आशीर्वादका चाङ
पौराणिक कालदेखि नै चलिआएको परम्पराको रक्षा गर्नु आजको आवश्यकता हो। कृषिप्रधान हाम्रो मुलुकमा अन्न बाली लगाइसकेर यस बीचमा राम्रो लगाउने, मिठो मसिनो खाने तथा आफन्त र मान्यजनसँग भेटघाट गर्ने एउटा गतिलो माध्यम पनि बन्ने गर्दछ दशैँ !
यसरी सकिन्छ बाँदर समात्न
राष्ट्रिय निकुञ्जको स्वीकृति लिएर एकाध बदमासलाई पक्रेर तह लगाउनबाहेक जङ्गली बाँदर पक्रिन कानुनले वर्जित गरेको छ। पक्रिएकालाई राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु आरक्षमा स्थान्तरण गर्दा समस्या पनि सर्न सक्छ। निकुञ्ज वरिपरिका बस्तीमा त्यही समस्या बल्झिन सक्छ ।
निर्वाचनमा सत्यतथ्य सूचना
निर्वाचनको समयमा मिथ्या सूचना रोक्न सबैभन्दा ठूलो चुनौती थपिएको छ। राजनीतिक दल र तिनका कार्यकर्ताबाट आइरहेका सूचनामा मिडियाको भर पर्ने परम्परा रहेका कारण मिडियाबाटै गलत समाचार सम्प्रेषण भइरहेका छन्। यस्ता सूचनाका कारण लोकतन्त्रका आधारस्तम्भ कमजोर हुने भएकाले सूचना सम्प्रेषणमा ‘क्रस चेक’ अति आवश्यक देखिएको छ।
‘मामाघरको दशैँ सम्झिरहन्छु’
चलचित्र विकास बोर्डका अध्यक्ष तथा अभिनेता भुवन केसी यो वर्षको दशैँ काठमाडौँमै मनाउने तयारीमा हुनुहुन्छ । उहाँका अनुसार दशैँ भनेको परिवार, आफन्त जम्मा भएर टीका लगाउने, सबैसँग भेटघाट गर्ने चाड हो । बाल्यकालमा पिङ खेल्न र चङ्गा उडाउन निकै रमाइलो हुन्थ्यो तर अहिले पिङ र चङ्गा संस्कृति समाजबाट हराउँदै गएको उहाँ बताउनुहुन्छ । सानो छँदा दशैँमा नयाँ कपडा किनेको, कपडा मन परेन भने घरपरिवारसँग घुर्की लगाएको सधैँ याद आइरहने बताउने अभिनेता केसीसँग सम्झनामा दशैँ मन्थन गरेका छौँ ।
घुमघाममै रमाइलो
जीवन एक प्रकारले यात्रा हो । घुमन्ते, फिरन्ते जीवनशैलीबाटै मानिस उन्नत समाजमा आइपुगेको हो । त्यो गुण मानव समाजमा अहिले फरक ढङ्गले अघि बढिरहेको छ ।
अर्थतन्त्र चलायमान चाड
दशैँ सँघारमा छ । किनमेल, घुमघाम, भेटघाट, मनोरञ्जनदेखि अनेकौँ योजना पूरा गर्ने समय हो यो । अधिकांश हिन्दु नेपालीको प्रमुख चाडका रूपमा स्थापित दशैँलाई नै लक्षित गरेर सार्वजनिक प्रणाली निर्माण पनि भएका छन् । सबैभन्दा धेरै सार्वजनिक बिदा यही समय हुन्छ । दशैँ लक्षित चाडपर्व खर्चका रूपमा अतिरिक्त एक महिनाको तलब कर्मचारीलाई उपलब्ध हुन्छ । सार्वजनिक यातायातको अतिरिक्त व्यवस्थापनदेखि सुरक्षा प्रणालीको परिचालनमा पनि राज्यले थप मेहनत गर्नुपर्छ । दशैँमा हुने व्यापक किनमेलकै कारण अनुगमन प्रणाली पनि यतिबेला बढी सक्रिय हुने गर्छ । सरकार आफैँले पनि सुपथ मूल्य सञ्चालन गर्नेदेखि निजी व्यवसायका दर्जनौँ नयाँ आकर्षक योजना दशैँमा सार्वजनिक हुन्छन् । अर्थतन्त्रका धेरै आयामलाई दशैँले प्रत्यक्ष प्रभाव पार्ने भएकाले वर्षभरमा सबैभन्दा धेरै आर्थिक गतिविधि हुने समय पनि यही बनेको छ ।
आशीर्वाद दिन्न, ज्ञान दिन्छु : सत्यमोहन
शताब्दीपुरुष सत्यमोहन जोशीले सधैँ परम्परा र पर्वको सम्मानमा दशैँ मनाउनु भयो । शताब्दीपुरुषले राजतन्त्र, प्रजातन्त्र र गणतन्त्रकालका दशैँ मनाउनु भयो । १०३ वर्ष पार गर्नुभएका उहाँ अघिल्ला वर्षमा जस्तै यसपालि पनि परिवारसँग सामान्य रूपमा दशैँ मनाउने तयारीमा हुनुहुन्छ । त्यसो त शताब्दीपुरुष जोशी दशैँमा टीका लगाउनु हुन्न । तर उहाँ यो चाडले फुर्सदमा ठूलाबडाको कुरा सुन्नुपर्ने सिकाएको बताउनु हुन्छ ।
शारदीय नवरात्र
सिङ्गो श्रीमद्देवीभागवत महापुराण, मार्कण्डेयपुराण, कालिका पुराण, ब्रह्मवैवर्त पुराणलगायत रामायण र महाभारतमा पनि देवी दुर्गाको महत्वको व्यापक चर्चा पाइन्छ । दुर्गासप्तशतीकै देवीमहात्म्य (अध्याय ५, ११, १२)मा बताइए अनुसार नारीशक्तिको सूक्ष्मताको रहस्य प्रकाशित हुन्छ :
