पोखरा महानगर क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध
पोखरा महानगरपालिका क्षेत्रमा ब्रिज कोर्स सञ्चालनमा प्रतिबन्ध लगाइने भएको छ । हालै बसेको नगर शिक्षा समितिको बैठकले महानगर क्षेत्रमा ब्रिज कोर्सका कुनै कक्षाहरू सञ्चालनमा प्रतिबन्ध लगाउने निर्णय गरेको हो ।
कौरा नाचको जर्गेना गर्न खुला कौरा प्रतियोगिता
कौरा नाच्न तथा गीत गाउन युवा पुस्तालाई सिकाउने र पुरानो संस्कृति जर्गेना गर्न तनहुँमा मौलिक खुला कौरा प्रतियोगिता हुने भएको छ ।
सोलार लिफटिङ खानेपानी आयोजनाले २ सय ६० घर लाभान्वित
गोरखामा लिफ्टिङ खानेपानी आयोजनाले २ सय ६० घर लाभान्वित भएका छन् । लामो समयदेखि खानेपानीको चर्को अभाव झेल्दै आएका गोरखाको सहिद लखन गाउँपालिका – ५ काउलेका स्थानीयबासीहरुका लागि सोलार लिफटिङ खानेपानी आयोजना निर्माण सम्पन्न भएको छ । सहिद लखन गाउँपालिका र रिन्युएवल वल्ड नेपाल नामको संस्थाको साझेदारीमा आयोजना निर्माण सम्पन्न भएको हो ।
हजुरआमा बनेपछि एसइई दिँदै कांग्रेस नेत्री भुसाल
पढ्नका लागि उमेरले छेक्दो रहेनछ भन्ने उदाहरण पर्वतकी एक महिला नेतृले देखाउनुभएको छ । दक्षिणी पर्वतको बिहादी गाउँपालिका–४ वहाकीकी ५० वर्षीया खगिसरा भुसालले एसइई परीक्षामा सहभागी भएर उक्त उदाहरण प्रमाणित गरेर देखाउनुभएको हो । उहाँले दुई छोरा र एक छोरी जन्माएर, हुर्काएर विवाहसमेत गराइसक्नुभएको छ । बूढेसकालमा सुख सयलका साथ जीवन बिताउने बेला भए पनि सानो उमेरमा पढाइ पूरा गर्न नपाएको धोको भुसालले हजुरआमा बनेपछि पूरा गर्नतर्फ लाग्नुभएको छ ।
दुर्घटनाका घाइते भन्छन्, मोटरसाइकल जोगाउन खोज्दा जीप भिरमा खस्यो
कास्कीको अन्नपूर्ण गाउँपालिका–५ सल्यान घर भई पोखरामा अध्ययन गर्दैआउनुभएकी १५ वर्षीया सोनिसा सुनारको कक्षा ९ को वार्षिक परीक्षा सकिएको थियो । उहाँ सिमपानीस्थित स्पाइरल ग्यालेक्सीमा अध्ययन गर्नुहुन्छ । परीक्षा सकिएकाले आमा सुशीला, बुबा प्रकाश र २२ महिनाको भाइ सुप्रिमसँगै उहाँ घर सल्यान जाँदै हुनुहुन्थ्यो । वैदेशिक रोजगारीमा रहेका बाबु प्रकाश केही दिनअघि मात्र आउनुभएकाले परिवारमा छुट्टै रमाइलो थियो । बिदाको समय घर र मामाघरमा बसेर बिताउने तथा रमाइलो गर्ने योजना थियो । तर सोनियाको त्यो चाहना पूरा हुन सकेन ।
चार गुणाभन्दा बढी असुलेर थपको तमसुक
नवलपुर प्रहरीले जिल्लामा मिटरब्याज समस्या निकै जटिल र चुनौतीपूर्ण देखिएको बताइएको छ । जिल्ला प्रहरी कार्यालयका प्रमुख, प्रहरी उपरीक्षक नरहरि रेग्मीले मिटरब्याज र अनुचित लेनदेनको कारोबारीको जालो निकै फैलिएको भन्दै समस्या समाधानमा प्रहरी निर्मम भएर लागेको बताउनुभयो ।
हिमाल हेरेको आम्दानी त्रिसट्ठी लाख
