काठमाडौँ, असार २१ गते । न्युरोड टिम (एनआरटी) ले एन्फा यु–१६ फुटबल लिगका लागि आफ्नो टिमको घोषणा गरेको छ ।
एनआरटीले आफ्नो युवा टोलीको प्रशिक्षकको जिम्मेवारी नेपालका पूर्व फुटबलर राजेन्द्र शाक्यलाई दिएको छ । टोलीका प्रशिक्षक शाक्यले शनिबार अंकित अधिकारी कप्तानमा टोली घोषणा गर्नुभएको छ ।
एनआरटी यु–१६ टोलीमा समन मगर, प्रिन्स दधराज, सुगम राना, अंश खड्का, मौसम दाहाल, निरञ्जन दुलाल, जेनिस माझी, सुशान्त सेन ठकुरी, आयुष राजवंशी, रितिक पदेरा र सुभाष बोम्जन हुनुहुन्छ ।
यस्तै टोलीमा अनमोल सुवेदी, समिर थापा, अस्विन राई, जेनिस घले, सुनील घर्तीमगर, निशान कुँवर, सुरज तामाङ, न्युसन सुन्दर,सम्राट घलान र कपिल शाक्य पनि रहनुभएको छ । टोलीको म्यानेजरमा राकेश लामा र अफिसियलमा सर्वज्ञ मानन्धर र कमल विष्ट रहनुभएको छ ।
एनआरटीका अध्क्षक्ष सुन्दर नरसिंह जोशीले शनिबार एक कार्यक्रमबिच टिमका कप्तान, प्रशिक्षक र अफिसियललाई ट्रयाकसुट हस्तारन्तरण गर्नुभयो । एनआरटीले आइतबार आफ्नो पहिलो खेल नेपाल पुलिस क्लबसँग खेल्नेछ ।