कोइरालाको प्रतिशोधपूर्ण हत्या
वि.सं. २०१७ पुस १ को राष्ट्रघातले नेपाली जनताको हित र हक मात्र खोसेको थिएन, त्यसले जनताको बाँच्न पाउने अधिकार पनि खोसेको थियो। त्यसै दिनदेखि राजनीतिक प्रतिशोधमा व्यक्तिहत्याको लामो शृङ्खला सुरु भयो। त्यसैमा वि.सं. २०३० को कात्तिक २ गते सरोजप्रसाद कोइरालाको भारतको मधुवनीमा हत्या गरियो। उहाँ नेपाली कांग्रेसका एक लोकप्रिय नेता हुनुहुन्थ्यो।
योग्य उम्मेदवारको मानक
प्रतिनिधि सभा र प्रदेश निर्वाचनको राजनीतिक सरगर्मी सुरु भएको छ। हामी जानकार नै छौँ, राजनीतिक शासन प्रणाली र शासकीय जवाफदेहिता मजबुत नभए मुलुकको आर्थिक–सामाजिक रूपान्तरण र आर्थिक प्रगति हुँदैन। यसका लागि नागरिक तहबाट शक्तिशाली हस्तक्षेप गर्न सबै तहको साझा अभियान र सङ्गठन नै आजको आवश्यकता हो। यो आवश्यकता पूरा गर्ने अवसर आसन्न २०७९ मङ्सिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचन हो। यता, उम्मेदवारले निर्वाचन भनेको जनआकाङ्क्षा र जनचाहनाको विषय हो भन्ने सुझबुझ राख्नु पर्छ।
चाडबाडको आर्थिक प्रभाव
आर्थिक वर्षको सुरुले प्रशासनिक तथा आर्थिक क्षेत्रमा महìव राख्ने गर्दछ। आर्थिक वर्षको सुरुसँगै बजेट र वार्षिक कार्यक्रमले निर्दिष्ट गरेका कार्यत्रmम कार्यान्वयनमा तत्परता देखाउनुपर्ने हुन्छ। यसले वार्षिक बजेटमा रहेका कार्यक्रमको कार्यान्वयनबाट सरकारले सम्पादन गर्नुपर्ने काम सम्पादन हुने, जनआकाङ्क्षाको सम्बोधन हुने र पुँजीगत खर्च हुने गर्छ। आर्थिक वर्षको सुरु अर्थात् पहिलो चौमासिकमा यी कामको जग जति बसाल्न सकियो सो आर्थिक वर्षमा सोहीअनुरूप प्रगति हासिल हुने गर्छ। नेपालको सन्दर्भमा आर्थिक वर्षको सुरुसँगै आउने यो आर्थिक तथा प्रशासनिक दायित्वको साथसाथै पहिलो चौमासिक चाडबाडमय बन्ने गरेको छ। यसले आर्थिक तथा प्रशासनिक दायित्व निर्वाहको काममा केही अवरोध सिर्जना गर्ने गरेको पाइन्छ।
शिक्षामा सुधारको खाँचो
सबैभन्दा ठूलो मान्छे को हो भनेर सोध्दा कूटनीतिज्ञ सरदार यदुनाथ खनालले एक पटक भनेका थिए, “जसले शिक्षण संस्था बनाउँछ, ऊ नै ठूलो मान्छे हो।” प्रसिद्ध शिक्षविद् रबिन्सन र डारोन आसमोग्लुले ‘ह्वाइ नेसन फेल’ नामक किताबमा भनेका छन्, “जहाँ शिक्षण संस्था विकसित भएका छैनन्, ती देश अविकसित, असुरक्षित र असफल हुन्छन्। जुन देशमा शिक्षण संस्था विकसित भएका छन्, ती देश आर्थिकलगायत सबै किसिमले सम्पन्न हुन्छन्।”