राष्ट्रवाद र देशभक्तिको मुद्दा
नेपालमा आजकल राष्ट्रवाद (नेसन्यालिज्म) र देशभक्ति (प्याट्रियोटिज्म) बहुचर्चित शब्द बनेको छ । जो आफूलाई देशभक्त राष्ट्रवादी होइन भन्छन् ऊ आफूबाहेक अरूलाई देशभक्त, राष्ट्रवादी भन्न हिचकिचाउँछन् । के राष्ट्रवादी, देशभक्त हुन पनि स्वघोषणा गर्न जरुरी छ ? एक देशको, दलको वा व्यक्तिको राष्ट्रवादको परिभाषा अर्को देशलाई, अर्को दललाई वा अर्को व्यक्तिलाई मान्य नहुन सक्छ
प्रशासनयन्त्रप्रति बढ्दो अविश्वास
प्रधानमन्त्री शेरबहादुर देउवाले १९औँ निजामती सेवा दिवसका अवसरमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रलायले आयोजना गरेका कार्यक्रममा भन्नुभयो, “
प्राथमिकतामा व्यावसायिक कृषि
वि.सं. २०७९ मङ्सिर ४ मा सम्पन्न हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनमा दलका र स्वतन्त्र उम्मेदवार होमिएका छन् । सबै उम्मेदवारको मनोविज्ञान गोल हान्ने र जित्ने नै छ । यता नागरिक उम्मेदवारले चुनावमा लिएर आउने कार्ययोजनाको प्रतीक्षामा छन् ।
आफूभित्रको शक्ति पहिचान
नवरात्रिमा नौ दिनसम्म दुर्गा शक्तिको आराधना भक्तिपूर्वक गर्नाले मनोकाङ्क्षा पूरा हुन्छ भन्ने आमभावना छ । दसौँ दिन सबै नकारात्मक तìवलाई परास्त गरी विजयस्वरूप विजया दशमी मनाउने परम्परा हिन्दु धर्म सं
पार्टी, चुनाव र मिडिया
निर्वाचन आयोगले आचारसंहिता सक्रिय भएको घोषणा गरेसँगै पार्टी र टाठाबाठालाई मात्रै होइन सर्वत्र चुनाव लागिसक्यो। देश सेवाको ‘हुटहुटीले’ सताइएका ‘देशप्रेमीको’ भीड पार्टी कार्यालय, नेतृत्वको घर आँगनमा त देखिन्छ नै सुन्धारा र बसपार्कका होटल, लज खचाखच भरिएका छन्। चुनाव र आकर्षण ह्वात्त बढेको छ। दुवै गठबन्धनले (घोषित वा अघोषित) अझै उम्मेदवार सार्वजनिक गर्न सकेका छैनन्। टिकट अपेक्षितहरूको चाहना अपूरो हुनेबित्तिकै स्वतन्त्र उम्मेदवारी देलान् भन्ने त्रास सबै पार्टीलाई छ। कुन सिट गठबन्धनका कसलाई पर्छ भन्ने यकिन नभएकाले पनि आकाङ्क्षी ढुक्क छैनन्। प्रथम कोटीका नेतृत्व पङ्क्ति नै समानुपातिक लिस्टमा सामेल भएकाले संविधानको स्पिरिट नै खजमजियो। उम्मेदवारले टिकट किन आफूलाई नै दिनुपर्ने विश्वसनीय तर्क र आधार अगाडि सार्न सकेनन्। व्यवस्था सङ्घात्मकता, अभ्यास केन्द्रीकरण एउटा पार्टीको मात्रै नभई सबैमा देखिने समस्या भनेको टिकट सुरक्षित गर्न र गराउन ताप्लेजुङ, पाँचथर मात्रै होइन मधेश–तराई र सुदूर क्षेत्रका प्रत्याशी पनि दलबलसहितै राजधानी छिरे। विचार फेर्न सजिलो संस्कार फेर्न गाह्रो। प्रत्याशीका याद नभएका मतदाता सामने भुलेका एजेन्डा, बिर्सेका आदर्श, मूल्य मान्यता, सिद्धान्त, राजनीति अनुमोदित हुनुपर्ने हो तर त्यसको पर्वाह नगरेर चाकरी बजार्दै स्वाभिमान बन्धकी राखेर गुट नेतालाई दबाब दिँदै टिकट हात पार्न जोहो सबै दलमा हुँदैछ। गुटको अस्तित्वमै राजनीतिक जीवन देख्ने नेतृत्वका कारण हित टकराउँदा हरेक ठूला पार्टीमा विग्रह पैदा भएका छन्। त्यसले राजनीति व्यवसाय र कार्यकर्ता राजनीतिक कमैया हुन् कि! सामाजिक सेवा! भन्ने प्रश्न फेरि बहसमा उत्रियो। चुनावी रणमैदान निर्वाचन आयोगमा दर्ता भएका ६८ दलमध्ये ४८ दलले समानुपातिकको बन्दसूची बुझाए। सबैले राष्ट्रिय पार्टी दाबी गरे। प्रत्यक्ष वा समानुपातिकका आकाङ्क्षी प्रतिस्पर्धामा उत्रिने प्रत्याशी र आकाक्षी सङ्ख्या २० हजार नाघी सक्यो। निर्वाचन