• ११ मंसिर २०८१, मङ्गलबार

दादुरा–रुबेला नियन्त्रणमा खोप

blog

विश्व स्वास्थ्य सङ्गठन र अमेरिकी सेन्टर फर डिजिज कन्ट्रोल एन्ड प्रिभेन्सनले सन् २०२३ पछि बालबालिकामा दादुराको जोखिम बढ्दै गएको चेतावनी दिएका छन् । प्रतिवेदनमा सन् २०२२ मा अघिल्लो वर्षको तुलनामा दादुराका बिरामी १८ प्रतिशतले बढेको र मृतकको सङ्ख्या ४३ प्रतिशतले बढेको जनाइएको छ । युरोपमा दादुराको सङ्क्रमण सन् २०२२ मा ९४१ जनामा देखिएको थियो भने पछिल्लो वर्ष ३० गुणाले बढेर ३० हजारभन्दा बढीमा सङ्क्रमण देखियो । धेरै वर्षदेखि दादुराविरुद्ध खोप लगाउने क्रम घट्दै जाँदा विश्वका हरेक भागमा सङ्क्रमण देखा परिरहेको छ । तथापि अधिकांश सङ्क्रमण यमन, भारत र काजकस्तानमा देखा परेको छ । विश्वमा दादुरा भएका मानिसको अनुमानित सङ्ख्या ९० लाख र मृतकको सङ्ख्या एक लाख ३६ हजार पुगेको छ । तीमध्ये अधिकांश बालबालिका छन् ।

नेपालमा पनि पछिल्लो समय दादुराका बिरामी केही स्थानमा देखिएपछि निवारण तथा उन्मूलनको लक्ष्य पछि पछि सर्दै छ । सरकारले सन् २०२६ सम्म दादुरा–रुबेला निवारण गर्ने लक्ष्यका साथ यही फागुन १३ देखि चैत ७ गतेसम्म खोप अभियान सञ्चालन गर्दै छ । करिब ५७ लाख बालबालिकाका लागि ६३ लाख ३० हजार मात्रा खोप ल्याइसकिएको छ । भारतसँग सीमा जोडिएका तथा दादुरा–रुबेलाको अति सङ्क्रमित २१ र काठमाडौँ उपत्यकाका तीन गरी २४ जिल्लामा नौ महिनादेखि १५ वर्षमुनिका र बा“की जिल्लामा नौ महिनादेखि पाँच वर्षसम्मका लागि खोप अभियान सुरु हुँदै छ । त्यसो त जाजरकोट र रुकुम पश्चिममा दादुरा, रुबेला र टाइफाइड रोगविरुद्धको खोप अभियान पुस ५ देखि १४ गतेसम्म छ महिनादेखि १५ वर्षमुनिका सबै बालबालिकालाई दादुरा, रुबेलाको थप तथा नौ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई छुट खोप र १६ वर्षदेखि ४५ वर्षसम्मका सबैलाई टाइफाइडविरुद्धको टिसिभी खोप अभियान सञ्चालन भएको थियो ।

नेपाल सरकारले सन् २०१९ भित्र दादुरा निवारण गर्ने लक्ष्य लिएको भए पनि दाङ, कपिलवस्तु र मोरङका केही स्थानमा खोप नलिएका व्यक्तिमा रोग देखियो । सङ्घीयता कार्यान्वयनसँगै कर्मचारी व्यवस्थापनको जटिलताले खोपको पहुँच घटिरहेको छ । जनसाङ्ख्यिक सर्भे २०१६ मा जन्मेको एक वर्षसम्म पाउने ११ वटा खोपको पहुँच ७८ प्रतिशत छ । निवारणका लागि खोपको पहु“च ९५ प्रतिशत हुनु पर्छ । विश्व स्वास्थ्य सङ्गठनको सन् २०१८ को तथ्याङ्क अनुसार नेपालमा २४७ जनामा दादुरा पुष्टि भएको छ । सबैभन्दा कम सन् २०१३ मा ४६ जनामा देखियो । सन् २०१९ को पहिलो तीन महिनामा नै ३७२ जनामा दादुरा पुष्टि भइसकेको थियो । पछिल्ला दुई वर्षमा पनि यसको सङ्क्रमण दर ह्वात्तै बढेको छ । गत वर्ष पनि देशका १९ जिल्लामा सङ्क्रमण देखिएको थियो । प्रत्येक १० लाख जनसङ्ख्यामा पाँच जनाभन्दा कम मानिसमा दादुरा देखियो भने मात्र निवारण भएको मानिन्छ । 