चीनको समृद्धि र पुनरुत्थान
छिमेकी मित्रराष्ट्र जनवादी गणतन्त्र चीनमा लामो समयदेखि प्रतीक्षा गरिएको सत्तारूढ चिनियाँ कम्युनिस्ट पार्टीको २०औँ महाधिवेशन बेइजिङमा प्रारम्भ भएको छ। कुल नौ करोड ६० लाखभन्दा बढी सदस्य तथा करिब ५० लाख प्राथमिक तहका सङ्गठन भएको चिनियाँ कम्युनिस्ट पार्टीको सप्ताहव्यापी (अक्टोबर १६–२२) महाधिवेशनमा चीनको वर्तमान र भविष्यको मार्ग रेखाङ्कन गरिनेछ।
ग्रामीण महिलाको उत्थान
ग्रामीण तथा दुर्गम स्थानमा रहेर विकास तथा कृषि विकासमा योगदान पु¥याएका साहसी र परिश्रमी महिलामा समर्पित भएर सर्वप्रथम १५ अक्टोबर २००८ देखि ग्रामीण महिला दिवस मनाइँदै आइएको छ। संयुक्त राष्ट्रसङ्घको साधारण सभाले यसको प्रस्ताव ६२÷१३६ लाई अगाडि बढाउन २००७ को डिसेम्बर १८ का दिन ग्रामीण महिला खासगरी जनजाति महिलाले कृषि, खाद्य सुरक्षा, ग्रामीण विकास तथा गरिबी निवारणमा निर्वाह गरेका महìवपूर्ण भूमिका तथा
राजनीतिमा संस्कार विनिर्माण
राजनीतिक संस्कार राजनीतिक प्रणालीप्रति रहने आमनागरिकको अभिरुचि, विश्वास तथा भावनाको समूह हो। राजनीतिक संस्कारले राजनीतिक प्रवृत्तिमा के भइरहेको छ, जस्ता गतिविधिको अध्ययनभन्दा बढी जनताले त्यस्ता गतिविधि वा घटनाप्रति के सोच्छन् भन्ने कुराको अध्ययन गर्छ। राजनीतिक संस्कार व्यक्तिको राजनीतिक व्यवस्था र राजनीतिप्रतिको मनोवृत्ति र उन्मुखीकरण हो। संस्कारको सम्बन्ध मानव चेतनासँग रहन्छ। राजनीतिक संस्कारको सार भनेको कुनै पनि राज्यका आमनागरिकमा रहने तत्कालीन राजनीतिक प्रणाली, राजनीतिक विचार, राजनीतिक सिद्धान्त र चरित्रप्रतिको एकीकृत प्रवृत्ति हो। त्यो प्रवृत्ति निर्माण वा विनिर्माण जुनसुकै हुन सक्छ।
नेवाः मौलिक संस्कृति संरक्षणको चिन्ता
ज्योतिषशास्त्र र धर्मशास्त्र एकअर्काको परिपूरक हुन्। चान्द्र एवं सौरको समन्वयले नेवाः संस्कृति धार्मिक, आध्यात्मिक, तान्त्रिक तथा परम्परागत सामाजिक, मौलिक सांस्कृतिक, सनातन कर्म, कृत्यादि कालमानानुसार उषाः, प्रातः, पूर्वाह्नः, मध्याह्नः, अपराह्नः, सायंह्न, प्रदोष, रात्रि, मध्यरात्रिमा मात्र होइन बेला, मूहुर्त (साइत) समेत हेरी नित्य, नैमित्तिक र काम्यकर्मलगायत विभिन्न पूजा, आराधना, अनुष्ठान, जप, तपादि खाइ, नखाइ, खुला एवं गुप्त रूपमा यथासमयमा गरिन्छन्। रात्रिपूजाकर्ममा चरय्पूजा, ऐन्यापुन्हि, चथाः पूजा, लक्ष्मीपूजा, म्हपूजा, किजापू
शताब्दीपुरुषको जीवनकथा