परिणाम नआउँदासम्म ती सबै सांसद हुन्। सो हैसियत आकाङ्क्षीले राख्नु पनि अस्वाभाविक होइन। प्रत्याशी सामने उठ्ने प्रश्न भनेका उनीहरू किन, केका लागि उम्मेदवार बन्दैछन् ? विजय भएपछि के, कसो गर्ने हो ? केको आधारमा सम्बन्धित दलको प्रत्याशी हो ? सो दलको राजनीतिक, आर्थिक र परिवर्तनप्रतिको प्रतिबद्धता के हो ? विगतका संसद्मा के भूमिका खेले र उनले गर्ने बाँकी काम केके हुन ? कुन नैतिक पुँजीले ऊ फेरी उम्मेदवारीको दाबी गर्दै छ र प्रतिस्पर्धीभन्दा उसैलाई मतदाताले रोज्नुपर्ने कारण के हुन् ? ऊसँग विकास निर्माणको तत्कालीन र दीर्घकालीन के–कस्ता नीति, योजना र कार्यक्रम छन् ? देशको मूल कानुन र धारणा बनाउने केन्द्रीय थलोमा पुग्ने भएकाले उसका राष्ट्रिय र अन्तर्राष्ट्रिय प्रतिबद्धता केके हुन् ? देश युवारहित बनिसक्यो, लेबर जन्माउने मुलुक कहलिँदैछ। यसले सामाजिक असन्तुलन पैदा गरिसक्यो। यसलाई फेर्ने मार्ग चित्र के–कस्तो छ ? यस्ता विषय न स्वयं आधिकांश प्रत्याशीलाई हेक्का छ न त सम्बन्धित पार्टीले नै सरोकार राखेको देखिन्छ। ठूला दलमा प्रत्याशी मतदातामा विश्वासभन्दा केन्द्रीय नेता, अझ गुटमा भर परेका छन्। जसको विश्वासमा भर परेर निर्वाचित बन्नुपर्ने, गाउँघर टोल बस्तीका मतदातासामु आफ्नो र आस्थाको पार्टीको विश्वास आर्जन गर्नु साटो पार्टी केन्द्रीय कार्यालय, गुट नेताहरूको घरघर चहार्दै छन्। अनुहार देखायो, मौका पाए नेताहरूलाई भेट्यो, मोक्ष सोच्यो, आफ्ना औकात बतायो अनि रोजिन्दा लज होटेलमा फर्कियो। लस्कर पछुवासहित जिल्लाबाट राजधानी छिरेका छोटेनेताको यस्तै दिनचर्या बन्दैछ। अन्तर्घात र स्वतन्त्र खेला आफैँ हुनुपर्छ म भइनँ भने बरु अर्को होस् तँ भने कदापि हुनु हुँदैन, पार्टीले टिकट नदिए अन्य पार्टीले दिन्छ वा स्वतन्त्र लडेर आफ्नो र तिम्रो औकात देखाइदिन्छु, जित्न नसके पनि जित्न भने किमार्थ दिन्न भन्ने मनोदशा पार्टीभित्रकै अन्तरघाती खेलाडीमा देखिँदैछन्। नत्र भनेको धम्की हरेक पार्टीले सामना गरिरहनुपरेको छ।यस चुनावमा पार्टीको भावनात्मक एकता कायम गर्दै र कार्यकर्तालाई सक्रिय बनाउन ठूला पार्टीलाई हम्मेहम्मे पर्नेछ। मौलिक सिद्धान्त, आदर्श, सामूहिकता, समग्र जनता र कार्यकर्ताहित एवं राष्ट्रिय एजेन्डा पूरा गर्ने भनिएका अगुवाप्रति विश्वास हराउँदै जानु र आफ्नो प्रतिनिधित्व अरू कसैले गरिदिँदैनन् भन्ने सोच पलाउनु, सपनाको मृत्यु हुँदाका कारण पनि हुन्।अपराध न्यूनीकरण तथा अनुसन्धानका लागि सम्पूर्ण नागरिकको अहम् भूमिका हुन्छ । तसर्थ सम्पूर्ण नागरिकलाई बिना बर्दीका प्रहरी भनी बर्दीका प्रहरीद्वारा सम्मान व्यक्त गरिएको हो ।हरेक वस्तुले मूल्यको माग गर्छ भने महìवाकाङ्क्षा हरेक परिवर्तनको आधारभूत पक्ष हो। दायित्व पूरा नगरी भूमिका तृष्णाको मौकामा चौका हान्ने भनेको अनौठो ग्रन्थी रसाउनु हो। आस र त्रासमा कज्याउने नेताहरू आश्वासन दिने वा अन्य मौका दिने भनेर गणेश परिक्रमा गराउँदै ठूला देखिने भइहाले। अहिले ठूला पार्टीमा उम्मेदवार चयन गर्न संसदीय दल वा कार्यदलसमेत मुस्किलमा परिरहेको छ। विगतमा मौकामा भाग्यले दिएको उपहार नदेख्नेहरू अहिले झन् सपना सजाउँदै सक्रिय भएका छन्। यसैको पेरीफेरीमा चुनावी माहौल बनिसक्यो। पार्टी सामने अन्तर्घात जोगाउन सामूहिक सक्रियता बढाउन विचारले पैदा गर्ने भावनाले मात्र सक्छ। के अहिलेका प्रमुख दलहरूसँग एजेन्डाप्रति पूर्ण प्रतिबद्धता, मार्गचित्रसमेत स्पष्टता र त्यसलाई कार्यान्वयन गर्ने नैतिक पुँजी भएका उम्मेदवार मतदातासमक्ष