कालञ्जर हम्पाल क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण गरिँदै
पर्वतको जलजला गाउँपालिकाले धार्मिक एवम् प्राकृतिक पर्यटकीय स्थल कालञ्जर हम्पाल क्षेत्रमा पर्यटन पूर्वाधार निर्माण थालेको छ । समुद्री सतहदेखि ३३ सय मिटरको उचाइमा रहेको कालञ्जर हम्पाल क्षेत्र धार्मिक एवम् प्राकृतिक रुपमा सुन्दर पर्यटकीय स्थल हो ।
कालो भिरको पहिरो पन्छाएपछि यातायात सञ्चालन सहज
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको लार्के खण्डको कालो भिरमा गएको सुख्खा पहिरो नेपाली सेनाले पन्छाएर आवतजावतमा सहज बनाएको छ । बिहीबार बिहान करिब ६: ३० बजेको समयमा उत्तरी गोरखाको लार्के खण्डको धार्चे गाउँपालिका – १ कालो भिरमा पहिरो जाँदा सडक अवरुद्ध हुँदा सवारी साधना तथा उत्तरी भेगमा पुग्नु पर्ने नागरिकहरू बिच बाटोमा रोकिनु पर्ने अवस्था आएको थियो ।
बढेको महसुल फिर्ता गराउन पालिका सक्रिय
बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रको विद्युत् महसुलमा वृद्धि भएसँगै स्याङ्जा तथा पाल्पामा विरोध तीव्र भएको छ । विद्युत् महसुल वृद्धि गरिएसँगै प्रभावित क्षेत्रका पालिकाले पनि सक्रियता देखाएका छन् । आआफ्ना नागरिक प्रत्यक्ष मारमा पर्ने भन्दै महसुल फिर्ता गर्न पालिकाले दबाब दिएका हुन् । प्रभावित क्षेत्रका जनप्रतिनिधि वालिङमा भेला भएर महसुल फिर्ता गराउने प्रतिबद्धता जनाएका हुन् । कार्यक्रममा चापाकोटका नगरप्रमुख देवबहादुर खाण (ईश्वर) ले कम गुणस्तरको विद्युत् वितरण गर्दै आएको बिपिसीले अस्वाभाविक रूपमा महसुल वृद्धि गरेको भन्दै यो निर्णय मान्य नहुने बताउनुभयो । प्रभावित क्षेत्रका स्थानीय सरकार, उपभोक्ता, राजनीतिक दल एकताबद्ध भएर अगाडि बढ्नुपर्नेमा उहाँको जोड छ । बिजुलीको गुणस्तर कम हुँदा पालिकाका कामसमेत प्रभावित भइरहेको भन्दै यो मूल्य वृद्धि स्वीकार्य नहुने स्पष्ट पार्नुभयो ।
उत्पादित सामान बिक्री नहुँदा पेसाबाट पलायन हुँदै व्यवसायी
उत्पादित सामान बिक्री नहुँदा पेसाबाट पलायन हुनुपर्ने बाध्यता सिर्जना भएको तनहुँका घरेलु तथा साना उद्योगीले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासङ्घको ३५ औँ स्थापना दिवसको उपलक्ष्यमा घरेलु तथा साना उद्योग महासङ्घ महिला उद्यमी समिति तनहुँको आयोजनामा दमौलीमा गरिएको अन्तर्क्रिया तथा उद्यमीलाई सम्मान कार्यक्रममा अधिकांश व्यवसायीले पिरमर्का परे पनि त्यसमा सरोकारवालाको ध्यान जान नसकेको गुनासो गरे ।
ठेकेदारले अलपत्र बनाएको सेतीनदीको पुल
अलपत्र अवस्थामा रहेको तनहुँको व्यास नगरपालिका–३ देउराली नगर र ऋषिङ गाउँपालिका–१ झापुटार जोड्ने सेतीनदी माथि निर्माणाधीन पुल । विसं २०८० जेठ ९ गतेसम्म सम्पन्न हुनुपर्ने उक्त पुलको काम हालसम्म २५ प्रतिशत मात्रै भएको छ ।
नेपाली चलचित्रले बजार लिँदै
