म्याद गुज्रिएका खाद्य सामग्री नष्ट
गोरखाको धार्चे गाउँपालिकाका विभिन्न वडाहरूमा सञ्चालन भएका पसलहरूमा म्याद गुज्रिएको खाद्य सामग्री नष्ट गरिएको छ ।
पोखरामा करिब एक करोडको चोरी गर्ने पक्राउ
पोखरामा एक करोडभन्दा बढीको धनमाल चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीलाई कास्की प्रहरीले सार्वजनिक गरेको हो ।
‘पेन्सनपट्टा’ फिल्मको तयारीमा माओत्से गुरुङ
निर्देशक तथा अभिनेता माओत्से गुरुङ नयाँ फिल्मको तयारीमा जुट्नुभएको छ । उहाँ ‘पेन्सनपट्टा’ नामक फिल्मको तयारीमा लाग्नुभएको छ । मङ्सिर पहिलो सातादेखि पोखरा आसपासमा छायाङ्कन गरिने फिल्मका कलाकार भने तय भइसकेका छैनन् ।
संरक्षणको पर्खाइमा कोटगढी
गोरखाको पालुङटार नगरपालिका–१० मिरकोटमा रहेको ऐतिहासिक मिरकोट कोटगढी संरक्षणको पर्खाइमा रहेको छ । बाइसे चौबिसे राज्यहरू भएका बेलामा राजाहरूले आफ्नो किल्लाको रूपमा प्रयोग गर्दै आएको ऐतिहासिक ठाउँ कोटगढी संरक्षणको पर्खाइमा रहेको हो ।
मालढुङ्गा–कोरलामा चौँतिस ठुला पहिरो
कालीगण्डकी कोरिडोर सडक आयोजनाको मालढुङ्गादेखि कोरलासम्म २०२ किलोमिटर खण्डमा ३४ वटा ठुला पहिरो टाउको दुःखाइ बनेको छ । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी कोरिडोरको मुख्य खण्डका रूपमा रहेको मालढुङ्गा–कोरला खण्डमा रहेका ठुला पहिरोले बर्खामा निकै सताउने कालीगण्डकी कोरिडोर सडक अयोजनाका प्रमुख ध्रुवकुमार झाले जानकारी दिनुभयो । उहाँका अनुसार मालढुङ्गा–बेनी १३ किलोमिटर खण्डमा तीन वटा पहिरो रहेको छ । त्यस्तै बेनी–भुरुङतातोपानी खण्डमा १० वटा पहिरोले चार किमी सडक क्षेत्रमा क्षति पु¥याउने गर्छ । तातोपानी–घाँसा खण्डमा १४ वटा पहिरो रहेको एवं धाँसा–जोामसोम खण्डमा दुई र जोमसोम कोरला खण्डमा पाँच वटा ठुला पहिरो रहेको उहाँको भनाइ छ ।
पञ्चमूलमा बन्दै लालीगुराँस पार्क
आँधीखोला गाउँपालिका–१ को पञ्चमूल सामुदायिक वनमा लालीगुराँस पार्क बनाउन थालिएको छ । वडा कार्यालयको पहलमा डिभिजन वन कार्यालय स्याङ्जाले राष्ट्रिय फूल लालीगुराँसका बिरुवा उपलब्ध गराएसँगै लालीगुराँस पार्क बनाउने काम थालिएको हो । वडाध्यक्ष पवनकाजी अधिकारीले दुई सय हेक्टरमा फैलिएको पञ्चमूल सामुदायिक वनको १० हेक्टरमा लालीगुराँस पार्क बनाइने बताउनुभयो । उहाँले सामुदायिक वनको दुई हेक्टर जमिनमा पहिलो चरणमा तीन सय लालीगुराँसका बिरुवा रोपण थालिएको जानकारी दिनुभयो ।
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन कार्यान्वयनमा जोड
स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी ऐन संशोधन भई लागु हुँदासमेत पूर्ण रूपमा कार्यान्वयन हुन सकेको छैन । यसले गर्दा स्वास्थ्यकर्मी र चिकित्सक अझै पनि त्रासमा छन् । स्वास्थ्य संस्थामा तोडफोडलगायतका काम भएपछि स्वास्थ्यकर्मीले असुरक्षित महसुस गर्दै आएका छन् । सरकारले सो क्षेत्रमा काम गर्ने जनशक्तिको मनोबल उच्च गराउन स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुविधा ऐन, २०६६ लाई २०७९ असार ३१ मा पहिलो संशोधन गरी कार्यान्वयनमा ल्याएको छ ।
ग्रामीण जनजीवनलाई जीवित राखेका बागलुङको दिजगाउँ
