रामकृष्ण बोहरा
बागलुङ, असार १३ गते । पश्चिम बागलुङको बडिगाड गाँउपालिका ७ भीमगिठेमा बस र पिकअप एकआपसमा ठोकिँदा पाँच जना घाइते भएका छन् ।
विपरीत दिशामा गुडिरहेका बस र पिकअप जिप एकआपसमा ठोकिँदा गलकोट नगरपालिका ८ का श्याम सुनार, नविन गलामी, टिकाराम कामी, अनिल श्रीस र विज्ञान गलामी घाइते भएका हुनुभएको छ । उहाँहरुको अनुहार र हातमा चोट लागेकोले स्थानीय स्वास्थ्य संस्थामा उपचार चलिरहेको बडिगाड गाउँपालिकाका नगर प्रहरी हवल्दार कमल रानाले जनाकारी दिनुभयो ।
बुर्तिबाङबाट बुटवल जाँदै गरेको लु १ ख ८२८६ नम्बरको बस र गलकोटबाट बोबाङतर्फ जाँदै गरेको घ १ ज ४२० नम्बरको पिकअप जिप एक आपसमा ठोकिएका हुन् । प्रहरीले पिकअप चालक कृष्णबहादुर खत्री र बस चालक श्याम बहादुर रजौंलीलाई नियन्त्रणमा लिएको छ । बसमा नौ र जिपमा सात जना सवार थिए ।