प्यारामिकसो भाइरसको सङ्क्रमणबाट लाग्ने सरुवा रोग दादुरा हो । रोगीको रगत, मुख तथा नाकको स्रावमा विषाणु पाइने भएकाले यिनको संसर्गले रोग सर्दछ । अस्वस्थ, कमजोर, लहरेखोकी, भ्यागुते रोग, रिकेट्स, ब्रोङकोनिमोनिया जस्ता रोगबाट पीडित बालबालिका दादुराबाट पीडित हुने सम्भावना बढी देखिन्छ । पा“च वर्षमुनिका बालबालिकामा यो रोग बढी खतरनाक मानिन्छ । कसै कसैलाई ठुलो भएपछि पनि दादुरा आउन सक्छ । यस रोगको प्रकोप ग्रामीण क्षेत्रमा भन्दा सहरी क्षेत्रमा बढी देखिन्छ । विकासोन्मुख मुलुकहरूमा कमजोर वातावरणीय स्वास्थ्य र कुपोषणका कारण श्वासप्रश्वास, आँखा र छालाको समस्याद्वारा दादुराले विकराल रूप लिने तथा धेरै बालबालिकाको ज्यान जाने गरेको छ । तसर्थ खाद्यान्न सङ्कटका कारण नेपालको पश्चिमी क्षेत्रमा यसका बिरामी ज्यान गुमाउन विवश छन् ।

सर्ने तरिका

रोगीको श्वासप्रश्वासका अङ्ग घाँटी, नाक, श्वासप्रश्वास नली तथा मुखको स्रावबाट उत्सर्जित, सिँगान, ¥याल, खकारमा रोगका विषाणु थुकको माध्यमबाट सर्दछ । त्यसै गरी खोक्दा, हाछ्युँ गर्दा हावाको माध्यमबाट स्वस्थ व्यक्तिमा सर्ने गर्दछ । यस रोगको लक्षण देखा पर्न थालेको दस दिनको बिचमा वा रोगीको शरीरमा विमिरा देखा पर्नुभन्दा चार दिनपहिलेदेखि विमिरा देखा परेको छ दिनसम्म तीव्र सङ्क्रामक रहन्छ । यो रोग पैmलाउनमा दूषित वातावरण, कुपोषण तथा घना आवादीले सहायक भूमिका खेल्छ । दादुरा रोगीले प्रयोग गरेका लुगाफाटा, भाँडाकुँडा, रोगीको विमिराबाट उडेका पाप्रा आदिबाट यो रोग सर्दछ । विषाणु बाहिरी वातावरणमा तथा रोगीद्वारा प्रयोग भएका सरसामानमा बढीमा चौबिस घण्टासम्म मात्र बा“च्न सक्दछ । 

लक्षण तथा चिह्न

दादुराको रोग पाक्ने अवधि १० देखि १४ दिन हो । दादुरा रोगका लक्षण दुई किसिमले देखिन्छ ।सामान्य रुघाखोकीको अवस्था ः दादुराको रोगीमा सुरु सुरुमा रुघाखोकीका लक्षण देखिन्छ । नाकबाट पातलो सिँगान बग्छ । हाछ्युँ धेरै आउँछ । ¥याल चुहिन्छ । आँखाको तल्लो भाग रातो हुन्छ । खोकी लाग्छ । आवाज फरक हुन्छ । आ“खाले धमिलो देख्छ । उज्यालोमा राम्रोस“ग हेर्न सकिँदैन । नाक र घँटी रातो भई खसखसाउँछ । आँखामा कचिङ्गर देखा पर्छ । आँखा र अनुहार रातो देखिने, आलस्य हुने, चिडचिडाहट हुने र खोकी लाग्ने हुन्छ । 

पहिलो चार/पाँच दिन ज्वरो सामान्य दुई डिग्री तलमाथि भइरहे पनि चौथो वा पाँचौँ दिन विमिरा निस्कनुका साथै ज्वरो एक सय चार÷पाँच डिग्री फरेनहाइटसम्म पुग्दछ । विमिरा पूर्ण विकसित नहुन्जेल ज्वरोमा वृद्धि भइरहन्छ । विमिरा सुक्न थालेपछि ज्वरो पनि बिस्तारै बिस्तारै घट्दै जान्छ । ९० प्रतिशत दादुराका रोगीमा शरीरको अन्य भागमा विमिरा देखिनुभन्दा एक÷दुई दिनपहिले नै मुखभित्र दुवै गालामा माथिल्लो दोस्रो बङ्गारानेर तथा तल्लो ओठमा देखा पर्दछ । यो सेतो दानाको बिचमा निलो, सेतो र वरिपरिको भाग रातो हुन्छ । शरीरको अन्य भागमा विमिरा विकसित हुन थालेपछि एक/दुई दिनमै हराएर जान्छ । 

राता दाना देखिने अवस्था

वास्तविक विमिरा सबभन्दा पहिले निधारको कपाल छेउछेउमा, कानको पछिल्तिर, शरीरको पछाडि निस्कन्छन् । त्यसपछि बिस्तारै कपाल भएको ठाउँमा र पछि शरीरभरि, अनुहारमा, जिउमा र हातखुट्टामा आउँछ । अनि पैताला र हत्केलामा देखा पर्दछ । यी विमिरा ससाना रातो रङका हुन्छन् तर गुचमुच्च परेर निस्कने हुनाले अर्धचन्द्राकार जस्ता देखिन्छन् । यी विमिरा ३६ घण्टामा पूर्ण विकसित भई पाँचौँ दिनदेखि बिस्तारै यी दाना फिका हुन्छन् । सुक्न थाल्छन् र रोगीको शरीर निकै चिलाउने हुन्छ । जिउ दुख्ने र ज्वरो आउने क्रम पनि राता दाना शरीरबाट हराएपछि सँगसँगै बन्द हुन्छ । 

