कृषकलाई आत्मनिर्भर बनाउन अनुदानमा मौरी र घार
कृषकहरुलाई मौरीपालनमार्फत् आत्मनिर्भर गराउने उद्देश्यले पर्वतको पैयूँ गाउँपालिका गोलासहितका मौरी र घार वितरण गरिएको छ ।
३८ प्रजातिका दुई लाख बिरुवा रोप्दै पोखरा महानगर
पोखरा महानगरले रैथाने प्रजाति, स्थानीयको रोजाइ र सदाबहार प्रजातिका सवा दुई लाख बिरुवा रोप्ने भएको छ । पोखरालाई स्वच्छ सहर: हरित सहरको रूपमा विकास गर्न ठुलो मात्रामा बिरुवा रोप्न लागिएको हो ।
विपन्न परिवारका लागि घर निर्माण
अर्जुनचौपारी गाउँपालिकाले गरिब, असहाय परिवारका लागि घर निर्माण अभियानलाई तीव्र बनाएको छ । दलित उत्थान केन्द्रको व्यवस्थापनमा गाउँपालिकाले गत वर्षदेखि पालिकामा रहेका गरिब, असहाय परिवारको घर, शौचालय, निर्माण गर्ने बिजुलीबत्ती जडान गर्ने कार्यलाई अगाडि बढाएको हो ।
अस्पतालमै पुगेर दिइयो नागरिकता
बिदाको दिनमा नागरिकता तथा परिचयपत्र दिएको जिल्ला प्रशासन कार्यालय स्याङ्जाले अस्पतालको शय्यामै पुगेर नागरिकता दिएको छ । गत जेठ ८ गते स्याङ्जा बिरुवा गाउँपालिका–५ का विमल शर्मा घाँस झार्ने क्रममा रुखबाट खसेर घाइते हुनुभएको थियो । मेरुदण्ड भाँचिएर पोखरास्थित मणिपाल शिक्षण अस्पताल पोखरामा उपचाररत शर्मालाई शय्यामै पुगेर नागरिकता दिइएको हो । नागरिकता अभावका कारण उपचारका क्रममा पाउने सेवासुविधा लिन असहज अवस्थामा प्रशासनले अस्ताल पुगेर २२ वर्षीय शर्मालाई ४२–०१–८१–००७९३ नम्बरको नागरिकता प्रदान गरेको हो । प्रशासकीय अधिकृत संयोग भट्टराई र नायब सुब्बा रामप्रसाद पौडेलले अस्पतालमा पुगेर नागरिकता प्रदान गर्नुभएको हो ।
मनकामना जाने सडक दश दिन बन्द
गोरखाको सहिद लखन गाउँपालिका अन्तर्गत पर्ने नाम्जुङ – घैरुङ – ताक्लुङ – मनकामना जाने सडक खण्ड १२ दिनको लागि बन्द हुने भएको छ । सहिद लखन गाउँपालिकाको – वडा नम्बर ६ को खगी देखि वडा न ९ को छेलाङगीचोक सम्मको साँढे ३ किलोमिटर सडक खण्ड १० दिनको लागि बन्द हुने भएको सहिद लखन गाउँपालिकाका अध्यक्ष रमेश थापा मगरले जानकारी दिनु भयो ।
भारवाङमा मोटरेबल पुल निर्माण
पूर्वपश्चिम जोड्ने राष्ट्रिय गौरवको मध्यपहाडी लोकमार्गको वैकल्पिक बेनी–दरवाङ–बिम–ताकम–मुना–जलजला–ढोरपाटन सडकअन्तर्गत म्याग्दीको भारवाङघाटस्थित म्याग्दी नदीमा मोटरेबल पुल निर्माण भएको छ ।
‘पालिकामै रोजगार मेला गर्छौं’
श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले राम्रो तयारीबिना केही ठाउँमा गरिएका कार्यक्रमले अपेक्षित नतिजा निकाल्न नसक्ने बताउनुभएको छ । उहाँले कामदारले योग्यता अनुसारको काम र रोजगारदाताले योग्य जनशक्ति पाउने वातावरण सिर्जना गर्न सरकारले भूमिका निर्वाह गर्ने उल्लेख गर्नुभयो । मेला श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेश र पोखरा महानगरपालिकाको संयुक्त आयोजनामा पोखरामा सोमबार सुरु भएको श्रमाधान रोजगार मेलामा उहाँले यस्तो बताउनुभएको हो ।