नेपालको एकमात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिजगाउँले ग्रामीण जनजीवनलाई जीवित राखेको छ । ढोरपाटन नगरपालिका–९ मा पर्ने यो गाउँ शान्त वातावरण, स्वच्छ हावापानी र मनोरम प्राकृतिक सुन्दरताले भरिए पनि विकासका हिसाबले भने निकै पछाडि परेको छ ।
वागलुङको दिजगाउँ
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिज गाउँमा भएका सबै घर काठैकाठले बनेका छन् । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गर्छ ।
देवकोटामाथि माओवादीले थाल्यो कारबाही
संसदीय दलको निर्णय विपरीत नेपाली कांग्रेस संसदीय दलका नेता एवम् मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई विश्वासको मत दिएको भन्दै सांसद फणीन्द्र देवकोटामाथि नेकपा (माओवादी केन्द्र) ले कारबाही थालेको छ ।
गण्डकीका मुख्यमन्त्री पाण्डेलाई विश्वासको मत
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले विश्वासको मत पाउनुभएको छ । ६० सदस्यीय गण्डकी प्रदेशसभामा विपक्षी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बाहेक सबै सांसदको समर्थन जुटाएर पाण्डेले विश्वासको मत पाउनुभएको हो ।
बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक खण्ड ६ दिन बन्द
उत्तरी गोरखाको धार्चे गाउँपालिकामाभित्र पर्ने बेनीघाट-आरुघाट-लार्के भञ्ज्याङ सडक खण्ड ६ दिनसम्म बन्द हुने भएको छ ।
प्राइम सहकारी ठगी प्रकरणः ६६ जनाविरुद्ध मुद्दा दायर
पोखराको प्राइम बहुउद्देश्यीय सहकारी ठगी प्रकरणमा ६६ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा आइतबार मुद्दा दायर भएको छ । जिल्ला सहकारी वकिलको कार्यालयले एक अर्ब ५७ करोड १५ लाख आठ हजार एक सय २४ रुपियाँ बिगो माग दाबीसहित ६६ जनाविरुद्ध अभियोगपत्र दायर गरेको हो ।
रघुगंगामा पाँच वटा जलविद्युत आयोजना निर्माण धमाधम
म्याग्दीको रघुगंगा गाउँपालिकामा निर्माणाधीन पाँच वटा जलविद्युत आयोजनाहरू निर्माणको अन्तिम चरणमा प्रवेश गरेका छन् ।
दिजगाउँ
बागलुङको ढोरपाटन नगरपालिका–९ स्थित दिजगाउँ । नेपालको एक मात्र सिकार आरक्ष ढोरपाटन क्षेत्रमा पर्ने दिज गाउँमा भएका सबै घर काठैकाठले बनेका छन् । जसले आन्तरिक तथा बाह्य पर्यटकलाई आकर्षित गर्ने गर्छ ।
माछीखोलामा प्रहरी चौकीको भवन निर्माण
धार्चे गाउँपालिका-५ स्थित माछीखोला प्रहरी चौकीको भवन निर्माण सम्पन्न भएको छ ।
सहिद लखन गाउँपालिकाको प्रशासकीय भवन निर्माण
गोरखाको सहिद लखन गाउँपालिकाले सुविधासम्पन्न प्रशासकीय भवन निर्माण गरेको छ । बहुउद्देश्यीय सभाहलबाट सेवा सुविधा दिँदै आएको गाउँपालिकाले सात वर्षपछि सुविधा सम्पन्न अपाङ्गमैत्री भवन निर्माण गरेको हो ।
त्रिशूली नदीमा वृद्धको शव फेला
त्रिशूली नदीमा एक वृद्धको शव फेला परेको छ । फेला परेको शव सहिद लखन गाउँपालिका-३ फुजेलका ७५ वर्षीय गणेश बहादुर श्रेष्ठ भएको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी निरीक्षक उज्जल सिंहले जानकारी दिनुभयो ।
फाँटभरी काँक्रो खेती (फोटो फिचर)
काँक्रोले भरिएको सुन्दर फाँट । फाँटदेखि माथि चिटिक्क परेको गाउँ । हालै मात्र कालोपत्रे भएको सडक । यो दृश्य पर्वतको जलजला गाउँपालिका ७ धाइरिङस्थित सल्यानको फाँट हो । सल्यान गाउँ ताजा तरकारी र बिउ उत्पादनको पकेट क्षेत्र हो ।