जटिलता

मिजल भाइरसकै कारणले सेकेन्डरी व्याक्टेरियल सङ्क्रमण र नसाजन्य जटिलता हुने गर्दछन् दादुरामा । दादुराको जटिलतामा झाडापखाला, निमोनिया, कानको सङ्क्रमण, ब्रोङकाइटिस, ब्रोङकिओलाइटिस, कन्जङटाइभाइटिस, स्टोमेटाइटिस, केराटाइटिस, कर्नियर अल्सर, एसएसपिई, मायोकारडाइटिस, हेपाटाइटिस, इन्टेरिटिस, प्लेटलेटको कमी, मिर्गौलाको रोग, मेनिन्जाइटिस, इन्सेफलाइटिस, तौल कमी हुनु, क्वासिरकोर पर्दछन् । पहिलो तीन महिनाको गर्भावस्थामा रुबेला भए नवजात शिशुको कान, आ“खा र मस्तिष्कमा आघात परी जन्मजात विकृति देखिन सक्छ । नेपालमा पहिलो पटक दादुराकै जस्तो लक्षण हुने रुबेला सन् २००४ मा पहिचान भएको थियो । विशेष गरी यसले बालबालिका र गर्भवती महिलालाई बढी असर गर्छ । 

व्यवस्थापन

हुन त भाइरल इन्फेक्सन भएको हुँदा यसको रामवाण औषधी छैन । त्यसैले भनिन्छ, भाइरल इन्फेक्सनको उपचार गर्दा एक÷दुई साता तथा उपचार नगर्दा सातदेखि चौध दिनमा निको हुन्छ तर यसका नकारात्मक असर कम गर्न, थप सङ्क्रमण र जटिलता रोक्न दादुराको उपचार रोगीमा देखिएका लक्षण अनुसार गर्ने गरिन्छ । सङ्क्रमण तथा महामारी रोक्न रोगीलाई छुट्टै अक्सिजन मिश्रित हावा प्रशस्त प्रवाह हुने गरी दस दिनसम्म राख्ने, दस दिनसम्म विद्यालय नपठाउने, पोषणमा विशेष ध्यान दिनु पर्दछ । रोगीको सिँगान, थुक, खकार र उत्सर्जित पदार्थ माटोमुनि गाड्न वा जलाउनु पर्दछ । रोगीका लुगाफाटा, बिछ्यौना राम्रोसँग धुने, आँखा बिझाउने, चिलाउने र पोल्ने भए नमिची उपचार गर्ने, छालाको फुस्रोपना र चिलाउने कम गर्न कालामाइन लोसन, आँखाको कर्नियामा घाउ भए भिटामिन ए, पखाला लागे जीवनजल र प्रशस्त झोलिलो पदार्थ खान दिनु पर्दछ । सेकेन्डरी ब्याक्टेरियल सङ्व्रmमितलाई एन्टीबायोटिकको प्रयोग गर्न र थप उपचारका लागि तुरुन्तै स्वास्थ्य संस्थामा पु¥याउनु पर्दछ । 

आमा दादुराबाट सङ्क्रमित भइसकेकी छन् भने बच्चा जन्मेको छ महिनासम्म स्वाभाविक रूपले बच्चाले रक्षा प्राप्त गर्दछ तर गर्भवती आमालाई दादुरा भएमा भने गर्भस्थ शिशुलाई पनि प्रभावित पार्ने गर्दछ । यस रोगप्रतिको प्राकृतिक शक्ति करिब ९० प्रतिशतले बाल्यकालमै प्राप्त गर्दछन् किनभने दादुराको एक पटकको सङ्क्रमणले दीर्घकालीन सुरक्षा प्रदान गर्दछ भन्ने मान्यता राख्दछ औषधि विज्ञानले तर पुनः सङ्क्रमण हुँदै हँुदैन भनेर भने भन्न सकिँदैन । खोपको गम्भीर नकारात्मक असर नभए पनि हल्का ज्वरो आउने, टाउको दुख्ने, वाकवाकी आउने जस्ता सामान्य असर देखिन सक्छ, जुन केही दिनपछि आफैँ हराएर जान्छ । तसर्थ हल्लाका पछि नलागी खोप लगाउन आनाकानी नगरौँ किनभने खोपको एक मात्राको प्रभावकारिता ८५ प्रतिशत मात्र छ र शतप्रतिशत बनाउन तथा छुटेकालाई समेट्न थप मात्रा लगाउन खोप अभियान सञ्चालन भएको हो । 

   

Author

डा. प्रकाश बुढाथोकी