्रजनन क्रिया भनिन्छ । जीवहरूमा दुई प्रकारका प्रजनन क्रिया पाइन्छ, भालेको शुक्राणु र पोथीको डिम्ब निषेचनपश्चात् बन्ने जाइगोटको वृद्धिबाट हुने मैथुनिक प्रजनन क्रिया र दुई प्रकारको कोषहरूको संयोजनबिना नै हुने अमैथुनिक प्रजनन क्रिया । मैथुनिक प्रजनन क्रियाका लागि दुई विपरीत लिङ्गको आवश्यक पर्छ भने अमैथुनिक प्रजनन क्रिया एक प्रकारको लिङ्गबाट नै सम्भव हुन्छ । साधारण निम्न जातिका जीव अमैथुनिक प्रजनन
जङ्गली च्याउबाट हुने मानवीय क्षति रोक्ने सूत्र
सबै च्याउ खानयोग्य हुँदैनन् । सञ्चार माध्यममा विषालु च्याउबाट मानिस बिरामी परेका र मृत्यु नै भएका समाचारले प्राथमिकताका साथ स्थान पाइरहेका छन् । पछिल्लो समयमा पाल्पा, मकवानपुर, रुकुम, दाङलगायत पहाडी जिल्लामा जङ्गली च्याउ सेवनबाट मानिस बिरामी मात्र होइन कि मृत्युसमेत भएका समाचार आइरहेका छन् । यसर्थ च्याउसम्बन्धी सचेतना फैलाउनु अपरिहार्य देखिन्छ ।
स्वास्थ्य क्षेत्रमा राणा शासनको योगदान
१९०३ को कोत पर्वपछि नेपालमा राणाहरूको औपचारिक रूपमा सुरु भएको राणा शासनका बारेमा केवल खराब, नकारात्मक र क्रूर तथा तानासाही शासक भनेर पढाइयो । राणा र शाहहरूको आपसी टकरावले पनि पाठ्यक्रममा राणा शासनका पालाका नकारात्मक कार्य र परिणामहरू मात्र उल्लेख गरेको हुन सक्छ । शाहवंशीय राजपरिवारसँग पा
स्वराज्य, द्वैतवाद र नयाँ दर्शन
के दर्शनको बहस र चिन्तन पुरानै परिवेशभित्र मात्रै गरिने विषय हुन् भनेर विचार गर्दा नयाँ परिवेश र विषय पनि बहस र चिन्तनका लागि अपरिहार्य बन्ने गर्छन् तर हामी नवीन परम्परा प्रारम्भ गर्ने मानसिकतामा नहुनु चिन्ताको विषय हो । शासकीय दर्शनका रूपमा स्वराज्य, तìव चिन्तनका रूपमा द्वैतवाद तथा नयाँ परिवेशका रूपमा शान्ति दर्शन आज बहस र चिन्तनको आधारभूमि बन्न सक्दछन् ।
जनभावनाको कदर
जनताको चाहनाविपरीत अगाडि बढेका राजनीतिक पार्टी जनताबाट पराजित हुनु पर्छ भन्ने कुरा सधैँ स्मरण गरेर देश र जनताको पक्षमा समर्पित भई काम गर्नु दल तथा नेतृत्वको प्रमुख दायित्व हो । सामान्यतया विकासोन्मुख मुलुकमा जनताले पार्टी तथा नेतृत्वलाई गरिब, श्रमिक तथा पछाडिएका वर्ग तथा क्षेत्रको पक्षमा स्पष्ट कार्यदिशासहित इमानदार भएर काम गरोस् भन्ने अपेक्षा गरिरहेका हुन्छन् । त्यसैले जनतामा पार्टी तथा नेतृत्वले राम्रो छाप पारेर काम गर्न जनताको अपमान हुने कुनै पनि गतिविधि कहिल्यै हुन दिनु हुँदैन, जनताको भावना अनुकूल समाज परिवर्तनका लागि ऐक्यबद्धता जनाएर जनतालाई साथमा लिई निरन्तर काम गर्नु पर्छ ।
कांग्रेसको आगामी यात्रा