‘गुरिल्ला ट्रेक’ उजागर हुनेमा पलाएको आशा
प्रचार र पूर्वाधार अभावमा वर्षौंदेखि गुमनाम रहेको ‘गुरिल्ला ट्रेक’मा पर्यटकीय पूर्वाधार विकास गर्ने सरकारको घोषणापछि उक्त पदमार्ग उजागर हुनेमा आशा पलाएको छ । आगामी आव २०८१/८२ को बजेटमा ‘गुरिल्ला ट्रेक’लगायत पर्यटन गन्तव्यमा पदमार्गमा आधारित पर्यटकीय कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ ।
मर्स्याङ्दी जलविद्युत केन्द्रद्वारा पूर्ण क्षमतामा विद्युत उत्पादन
अमरराज नहर्कीतनहुँ, जेठ २८ गते । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ स्थित मर्स्याङ्दी जलविद्युत केन्द्रले पूर्ण क्षमतामा विद्युत् उत्पादन गरिरहेको छ । दैनिक रुपमा वर्षा हुने क्रम जारी रहेको तथा गर्मी बढेकोले हिमाल धेरै पग्लिएकोले नदीमा पानीको बहाव बढेपछि पूर्ण क्षमता ६९ मेगावाट विद्युत् उत्पादन भएको केन्द्रका प्रमुख इन्जिनियर पशुपति गौतमले बताउनुभयो। गौतमका अनुसार जेठ १८ गतेदेखि पूर्ण क्षमतामा उत्पादन भइरहेको छ । सुख्खायाममा हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुँदा घटेर ३० मेगावाट पुगेकोमा हाल बढेर पूर्ण क्षमतामा उत्पादन भएको छ । तीन वटा युनिटबाट २३-२३ मेगावाटका दरले पूर्ण क्षमता अनुरुपको ६९ मेगावाट विद्युत् उत्पादन भइरहेको उहाँले जानकारी दिनुभयो । मर्स्याङ्दी हिमालबाट बगेर आएको नदी भएकोले गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ धेरै पग्लिने र वर्षा धेरै हुँदा यसका सहायक नदी, खोलामा पानीको बहाव बढेसँगै विद्युत् उत्पादन बढ्छ । केन्द्रका अनुसार धेरै बाढी आएको बेला गेग्रानहरु थेग्राउने र काठ दाउरा निकाल्न मिल्नेगरी दुई वटा फ्लाट गेट रहेकोले हाल पूर्ण क्षमतामा नै उत्पादन भइरहेको छ । गर्मी मौसममा तापक्रम बढ्दै जाँदा हिँउ पनि बढी पग्लिने र वर्षा धेरै हुँदा नदीमा मिसिने अन्य खोलानालाहरु पानी धेरै हुने भएकोले नदीमा पानीको बहाव बढ्दा उत्पादन बढेको केन्द्रले जनाएको छ । केन्द्रका अनुसार सुख्यायाममा भने हिउँ कम पग्लने र नदीमा मिसिएका खोला, खोल्सी र झरनाको पानी कम हुने भएकोले पानीको बहाव थोरै हुने हुँदा विद्युत् उत्पादन घट्छ। यस केन्द्रबाट उत्पादित विद्युत चितवनको भरतपुरबाट काठमाडौँको स्टेशनमार्फत राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।
स्याङ्जा पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा
स्याङ्जा जिल्लालाई प्रदेशकै दोस्रो पूर्ण खोप सुनिश्चित तथा दिगोपना जिल्ला घोषणा गरिएको छ ।
तनहुँका स्थानीय तहलाई चार अर्ब ८९ करोड ३२ लाख बजेट
तनहुँका स्थानीय तहले आगामी आर्थिक वर्षमा चार अर्ब ८९ करोड ३२ लाख बजेट पाउने भएका छन् । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को बजेट अनुसार जिल्ला चार नगरपालिका र छ गाउँपालिका गरी १० पालिकाका लागि उक्त बजेट विनियोजन गरिएको हो ।
चोयाको सामग्रीबाट आत्मनिर्भर बन्दै महिला
गोरखाको पालुङटार नगरपालिका –२ आँपपिपलका महिला बाँसको चोयाबाट विभिन्न सामग्री बनाएर स्वारोजगार तथा आत्मनिर्भर बन्दै गएका छन् ।