पोखरामा एक समय थियो, दुई/तीन महिनासम्म एउटै चलचित्र चल्थ्यो, ब्लाकमा पनि टिकट बिक्थ्यो । सिङ्गल स्क्रिन हलमा चलचित्र हेर्नेको ताँती लाग्थ्यो । धेरैजसो चलचित्र हिन्दी हुन्थे । अहिले समय बदलिएको छ । पोखराका आधाभन्दा बढी सिङ्गल स्क्रिन हल बन्द छन् । दर्शकको रोजाइमा नेपाली चलचित्र पर्न थालेका छन् ।
ट्रकको ठक्करले पैदल यात्रुको मृत्यु
कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.१ नौडाँडामा बिहीबार ट्रकको ठक्करले पैदल यात्रीको मृत्यु भएको छ । दिउँसो पौने २ बजेतिर अनलोड गरी ब्याक गर्ने क्रममा ग१क २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते हुनुभएका दुर्गाप्रसाद दाहालको मृत्यु भएको हो ।
दुई खोलाको दोभान ढुङ्गेटारीमा मोटरेबल पुल निर्माण
पृथ्वी राजमार्गअन्तर्गत पर्ने सडक आँबुखैरनीदेखि डुम्रेसम्मको वैकल्पिक मार्गको तयार पारिएको दशकिलो–बिर्दी–सेरा–पैवाटार हुँदै डुम्रे सडकअन्तर्गत गोरखाको पालुङटार नगरपालिका–९ ढुङ्गेटारीमा मोटरेबल पुल निर्माण सुरु भएको छ ।
किसानलाई आधारभूत सीप प्रदान
बेनी नगरपालिकाका किसानहरूलाई एकीकृत शत्रुजीव व्यवस्थापन (आइपिएम) कृषक पाठशाला मार्फत ज्ञान र सीप प्रदान गरिएको छ ।
गण्डकी प्रदेश सरकारले तनहुँमा औद्योगिक क्षेत्र बनाउँदै
गण्डकी प्रदेश सरकारले तनहुँमा औद्योगिक क्षेत्र बनाउने कार्य अघि बढाएको छ। शुक्लागण्डकी नगरपालिका–९ घारी, मरेतरामा बनाउने भएको हो।
पर्यटकको रोजाइमा ‘लामडाँडा’
पछिल्लो समय ‘लामडाँडा’ आन्तरिक तथा बाह्य पाहुनाहरुको रोजाइमा पर्न थालेको छ । स्याङ्जाको अर्जुनचौपारी गाउँपालिका-२ मा अवस्थित लामडाँडा गाउँमा ‘लामडाँडा सामुदायिक घरबास’ सञ्चालनमा आएसँगै पाहुनाहरुको रोजाइमा पर्न थालेको हो ।
स्याङ्जामा विपद् सहायता कक्ष स्थापना
मनसुन आउने समय नजिकिँदै गर्दा स्याङ्जामा विपद् व्यवस्थापनका लागि जिल्ला विपद् सहायता कक्ष स्थापना गरिएको छ ।
शीतल गुफा ओझेलमा
प्राचीनकालमा बैज्ञ नामका ऋषिमुनिले तपस्या गरेको ऐतिहासिक स्थल शीतल गुफालाई धार्मिक पर्यटकीयरुपमा विकास गरी अन्तर्राष्ट्रियरुपमा प्रचार प्रसार गर्न स्थानीयवासीले माग गरेका छन् ।
सडक पुगेपछि लेकमा धमाधम भेडीगोठ बनाइँदै
समुद्री सतहदेखि करिब तीन हजार दुई सय मिटरको उचाइमा छ रिग क्षेत्र । बागलुङको निसीखोला गाउँपालिका-६ मा पर्ने रिग क्षेत्र पशु चरन क्षेत्रका लागि प्रख्यात मानिन्छ ।
नगरप्रमुख मगर बजेट व्यवस्थापनको माग गर्दै मुख्यमन्त्री कार्यालयमा
गोरखा नगरपालिकाका नगरप्रमुख कृष्ण बहादुर राना मगर आफ्नो नगरपालिका भित्र बजेट व्यवस्थापनको माग गर्दै केही जनप्रतिनिधि लिएर मुख्यमन्त्री कार्यालयमा पुग्नुभएको छ ।
कालो भिरमा पहिरो जाँदा सडक अवरुद्ध
उत्तरी गोरखाको धार्चे गाउँपालिकाको लार्के खण्डको कालो भिरमा सुख्खा पहिरो खस्दा सडक अवरुद्ध भएको छ ।