प्रस्तुत गर्ने इच्छाशक्ति छ ? त्यसमा आसन्न चुनावको गरिमा र आकलनले विजय सुनिश्चित हुन्छ र अन्तर्घातबाट पनि बच्न सक्छ। साना पार्टीका ठूला सपना विगतमा ससाना पार्टीको पनि सरकार बनाउने र गिराउनेमा महìवपूर्ण भूमिका रह्यो। त्यसैले साना पार्टीका ठूला महìवकाङ्क्षा भनेको देशैभरिको समानुपातिक मत हो। साना दलका ठूला नेतामा प्रत्यक्ष चुनाव लड्ने आँट देखिँदैन या गठबन्धन गरेर सुरक्षित हुन चाहन्छन्। अर्कातर्फ आफू प्रत्यक्ष भिडन्तबाट जोगिँदै खुद्रा मत ल्याउने प्रभावशाली उम्मेदवारको खोजीमा भौँतारिरहेका पनि छन्। उनीहरू ठूला दलबाट टिकट नपाउने र महìवाकाङ्क्षी तर स्थानीय पकड भने भएकाको शिला खोजिरहेका छन्। उनैले बढाइदिएको समानुपातिक मतले आफ्नो पद सुरक्षित हुन्छ भनेर पाहुना उम्मेदवार खोज्दै लगानी व्यवसाय बढाइरहेका छन्। उम्मेदवारी लिने र दिने अनि बिक्री गरिदिँदै च्याँखे थाप्नेहरूका बिगबिगी बढ्ने हुँदा चुनावी व्यवसाय अझ फस्टाउने देखिन्छ।मिडियाको भूमिका भारतमा चुनावी रणनीतिकार प्रशान्तकुमार जस्तो व्यवस्थापन गर्ने वा चुनावी कन्सलटेन्सी यहाँ अझै देखिएका छैनन्। त्यसैले मिडिया व्यवस्थापनमा धेरैले ध्यान खिचेको देखिन्छ। धेरैजसो देशमा सामाजिक सञ्जालसमेत व्यवस्थापन र मतदाताको मस्तिष्क र निर्णय अध्ययन गर्ने, त्यसैअनुसार रणनीति र नारा तय गर्न थालिसकियो। अन्यत्र नेतृत्वको मार्केटिङ एजेन्सीहरूले गर्छन्। नेपालमा भने फेसबुकमा विज्ञापन र सरोकार ग्रुपले विपक्षको हुर्मत काढ्ने, चरित्र हत्या गर्ने र आफ्ना प्रचार गर्नेमा मात्रै सीमित देखिन्छ। नेता, पार्टी र उम्मेदवार व्यावहारिक क्रियाशीलता र गतिशीलतामा मात्र टिक्छन्। समय अति गतिमा छ। त्यसलाई पक्रेर अघि बढ्न सक्ने नेतृत्वपङ्क्ति भएन भने सोचाइ परिणाममा फेर्न सकिँदैन। समय र समाज आदेशले मात्रै चल्दैन न कि इतिहासका भूमिकाले ।इजरायली जासुसी एप्स पेगासेसको केही देशमा चुनावमा विपक्षविरुद्ध प्रयोग भए पनि यहाँ आर्टिफिसिएल इन्टिलिजेन्स प्रयोग अझै प्रयोगको गरिएको पुख्ता प्रमाण पाइन्न। विभिन्न राष्ट्रिय अन्तर्राष्ट्रिय जासुसी एजेन्सीले पनि विगतमा गरेका अनुसन्धान परिणाममा पुग्दा सही साबित निस्किएनन्। विगतको चुनावभन्दा यस पटक योजनाबद्ध सामाजिक सञ्जाल, अनलाइन पत्रकारिता र पर्चाकारिता भने बढ्दो छ। साइबर सेल सक्रिय हुँदैछ। कोरोनापछि छापा पत्रिकाको ग्रामीण भेगमा नगन्य पहुँच भयो। पठन स्वभाव पनि फेरिए। सूचनाका स्रोतमा हातहातका इन्टरनेट र इनरोयड फोन बन्दैछन्। सूचना र विचारका टकराहटले सूचना उपभोक्ता रणभूल्लमा परिरहेका छन्। विज्ञापन बजार एकदम सानो छ तर मिडिया भने बढ्दैछन्। मिडियाको सबभन्दा ठूलो सम्पत्ति भनेकै विश्वसनीयता हो। योजनाबद्ध मिडिया मिसन सुरु भएर ‘स्वतन्त्र’ मिडियामा पनि पक्षधरता क्रमशः बढदो छ। मिडिया खेलमा अंशमा टेकेर समग्रमा आक्रमणलाई नियाले छर्लङ्क देखिन्छ। दोहोर्याइरहनै पर्दैन ‘सूचना, कूसूचना, भ्रमित सूचना र विज्ञापित सूचना आपसमा टकराउँदै’ मतदाता प्रशिक्षण कसरी गर्ने निर्वाचन अयोगको थप चुनौती हो। आचारसंहिता कसरी लागू गर्ने निर्वाचन आयोग र प्रेस काउन्सिलका सामु ठूलै परीक्षा हुनेवाला छ। बुद्धि, विवेक र सक्रियता मिडिया, चोक र चिया पसलमा मात्र हैन सामाजिक सञ्जालका सेन्सरबिनाका यत्र,तत्र,सर्वत्र देखा पर्दैछन्। झन्डै एक तिहाइ जनता देश बाहिरिएकाले उनीहरूका औकात, पक्षधरता, मनका अभाव, तनाव, बह, कुण्ठा, प्रलाप र मनोरोग फेसबुक वाल बनेर रङ्गिरहेको छ। प्रत्यक्ष मतदान गर्न नपाए पनि परिवारको आर्जन गर्ने मूल व्यक्ति भएकाले उनीहरूकै धारणा, विश्वास र अठोटले मतदानमा प्रभावित पार्नेछ। सबै पार्टीका सहयोगी र भातृ संस्था हरेक देशमा छन्। तिनीहरूको पनि चुनावमा महत्वपूर्ण भूमिका हुनेछ।चुनावी मौसममा भारतीय अनुभव पेड न्युज, लेड न्युज र मेड न्युजमा नेपाली संस्करणबाट जोगाउन निर्वाचन आयोग र प्रेस काउन्सिल कति सक्षम होला नियाल्नैपर्ने हुन्छ।