सत्यमोहन जोशीका पुर्खा काठमाडौँका आदिवासी थिए । जयस्थिति मल्लले नेवारलाई शैव धर्म र बौद्ध धर्म मान्ने गरी दुई भागमा छुट्याएका थिए । सत्यमोहन जोशीका पुर्खाचाहिँ शैव धर्म मान्थे । जोशी आफूलाई परम्परावादी नेवार मान्थे । उनका बाबुबाजेले आफूहरूलाई सबल रूपमा जातीय बाहुनमा नै उभ्याउँदै ल्याए । जोशी पनि छडोरे जनै लगाउँथे । जोशीका बुबा शङ्करराज जोशी धर्म, संस्कृति र जातीयताका पक्षपाती थिए । उनी राणाका घरेलु कामदार थिए । त्यतिबेला उनी लेखनदासको पनि काम गर्थे ।
ढल्यो संस्कृति क्षेत्रको धरोहर
जीवन बाँच्नु त यसरी पो बाँच्नु भनेजस्तै थियो उहाँको जीवन। एक शताब्दीको उमेर काटिसक्दा पनि उत्तिकै सक्रिय र सिर्जनशील। १०३ वर्षसम्मको उमेर खटेरै बित्यो, लेखेरै बित्यो, बोलेरै बित्यो। सरलता र सहजताका प्रतिमूर्तिका रूपमा बनेको चिनारीले नै ठडिएको थियो उहाँको व्यक्तित्व। बूढेसकालमा मुटु र पिसाबसम्बन्धी रोगका साथै दशैँको आगमनसँगै फैलिँदै गएको डेङ्गुको चपेटामा परेपछि सक्रिय र फूर्तिला सत्यमोहन जोशीको १०३ वर्षको शरीरलाई कमजोर बनाइदियो। लामो समयको ललितपुरको किस्ट अस्पताल बसाइपछि अन्ततः असोज ३० गतेको बिहान उहाँको निधन भयो।
दलको चुनावी घोषणापत्र
आगामी मङ्सिर ४ मा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा आ–आफ्नो पक्षमा जतमत बटुल्न यतिबेला दलहरू आकर्षक नारा र कार्यक्रमसहितको घोषणापत्र लेखनको गृहकार्यमा जुटेका छन्। असोज तेस्रो सातासम्म निर्वाचनमा टिकटका आकाङ्क्षीको व्यवस्थापन कसरी गर्ने भनेर भ्याइनभ्याइ भएका दलहरूलाई उम्मेदवारी दर्तापछि घोषणापत्र लेखनको चटारो सुरु भएको हो।
निर्वाचनमा कर्मचारीको आचरण
२०७९ असोज २५ गते ‘सरकारी कर्मचारी तथा अन्तर्गतका निकाय र संस्थाका कर्मचारी तथा शिक्षकले पालना गर्नुपर्ने आचरण सम्बन्धमा’ निर्वाचन आयोगले प्रेस विज्ञप्ति जारी ग-यो। यसै विषयमा त्रिभुवन विश्वविद्यालयले पनि केही दिनअघि सूचना जारी ग-यो भने वाल्मीकि विद्यापीठका प्रमुख प्रा. डा. भागवत ढकालले पनि आफ्ना क्याम्पसका प्राध्यापक तथा कर्मचारीलाई निर्देशन जारी गर्नुभयो।
मतदानको सदुपयोग
