• १३ असार २०८२, शुक्रबार

प्रदेश सभाबाट विधेयक पारित

blog

सुदूरपश्चिम प्रदेश सभाबैठक । तस्बिरः अविनाश चौधरी

अविनाश चौधरी

धनगढी, असार १३ गते । प्रदेश सभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन, २०७५ लाई संशोधन गर्न बनेको विधेयकलाई सुदूरपश्चिम प्रदेशसभाले पारित गरेको छ । 

आज बसेको प्रदेश सभाको बैठकले सर्वसम्मतले विधेयक पारित गरेको हो । विधेयकमाथि दफावार छलफल पनि सभामै भएको थियो । छलफलमा नेपाली कांग्रेसका प्रमुख सचेतक विक्रमसिंह धामीले, नेकपा (माओवादी केन्द्र) का अक्कलबहादुर रावल र नेकपा (एमाले) का प्रमुख सचेतक चक्रबहादुर मल्लले भाग लिनुभएको थियो । 

सो क्रममा उहाँहरुले सचिवको पदीय पर्यादा, सेवा, सुविधालाई प्रदेशका प्रमुख सचिवको सरह व्यवस्थाका लागि ऐन संशोधन गर्न लागेको बताउनुभयो । यसैबिच, प्रदेश सभाको ढ्यापढ्यापे समयमा जानकी ऐर बमले साक्षर प्रदेश घोषणा कार्यक्रममा सरकारले प्रदेशसभा सदस्यको प्रोटोकल नीति तथा योजना आयोगका उपाध्यक्षभन्दा पछाडि राखेर अपमान गरेको बताउनुभयो ।  

त्यस्तै, नेकपा (माओवादी केन्द्र) का मानबहादुर धामीले जागिरको प्रलोभन देखाएर भारतमा लगेर नेपालीलाई बन्धक बनाउने गिरोहलाई कारबाही हुनुपर्ने बताउनुभयो ।