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ स्थित पहाडको टुप्पोमा रहेको सुन्दर पर्यटकीय स्थल घोडेपानीको पुनहिलबाट हिमाल हेरेबापत गाउँपालिकाले वार्षिक रूपमा ६३ लाख रुपियाँभन्दा बढी आम्दानी गरेको छ । अन्नपूर्ण चक्रीय पदमार्गमा पदयात्राका लागि आएका पर्यटक घोडेपानीबाट बिहानै सूर्योदय र हिमशृङ्खलाको मनोरम दृश्य अवलोकन गर्न पुनहिल पुग्ने गर्दछन् । पर्यटकको प्रवेश शुल्क, कफी सप तथा रेस्टुरेन्ट सञ्चालन गर्न पालिकाले वार्षिक रूपमा पुनहिललाई आय ठेक्कामा लगाउने गरेको छ । उक्त आय ठेक्कामा लगाएबापत चालु आर्थिक वर्षमा पालिकाले ६३ लाख ११ हजार रुपियाँ आन्तरिक आम्दानी गरेको प्रमुख प्रशासकीय अधिकृत अमृत सुवेदीले जानकारी दिनुभयो ।
म्याग्दीको बिममा पक्की पदमार्ग निर्माण
म्याग्दीको मालिका गाउँपालिका–७ बिमको तल्लो र डाँडागाउँमा पक्की पदमार्ग निर्माण भएको छ । गाउँको सौन्दर्यकरणका लागि बस्तीभित्रको कच्ची पैदलमार्गलाई ढलान गरेर पक्की बनाइएको हो । पक्की पदमार्ग निर्माण भएपछि हिलो र धुलोको समस्या हट्नुका साथै गाउँ सफा सुग्घर भएको डाडागाउँका टुकमान जुग्जालीले बताउनुभयो ।
सम्झना युवा क्लबलाई उपाधि
अर्जुनचौपारी १ बजारमा दरौखोला युवा परिवारले आयोजना गरेको पुरुष भलिबलको उपाधि सम्झना युवा क्लबले जितेको छ । सम्झनाले आयोजक ‘ए’ लाई ३–१ को सेटमा २५–२२, १९–२५, १७–२५, २५–२३, ९–१५ ले पराजित गरेको हो ।
‘समग्र विकास नै मानवअधिकार हो’
अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) का अध्यक्ष डा. कुन्दन अर्यालले मानवअधिकारबारेमा फरक–फरक धारणा आउने भए पनि विकास र मानवअधिकार एकै सिक्काका दुई पाटा रहेको बताउनुभएको छ ।
कास्कीमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, १० घाइते
पोखराबाट कास्कीको अन्नपूर्ण गाउँपालिका–४ सल्यान जाँदै गरेको ग १ ज ५५४७ नम्बरको यात्रुवाहक जिप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ भने बालकसहित १० जना घाइते भएका छन्।
भदौरेमा जिप दुर्घटना, १२ जना घाइते
कास्कीको अन्नपूर्ण गाउँपालिका–४ थमाकोडाँडामा आइतबार दिउँसो जिप दुर्घटना भएको छ । दुर्घटनामा १२ घाइते जना भएका छन् ।
चिस्यान केन्द्र बनेपछि आलु भण्डारणमा सहज
तनहुँको म्याग्दे गाउँपालिकामा निर्माण सम्पन्न भएको चिस्यान केन्द्र सञ्चालनमा आएको छ । कृषकले उत्पादन गरेका कृषिजन्य वस्तुको भण्डारण गरी उचित मूल्यमा बिक्रीवितरण गर्ने उद्देश्यसहित गत वर्ष माघमा निर्माण थालिएको चिस्यान केन्द्र सम्पन्न भएर बिहीबारदेखि सञ्चालनमा आएको हो ।
दलित समुदायको विकास र उत्थानको लागि सञ्जाल गठन
स्थानीय तहमा दलित समुदायको विकास र उत्थानको माग पुरा गराउन तनहुँको एक पालिकामा दलित सञ्चाल गठन गरिएको छ ।
छोरीलाई स्वावलम्बी बनाउन बागलुङ ‘नगरकी छोरी’ कार्यक्रम
छोरीहरूको संरक्षण, छोरीलाई गरिने विभेदको अन्त्य, बालविवाहको उन्मूलनसहित छोरीलाई शिक्षित र स्वावलम्बी बनाउने ंउद्देश्यले बागलुङ नगरपालिकाले ‘नगरकी छोरी’ कार्यक्रम कार्यान्वयन गरेको छ ।
खानेपानी आयोजना अलपत्र