अहिले मुलुक पूर्ण रूपमा चुनावमय भएको छ। हामी दोस्रो आवधिक सङ्घीय र प्रदेश चुनावको सँघारमा छौँ। प्रतिनिधि सभाका २७५ सदस्य र त्यसको दुई गुणा प्रदेश सदस्य चुन्न गइरहेका छौँ। दलहरूले सकसपूर्ण टिकट वितरणको काम सकेर निर्वाचन आयोगमा प्रत्यक्ष र समानुपातिकतर्फको नामावली दर्ता गरिसकेका छन्। यसअघि महिलाले प्रत्यक्षमै एक तिहाइ महिला उम्मेदवार बनाउनुपर्ने भनेर कुर्लिए पनि अहिले उनीहरू चुपचाप छन्। आफूलाई जिम्मेवार सम्झने दलले बुझाएको र प्रारम्भिक तथ्याङ्कअनुसार ९ प्रतिशत मात्र महिला उम्मेदवार भएको तथ्याङ्क बाहिर आएको छ। अब संविधानको धारा ८४ (८) मा व्यवस्था भएअनुसार ८४ (१, ख) बमोजिम सो प्रतिशत पु¥याउन निर्वाचित गर्नुपर्ने देखिन्छ।
भ्रष्टाचारसँग राजनीतिको अन्तरसम्बन्ध
नेपालको राजनीतिक इतिहासको पृष्ठभूमि हेर्दा हरेक कालखण्डमा नेपाली जनताले आफ्नो स्वतन्त्रता र समानताको अधिकार प्राप्तिका लागि निरङ्कुश सत्ताका विरुद्ध सङ्घर्ष गर्नु परेको इतिहास ताजै छ । वि.सं. २०४६ को जनआन्दोलनले नेपाली जनतालाई पहिलो पटक स्वतन्त्र, सार्वभौमसत्तासम्पन्न र राज्यशक्तिको स्रोत जनता नै हो भन्ने अभिव्यक्त नेपाल अधिराज्यको संविधान, २०४७ को प्रस्तावनामा उल्लेख गरियो।
यसरी सुधार्न सकिन्छ अर्थतन्त्र
कतिपय अर्थविद् तथा अर्थराजनीतिक विश्लेषकले अर्थतन्त्रमा चौतर्फी रातो बत्ती बलेको उद्घोष गरेका छन्। धेरैले अर्थतन्त्रमा श्रीलङ्का कहर हटेको छैन भनेका छन्। कतिपयले नेपाली अर्थतन्त्र जगबिनाको, रेमिट्यान्समुखी र आयातमुखी भनेका छन्। अर्थतन्त्रको दिगो सुधारका लागि उपाय सुल्झाउने विश्लेषक धेरै कम छन्। मुलुक आर्थिक हिसाबले निकै कमजोर छ। थुप्रै राजनीतिक परिवर्तन भइरहँदा पनि नेपालको विद्यमान अर्थव्यवस्था सुधार हुन सकेको छैन ।
जनप्रतिनिधि छनोटमा सञ्चारमाध्यम
सञ्चार क्षेत्रले जनताको हक अधिकार संरक्षणको उद्घोष गरेको हुन्छ। लोकतन्त्र स्थायित्वका लागि पारदर्शिता र जवाफदेहिताको महìवपूर्ण भूमिकाको पक्षपोषण आमसञ्चारले गर्दछ। जनमतको सही सदुपयोग गराउन सूचना र समाचारको माध्यमबाट जनतामा जागरण ल्याउन र दबाब सिर्जना गर्नसमेत सञ्चार माध्यमको महत्व रहेको छ। शासकीय पूर्वाधार बनाउन आवधि
अनुशासनको तराजुमा सदाचार
हरेक महापुरुषमा आ–आफ्नै प्रकारका आनीबानी, शीलस्वभाव र विशेषता अन्तर्निहित हुन्छन्। सबैमा पाइने मूल गुण भनेको उनीहरूमा विद्यमान दृढप्रतिज्ञा, उत्साह र निरन्तरको साधनाचाहिँ समान हुन्छ । बिना उत्साह, कार्यप्रतिको निष्ठा र आफूप्रतिको विश्वास नभई कोही पनि कार्यक्षेत्रमा अगाडि बढेर सफलतालाई चुम्न सक्दैन या भनौँ लक्ष्यमा पुग्न सक्दैन। सफलता चाहने व्यक्ति जुन कार्यलाई आफ्नो हातमा लिन्छन्, त्यसलाई अदम्य उत्साह साथ कहीँ बिराम नलगाई पूर्ण गरिछाड्छन्। यस्तै सफलताले उनीहरूमा गति ल्याउँछ, जोस र जाँगर पनि अरू विकसित हुँदै गइरहेको हुन्छ।