चाडपर्वमा अपनाउनुपर्ने सुरक्षा
अपराध न्यूनीकरण तथा अनुसन्धानका लागि सम्पूर्ण नागरिकको अहम् भूमिका हुन्छ। तसर्थ सम्पूर्ण नागरिकलाई बिना बर्दीका प्रहरी भनी बर्दीका प्रहरीद्वारा सम्मान व्यक्त गरिएको हो।नेपालीको महान् चाड बडादशैँ घरआँगनमा आइसकेको छ। नवरात्रिको पहिलो दिनलाई स्वागत गरी घरघर, कार्यालय तथा हनुमानढोकास्थित कोतघरमा घटस्थापना गरी जमरा राख्ने कार्य सम्पन्न मात्रै भएको छैन सम्पूर्ण जनसमुदाय चाडपर्वको अवसरमा खुसीले उद्धेलित रहेको देखिन्छ।विदेशमा रहेका नेपाल फर्कने,आवश्यकताअनुसार किनमेलमा सरिक हुने, गाउँस्थित घरमा जाने र खुसी साटासाटा गर्नेलगायतका कार्य भई नै रहेको छ भने शुभ दीपावली, छठ र नयाँ नेपाल संवत्सम्म निरन्तर रही नै रहनेछ।अतः मानिसको आवागमन असाध्यै बढी हुने यस अवसरमा सरकारी निकाय जिल्ला प्रशासन कार्यालय, यातायात कार्यालय, सडक विभाग, ट्राफिक प्रहरी र जनपथ प्रहरी तथा सवारी धनी, सवारी चालक, सह–चालक लगायतबाट समूहगत सचेतनामूलक कार्यक्रम गरी सोहीबमोजिम कार्यान्वयन गरिनु पर्ने टड्कारो आवश्यकता छ। लामो यात्राका लागि दुई जना सवारी चालक राख्नुपर्ने नियम कार्यान्वयन गरी सवारीधनीले आफूलाई प्राप्त जिम्मेवारी पूर्णतया पालन गरी समाजलाई गुन लगाउनुपर्ने त छँदैछ दुर्घटना न्यूनीकरणमा समेत अहम् भूमिका खेल्नुपर्नेछ।सरकारी संयन्त्रबाट बढीभन्दा बढी चेकजाँच गरी मादक पदार्थ सेवन (मापसे) तथा लागू पदार्थ सेवन (लापसे) गरी सवारी साधन चलाएको पाइएमा हदैसम्मको कारबाही गर्ने, समयमै यान्त्रिक चेकजाँचको व्यवस्था मिलाउने, सिट क्षमताभन्दा बढी यात्रु राख्न निषेध गर्ने, छतमा यात्रु राख्न नदिने, अनधिकृत पार्किङ नियन्त्रण गर्ने र ट्राफिक नियमको सधैँ पालना गर्न सके र सम्बन्धित सबै निकायले समेत यथासम्भव सहकार्य गरे मात्र सवारी साधनसहित यात्रुलाई निर्धारित गन्तव्यमा सुरक्षित तथा सुविधापूर्वक पुर्याउन मद्दत गर्छ। सवारी साधनमा यात्रा गर्ने अवधिभर असाध्यै चनाखो रहनुपर्ने हुन्छ। नगद, बहुमूल्य गर–गहनाको प्रयोगले यात्रा अवधिभर सुरक्षा खतरा बढाउँछ। यात्राका क्रममा अपरिचित व्यक्तिले दिएको सामान्य चकलेट, चिया बिस्कुट खाएर लुटिएको घटना त वर्णन गरिसाध्य नै छैन। लुटिनुभन्दा अगावै चनाखो हुन सके राम्रो। पछि पछुताएर गर्न सकिने सम्भावना धेरै कम भइसकेको हुन्छ। साथै दैनिक रूपमा काठमाडौँको विभिन्न नाकाबाट बाहिरिने व्यक्तिहरूले आ–आफ्नो घर तथा डेरा छाड्ने क्रममा सुरक्षाका उपायसमेत अवलम्बन गरी आफू, आफन्तजन, स्वजनलगायतलाई सुरक्षित बनाउनु अपरिहार्य भइसकेको छ। अन्यथा आपराधिक कार्यमा संलग्न व्यक्तिबाट लुटिइसकेपछि लगनपछिको पोतेजस्तो पछुताउनुबाहेक के नै बाँकी रहन्छ र ? तसर्थ, सम्पूर्ण घर धनीहरूले घरमा राखेको कामदार, डेरामा बस्ने व्यक्तिको नाम, थर, स्थायी, वतन, मोबाइल नम्बर र फोटोसहितको विवरण राखेमा आवश्यक परेमा अनुसन्धान कार्यमा सहजता आउनेछ। घरमा सीसीटीभी क्यामेरा जडान गर्ने, घरबाट बाहिर जाने क्रममा सके सुरक्षा गार्डको व्यवस्था गर्ने, नसके टोल छिमेकका विश्वासिलो व्यक्तिलाई जानकारी गराउने र