• ११ असोज २०८१, शुक्रबार

गोरखाका स्थानीय तहलाई ४ अर्ब ६० करोड सङ्घीय अनुदान

blog

गाेरखा नगरापालिका । फाइल तस्बिर ।

गुणबहादुर रोका

सुलीकोट, जेठ २१ गते । गोरखा जिल्लामा भएका ११ वटा स्थानीय तहलाई ४ अर्ब ६० करोड रुपियाँ सङ्घीय सरकारले बजेट अनुदान पठाएको छ । गोरखाका २ वटा नगरपालिका र ९ वटा गाउँपालिका गरी ११ स्थानीय तहका लागि वित्तीय समानीकरण अनुदान, सर्सत अनुदान र विशेष अनुदान बापत उक्त रकम पठाइएको हो । 

आगामी आर्थिक वर्ष २०८०-२०८१ को लागि ११ वटा स्थानीय तहमा सर्सत दुई अर्ब ८ करोड ५८ लाख, विशेष अनुदान ११ करोड ९५ लाख, समपूरक अनुदानतर्फ १३ करोड २० रुपियाँ विनियोजन गरिएको छ । 

गोरखाका २ नगरपालिकामा १ अर्ब २१ करोड ९८ लाख रुपियाँ बजेट विनियोजन गरिएको छ । ९ वटा गाउँपालिकाको लागि ३ अर्ब ३८ करोड ९८ लाख अनुदान छुट्टाइएको छ । जसमा सबैभन्दा बढी गोरखा नगरपालिकाले ६२ करोड १२ लाख र सबैभन्दा कम १९ करोड ८२ लाख चुमनुब्री गाउँपालिकाले पाएको छ । पालुङटार नगरपालिकाले ५९ करोड ८६ लाख रुपियाँ अनुदान पाउने भएका छन् । 

त्यस्तै, गण्डकी गाउँपालिकाले ४५ करोड २९ लाख, आरुघाट गाउँपालिको ४२ करोड २ लाख, अजिरकोट गाउँपालिकाले ३० करोड १९ लाख पाउने भएका छन् । चुमनुब्री गाउँपालिकाले १९ करोड ८२ लाख, धार्चे गाउँपालिकाले २९ करोड ९९ सय लाख, सहिद लखन गाउँपालिकाले ४१ करोड ९४ लाख, भीमसेन थापा गाउँपालिकाले ४० करोड ५६ लाख, बारपाक सुलीकोट गाउँपालिकाले ४२ करोड ४४ लाख र सिरानचोक गाउँपालिकाले ४६ करोड ७३ लाख अनुदान प्राप्त गर्नेछन् । 

अहिले स्थानीय तहले पालिकाको आन्तरिक आम्दानी, ऋण सहयोग आदिलाई समेटेर बजेट ल्याउने तयारी भएकाले गोरखाका ११ वटा स्थानीय तह आगामी वर्षको नीति तथा कार्यक्रम तथा बजेट निर्माणमा व्यस्त छन् ।