नेपालको सबैभन्दा लामो इतिहास बोकेको लोकतान्त्रिक पार्टी नेपाली कांग्रेस अहिले चुनौतीको चाङमा उभिएको छ । गत सालको स्थानीय चुनावबाट नेपाली कांग्रेस सबैभन्दा ठुलो पार्टी बन्नुका साथै मङ्सिरमा सम्पन्न प्रतिनिधि सभा एवं प्रदेश सभा चुनावबाट नेपाली जनताले प्रतिनिधि सभामा पनि सबैभन्दा ठुलो पार्टी बनाएर पठायो । प्रदेशमा कुनै ठाउँमा ठुलो पार्टी र कुनै प्रदेशमा दोस्रो स्थानका लागि निर्णायक मत पाएको छ । अहिले कांग्रेस सङ्घीय सरकारदेखि प्रदेश सरकारमा प्रमुख सत्ता
मातृभाषा संरक्षणमा पुस्तकालय
मानिस–मानिसबिच भावना र विचार आदानप्रदान गर्न भाषाको आवश्यकता पर्दछ । बच्चाको कलिलो मस्तिष्कमा परिवार र समाजको सङ्गतले भाषा भरिँदै जान्छ । मानिसले सिक्ने सबैभन्दा पहिलो भाषा नै मातृभाषा हो, यो आमाको काखबाट नै सिकिन्छ । यसले राष्ट्रिय संस्कृतिको संरक्षण गर्दै राष्ट्रप्रेमको भावनामार्फत मानिसलाई राष्ट्रियतासँग जोड्छ । नेपाल बहुभाषिक मुलुक हो, भाषिक विविधता नै यहाँको विशिष्ट पहिचान भएकाले राष्ट्रियताको संरक्षण, संवर्धन र विकासको पक्षमा वकालत गर्नु अपरिहार्य हुन्छ ।
भ्रष्टाचार नियन्त्रणमा अख्तियार
सामान्य रूपमा भ्रष्टाचार भनेको कुनै पनि कार्य सम्पन्नताका लागि गलत नियतका साथ अवैध तरिकाबाट सेवाग्राही र सेवाप्रदायकबिच हुने नगद लेनदेनको कारोबारलाई बुझिन्छ । भ्रष्टाचार ‘भ्रष्ट’ र ‘आचार’ शब्दको मिश्रण हो, जहाँ ‘भ्रष्ट’ को अर्थ खराब र ‘आचार’ को अर्थ आचरण हुन्छ । अर्थात् भ्रष्टाचारको अर्थ खराब आचरण भन्ने बुझिन्छ । भ्रष्टाचारलाई यस वाक्यले मात्रै पुष्टि गर्न सक्दैन ।
दिगो विकासमा तथ्याङ्क प्रणाली
यही वर्षको सेप्टेम्बर १८ देखि १९ सम्म संयुक्त राज्य अमेरिकाको न्युयोर्कमा दिगो विकाससम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन हुँदै छ । नेपालका तर्फबाट प्रधानमन्त्रीले सहभागिता जनाउँदै हुनुहुन्छ । सम्मेलनमा दिगो विकास लक्ष्यका कार्यान्वयनको वर्तमान अवस्था र भावी कार्य दिशाका बारेमा छलफल हुने कार्यसूची तय छ । नेपाल विकासको यात्रामा लम्किरहेको छ । समय क्रममा उत्पन्न हुने विभिन्न बाधा अड्चन र अवरोध पन्छ्याउँदै अगाडि बढिरहेको छ । सामाजिक तथा आर्थिक क्षेत्रमा अपेक्षित सुधार नभए पनि क्रमशः सुधार
सार्वजनिक सेवा आयोगको खाँचो
नेपालमा सार्वजनिक सेवा क्षेत्रको महत्व व्यापक छ । राज्यले सार्वजनिक सेवा क्षेत्रलाई २०४७ सालदेखि प्राथमिकतामा राखेर विभिन्न योजना तथा प्रतिष्ठान विस्तार गरे पनि वास्तविक महत्वले अझैसम्म पूर्णता पाएको अनुभूति हुन सकेको छैन । विभिन्न योजना तथा आयोजनालाई विशेष महìवले नहेर्दासम्म समस्याको समाधान हुने अवस्था रहँदैन । यसको पछाडि समग्रमा कार्यरत कर्मचारीको भूमिका, कार्यरत अवस्था, प्रतिष्ठानले प्रवाह गरेको सेवा र सुविधालगायत विषयबाट मापन ग
