व्यावसायिक बाख्रापालनसम्बन्धी तालिम प्रदान
म्याग्दीको मङ्गला गाउँपालिकाले महिलालाई बाख्रापालनसम्बन्धी तालिम प्रदान गरेको छ । राष्ट्रपति महिला उत्थान सुधार कार्यक्रम अन्तर्गत एकल महिला, अपाङ्गता भएका महिला र विपन्न वर्गका महिलालाई लक्षित गरेर व्यावसायिक बाख्रापालनसम्बन्धी तालिम प्रदान गरिएको हो ।
अन्नपूर्ण आरोहणको ७४ वर्ष : आरोहण क्षेत्र नै ओझेलमा
आज जुन ३ अन्नपूर्ण हिमालमा पहिलो मानव पाइला टेकेको दिन । अन्नपूर्णको सफल आरोहणसँगै यसको संसारभर चर्चा भएको थियो । म्याग्दीको अन्नपूर्ण गाउँपालिका ४ नारच्याङमा अवस्थित आठ हजार ९१ मिटर अग्लो अन्नपूर्ण प्रथम हिमाल आरोहणको आज ७४ वर्ष पुरा भएको छ । मानव पाइला परेको जेठो हिमाल र पदमार्गमा आज औपचारिक कार्यक्रमहरुको आयोजना गरिएको छैन् ।
नेपाललाई पर्यटकीय ‘हब’ बनाउँछौँ : उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाललाई पर्यटकीय ‘हब’का रुपमा विकास गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।
अन्नपूर्ण फेदीमा कूटनीतिज्ञको पदयात्रा
७४ वर्षअघि मौरिस हर्जोगले अन्नपूर्ण हिमालको पहिलो आरोहण गर्नुभएको थियो । संसारमै आठ हजार मिटरभन्दा अग्ला हिमाल चढ्ने पहिलो कीर्तिमान हर्जोगको रह्यो तर उहाँले दुवै हात र दुवै खुट्टा गुमाउनुप¥यो । हिउँले हातखुट्टा खाएपछि उहाँले कृत्रिम हातखुट्टा राख्नुपरेको थियो ।
तनहुँका छ पालिकामा सोमबार सार्वजनिक बिदा
जातीय भेदभाव तथा छुवाछुत उन्मुलन दिवसको अवसरमा तनहुँका पाँच वटा पालिकाले सोमबार सार्वजनिक बिदा दिएका छन्।
करेन्ट लागेर एक युवकको मृत्यु
नवलपुर सदरमुकाम कावासोती वडा नं. १६ मा हाइटेन्सनको करेन्ट लागेर एक युवकको मृत्यु भएको छ।
सहकारीको रकम हिनामिना प्रकरणमा सांसद बस्नेतसहित ३५ जनाविरुद्ध मुद्दा दर्ता
नवलपुर सदरमुकाम कावासोतीमा रहेको छिपछिपे उपभोक्ता सहकारी संस्था लिमिटेडमा भएको घोटलाका आरोपी विरुद्ध अदालतमा मुद्दा दायर भएको छ।
पत्रकारिता क्षेत्रको विकासका लागि प्रदेश सरकार प्रतिबद्ध छ : मुख्यमन्त्री पाण्डे
गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राज्यका हरेक क्रियाकलापमा पत्रकारहरूको भूमिका महत्त्वपूर्ण हुने भएकोले सरकारले सहयोग गर्दै आएको बताउनुभएको छ ।
विद्यार्थीसँग बिमा सम्बन्धी सचेतना तथा अभिमुखीकरण
गोरखा नगरपालिका-८ सरस्वती मावि आहालेमा विद्यार्थीसँग बिमा सम्बन्धी सचेतना तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।
अन्नपूर्ण आरोहण दिवस: मौरिस हर्जोगको स्मरण गर्दै विविध कार्यक्रम
फ्रान्सका मौरिस हर्जोगले ७४ वर्षअघि अन्नपूर्ण हिमालको आरोहण गरेर कीर्तिमानसँगै नेपालको पर्वतारोहण क्षेत्रलाई विश्व माझ चिनाउनुभयो ।
११ लाखले गरे गोरखा सङ्ग्रहालय भ्रमण
गोरखा दरबार संग्रहालयको १७ औं स्थापना दिवसको अवसर पारेर आयोजित कार्यक्रममा १६ वर्षको अवधिमा ११ लाखले भ्रमण गरेको गोरखा दरबार हेरचाह अड्डाका प्रमुख जयनारायण कार्कीले बताउनुभयो।
हाते ट्र्याक्टर छोडेर गोरु पाल्दै किसान
सङ्घीयतापछि स्थानीय सरकारले कृषि आधुनिकीकरणका नाममा धमाधम हाते ट्र्याक्टर (मिनिटिलर) अनुदानमा वितरण गरे । गोरु पालनले दिक्क भएका किसानले राहत महसुस गर्दै हाते ट्र्याक्टरले खेतबारी जोत्न थाले ।
म्याग्दीको भारबाङघाटमा पक्की मोटरेबल पुल निर्माण
म्याग्दी जिल्लाको भारबाङघाटस्थित म्याग्दी खोलामा पक्की मोटरेबल पुल निर्माण भएको छ । पुल निर्माण भएसँगै धवलागिरि गाउँपालिकाका ५ मल्कबाङ र ६ मराङका स्थानीयहरूलाई गाउँपालिका केन्द्र मुना जान सहज भएको छ ।
भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकालाई
जिल्ला भलिबल सङ्घ तनहुँको आयोजनामा सदरमुकाम दमौलीस्थित खुल्ला चौरमा गरिएको अन्तरपालिका स्तरीय पुरुष भलिबल प्रतियोगिताको उपाधि शुक्लागण्डकी नगरपालिकाले जितेको छ
अग्रज कलाकारलाई सम्मान
पुतलीबजार नगरपालिका-१ स्याङ्जामा अग्रज कलाकार एवम् स्रष्टालाई सम्मान गरिएको छ । राष्ट्रिय सङ्गीतकर्मी सङ्घ स्याङ्जाले आठौँ वार्षिक साधारण सभा एवम् चौथो अधिवेशनका अवसरमा जिल्ला अग्रज कलाकार एवम् स्रष्टालाई सम्मान गरेको हो ।
गण्डकी गाउँपालिकाको बुट्टारमा बेलिब्रिज निर्माण
गोरखाको गण्डकी गाउँपालिका–१ बुट्टारमा बेलिब्रिज निर्माण भएको छ । पृथ्वी राजमार्ग अन्तर्गत चुम्लिङटार र गण्डकी गाउँपालिका जोड्ने गरी बेलिवृज निर्माण भएको गण्डकी गाउँपालिकाका अध्यक्ष दीपक तिमिल्सेना साकारले जानकारी दिनुभयो ।
प्रधानमन्त्री रोजगार कार्यक्रममार्फत ८८ जनालाई रोजगारी
प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत चालु आर्थिक वर्षमा म्याग्दीको अन्नपूर्ण गाउँपालिकामा ११ वटा योजनामा ८८ जनाले रोजगार पाएका छन् ।
पृथ्वी राजमार्ग एकतर्फी सुचारु
पृथ्वी राजमार्गमा पर्ने तनहुँको व्यास नगरपालिका–१ मुसेखोलामा पहिरो खसेर अवरुद्ध भएको राजमार्ग सूचारु भएको छ ।
बेनी–दरबाङ सडक योजना : सिम–पानाबगर खण्डमा कालोपत्र सुरु
म्याग्दीको पश्चिम भेगलाई सडक सञ्जालसँग जोड्ने बेनी–दरबाङ सडक योजनाअन्तर्गत दोस्रो खण्डको करिब चार किलोमिटर सडक कालोपत्र गर्न सुरु गरिएको छ ।
पहिरोले दमौली–डुम्रे सडक अवरुद्ध
पृथ्वी राजमार्गअन्तर्गत तनहुँको व्यास नगरपालिका–१ मुसेखोला नजिक पहिरो खस्दा दमौली–डुम्रे खण्ड अवरुद्ध भएको छ ।
बढ्दै क्षयरोग सङक्रमित
नवलपुरमा बर्सेनि क्षयरोगबाट सङ्क्रमित हुने दरमा वृद्धि भएको छ । गरिबी, अशिक्षा, चेतनाको कमी, आन्तरिक बसाइँसराइ र खुला सिमाना आदि कारणले क्षयरोगबाट सङ्क्रमित हुने दर बढ्दो छ । जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख शैलेन्द्रकुमार सिहंले नवलपुरमा चालु आर्थिक वर्षको माघ मसान्तसम्म २८४ जना नयाँ क्षयरोगी भेटिएकोमा अहिले पाँच सयभन्दा बढी पुगिसकेको बताउनुभयो ।
बाँझो जमिन बन्यो हराभरा
म्याग्दीको बेनीसँग सिमाना जोडिएको पर्वतको जलजला गाउँपालिका–७ मा लुङ्दीखोला भेडावारी–दुलेपानी सिँचाइ योजना सम्पन्न भएको छ । सिँचाइ योजना सम्पन्न भएसँगै भेडाबारी, दुलेपानी र लामाबगरका किसान खेतमा सिँचाइ गर्न पाएपछि खुसी भएका छन् । सिँचाइ नहुँदा बाँझै भएको जमिन अहिले हराभरा भएको छ । पाँच वर्षअघि मिलनचोक–सल्यान, घायखेत–धारापानी–ठोटनेरी सडक विस्तारका क्रममा पहिरोले सिँचाइ कुलोमा क्षति पु¥याएपछि यस क्षेत्रका किसानले आकासेपानीका भरमा खेती गर्दै आएका थिए । तरकारी पकेट क्षेत्रसमेत रहेको यहाँ सिँचाइको अभावमा तरकारी उत्पादनमा कमी आएको थियो ।
चालीस लाख खर्चेर म्याग्दीको दग्नाममा खेलमैदान निर्माण
म्याग्दीको रघुगङ्गा गाउँपालिका–४ दग्नाममा खेलमैदान निर्माण भएको छ । दग्नामको एकता युवा क्लबले गाउँपालिका, प्रदेश सरकार, जलविद्युत् आयोजना र स्थानीयवासीको सहयोग जुटाएर प्यारापिटसहितको खेलमैदान निर्माण गरेको हो ।
सङ्कटमा ‘पानी रङ’ को मौलिकता
खरले छाएका गाउँले घर, आँगनमा परालको टौवा, झ्यालबाट होस् कि ढोकाबाट उत्तरतिर चिहाउनेबित्तिकै देखिने सफा हिमाल । ३० को दशकबाट पोखरा उपत्यकाको यस्तो भौगोलिक अवस्थिति देश, विदेशमा पुग्यो । त्यस्तो सौन्दर्य फिजाउने माध्यम बनेको थियो पानी रङ । पछि पोखरा नै पानी रङको सहरका रूपमा चिनियो । पोखराको सौन्दर्य र जनजीवनलाई पानी रङले क्यानभासमा उतार्ने सुरुवात कलाकार दुर्गा बराल ‘वात्स्यायन’ ले गर्नुभएको थियो ।