साना किसानलाई उद्यमशीलतामा जोडिँदै
स्याङ्जाका पालिकाले साना किसानलाई उद्यमशीलतामा जोड्न विभिन्न कार्यक्रम सुरु गरेका छन् । कृषि र पशुपालनको क्षेत्रमा नागरिकलाई आर्थिक रूपमा सबल बनाउँदै उद्यमशील बनाउन जिल्लाका पालिका योजनाबद्ध रूपमा लागेका हुन् । जिल्लाका वालिङ र गल्याङ नगरपालिका तथा कालीगण्डकी गाउँपालिकाले हेफरसँगको सहकार्यमार्फत साना किसान, महिला, दलित, सीमान्तकृत समूहलाई आर्थिक रूपमा सबल बनाउने गरी काम गरिरहेका छन् ।
घरबासले फेर्दै छ थारू महिलाको जीवन
नवलपुरको देवचुली नगरपालिका–१७ मा रहेको पिप्रहर सामुदायिक होमस्टेमा पर्यटकको चहलपहल बढ्न थालेको छ । स्थानीय रहनसहन, संस्कृतिलाई नजिकबाट नियाल्न होमस्टे पुग्ने पर्यटक बढेका छन् । केही वर्षपहिलेसम्म घरधन्दा र खेतीपातीमै सीमित रहने देवचुली नगरपालिका–१७ का महिलाको दैनिकी अहिले भने फेरिएको छ । नयाँ मानिसका अगाडि उभिन डराउने महिला अहिले सबैको अगाडि निर्धक्कसँग बोल्न सक्ने भएका छन् । महिलामा परिवर्तन हुनुमा देवचुली नगरपालिका–१७ मा सञ्चालन भएको पिप्रहर सामुदायिक होमस्टे ग्राम अर्थात् घरबास हो ।
अन्नपूर्ण आधार शिविरमा मौरिस हर्जोगको सालिक राखिने
अन्नपूर्ण प्रथम हिमालको आधारशिविरमा प्रथम आरोही फ्रान्सका मौरिस हर्जोगको सालिक राखिने भएको छ । अन्नपूर्ण आरोहण भएको ७४ वर्ष पुगेको अवसरमा प्रथम पर्वतारोही हर्जोगको सालिक बनाएर आधार शिविरमा राख्न लागिएको हो ।
अन्नपूर्णले उत्प्रेरणा र मार्गदर्शन गर्छ : उपप्रधानमन्त्री श्रेष्ठ
अन्नपूर्ण हिमालको काखमा पर्ने पर्यटन राजधानी पोखरामा सोमबार अन्नपूर्ण दिवस मनाइएको छ । आरोहण गर्न जोखिमपूर्ण भएकाले ‘किलर माउन्टेन’ समेत भनिने अन्नपूर्ण प्रथमको पहिलो आरोहण भएको ७४ औँ वार्षिकोत्सव विविध कार्यक्रम गरी मनाइएको हो ।
पाँच कक्षापछि पढ्न पाउँदैनन् निसेलढोरका बालबालिका
बागलुङको निसेलढोर गाउँ पुग्दा सम्झना विश्वकर्मा छोराको हेरचाहमा व्यस्त हुनुहुन्थ्यो । उमेरले १९ वर्ष हुनुभएको विश्वकर्माले कक्षा छ मै पढाइलाई विश्राम दिनुभयो ।
टिपर र मोटरसाइकल ठोक्किँदा एकको मृत्यु
पोखरा महानगरपालिका-१३ मा सोमबार बिहान टिपरसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
विद्युत् महसुल घटाउन सङ्घर्ष
बुटवल पावर कम्पनी (बिपिसी) को आँधीखोला वितरण केन्द्रकोे विद्युत् महसुलमा वृद्धि भएसँगै स्याङ्जा र पाल्पामा निरन्तर विरोध भइरहेको छ ।
स्याङ्जाका स्थानीय तहलाई पाँच अर्ब ४३ करोड बजेट
स्याङ्जाका स्थानीय तहले आगामी आर्थिक वर्षमा पाँच अर्ब ४३ करोड पाउने भएको छ । सरकारले सार्वजनिक गरेको आर्थिक वर्ष २०८१/०८२ को बजेट अनुसार जिल्लाका ११ पालिकाका लागि यो बजेट विनियोजन गरिएको हो ।
तनहुँमा छुवाछूतविरुद्ध प्रदर्शन
जातीय भेदभाव तथा छुवाछूतको विरुद्धमा तनहुँमा बृहत् प्रदर्शन गरिएको छ ।
गोरखाका स्थानीय तहलाई ४ अर्ब ६० करोड सङ्घीय अनुदान