विद्यालय शिक्षा सुधारका चुनौती
विद्यालय तहको शिक्षा प्रणालीमा व्यापक सुधार गर्नुपर्ने विषय लामो समयदेखि चर्चामा छ । देशको अस्थिर राजनीति, छिटोछिटो भइरहने सरकारको फेरबदल, विभिन्न स्वार्थ समूहबिचको टक्कर आदि कारणले कुनै पनि सरकारले दृढताका साथ प्रचलित शिक्षा प्रणालीमा ठोस परिवर्तन गर्न सकेको छैन । शिक्षा प्रणाली परिवर्तन गर्न प्रचलित नीति तथा कानुनमा संशोधन गर्नुपर्ने हुन्छ; जसका लागि राजनीतिक दलहरूबिच सहमति आवश्यक हुन्छ । अर्कोतर्फ शिक्षा प्रणाली सञ्चालन गर्न मुख्य भूमिका
जनैपूर्णिमा, क्वाँटी र रक्षाबन्धन
श्रावण शुक्लपक्ष पूर्णिमामा पर्ने यस वर्षको संस्कृत दिवस एवं जनैपूर्णिमा पर्व हाम्रो घर आँगनमा आइसकेको छ । तागाधारीले यस दिन विशेष मन्त्रण गरिएको जनै लगाउने गर्छन् । जनै धारण गर्ने मन्त्र – ‘यज्ञोपवीतं परमं पवित्रं प्रजापतेर्यत् सहजं पुरस्तात् । आयुष्यमग्य्रंप्रतिमुञ्च शुभ्रं यज्ञोपवीतं बलमस्तु तेजः’ हो । चान्द्रमान अनुसार श्रावण शुक्ल पूर्णिमालाई जनैपूर्णिमा अर्थात् श्रावणी पूर्णिमा भनिन्छ । पूर्वीय दर्शनका यजुर्वेदीका लागि यो वर्षभरिको महान् पर्व हो ।
लेखा परीक्षणको अन्तरसम्बन्ध
आर्थिक कारोबार (सार्वजनिक आय, सार्वजनिक खर्च, लगानी तथा ऋण, अन्य सरकारी कोष) र सोसँग सम्बन्धित अधिकार एवं स्रोतसाधनको प्रयोगमा विश्वसनीयता, जवाफदेहिता र अनुशासनको लेखाजोखा गर्न लेखा परीक्षणको विकास भएको हो । राज्य व्यवस्थाका सुरुदेखि नै आम्दानी खर्चको हरहिसाब राख्ने र त्यसको जाँच गर्ने काम हुन थाल्यो । मौर्य शासनकालमा आर्थिक कारोबारमा छलकपट नियन्त्रणका लागि आन्तरिक लेखा परीक्षणको विकास भएको कौटिल्यले उल्लेख गरेका छन् । कौटिल्यले लेखा राख्ने विधि र कारोबारका तथ्याङ्क विश्लेषण प्रक्रिया विकास गर्नुभएको थियो । उहाँका अनुसार शासकले पदाधिका
अपरिहार्य सङ्घीयता
राज्य सञ्चालनको शक्तिका स्रोत जनता हुन् । जनप्रतिनिधिमूलक संस्थाले जनताबाट प्राप्त यस्तो शक्तिको प्रयोग गरी शासन सञ्चालन गर्ने गर्दछन् । निर्वाचनको माध्यमबाट जनप्रतिनिधिको चयन भई जनप्रतिनिधिमूलक संस्थाको गठन हुन्छ । लोकतान्त्रिक शासन प्रणालीमा शासन नागरिकको सहभागितामा नागरिकको चाहना र मागबमोजिम जनमुखी तवरले सञ्चालन हुनु पर्दछ । यसका लागि केन्द्रमा रहेको राज्यशक्ति तथा अधिकारलाई केन्द्रीय, प्रादेशिक र स्थानीय तहका सरकारबिच बाँडफाँट गरी शासनको अभ्यास गर्न आवश्यक हुन्छ ।
उच्चस्तरीय संयन्त्रको विश्वास
