• १२ साउन २०८१, शनिबार

लागूऔषधसहित दुई युवक पक्रउ

blog

लागूऔषधसहित प्रक्राउ परेका भानु नगरपालिकाका दुई युवक । तस्बिर : अमरराज नहर्की

अमरराज नहर्की
तनहुँ, जेठ २१ गते ।
लागूऔषधसहित प्रहरीले तनहुँका दुई युवकलाई पक्राउ गरेको छ ।  तनहुँको आँबुखैरेनी गाउँपालिका–४ बाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय आबुखैरेनीले जनाएको छ ।

पृथ्वी राजमार्गका मुग्लिङबाट आँबुखैरेनी जाँदै गरेका सवारीसाधन चेकजाँच गर्ने क्रममा  भानु नगरपालिकाको वडा नम्बर १ बस्ने वर्ष २२ को दिपेश परियार र वडा नम्बर ६ बस्ने वर्ष २४ को सलमान मियाँ पक्राउ परेका हुन् ।

परियारको साथबाट ट्रामाडोल लेखिएको ५७० ट्याब्लेट र मियाको साथबाट ट्यापेनडेटल ४६ ट्याब्लेट बरामद गरिएको छ । तनहुँ जिल्ला अदालतबाट आइतबार म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।