इन्जिनियर प्रवीण कैनी मृत्यु प्रकरण : परिवारले बुझेनन् शव
पृथ्वी राजमार्ग मुग्लिन पोखरा सडक विस्तारअन्तर्गत पूर्वी खण्डको सडक विस्तार आयोजनाको ट्याङ्करको ठक्करबाट मृत्यु भएका तनहुँको व्यास नगरपालिकामा कार्यरत इन्जिनियर २९ वर्षीय प्रवीण कैनीको परिवारले चौथो दिनसम्म पनि शव बुझेका छैनन् ।
गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति
गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ ।
सेनाको सहयोगमा गलकोट कोतघर जीर्णोद्धार
गलकोट नगरपालिका–३ स्थित उक्त कोतघर चौबिसे राज्यका पालाको हो । गलकोट नगरपालिका–३ का वडा अध्यक्ष फमबहादुर खत्रीले नेपाली सेनाको सहयोगमा गलकोट कोतघरको पुनःनिर्माण चलिरहेको र अहिले पुनःनिर्माणको ५० प्रतिशत काम सम्पन्न भएको जानकारी दिनुभयो ।
तरकारी बेचेर वार्षिक पाँच करोड
पर्वतको जलजला गाउँपालिका–६, सालिजा गाउँका किसानले तरकारी खेतीबाट वार्षिक रूपमा पाँच करोड रुपियाँभन्दा बढी कमाउने गरेका छन् । म्याग्दीको बेनीसँग सिमाना जोडिएको सालिजा गाउँ तरकारी उत्पादनको पकेट क्षेत्र हो । तरकारी खेतीको आम्दानीले यहाँको जीवनस्तरमा निकै ठुलो परिवर्तन आएको छ । यहाँ उत्पादन भएको आलु, काउली, बन्दागोभीलगायतका ताजा तरकारी म्याग्दीको सदरमुकाम बेनी, पर्वतको कुस्मा, बागलुङ बजार र पोखरासम्म पुग्ने गर्दछ ।
विकासका आधार खडा गरिसकेका छौँ
कालीगण्डकी नदीको तटमा रहेको स्याङ्जाको कालीगण्डकी गाउँपालिकामा समथर भूभागदेखि विकट पहाडी क्षेत्र समेटिएको छ । साबिकको श्रीकृष्णगण्डकी, बिर्घा, आलमदेवी र चण्डीभन्ज्याङ गाविस मिलाएर यो गाउँपालिका बनाइएको हो । २०७९ सालको स्थानीय तहको चुनावमा गाउँपालिकाको अध्यक्षमा खिमबहादुर थापा दोस्रो कार्यकालका लागि निर्वाचित हुनुभएको छ । गाउँपालिका महासङ्घ नेपालको राष्ट्रिय महासचिवसमेत रहनुभएका अध्यक्ष थापासँग स्थानीय तहले गरेको विकास निर्माण, सम्भावना र चुनौतीलगायतका विषयमा गोरखापत्रका वालिङ समाचारदाता राधाकृष्ण डुम्रेले गर्नुभएको कुराकानीको सारसङ्क्षेप :
गण्डकीमा एक हजार पाँच सय किलोमिटर सडक स्तरोन्नति
गण्डकी प्रदेश सरकारले सात वर्षमा हजार पाँच सय किलोमिटरभन्दा बढी सडक स्तरोन्नति गरेको छ । चालु आर्थिक वर्षमा थप एक सय १९ किलोमिटर सडक कालोपत्र र ४१ दशमलव २ किलोमिटर ढलान भएको छ ।
चुहिने छानामुनि पढ्न बाध्य छन् कुँडेढोरका विद्यार्थी
उप्किएका भित्ता, जीर्ण झ्यालढोका, मक्किएका काठले छाएको छानो । घामपानी र हावाहुरी नछेक्ने टहरो । हेर्दै जीर्ण भवनमा ओत लागेर पढ्छन्, निसेलढोरका बालबालिका ।
भलिबलको उपाधि आयोजक बयरघारीलाई
भीरकोट नगरपालिका-१ बयरघारी खेलमैदानमा सञ्चालित तेस्रो खुला पुरुष भलिबल प्रतियोगिताको उपाधि आयोजक बयरघारी पिस यूथ क्लबले जितेको छ।