• १२ साउन २०८१, शनिबार

भदौरेमा जिप दुर्घटना, १२ जना घाइते

blog

दुर्घटनामा परेको जिप ।

फडिन्द्र अधिकारी

लेखनाथ, चैत १८ गते । कास्कीको अन्नपूर्ण गाउँपालिका–४ थमाकोडाँडामा आइतबार दिउँसो जिप दुर्घटना भएको छ । दुर्घटनामा १२ घाइते जना भएका छन् । 

पोखराबाट भदौरे जाँदै गरेको ग १ ज ४५४७ नम्बरको जिप सल्लाघारीमा सडकबाट करिब दुई सय ५० मिटर तल खसेको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी निरीक्षक सूर्यबहादुर रानाले घाइतेलाई उद्धार गरी अस्पतालमा ल्याइएको जानकारी दिँदै थप विवरण खुल्न बाँकी रहेको चर्चा गर्नुभयो । 

अन्नपूर्ण–४ का वडाध्यक्ष आइन्दा गुरुङले सबै घाइतेलाई अस्पताल पठाइसकिएको बताउनुभयो । “पाँच जनालाई गण्डकी र बाँकीलाई मणिपाल अस्पताल पठाएका छौँ, दुई जनाको अवस्था गम्भीर देखिएको छ” उहाँले भन्नुभयो ।