• १२ साउन २०८१, शनिबार

पोखरामा करिब एक करोडको चोरी गर्ने पक्राउ

blog

सन्तोष सुवेदी
कास्की, जेठ २९ गते । 
पोखरामा एक करोडभन्दा बढीको धनमाल चोरी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । उनीलाई कास्की प्रहरीले सार्वजनिक गरेको हो ।

पोखरा २२ घर भई पोखरा १३ मियाँपाटन बस्ने वर्ष २१ का नवीन नेपाली र गोरखा घर भई पोखरा ४ गैह्रापाटन बस्ने वर्ष २९ का सुवास थापामगरलाई प्रहरीले पक्राउ गरेको थियो । उनीहरूलाई कास्की जिल्ला अदालतबाट चोरी तथा डाँका मुद्दामा आइतबार दिन सात म्याद थप गरी अनुसन्धान जारी रहेको वडा प्रहरी कार्यालय बैदामका प्रहरी नायब उपरीक्षक राजेन्द्र श्रेष्ठले जानकारी दिनुभयो ।

जेठ ११ गते नेपाली र थापामगरले पोखरा १७ घारीपाटनका लक्ष्मीकान्त शर्माको घर र सोही घरमा डेरा गरी बस्ने कृष्णजी पौडेल समेतको घर र कोठाबाट सामान चोरी गरेका थिए ।

प्रहरी नायब उपरीक्षक श्रेष्ठले सुनका गरगहना ४२ तोला, मोबाइल, ल्यापटप, क्यामेरा तथा अन्य सामान र नगद तीन लाख ८० जारी एक करोडभन्दा बढीका सरसामान चोरी भएको उल्लेख गर्नुभयो ।

गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, नेपाल प्रहरी प्रदेश कार्यालय पोखरा, जिल्ला प्रहरी कार्यालय कास्की र वडा प्रहरी कार्यालय बैदाम समेतबाट विशेष अनुसन्धान टोली खटिई अनुसन्धान गर्दै जाँदा थापामगर र  नेपालीको संलग्नता देखिएको प्रहरीले बताएको छ ।