पूर्वी नवलपरासीको देवचुली नगरपालिका–१६ मा रहेको आँपचौर खानेपानी आयोजनाको काम अलपत्र परेको छ । खानेपानी योजना निर्माणको जिम्मा पाएको प्रकृति कश्यप समीर जेभीले काम नगरिदिँदा अलपत्रमा परेको हो । तीन वर्षमा ४० प्रतिशत मात्र निर्माण कार्य सम्पन्न गरेको प्रकृति कश्यप समीर जेभीका ठेकेदार सम्पर्कमा नआएपछि दुई वर्षदेखि खानेपानी आयोजनाको कामले गति लिन सकेको छैन । खानेपानी योजनाको यसअघि निर्माण गरिएको संरचनासमेत जीर्ण बन्दै गएको छ ।
बीस वटा घडियाल राप्तीमा छाडियो
चितवन राष्ट्रिय निकुञ्जको प्रजनन केन्द्रमा हुर्किएका २० वटा घडियाल गोहीलाई प्राकृतिक बासस्थानमा छाडिएको छ । निकुञ्जको मुख्यालय कसरास्थित घडियाल गोही प्रजनन केन्द्रमा हुर्किएका २० वटा गोहीलाई राप्ती नदीमा छाडिएको हो ।
कालीगण्डकी करिडोरः तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र
राष्ट्रिय गौरवको कालीगण्डकी करिडोर, बेनी–जोमसोम–कोरला सडक योजनाअन्तर्गत म्याग्दीको तिप्ल्याङ–पोखरेबगर खण्डमा कालोपत्र गरिएको छ ।
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध
पहिरोले बेँसीसहर–चामे सडक अवरुद्ध भएको छ । लमजुङ र मनाङलाई जोड्ने एकमात्र यस सडकखण्डअन्तर्गत मस्र्याङ्दी गाउँपालिका वडा नं ४ श्रीचौरमा वर्षासँगै पहिरो जाँदा सडक अवरुद्ध भएको हो ।
पीडामाथिको पीडाले गाउँ नै शोकमग्न
नाट्यसम्राट् बालकृष्ण समको नाटक मुकुन्द इन्दिराको यो श्लोक दुःखमाथि थपिएको पीडा थपिँदा सम्झने गरिन्छ । त्यस्तै दुःखमाथि पीडा कुनै एक व्यक्तिलाई मात्र होइन गोरखा नगरपालिका–७ पौवाखेत गाउँलाई पुगेको छ । ४० वर्षका क्यान्सरपीडित छोरालाई काठमाडौँस्थित पशुपति आर्यघाटमा अन्तिम बिदाइ गरी काजकिरिया घरबाटै गर्न गोरखा हिँडेकी ७० वर्षीया आमासहित पाँच जना त्रिशूली तरेर जान नै पाएनन् । पाँच जना सवार बा २ ज ४१९६ नम्बरको ट्याक्सी त्रिशूलीमा खस्दा घटनास्थलमा नै मृत्यु भयो । चितवनको इच्छाकामना गाउँपालिका–५, पृथ्वीराजमार्ग सडक खण्डको सिमलधारा नजिक शनिबार बिहान ७:१५ बजे भएको दुर्घटनामा एकै परिवारका पाँच जनाको मृत्यु भएको हो । एक जना बेपत्ता छन् ।
अग्रदिपलाई पराजित गर्दै सम्झना फाइनलमा
अर्जुनचौपारी १ बजारमा दरौखोला युवा परिवारले आयोजना गरेको भलिबलमा सम्झाना युवा क्लब र आयोजक ए फाइनलमा प्रवेश गरेका छन्।
पोखरा अर्चलेमा बस दुर्घटना, दुई घाइते
पोखरा महानगरपालिका वडा नम्बर २७, अर्चलेमा शनिबार बिहान बस दुर्घटना हुँदा दुई जना घाइते भएका छन् ।
हामी भविष्यलाई स्वर्ग बनाउँछौँ : राष्ट्रपति पौडेल
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिगामीको स्वर्ग अतीतमा हुने र लोकतन्त्रवादी तथा समाजवादीको स्वर्ग भविष्यतिर हुने बताउनुभएको छ।
वैदेशिक रोजगारीमा गएका एउटै पालिकाका सातको मृत्यु
तनहुँबाट विदेश गएका १५ जनाले ज्यान गुमाएका छन् । ज्यान गुमाएकामध्ये एउटै पालिकाको मात्रै सात जना छन् । चालु आर्थिक वर्षको फागुन सम्ममा सो सङ्ख्यामा ज्यान गुमाएको सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत आप्रवासी स्रोत केन्द्रले जनाएको छ ।