गोरखा जिल्लामा भएका ११ वटा स्थानीय तहलाई ४ अर्ब ६० करोड रुपियाँ सङ्घीय सरकारले बजेट अनुदान पठाएको छ ।
राष्ट्रिय राजमार्गमा सडक मर्मत तथा कालोपत्रे
राष्ट्रिय राजमार्ग सडक अन्तर्गत गोरखा सदरमुकामदेखि घ्याम्पेसाल हुँदै आरुघाटसम्म सडक खण्डमा खाल्टा खुल्टी भएको सडक मर्मत तथा कालो पत्रे गरिएको छ ।
जलजलाको माझफाँटमा सडक कालोपत्रेकाे तयारी
पर्वतको जलजला गाउँपालिकाको माझफाँटमा सडक कालोपत्रे गर्ने तयारी गरिएको छ । म्याग्दीको बेनी नगरपालिका सँग नजिक रहेको मल्लाज माझफाँटको बस्तीमा सडक निर्माण गरी एकीकृत बस्ती विकास गर्ने योजना अनुसार सडक स्तरोन्नति सहित कालोपत्रे गर्न लागिएको हो ।
लागूऔषधसहित दुई युवक पक्रउ
लागूऔषधसहित प्रहरीले तनहुँका दुई युवकलाई पक्राउ गरेको छ । तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।
आर्थिक मन्दीलाई चलायमान बनाउन म्याग्देमा महोत्सव
आर्थिक मन्दीले तनहुँको म्याग्दे गाउँपालिकाको व्यवसाय सुस्ताए पछि चलायमान बनाउन महोत्सव गर्न लागिएको छ । म्याग्दे गाउँपालिका–४ थर्पु बजारमा ‘प्रथम म्याग्दे महोत्सव २०८१’ गर्न लागिएको हो ।
विशेष चिकित्सक सेवा : सात सयले लिए सेवा
गाउँमा नै विशेष चिकित्सकको सेवा लिन पाएपछि स्याङ्जाको बिरुवाका नागरिक खुसी भएका छन् । नेपाली सेनाको विशेषज्ञ चिकित्सकको टोलीले गाउँमा नै पुगेर नागरिकको स्वास्थ्य परीक्षण गरेको हो ।
गल्याङ नगरपालिकाकी उपप्रमुखसहित आठजनालाई सफाइ
स्याङजाको गल्याङ नगरपालिकाका उपप्रमुख हेमा न्यौपाने तिमिल्सिनालाई बिशेष अदालतले सफाई दिएको छ । गल्याङ नगरपालिका–३ को पकवादी सहकारी संस्थाको भवन निर्माण विनियोजित बजेट हिनामिना तथा जग्गाधनी प्रमाणपुर्जा देखाएर अर्को ठाउँमा भवन बनाएको र सडकको मापदण्ड मिचेको आरोप लगाउउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आरोपपत्र दायर गरेको थियो । अदालतमा आरोपपत्र दायर भएसँगै उपप्रमुख न्यौपाने निलम्वनमा पर्नु भएको थियो ।
चौतारी संरक्षणमा चौरासीका पराजुली
स्याङ्जाको वालिङ नगरपालिका–९ का ज्योतिलाल पराजुलीले गएको वैशाखमा चौरासीको पूजा गर्नुभयो । चौरासी पूजामा उहाँको एक मात्र सङ्कल्प थियो, गाउँमा रहेको चौतारीलाई व्यवस्थित गर्ने । त्यही सङ्कल्प पूरा गर्दै हुनुहुन्छ उहाँ । आफू सानो छँदा साथीसँगै खेलेको चौतारी पछिल्लो समय अस्तव्यस्त अवस्थामा रहेकामा उहाँको मनमा चिन्ता परेको थियो । गाउँ गाउँमा खनिएका सडकका कारण कतिपय चौतारी मासिए भने कतिपय अस्तव्यस्त अवस्थामा पुगे । गाउँको चौतारी अस्तव्यस्त अवस्थामा रहेपछि पुराना दिन फर्काउने पराजुलीमा इच्छा जाग्यो । उहाँले चौरासी पूजाकै दिन आफ्ना छोराछोरीलाई तत्कालै गाउँको चौतारीलाई व्यवस्थित बनाउन भन्नुभयो । उहाँका छोरा प्रेम पराजुली भन्नुहुन्छ, “बुवाले गाउँको इतिहास बोकेको चौतारी पुननिर्माण गर्ने इच्छा देखाएपछि हामीले पनि सहयोग गरेका हौँ ।”