सरकार भ्रष्टाचारमा शून्य सहनशीलताको नीति अनुरूप अघि बढिरहेको देखिन्छ। यसले चौतर्फी सकारात्मक सन्देश प्रवाह गरिरहेको छ। सरकारको राम्रो कामप्रति धेरैले प्रशंसा गरिरहेका छन्। उनीहरूमा विगतमा जस्तै फाइल खोलिने अनि त्यसै सेलाउने हो कि भन्ने आशङ्का भने टड्कारो रूपमा उब्जिरहेको छ। ठुला साना; जो कोही भए पनि समान रूपमा फाइल अघि बढाउनु पर्छ भन्ने आमधारणा छ। यही पृष्ठभूमिमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट छिरेको सुन राजस्व अनुसन्धान विभागले
प्रशासनिक सङ्घीयता कार्यान्वयन
राज्यशक्तिको प्रयोग बहु तहका सरकारहरूबाट गर्ने गरी व्यवस्था गरिएको राजनीतिक सङ्घीय प्रणाली हो। विविधतालाई सम्बोधन गर्न, सेवा प्रवाहलाई पूर्ण रूपमा विकेन्द्रित गरी नागरिकको घरदैलोमा पु-याउनतिर राज्य सञ्चालन प्रक्रियामा आधिकाधिक नागरिक सहभागिता प्रवर्धन गरी अपनत्व कायम गर्दै राष्ट्रिय एकता सुदृढ गर्न सङ्घीय प्रणाली अवलम्बन गर्ने गरिन्छ। नेपालको संविधानले सङ्घ, प्रदेश र स्थानीय तह गरी तीन तहका सरकार हुने र नेपालको राज्यशक्तिको प्रयोग
सङ्गठित अपराधमा नयाँ नजिर
तीस वर्षदेखि इटालीको सर्वाधिक खोजीको सूचीमा रहेको कसुरदार माटिओ मेसिना देनारोलाई सिसलीको पलेर्मो सहरको एउटा निजी क्लिनिकको बाहिरबाट पक्राउ गर्न प्रहरीले गत वर्ष सफलता पाएको थियो। देनारो माफियाको सबैभन्दा निर्दयी पुस्ताको अन्तिम ‘गडफादर’ थियो। प्रहरी कौशलको उच्च मूल्याङ्कन गर्न इटालीका प्रधानमन्त्री सिधै पलेर्मो गएर फरारी पक्राउ गर्ने राष्ट्रसेवक प्रहरीहरूका सामु शिर झुकाएर हात मिलाउनुभएको थियो। देनारोको गिरफ्तारीले इटालीवासीलाई स्तम्भित पा-यो। गिरफ्तार गरेको देख्नेहरूले हावामा हात उठाएर ताली बजाए र प्रहरीलाई अङ्कमाल गरे, चुमे। राजनीतिका सबै तह र तप्काबाट प्रशंसा ओइरियो।
प्रस्तावित शिक्षा विधेयक समस्या कि समाधान
सङ्घीयता अभ्यासमा आएको छ वर्ष ढिलो गरी शिक्षा विधेयक संसद्मा टेबुल हुँदै छ। उक्त शिक्षा विधेयकको मस्यौदा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ। विधेयकको मस्यौदाले गरेका विभिन्न व्यवस्थामा विभिन्न प्रकारका टिप्पणी प्रस्तुत भइरहेका छन्। मस्यौदाले शिक्षक व्यवस्थापन सम्बन्धमा गरेको व्यवस्थाका बारेमा सामाजिक सञ्जालमा अलि बढी नै चर्चा भइरहेको छ। खास गरी प्रधानाध्यापकको सम्बन्धमा कस्तो व्यवस्था हुँदै छ ? राहत दरबन्दी र अनुदान कोटामा कार्यरत शिक्षकका बारेमा के गर्न खोजिँदै छ ? न्यूनतम वेतनमा काम गर्ने वालविकासका शिक्षक र विद्यालय कर्मचारीको वृत्ति वि
गौरवका आयोजनाको भविष्य
