• १३ असोज २०८१, आइतबार

सम्झना युवा क्लबलाई उपाधि

blog

उपाधि विजेता सम्झाना युवा क्लब टोली । तस्बिर : गोरखापत्र

अर्जुन काफ्ले

स्याङ्जा, चैत १८ गते । अर्जुनचौपारी १ बजारमा दरौखोला युवा परिवारले आयोजना गरेको पुरुष भलिबलको उपाधि सम्झना युवा क्लबले जितेको छ । सम्झनाले आयोजक ‘ए’ लाई ३–१ को सेटमा २५–२२, १९–२५, १७–२५, २५–२३, ९–१५ ले पराजित गरेको हो ।

गण्डकी प्रदेशका पूर्व क्याप्टेन सन्जु विक्रम शाही र टिप टप हेल्प नेपालका सदस्य चिरन खड्का सहभागी बिरुवा गाउँपालिका ७ को सम्झनाले उपाधि सहित एक लाख २१ हजार १११ रुपियाँ, कप मेडल र प्रमाणपत्र हात पारेको हो ।

गण्डकी प्रदेशका सदस्य हिमाल सुनारी र जीवन सुनारको सहभागिता रहेको आयोजक उपबिजेतामा सिमित भएको हो । आयोजक ‘ए’ ले ८१ हजार १११ रुपियाँमा चित्त बुझाएको हो । राष्ट्रिय कप्तान मान बहादुर श्रेष्ठ र धन बहादुर भट्ट सहभागी अग्रदिप युवा क्लब तेस्रो बन्दै ४१ हजार १११ रुपियाँ प्राप्त गरेको हो भने सान्त्वना आयोजक बिले ११ हजार १११ हात पारेको हो ।

प्रतिगोयतामा वेस्ट प्लेयर सन्जु विक्रम शाह(सम्झना), वेस्ट बल्करका चिरन खड्का (सम्झना ), वेस्ट कोच अमर गुरुङ(सम्झना), वेस्ट स्पाइकर मान बहादुर श्रेष्ठ (अग्रदिप), वेस्ट सर्भर धनबहादुर भट्ट (अग्रदिप), वेस्ट क्वीकर हिमाल सुनारी (दरौखोला ‘ए’), वेस्ट लिब्रो अनिश सुनार (दरौखोला ‘ए’) र अनुशाति खेलाडी जीवन सुनार (आयोजक ‘ए’) ले हात पार्नुभएको हो ।

गण्डकी प्रदेश सदस्य सुधीर कुमार पौडेलले विजेता तथा उपविजेतालाई पुस्कार वितरण गर्नुभयो । चैत ११ गतेबाट सुरु भएको प्रतियोगितामा जिल्लाका १९ टिमको सहभागिता रहेको थियो ।