नजिकको प्रहरी एकाइलाई जानकारी गराई समय–समयमा गस्ती तथा निगरानी गर्न अनुरोध गर्ने कार्य गरेमा सम्भावित चोरीबाट बच्न सकिने हुन्छ। सकेसम्म नगद र बहुमूल्य गर–गहना बैङ्कमा राख्न सके र अनलाइन कारोबार गरेमा ठूलो क्षति हुनबाट जोगिन सकिन्छ। त्यस्तै प्रकारान्तरले आधुनिक युगमा अपराधीले विविध विधि र प्रविधिको व्यापक दुरुपयोग गरी आपराधिक घटना घटाउने भएकाले आफू सजग रही अरूलाई सजग गराउन हुन तथा सामाजिक सञ्जालको सदुपयोग मात्रै गर्न सके पनि अनलाइन ठगी, हनी ट्र्याप, आपराधिक विश्वासघात र आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसुरबाट जोगिन सकिनेछ ।जुवा, तास, मा.प.से., ला.प.से. लगायतबाट जोगाएको रकममध्ये केही रकम समाजको हितमा लगाइ आ–आफ्नो टोलछिमेकमा सीसीटीभी क्यामेरा र साइरन जडान गर्ने सके आपत् परेको समयमा आफू जोगिन र छरछिमेक समुदाय आदिलाई जोगाउन सकिने तर्फ पनि सबैको ध्यान जानु आवश्यक छ। फेसबुकमा नचिनेको व्यक्तिबाट फ्रेन्ड रिक्वेस्ट आएमा, तपाईंलाई चिठ्ठा पर्योलगायतको सूचना ह्वाट्स एप्समा आएमा नखोली डिलेट गर्ने गर्दा पीडित हुने सम्भावना कम हुन्छ। सामाजिक सञ्जालको पासवर्ड कसैसँग पनि सेयर गर्ने नगरौँ। कुनै मित्रसँग अनलाइन भिडियो कल गर्ने क्रममा वास्तविक जीवनमा आफूले के गर्न हुन्छ, के गर्न हुँदैन भन्ने तथ्यलाई हृदयङ्गम गर्न सके आफू पनि जोगिन सकिनेछ। सामाजिक सञ्जालको प्रयोग गर्ने क्रममा लाइभ अपडेट गर्ने बानीले पनि कतै न कतै समस्यामा पार्न सक्छ। आज त गाउँ जान लागेको सपरिवार, अहिले नागढुङ्गामा पुगियो, केही समयपश्चात् मुग्लिनमा खाना खाँदै र दिउँसोको समयमा पोखराको फेवातालमा डुङ्गा सयर आदि छिनछिनमा अपडेट गर्ने बानीले चोरले घरमा सफाचट पारिसकेको पत्तै हुँदैन। तसर्थ, यात्रा समाप्त गरी फर्केर लेट पोष्ट राख्दा पनि बिग्रने त केही होइन। यसमा सजगता अपनाउँदा वेश हुन्छ।आफूले कहिल्यै पनि नकाटेको चिट्ठा पर्यो भनी कोही कसैले सूचना पठाउँदैमा त्यसैलाई पत्याइ आफू सहभागी नभएको चिट्ठाका पछि लाग्नु किमार्थ बुद्धिमानीपूर्ण कार्य हुनै सक्दैन, कदापि पछि नलागौँ। त्यस्ता प्रकारका चिट्ठाका पछि लाग्दा धेरैजनाले अनाहकमा धन गुमाएका, परिवारमा विखण्डन आएका र अन्त्यमा ज्यानैसम्म गुमाएका घट्नासमेत बढिरहेको पाइन्छ । जसरी पौडन नजानेको एउटा व्यक्तिले पौडन सिकेर मात्र गहिरो स्थानमा पौडनु उचित हुन्छ, त्यसरी नै अति उच्च सावधानी अपनाएर मात्र सामाजिक सञ्जालको प्रयोग गर्न सकेमा धन, सामाजिक प्रतिष्ठा र जनको समेत क्षति हुनबाट जोगिन सकिने हुन्छ। धेरै जनाको बानी सित्तैमा पायो भने जे पनि प्रयोग गर्ने हुन्छ। सित्तैमा पाइने वाइफाईमा लगइन गरी घन्टौँसम्म ह्याङआउट भइरहने बानीबाट पनि फिसिङमा पर्ने सम्भावना हुन्छ। जसरी मछुवारेले गड्यौलाको चारो हाली पानीमा बल्छी फाल्दा माछाले मुख खोलेन भने बल्छीमा पर्ने सम्भावना हुँदैन त्यसरी नै हामीले पनि सित्तैमा उपलब्ध हुने वाइफाईमा लगइन नगरेमा फिसिङमा पर्नबाट बच्न सकिन्छ।