धुवाँमुक्त भान्छा अभियान
नेपालमा अहिले पनि करिब ६० प्रतिशत घरधुरीमा खाना पकाउनका लागि जैविक इन्धन तथा परम्परागत चुलो प्रयोग हुने गर्छ। एकातिर मुलुकभित्रै पेट्रोलियमलगायत प्राकृतिक ग्यासको अभाव छ भने अर्कोतिर दाउरालगायतका परम्परागत जैविक इन्धन सहज रूपमा उपलब्ध हुने भएकाले पनि बहुसङ्ख्यक मानिस परम्परागत ऊर्जा स्रोतमै निर्भर रहेका छन्। यसले वन जङ्गल विनाशसँगै वातावरणीय चुनौती निम्त्याएको छ भने जनस्वास्थ्यमा पनि प्रतिकूल असर गरेको छ।
राजनीतिक दर्शनमा स्वको चेतना
पश्चिमाहरूले प्लेटोको ‘रिपब्लिक’लाई प्रजातन्त्रको पहिलो दस्तावेज ठान्छन्। रिपब्लिक लेखिनुभन्दा तीन हजार वर्षपहिला ऋग्वेदले स्वराज्य, वैराज्य आदि सात प्रकारका राष्ट्र सञ्चालनका व्यवस्था अभ्यास गरिसकेको थियो। सत्य के हो भने नेपाली राजनीतिक अभ्यासमा लोकतन्त्र, समाजवाद, गणतन्त्र, लोकतान्त्रिक गणतन्त्र (२०७२ को संविधानले गणतन्त्र, लोकतन्त्र र प्रजातन्त्र, समाजवाद तीनैलाई फ्युजन गरेर) बनाएको नयाँ शब्द हो; जुन नेपालको आफ्नो मौलिक होइन।
उम्मेदवारको योग्यता मापन
आगामी मङ्सिर ४ गते प्रतिनिधि सभा र प्रदेश सभा चुनाव हुँदैछ। विश्वविख्यात विश्वविद्यालयबाट उच्च अध्ययन गरेकादेखि राम्रोसँग लेखपढ गर्नै नजान्ने उम्मेदवार चुनावी मैदानमा छन्। योग्य उम्मेदवार कसरी छान्ने भन्ने मतदाताको स्वविवेकमा भर पर्छ। नाता पर्ने, मन परेको पार्टीको, भरअभरमा सहयोग गर्ने, युवा जोस जाँगरले भरिएको, विकासपे्रमी, देश–विदेशमा उच्च अध्ययन गरेको, महिला, पिछडिएको वा सीमान्तकृत वर्गको उम्मेदवार भनेर भोट हाल्ने गरेका छौँ हामीले। योग्यताको रूपमा भाषणकला, मिलनसारिता, प्रजातन्त्रका लागि जेलनेल भोगेको वा अरू नै किसिमबाट योगदान पु¥याएको, र योभन्दा अगाडि गरिएका विकासका कामलाई हामीले मापकका रूपमा लिने गरेका छौँ।
शिक्षाका मुद्दा सधैँ ओझेलमा
कुनै पनि मुलुकको उन्नति, प्रगति र विकासका लागि आवश्यक नीतिमध्ये शिक्षा नीति सबभन्दा महìवपूर्ण हुन्छ। सही शिक्षा, त्यो शिक्षाअनुसारको अभ्यास र व्यवहार प्रदर्शन गर्न सक्ने आजका युवा विद्यार्थी नै भोलिका लागि राष्ट्रको मेरुदण्ड बन्ने हुँदा मुलुकको सुदूरभविष्यसम्मको भलो चिताउने र दीर्घकालीन विकासको लक्ष्य पहिल्याउने हो भने देश, काल, परिस्थिति, धर्म, संस्कृति, इतिहास हुँदै पौराणिक कालसम्मका विषयवस्तु समेटेर शिक्षा नीति तय गर्नुपर्छ।