राष्ट्रिय गौरवका आयोजनाको सुरुको लागत बढेर झन्डै तेब्बर हुन लागेको छ । राष्ट्रिय योजना आयोगको अघिल्लो वर्षको तथ्याङ्क अनुसार, राष्ट्रिय गौरवका आयोजनाको सुरुको लागत १० खर्ब ४६ अर्ब रुपियाँ थियो । यी आयोजनाको हरेक पटक म्याद सकिएपछि थप्दै जाने होडबाजीमा हरेक सरकार रहे । ठेकेदारका लागि कोभिड महामारी सुनौलो अवसर बन्यो । सरकारले म्याद थप्दै गर्दा कारण कोभिड मात्र हो वा अरू नै थियो भनेर पुष्ट्याइँ खोजेन । फलस्वरूप आयोजनाको लागत निरन्तर बढ्दै गयो । आर्थिक वर्ष २०७८/७९ सम्म यी आयोजनाको कुल लागत २५ खर्ब ९७ अर्ब ५६ करोड रुपियाँ पुगेको छ ।
संसदीय सर्वोच्चताको सम्मान
संसदीय लोकतान्त्रिक व्यवस्थालाई विश्वकै सफलतम शासन प्रणाली मानिन्छ । अहिलेसम्म प्रयोगमा आएका शासन प्रणालीमध्ये यसभन्दा राम्रो व्यवस्था अर्को कुनै साबित भएको छैन । नेपालमा विगत केही वर्षदेखि यही व्यवस्था रहेको छ । नेपाली जनताको प्रत्यक्ष मत प्राप्त गरेर आएका जनप्रतिनिधिमार्फत नै देशको शासन व्यवस्था सञ्चालन हुँदै आएको छ । नेपाली जनताले देशमा राजनीतिक स्थायित्वका लागि देशका राजनीतिक दलहरूलाई सजिलो तरिकाले सरकारको सञ्चालन गर्न आवश्यक बहुमत पनि दिएका छन् । राजनीतिक दलहरू भित्रैको अन्तरकलह, व्यक्तिगत स्वार्थको लडाइँ, अहङ्कार तथा पद लोलुपता
हरित अर्थतन्त्रको आधार
जलवायु परिवर्तनको असरले पृथ्वी र मानव जीवनलाई निरन्तर चुनौती दिइरहेको छ । विगत दुई सय वर्षमा मानिसले प्राकृतिक स्रोतको अति दोहन गरी धनी बन्ने होडले पर्यासन्तुलन बिग्रँदै जानु जलवायु परिवर्तनको मूल कारण भएको वैज्ञानिक मत रहँदै आएको छ । हिमाल पग्लन थालेका छन् भने बाढी, पहिरो, डुबानका समस्या निरन्तर बढ्दै छन् । पृथ्वीको तापमान बढ्दै गएर वन आगोबाट सखाप हुँदै छ । समुन्द्र सतह बढ्दै तटीय मुलुक र बसोबासको भविष्य अन्योलमा परेको छ । प्राकृतिक प्रकोप बढ्दो छ । नेपाल पनि अनेक प्रकोपबाट अछुतो छैन । हिमाल पग्लने, बाढी, पहिरो र डुबानका घटनाले जोखिम निरन्तर बढ्दो छ । पानीका मुहान सुकेका छन् । धनजनको क्षति बढ्दै छ । मनसुनमा आधारित कृषि चक्रमा अवरोध आइरहेको छ । यी सबै कारणले पर्यामैत्री दिगो
त्रिविको प्राज्ञिक स्वास्थ्य उपचार
त्रिभुवन विश्वविद्यालय नेपालको जेठो र बुढोपाको विश्वविद्यालय हो । बुढेसकालमा यो विश्वविद्यालयले के अपेक्षा गरिरहेको होला भन्ने चौतर्फी चाँसो हुनु स्वाभाविक हो । वर्तमान अवस्थमा यो विश्वविद्यालयका विगतका निराशाका चाउरीहरू केही हटेका छन् । असमयमै र केहीका अकर्मण्य गतिविधिका कारण उठेका चाउरी पूरै हटून् भन्ने नै त्रिविको चाहना छ ।
सुशासनको कसीमा वर्तमान सरकार
पछिल्ला दिनमा देशमा आर्थिक सूचक सकारात्मक हुँदै गइरहेका छन् । तथापि सङ्कट पूर्ण रूपमा निरूपण भइसकेको छैन । यही अवस्थामा अहिले देशमा सुशासन कायम गर्ने सन्दर्भमा नक्कली भुटानी शरणार्थी काण्ड, ललिता निवास काण्ड र सुन काण्ड हुँदै भ्रष्टाचारविरोधी गतिविधिमा सरकारले हात हालिरहेको छ ।