मापसेले गर्दा लगभग ७७ प्रतिशत अपराध घट्ने गरेको पाइन्छ। तसर्थ, सके मापसे गर्दै नगरौँ र गर्नै परे पनि थोरै गरौँ। मादक पदार्थले आफूलाई कहिल्यै पनि सेवन नगरोस् भन्ने तर्फ पनि सचेत रहन सके जीवन, धन त अपराध कर्मबाट जोगिन सकिन्छ। पङ्त्तिकार जिल्ला प्रहरी कार्यालय झापाको प्रमुख रहेको समयमा बिहान एउटा वृद्धको हत्या भएको भनी मातहत कार्यालयबाट प्रतिवेदन आयो। इलाका नाकाबन्दी गरी अनुसन्धान गर्ने क्रममा अघिल्लो दिन बाबुले वृद्धभत्ता ल्याएका रहेछन्। साँझ बाबुछोरा बसेर मापसे गरेछन्। बाबुले छोरालाई अब पिउने कार्य बन्द गरौँ भन्दा छोराले मानेनछन् र अझै पिउने कुरा गर्दा बाबुले नमानेपछि छोराले छेउमै रहेको दाउराको चिर्पटले हिर्काउँदा बाबुको तत्कालै ज्यान गएको रहेछ। बाबुको दुःखद निधन र छोराको कारागारको बास मापसेले नै गराएकाले यसलाई आफूले प्रयोग गर्ने बानीमा पनि आमूल सुधार गर्नु जरुरी छ। जसरी सम्पूर्ण व्यक्तिले कानुन जानेकै र पालना गरेकै हुनुपर्छ भन्ने विधिशास्त्रीय मान्यता छ त्यसरी नै कानुन पालनाका लागि प्रहरीको परिकल्पना गरिएको हुन्छ। नेपाल प्रहरी ऐन, २०१२ ले प्रहरीको गठन गरी जन र धनको सुरक्षा गर्ने जिम्मेवारी प्रदान गरेको परिप्रेक्ष्यमा उक्त कार्यका लागि २४ सैँ घन्टा परिचालित रहेको छ।अपराध न्यूनीकरण तथा अनुसन्धानका लागि सम्पूर्ण नागरिकको अहम् भूमिका हुन्छ। तसर्थ सम्पूर्ण नागरिकलाई बिना बर्दीका प्रहरी भनी बर्दीका प्रहरीद्वारा सम्मान व्यक्त गरिएको पाइन्छ। समुदाय–प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत, नेपाल प्रहरी, स्थानीय तह, समुदाय, सामाजिक संस्था, विद्यालय, सञ्चारकर्मीलगायतको भूमिकाले गर्दा नै आपराधिक कार्यमा संलग्न व्यक्ति हतोत्साहित हुँदै गरेकाले सबैको प्रयास यसैमा केन्द्रित हुन सके सुरक्षा र विकास, सुरक्षा र प्रशासन सुदृढ हुनेछ।लेखक काठमाडौं प्रहरी परिसरका प्रहरी उपरीक्षक हुनुहुन्छ।
पर्यटनमा पुनर्जागरण
भरपर्दो सेवाजन्य उद्योगका रूपमा पर्यटन क्षेत्रले छाप छोडेको छ। विदेशी मुद्रा आर्जन र रोजगारीको हिसाबले पर्यटन क्षेत्रको योगदान उल्लेख्य रही आएको छ। ऐतिहासिक तथा धार्मिक महत्व बोकेका सहरबस्तीदेखि दुर्गमका गामबेँसीसम्म पर्यटकीय गतिविधिले रूपान्तरण दिनसकेमा आर्थिक सबलीकरण तथा रोजगारीको भरपर्दो टेकोका रूपमा लिन सकिएला। पर्यटन उद्योगलाई प्रमुख उद्योगका रूपमा संस्थागत विकासका लागि सरकारले चालेका नीतिगत कार्यक्रममा थप पृष्ठपोषण र सहकार्यको आवश्यकता छ। जसमा निजी तथा सार्वजनिक क्षेत्रको सक्रियता र सहकार्यले महत्व राख्दछ। नेपालको अर्थव्यवस्थाको आधारका रूपमा पर्यटन क्षेत्र रहेको छ। यो क्षेत्र विदेशी मुद्रा आर्जनको प्रमुख स्रोत हो। विश्वका आठ हजार मिटर उचाइ माथिका अग्ला १४ हिमशिखरमा आठवटा हिमशिखर त नेपालमा रहनु विश्वको पर्वतारोहण, रक क्लाइम्बिङ तथा साहसिक पर्वतारोहीका लागि पहिलो रोजाइको गन्तव्य रहेको छ नै। यसै सन्दर्भमा नेपाल सरकारले सन् २०२३–२०३३ लाई पर्यटन दशकका रूपमा मनाउने घोषणा गरी सकेपश्चात् सरोकारवाला निकायको जिम्मेवारी र यस दशकलाई अभियानका रूपमा सञ्चालन गरी कोभिड–१९ को महामारी र व्यापक मन्दीपछिको तङ्ग्रिदो अवस्थामा थप लय र उत्साह ल्याउन आवश्यक छ। विगतका केही वर्षको पर्यटकीय आगमनको तथ्याङ्क विश्लेषण गरिएमा नेपाल आउने पर्यटकमा चीन, भारत, मलेसिया, सिङ्गापुर तथा खाडी मुलुकका पर्यटक धेरै रहेका छन्। अबका दिनमा चीन तथा दक्षिणपूर्वी एसियाली मुलुकका पर्यटकको आकर्षणमा थप ऊर्जा दिन ‘सबै समय, सबै याम, पर्यटन सेवा’ भन्ने मान्यताका आधारमा पर्यटन प्रवद्र्धन र पर्यटकीय सेवाको कार्यकलाप थप सेवाप्रवाहमुखी र आकर्षक सेवासहितको व्यवसायलाई विस्तार गर्न सकिएमा सम्भावना खोज्न सकिने थियो। पर्या–पर्यटनको कुरा गर्दा तात्विक रूपमा हिमाल आरोहण, प्राकृतिक स्थलहरूको मोहकता तथा नेपालको पदयात्रा पर्यटन विश्वकै अति उत्कृष्ट गन्तव्यस्थल भएको तथ्य छर्लङ्ग नै छ। तसर्थ, यस्ता उत्कृष्ट गन्तव्य स्थलहरूको प्रचुर पर्यटकीय भ्रमणको सम्भाव्यतालाई