नोबेल विजेतालाई नेपाली अर्थतन्त्रको चिन्ता
आर्थिक सङ्कट न्यूनीकरणका उपाय तथा बैङ्कको भूमिकाको सफलताको आधारस्तम्भउपर खोज गरेबापत यस वर्षको अर्थशास्त्रका लागि नोबेल पुरस्कार तीन जना अमेरिकी अर्थशास्त्री बेन वर्नान्के, डगलस डायमन्ड र फिलिप डिवभिगले प्राप्त गर्न सफल भएका छन्। यी तीनै जना अर्थशास्त्रीमध्ये प्रोफेसर बेन वर्नान्के; जसले सन् २००६ देखि २०१४ सम्म अमेरिकी केन्द्रीय बैङ्कको प्रमुख जिम्मेवारी सम्हालेका थिए। उक्त प्रमुख जिम्मेवारी सम्हालेको अवस्थामा आर्थिक वृद्धिलाई
उजाडिएको कम्युनिस्ट सौन्दर्य
विश्व राजनीतिक शासनलाई क्षीण तुल्याउँदै लगेको शीत युद्वलाई टुङ्ग्याउन अग्रगामी भूमिकामा रहेका विश्व नेता मिखाइल गोर्बाचेवको गत अगस्ट ३० मा निधन भएपछि विश्व कम्युनिज्म र यसका राजनीतिक आयामले विश्व शासनमा एक पटक फेरि चर्चा बटुले। हुन त बिसौँ शताब्दीको आधाआधीतिर विश्वमा कम्युनिस्ट शासनको दबदबा थियो। सन् १९२१ जुलाई १ तारिख चिनियाँ कम्युनिस्ट पार्टीको स्थापना भयो। सन् १९२७ देखि १९५३ सम्मको ३६ वर्ष सोभियत सङ्घमा स्टालिनवाद फक्रियो। सन् १९५९ मा फिडेल क्यास्ट्रोले क्युबाका शासक फुल्गेन्सियो बाटिस्टालाई सत्ताच्युत गरेपछि विश्व कम्युनिज्मको बिज अङ्कुराउँदै गरेको तथ्यका रूपमा अर्थाइयो। अक्टोबर क्रान्तिबाट सोभियत सङ्घको उदय भएको तिथिको हिसाबमा कम्युनिज्म उदयको सिङ्गो एक शताब्दी बढी गुज्रिइसकेको छ।
चुनावको चटारो
आगामी मङ्सिर ४ गते प्रतिनिधि सभाको प्रत्यक्षतर्फको १६५, समानुपातिकतर्फको ११० र प्रदेशतर्फको ३३० र समानुपातितर्फ २२० जना जनप्रतिनिधिहरू चुनिँदै छन्। नेपालले लोकतान्त्रिक संविधान प्राप्त गरेको छ। मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको छ। सबैलाई समेट्ने उद्देश्यले समानुपातिक प्रतिनिधित्व प्रणालीको व्यवस्था गरिएको छ। २०४७ सालको संविधानको तुलनामा वर्तमान संविधानमा धेरै प्रकारका लोकतान्त्रिक व्यवस्थाहरू गरिएका छन्। सङ्घीय शासन प्रणालीको अवलम्बन, गणतन्त्रात्मक राष्ट्रको व्यवस्था र धर्म निरपेक्षतालाई यसको महìवपूर्ण लोकतान्त्रिक परिवर्तनका रूपमा मानिएको छ। यसका अतिरिक्त समावेशी नीतिको व्यवस्था, मानव अधिकार र मौलिक हकको प्रत्याभूति यस संविधानका सुन्दर पक्षहरू हुन्।