• १३ साउन २०८१, आइतबार

ट्रकको ठक्करले पैदल यात्रुको मृत्यु

blog

फडिन्द्र अधिकारी
लेखनाथ, जेठ २४ गते ।
 कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं.१ नौडाँडामा बिहीबार ट्रकको ठक्करले पैदल यात्रीको मृत्यु भएको छ । दिउँसो पौने २ बजेतिर अनलोड गरी ब्याक गर्ने क्रममा ग१क २६२५ नम्बरको ट्रकले ठक्कर दिँदा घाइते हुनुभएका दुर्गाप्रसाद दाहालको मृत्यु भएको हो ।

पैदल हिँडिरहनुभएका ७० वर्षीय दाहाल ट्रकको ठक्करबाट घाइते भएपछि उपचारका लागि पोखराको मेट्रोसिटी अस्पताल पठाइएको थियो । दाहालको उपचारका क्रममा पौने ३ बजे मृत्यु भएको कास्कीका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जानकारी दिनुभयो ।

प्रहरी उक्त ट्रक र त्यसका चालक धादिङको गल्छी गाउँपालिका २ बस्ने ३५ वर्षीय लेखबहादुर श्रेष्ठलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको शर्माले बताउनुभयो ।