आत्मसात् गरेर पर्यटकीय मौलिकता बोकेका गन्तव्यस्थलको यथोचित अनि परिणाममुखी प्रचार प्रसारको खाँचो हामीमाझ खट्किएको छ। जसको गुणात्मक र परिणाममुखी परिवर्तनका लागि पर्यटन क्षेत्रसँग सरोकार राख्ने विभिन्न निकायको समन्वयात्मक कार्यले महत्व राख्दछ। यसका लागि पर्यटन क्षेत्रसँग सम्बन्धित व्यवसायी तथा सरकारी निकायले आफ्नो कार्यशैलीमा सामयिक सुधार गरी अन्र्तराष्ट्रिय बजारीकरण र प्रवद्र्धनात्मक कार्यक्रम ल्याउनु सापेक्षिक रहला। पर्यटकीय गाउँहरूमा स्थानीय जनताकै घरआँगनमा आतिथ्य सत्कारलाई आकर्षक प्याकेजका साथ पस्कनु, जसमा स्थानीय मौलिक संस्कृति र वेशभूषा झल्कने नाचगानदेखि स्थानीय परिकारको स्वादले आतिथ्यतामा निखारता दिन सकिन्छ। ग्रामीण पर्यटन, पर्यापर्यटन र घरबास पर्यटनका दृष्टिकोणले दक्षिण एसियाकै नमुना लमजुङको घलेगाउँ, स्याङ्जाको सिरुबारी, म्याग्दीको अन्नपूर्ण पदमार्ग सर्किटका विभिन्न बस्ती अनि सगरमाथा बेसक्याम्प तथा लाङ्टाङ पदयात्रा पर्यटनलगायतका क्षेत्रमा विकास र प्रवद्र्धनका आयामलाई अझ फराकिलो गर्न सकिन्छ।
गोरखापत्रमा पहिलो वर्ष
नेपाली पत्रकारिताको गौरवमय संस्था गोरखापत्र संस्थानमा काम गर्न थालेको एक वर्ष पुगेछ। २०७८ असोज ११ को मन्त्रिपरिषद्को निर्णयबमोजिम असोज १३ गतेदेखि मैले संस्थानको कार्यकारी अध्यक्षको जिम्मेवारी सम्हालेको थिएँ। सरकारी पत्रिकाको परिचय बोकेर परम्परागत ढर्रामा चल्दै आएको गोरखापत्र अहिले अलि ‘स्मार्ट’ भएको छ।
थाहा पाउने अधिकार
सूचनाको हकलाई कुनै पनि विषयवस्तुको जानकारी राख्न सक्नु, थाहा पाउनु भन्ने बुझिन्छ । हरेक विषयवस्तुको बारेमा जानकारी नराखे हामी पछि पर्छौं ।
थाहा पाउने अधिकार
सूचनाको हकलाई कुनै पनि विषयवस्तुको जानकारी राख्न सक्नु, थाहा पाउनु भन्ने बुझिन्छ । हरेक विषयवस्तुको बारेमा जानकारी नराखे हामी पछि पर्छौं ।
थाहा पाउने अधिकार
सूचनाको हकलाई कुनै पनि विषयवस्तुको जानकारी राख्न सक्नु, थाहा पाउनु भन्ने बुझिन्छ । हरेक विषयवस्तुको बारेमा जानकारी नराखे हामी पछि पर्छौं ।
थाहा पाउने अधिकार
सूचनाको हकलाई कुनै पनि विषयवस्तुको जानकारी राख्न सक्नु, थाहा पाउनु भन्ने बुझिन्छ । हरेक विषयवस्तुको बारेमा जानकारी नराखे हामी पछि पर्छौं ।
निजामतीमा जिम्मेवारी
निजामती सेवा सरकारको प्रमुख कार्यकारिणी संयन्त्र हो । यसलाई मुलुकको स्थायी सरकारका रूपमा पनि लिइन्छ । सरकारका निर्णय वा नीति कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीमा रहेकोे भएता पनि सरकारविहीन अवस्थामा समेत निजामती सेवाले सरकारको
निजामतीमा जिम्मेवारी
निजामती सेवा सरकारको प्रमुख कार्यकारिणी संयन्त्र हो । यसलाई मुलुकको स्थायी सरकारका रूपमा पनि लिइन्छ । सरकारका निर्णय वा नीति कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीमा रहेकोे भएता पनि सरकारविहीन अवस्थामा समेत निजामती सेवाले सरकारको
निजामतीमा जिम्मेवारी
निजामती सेवा सरकारको प्रमुख कार्यकारिणी संयन्त्र हो । यसलाई मुलुकको स्थायी सरकारका रूपमा पनि लिइन्छ । सरकारका निर्णय वा नीति कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीमा रहेकोे भएता पनि सरकारविहीन अवस्थामा समेत निजामती सेवाले सरकारको
निजामतीमा जिम्मेवारी
निजामती सेवा सरकारको प्रमुख कार्यकारिणी संयन्त्र हो । यसलाई मुलुकको स्थायी सरकारका रूपमा पनि लिइन्छ । सरकारका निर्णय वा नीति कार्यान्वयन गर्ने मुख्य जिम्मेवारीमा रहेकोे भएता पनि सरकारविहीन अवस्थामा समेत निजामती सेवाले सरकारको